MENU
बर्षा र संजोकको टिकाटालो,फेसबुकमा जुराए संयुक्त नाम ‘सन्सा’
 : [views]
  Feb 12, 2019

आउँदो फागुन २ गते प्रेम दिवसको दिन विवाहमा परिणत गर्न लागेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले टिकाटालो गरेका छन् । सोमवार उनीहरुले दुबै परिवारको उपस्थितिमा एकअर्कालाई औंठी लगाए ।

इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै वर्षा र संजोगले आ-आफ्नो आधिकारिक फेसबुकमा एउटै प्रेमिल वाक्य लेखेका छन्, ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’ उनीहरुले आफूहरुको संयूक्त नाम समेत जुराएका छन् । दुईले संयूक्त नाम ‘सन्सा’ राखेका छन् ।

 

केही हप्ता अगाडि यो जोडीले फरक शैलीमा निमन्त्रणा कार्डमार्फत् विवाहको मिति घोषणा गरेका थिए । अहिले उनीहरुलाई चलचित्रकर्मी तथा शुभचिन्तकहरुको बधाई तथा शुभकामनाको ओहिरो लागेको छ ।

Comments

NIC Asia