बाहिरबाट कसैले युक्रेनमा हस्तक्षेप गर्न खोजे जवाफ दिन्छौं : पुटिन

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको मामिलामा कुनै पनि देशले खुट्टा उचाल्ने प्रयास गरेमा त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन्।

रुसी सांसदहरूसँग कुरा गर्दै पुटिनले उक्त चेतावनी दिएका हुन्। उनले भने,‘यदि बाहिरबाट कसैले युक्रेनमा हस्तक्षेप गर्न खोज्यो भने उसलाई बिजुलीको गतिमा जवाफ दिइनेछ।’

उनले आफ्नो देशसँग कसैले कल्पना गर्न नसक्ने गरी जवाफ दिने हातहतियार रहेको पनि बताए।

उनले भने, ‘कसैले कल्पना पनि गर्न नसक्ने गरी जवाफ दिने उपकरण हामीसँग छ। हामी यसको ’boutमा मात्र बोल्दैनौं, तर यसलाई प्रयोग गर्नेछौं।’

यस्तो अवस्थामा के गर्ने भन्ने निर्णय भइसकेको पुटिनले बताए। यद्यपि उनले यस’bout आफ्नो विवरण भने दिएनन्।