MENU
माइनस ४ डिग्री तापक्रममा पनि बोल्ड देखिइन प्रियंका ,रोमान्टिक बने आर्यन
 : [views]
  Feb 10, 2019

कलिउड, क्लासिक, माला, छक्का पञ्जा लगायतका केही फिल्ममा सँगै काम आर्यन सिग्देल र प्रियंका कार्की विकासराज आचार्य निर्देशित नयाँ फिल्म ‘हजार जुनीसम्म’ मा जोडीको रुपमा फेरी संगै देखिने भएका छन् ।


यस फिल्ममा पूर्व प्रेम-प्रेमिकाको भूमिकामा देखिने बताइएको छ । फिल्ममा आर्यन एक छोराको पिताको भूमिकामा छन् । यसमा उनले आफ्नो गेटअपमा निकै परिवर्तन गरेका छन् ।

पिताको भूमिकामा फिट देखिन उनले दाह्री र जुँगा निकै बढाएका छन् । यस फिल्मबाट हिरोको रुपमा अक्की प्रधानले डेब्यु गरेका छन् । फिल्ममा अक्की, आर्यनको छोराको भूमिकामा देखिनेछन् । उनको जोडी अभिनेत्री स्वस्तिमासँग बाँधिएको छ । सलोन बस्नेत, शिवहरी पौडेल, उत्तम केसीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहेको छ ।

हालै फिल्मको एक रोमान्टिक गीत सिक्किमको हिमाली भेगमा खिचिएको छ । माइनस ४ डिग्री तापक्रम रहेको चाँगु लेकमा खिचिएको गीतमा आर्यन र प्रियंकालाई फिचर गरिएको छ ।

Comments

NIC Asia