MENU
५४ बर्षको उमेरमा जुम्ल्याहा बच्चा
 : [views]
  Feb 12, 2019

काठमाडौंको पुल्चोक स्थित अल्का अस्पतालको आईभीएफ फर्टिलिटी सेन्टरबाट ४ बर्षदेखी महिनावारी सुकेर बसेकी ५४ वर्षेको महिलाले टेस्ट ट्युब बेबीको माध्यमबाट जुडुवा बच्चा जन्माएकी छिन्। सम्भवतः ४ बर्षदेखी महिनावारी बन्द भएकी ५४ वर्षीय महिलाले टेस्ट ट्युब बेबी जन्माएको यो नै नेपालको लागि पहिलो त्यस्तो केस हो। स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्मा र उनको टिमले सफल रुपमा आईतबार जुडुवा बच्चाको शल्यकृया गरेका हुन् ।

आईभीएफ महिलाहरुमा कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एक प्रविधी हो । यसलाई बाँझोपन कम गर्ने प्रभावकारी प्रविधी मानिन्छ। यस प्रक्रिया मा कुनै महिला को अण्डाशयबाट अण्डलाई अलग गरेर त्यसलाई टेष्ट ट्युबमा शुक्राणु सँग निशेचित गराइन्छ। यसपछि निषेचित अन्डा महिलाको गर्भाशयमा राखिन्छ।

 

विश्वमा पहिलो पल्ट यस प्रक्रिया को प्रयोग बेलायतमा पैट्रिक स्टेपो र रबर्ट एडवर्डस ले गरेका थिए। उनीहरूको यस प्रक्रिया ले जन्मेको बच्चाको नाम लुईस ब्राउन थियो जसको जन्म २५ जुलाई, १९७८ मा मेनचेस्टर मा भएको थियो। भारतमा पहिलोपल्ट डाक्टर सुभाष मुखोपाध्यायले यस प्रक्रिया को प्रयोग गरेका थिए।

 

आज यो प्रविधी नि-सन्तान दम्पत्तीहरुको लागि एक नयाँ आशा को किरण भएको छ। नेपालमा टेष्ट ट्युब बेबीको प्रविधि भित्र्याउने डाक्टर भोला रिजाल हुन्।

Comments

NIC Asia