MENU
श्रीदेवी छैनन् भन्दा विश्वास नै लाग्दैन-माधुरी
 : [views]
  Feb 11, 2019

श्रीदेवीको निधन भएको एक वर्ष पुग्ने लाग्दा अर्की अभिनेत्री माधुरी दीक्षितले यो घटना पत्याउन गार्हो हुने गरेको बताएकी छन् । करिब तीन दशक बलिउडमा राज गरेकी श्रीदेवीले मृत्यु अघि निर्देशक अभिषेक वर्मनको फिल्म ‘कलंक’ मा काम गर्ने योजनामा थिइन् । तर अचानक उनको मृत्युकारण निर्देशक वर्मनले श्रीदेवीको भूमिकामा माधुरीलाई लिएका छन् ।

यसैक्रममा माधुरीले श्रीदेवीको सम्झनामा भावुक बन्दै भनिन्, ‘ अझै विश्वास गर्न मुश्किल हुन्छ । उनी छैनन् भनेर विश्वास नै लाग्दैन । श्रीदेवीको एक्कासी भएको निधन निकै अप्रत्याशित थियो ।’ उनले श्रीदेवीको भूमिका गर्नुपर्ने वाध्यता भएको भन्दै उनले निर्देशक वर्मनको काम पूरा गर्नैपर्ने भएकाले श्रीदेवीको निधनलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने दबाब भएको बताइन् ।

 

उनले भनिन्,‘ काम र उनलाई गुमाउनु अलग अलग कुरा हो तर उनलाई गुमाएको हो भन्ने सत्य स्वीकार गर्न मुश्किल थियो ।’श्रीदेवीको मृत्यु गत साल फेब्रअरी २४ मा दुवईको एक होटलमा बाथटबमा डुबेर भएको थियो ।

Comments

NIC Asia