MENU
भारतका बुढो सलमान
 : [views]
  Apr 15, 2019
  • 3
    Shares

चलचित्र ‘भारत’ मा सलमान खानलाई बुढो देखाइएको तस्बिर सार्वजनिक गरिएको छ । तस्बिरमा सलमान सेतो कपाल र सेतो दाह्रीमा देखिएका छन् ।

 

उनलाई एउटा वृद्धको रूपमा देख्न सकिन्छ । रोमान्टिक, एक्सन,थ्रिलर चलचित्रमा बढी देखिने सलमानले आफूलाई बुढो देखाइएको तस्बिर सार्वजनिक गर्दै आफ्ना ‘फ्यान’ हरुलाई सरप्राइज दिएका छन्।

 

चलचित्रकोतस्बिर ट्विट गर्दै सलमानले आफ्नो ‘रंगिन जिन्दगी’ को कुरा समेत उल्लेख गरेका छन्। चलचित्रमा सलमानको बाल्यकालदेखि ६० को दशकसम्मको यात्रारहेकोबताइएको छ। यो चलचित्र सलमानका लागि एउटा ऐतिहासिक हुने बताइएको छ।

 

यो चलचित्रको ट्रेलेर अप्रिल २४ तारिखका दिन रिलिज गरिने चलचित्र निर्माण युनिटले जनाएको छ। सलमानका अलवा ‘भारत’मा कट्रिना कैप, दिशा पटानी, तबू, ज्याकी श्राफ र सुनिल ग्रुभरको अभिनय रहेको छ।अलि अब्बास जफरले निर्देशन गरेको यो चलचित्रक इदको अवसर पारेर जुन ५ तारिखका दिन रिलिज हुँदैछ।


  • 3
    Shares
  •  
    3
    Shares
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

NIC Asia