किन चौबीस घण्टा टिक्न सकेनन् शशांक ?

काठमाडौं । कांग्रेस महामन्त्री शशांक कोइरालाको अस्थीर अभिव्यक्ति उनकै दलभित्र आलोचनाको बिषय बन्न पुगेको छ । आफ्नै आँगनमा आयोजित होलीको रमझममा उनले जनमत संग्रहका ’boutमा दिएको अभिव्यक्ति सर्बत्र चर्को आलोचनाको शिकार भएपछि भोलिपल्ट चितवन ओर्लेर त्यसको दोष मिडियामाथि थोपरेर आफू चोखिन खोजे । तर उनले अघिल्लो दिन जे बोलेका थिए त्यो कुनै काल्पनिक समाचार बनेको थिएन,उनकै ध्वनीमा प्रशारण भएको थियो । संविधानसँग स्पष्ट बाझिने गरी कोइरालाले ‘संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने’ अभिव्यक्ति दिएका थिए । जसको निकै जमेर आलोचना भैरहेको छ ।

कोइरालाको यो भनाईमा आम नागरिकको तीखो टिप्पणी ओईरिईरहेको बेला उनकै पार्टीका केन्द्रीय सदस्य गगन थापाले कडा शब्दमा प्रतिक्रिया जनाएका छन् । थापाले त ‘पार्टीको निर्णय विना नै महामन्त्री कोइरालाको जनमत संग्रहमा जान सकिने कुरा गलत’ भएको उनले टिप्पणी नै  गरेका छन् । उनले अझ खुलासा गर्दै भनेका छन् – ‘जिम्मेवार नेताहरुले आन्तरिक छलफल नगरी यस प्रकारको अभिब्यक्ति आउनुले पार्टी ठूलो भड्खालोमा जाकिने छ’।

 

 

शुक्रबार जीपी फाउण्डेसनको कार्यक्रममा बोल्दै थापाले नेताहरुलाई पार्टी भड्खालामा जाने र नेता कार्यकर्तालाई अलमलमा पार्ने अभिव्यक्ति नदिन चेतावनी नै दिए ।

हिन्दु धर्मका ’boutमा चर्चा चल्दा विगतमा पनि कोइरालाले जनमत संग्रहको प्रसंग निकाल्ने गरेका थिए । तर महासमिति बैठकमा यस’bout हस्ताक्षर अभियान चल्दा र त्यसमा बहुमत महासमिति सदस्यले हस्ताक्षर गर्दा कोइराला भने लगभग मौन देखिएका थिए । जुनबेला आम महासमिति सदस्यले उनको नेतृत्वको अपेक्षा गरेका थिए । उनको निस्क्रियता देखेर कतिपयले संशय समेत गरेको देखिन्थ्यो कोइरालाको अभिव्यक्तिमाथि । अहिले आएर चौबीस घण्टा पनि नटिक्ने विवादाष्पद अभिव्यक्ति दिएर कोइरालाले बिहान एउटा कुरा अपराह्न अर्को कुरा र साँझतिर पुनः अर्को अन्तर्विरोधी कुरा गर्न हाम्रा राजनीतिकर्मीलाई महारथ नै प्राप्त छ भन्ने उदाहरण प्रस्तुत गरिदिएका छन् ।

कोइरालाले आफ्नो अघिल्लो दिनको भनाइलाई सच्याउन प्रयास गर्दै भनेका थिए– ‘गणतन्त्र र संघीयता जनआन्दोलनका उपलब्धि हुन्, मैले यसमा जनमतसंग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन । हिन्दू राज्यका विषयमा जनताले सरकारलाई दबाव दिन आवश्यक रहेको भने बताएको हुँ ।’ शशांकको अभिव्यक्तिले काँग्रेसकै अगुवाइमा निर्माण र घोषणा भएको संविधानको अपमान भएको भन्दै नागरिकस्तरबाट समेत आलोचना भैरहेको छ ।

 धार्मिक स्वतन्त्रता वा धर्म’bout जनमतसंग्रह गर्ने/नगर्ने विकल्प सुरक्षित रहेको भन्दै जनमतमा गएको अवस्थामा कुनै पनि दलले हस्तक्षेपको नीति लिन नहुने कोइरालाको भनाइ रहेको बुझिन्छ । कोइरालाले यसो भनिरहँदा बीचबाटै आएको संघीयता र गणतन्त्र’bout पनि जनमतसंग्रह गर्नुपर्ने माग आएको खण्डमा काँग्रेसको धारणा के रहनेछ भन्ने प्रश्नमा महामन्त्रीले भनेका छन्–‘यदि जनताको ठूलो जमातबाट यस्ता माग आएमा जनमतको कदर काँग्रेस मात्रै हैन–अन्य दलले पनि गर्नुपर्छ र काँग्रेस जनमतलाई सम्मान गर्ने पार्टी भएकै कारण यसमा पनि तयार छ ।’ सरल पत्रिका डट कमबाट साभार