MENU
सारेगमप लिटल च्याम्समा नेपालका प्रितम आचार्यको दमदार प्रस्तुती,जजहरुको आँखामा आँसु
 : 26 views
  Feb 12, 2019

रियालिटि शो ‘सारेगमप लिटल च्याम्स’ को नयाँ एपिसोड फ्रेब्रुअरी ९ बाट शुरु भएको छ । १६ वर्ष भन्दा कम उमेरका बालबालिकाको लागि बनेको गायन रियालिटि शोमा नेपालका दुई बालकहरु पनि सहर्थाभागी भएका छन्। इटहरीका प्रितम आचार्य अनि भक्तपुर बस्ने सिन्धुपाल्चोकका आयुष केसी टप ३० मा परिसकेका छन्।

इटहरी बस्ने ११ वर्षका प्रितम आचार्य पनि लिटिल च्याम्प्सको टप ३० मा पुगिसकेका छन्। उनी सन् २०१६ मा भएको सुरशाला जुनियर आइडलको उपविजेता हुन्।

 

इटहरीको विश्व आदर्शमा कक्षा ६ मा पढ्दै गरेका आचार्य पाँच वर्षको हुँदादेखि संगीत सिक्न थालेका हुन्। उनको सानैबाट संगीतमा रुचि देखेर परिवारले उनलाई गायक नै बनाउने सोचेको प्रितमका बुबा काँशिनाथ आचार्यले बताए ।

 

उनका धेरै गुरुहरु छन्। बलराम समाल, प्रिन्सिपल भूपेन्द्र राई, राजु केसी, भोला राई लगायत सुरशाला म्यूजिक एकेडेमीका अमृत क्षेत्री। उनले सानैबाट साइरामको भजन गाएका थिए। उनी पूर्वाञ्चल आइडलमा सहभागी भएका थिए।

 

परिवारले उनको गायकीलाई सधैँ साथ दिएको छ। संगीत सिक्न उसलाई चाँहिने सबै सामग्रीको जोहो परिवारले गरेको छ। अहिलेसम्म प्रितमले धेरै वटा गीत रेकर्ड गराइसकेका छन्।

 

यो यात्रामा उनीहरु एकैपटक पुगेका होइनन्। सारेगमपले पहिलो चरणमा भिडियोबाट अडिसन लिएको थियो। सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो।

 

दिल्लीमा अडिसन दिन प्रितम र आयुषसँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए। ‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गए। त्यसपछि ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’मा छानिएर टप ३० मा पुगेका हुन्। आयुषले गाएको गीत भने प्रसारण हुन बाकि छ ।

Comments

NIC Asia