MENU
विद्युत चुहावट १० प्रतिशत घटाएर कुलमानले जोगाए प्राधिकरणको ७ अर्ब
 : [views]
  Feb 06, 2019

कुलमान घिसिङले प्राधिकरणको जिम्मेवारी सम्हालेपछि विद्युत चुहावट १० प्रतिशतले घटेको छ । जिम्मेवारी सम्हालेसंगै विद्युत चुहावट नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाएका उनले चालु आर्थिक वर्ष २०७५/७६को पहिलो पाँच महिनामा १० प्रतिशत विद्युत चुहावट घटाएको प्राधिकरणले जानकारी गराएको छ ।

२०७३ भदौमा जिम्मेवारी कुलमानले जिम्मेवारी सम्हाल्दा विद्युत चुहावट औसतमा २५.७८ प्रतिशत थियो । त्यसपछि आर्थिक वर्ष। २०७३/७४मा घटाएर २२.९ मा झरेको थियो ।आर्थिक वर्ष ०७४/७५ मा २०. ४५मा रहेको चुहावटलाई घटाएर चालु आर्थिक वर्षको पाँच महिनामै १५.४५ प्रतिशतमा सीमित गर्न सफल भएको प्राधिकरण अन्तत पछिल्लो बर्ष १० प्रतिशत झरेको छ ।

 

विद्युत चुहावट झन्डै दस प्रतिशतले घट्दा प्राधिकरणले चुहावट नियन्त्रणबाट मात्रै ७ अर्ब रुपैयाँ कमाउने छ। प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण गर्ने लगायतका काम अभियानकै रूपमा चलाइरहेको छ।

 

प्राधिकरणले लक्ष्यलाई पूरा गर्न धेरै विद्युत चुहावट भएका वितरण केन्द्रलाई धेरै र कम चुहावट भएकालाई कमको चुहावट नियन्त्रणको लक्ष्य दिएको छ । प्राधिकरणले दुई वर्षको अवधिमा करिब १२ सय मेगावाटको प्रसारण तथा वितरण सबस्टेसनको क्षमता थप गरेको र एक वर्षभित्रमा करिब २६०० सय मेगावाटको थप हुने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

Comments

NIC Asia