MENU
प्रेमीको लागि आफ्नो चार बर्षीय छोरालाई बिष खुवाएर मार्ने आमा
 : 18 views
  Feb 07, 2019

श्रीमानलाई धोका दिएर परपुरुषसंग सम्बन्धमा रहेकी एक महिलाले आफ्नै छोरालाई बिष खुवाएर मारेकी छन् । सल्यानकी एक महिलाले ति परपुरुषको लागि आफ्नो ४ बर्षको छोरालाई विष खुवाई मारेकी हुन्।

सल्यानमा बसोवास गर्दै आएकी एलिशा खत्री नाम गरेकी उक्त महिला आफ्ना श्रीमानसंग खुशी नभएपछि अर्कै युवकसँग प्रेम सम्बन्धमा थिइन् । उनले ती युवकलाई आफू अविवाहित र एक्लो भएको बताउँदै आएकी रहिछन् । त्यसैको लागि उनले आफ्ना ४ बर्षीया छोरा समीर खत्रीको हत्या गरेकी हुन् ।

 

विषदी खुवाएर भूत प्रेत लाग्यो भनी उपचारको लागि श्रीनगर तर्फ लैजाँदै गर्दा बाटोमै समिरको ज्यान गएको प्रहरीले जनाएको छ ।छोराको ज्यान गएपछि गाउँलेहरुलाई भ्रममा पारी खत्रीले छोरा समिरको लास जङ्गलमा गाडेको स्थानीयले जानकारी दिएपछि प्रहरीले २९ गते खत्रीलाई पक्राउ गरि अनुसन्धान थालेको थियो ।

Comments

NIC Asia