MENU
खुल्नै लाग्यो निर्मलाका हत्याराको नालिबेली, कसुरदारको स्केच तयार
 : 30 views
  Feb 06, 2019

निर्मलालाई बलात्कार र हत्या गर्ने व्यक्तिको पहिचान भइवरी हत्यारा हो भन्ने अभियोग पुष्टि गर्नका लागि आवश्यक प्रमाण संकलन, सम्बन्धित व्यक्तिहरुको बयानका काम धमाधम चलिरहेको छ ।

केन्द्रीय प्रहरीले उपत्यका अपराध महाशाखाबाट एसपी मनोहरप्रसाद भट्ट, डिएसपी रुगमबहादुर कुँवर र सई गजेन्द्रबहादुर रावल अनि सिआईबी, मेट्रो र विशेष ब्युरोका झण्डै दुई दर्जन अफिसरसहितको टोलीलाई डेढ महिनाअघि निर्णायक अनुसन्धानमा कञ्चनपुर खटाएपछि प्रहरी यस्तो परिणामनिकट पुगेको हो ।पहिला मानसिक सन्तुलन ठीक नभएका दीलिपसिंह विष्टजस्ता व्यक्ति समातिए जस्तै यो टोलीले थप पाँच जना रोगी फेला पारिसकेको छ ।

 

प्रहरी अनुसन्धानअनुसार, निर्मला पन्तलाई जुन ठाउँमा लगेर दुव्र्यवहार गरियो, घटनाभन्दा ६ महिनाअघिदेखि त्यस्ता क्रियाकलाप त्यहीं हुँदै आएका थिए । त्यही ठाँउमा अर्की युवतीमाथि पनि बलात्कार प्रयास भएको खुलेको छ ।

 

डेढ महिनाअघि निर्मला बलात्कार भएको घटनास्थलभन्दा २० मीटर पर अर्को प्रयास भएको र यसप्रकार उही व्यक्तिबाट १७–१८ जना युवनी पीडित भएको पत्तो लागेको छ । प्रहरीसँग नाम र सम्पर्क नै छ, पीडितहरुको । बोल्ने त प्रहरीमा गुहार माग्न पुग्ने मान्छेमात्रै हुन् । कतिपयले घरपरिवारमा ‘उनले यस्तो गर्यो ।’ सम्म पनि भन्न सकेका छैनन् । प्रहरीले फेला पारेको छ – एक युवती १० पटकसम्म बढी त्यही पुरुषबाट पीडित भएकी छिन् । स्कुल पढ्ने ती छात्राले अहिलेसम्म घरमा पनि त्यसबारे भनेकी छैनन् । निर्मला बलात्कृत भएकै उखुबारीमा माघको पहिलो साता ती पुरुषले अर्की एक बालिकालाई लखेटेका थिए । बालिका रुँदै घर पुगिन् । टोलका मान्छेले सोधखोज गरेर दुराचारीलाई लखेटे ।

 

गाउँलेले समाउन सकेनन् र आफैँ गएर झार सफा गरे । त्यसपछि स्थानीय प्रहरीलाई खबर भई केही दिन गस्ती बढ्यो । प्रहरीको आवतजावत बढेपछि ती पुरुषले ठाँउ फेरेर युवती र बालिकालाई झम्टिने अर्को थलो बनाए । साउनको पहिलो साता फेरि अर्की बालिकामाथि प्रयास भयो । तीनपटकको दुव्र्यवहारबारे तेस्रो दिन बालिकाले नजिकै आएकी आन्टीलाई भनिन् । आन्टीले प्रतिवाद गर्न खोज्दा केटो उखुबारीबाट भाग्यो ।

 

यसरी माघदेखि फागुन, बैशाख र जेठमा उनले विभिन्न बालिकामाथि यौनजन्य आक्रमणको प्रयास गरेको थाहा लागिसकेको छ । निर्मलालाई उठाएकै ठाउँबाट अर्की एक बालिकामाथि प्रयास गरिएको पनि पुष्टि भएको छ ।

 

यिनै कसुरदारको स्केच प्रहरीले तयार पारिसकेको छ । मान्छे कहाँ छ भनेर व्यापक खोजी हुँदैछ । भारत छिरेको भएको केही महिना देशमै भए केहि दिनभित्र समातिने दावी छ । निर्मलाअघि बलात्कार प्रयास भएका बालिका र तिनका आफन्तहरु सम्पर्कमा छन् । प्रहरीेको अनुमान छ, ती व्यक्तिको हर्कत, आँट, ज्यानको पर्वाह नगर्ने विशेषता हेर्दा नेपालमै पनि हुनसक्छन् ।
-जन आस्था

Comments

NIC Asia