MENU
२० दिनमै बनाइ सकियो अभिनेता अर्पण थापाको घर
 : 20 views
  Feb 12, 2019

भर्सटायल अभिनेता अर्पण थापा निर्देशित हरर फिल्म ‘घर’ को सोमवार इन्डक्ल्याप भएको छ । फिल्मको छायांकन २० दिनमा नै सकिएको हो ।


काठमाण्डौको बुढानिलकण्ठ आसपास यो फिल्मको छायांकन गरिएको छ । निर्देशक अर्पण स्वयंको कथामा फिल्म आधारित छ भने उनी नै लिड रोलमा छन् । उनको साथमा दुई नायिका बेनिशा हमाल र सुरक्षा पन्तको मुख्य भूमिका छ ।

फिल्मका अभिनेत्री सुरक्षा, अर्पणकी श्रीमतीको भूमिकामा छिन् । बेनिशाले भने आफ्नो गेटअप केही फरक रहेको बताएकी छन् ।

Comments

NIC Asia