प्रचण्डको भ्रष्टाचारमा सहयोद्धा बाबुरामको खुलासा


सदृश्य विशेष संवाददाता ।
(नेकपा माओवादी केन्द्र परित्याग गरेर नयाँ शक्ति नामक नयाँ पार्टी मार्फत देशको राजनीतिमा होमिएका डा बाबुराम भट्टराईले जनयुद्धबाट शान्ति प्रकृयामा अवतरण गरेपछि माओवादीमा भएको अन्तरंग भ्रष्टाचारको खुलासा गर्न प्रारंभ गरेका छन् । यसको शुरुवात डा भट्टराईले सार्वजनिक रुपमा सुदुरपश्चिमको कंचनपुरबाट गरेका छन् ।
भट्टराइको उक्त भाषणको भ्रष्टाचार खण्डलाई सदृश्यले शब्दश उतार गरी प्रकाशित गरेको छ । सामाजिक संजालमा भाइरल बनिरहेको भीडियोको बाबुरामको मन्तब्य । –संपादक)

बाबुरामले पार्टी छोड्यो !

मलाई धेरैले सोध्नुहुन्छ, डा बाबुराम भट्टराईजी तपाईले माओवादी पार्टी किन छाड्नु भयो ?
काँग्रेस–एमाले भ्रष्ट पार्टी भए, यिनले राष्ट्रघात गरे । लोकतन्त्रको रक्षागर्न सकेनन् भनेर हामीले दश वर्षे जनयुद्ध शुरु गरेका हौं । मैले नै चालिस सुत्रीय माग सरकारसमक्ष प्रस्तुत गरेको थिएँ ।
राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सूत्रबद्ध कार्यक्रम त्यसमा प्रस्तुत गरिएको थियो । त्यसैको आधारमा दशवर्षे जनयुद्ध भयो । आज हामी गणतान्त्रिक संबिधानसभा हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगेका छौं ।
संबिधानसभामा सबैभन्दा बढी मत ल्याएर, जितेर संबैधानिक समितिको सभापति हुनुको नाताले मैले संबिधान निर्माणको समयमा अहम् भूमिका निर्वाह गरें ।

यसमा मलाई गर्व छ तर संविधान जारी गरे पछि जब यसलाई कार्यान्वयन गर्ने समय आयो, देशमा राजनीतिक स्थिरता कायम गरेर विकास र समृद्धि तर्फको दिशातर्फ जाने बेला आयो त्यतीबेला मैले हेरे, हाम्रा पुराना माओवादी नेता काँग्रेस र एमालेलाई भन्दा पनि उछिनेर भ्रष्टाचारी बनेका छन् ।
अर्बौंको भ्रष्टाचार यहाँ भएको छ । मैले यहाँ भन्दा तपाईहरुलाई अन्यथा नपरोस्, मैले बाहिर भनेको छैन । अहिलेसम्म मैले भित्रै भनेको छु । सबै मान्छेलाई थाहा पनि छ ।
पूर्व जनमुक्तिका सेनालाई अर्वौं रुपैयाँ राज्यबाट दिइएको थियो । उनीहरुको पुनस्र्थापनाको लागि । उनीहरुले जनयुद्धमा ज्यानको बलिदान गरेका थिए । त्यसवापत उनीहरुको पुनस्र्थापना गरिनुपर्छ भनेर अर्वौं रुपैयाँ दिइएको थियो ।

तर भित्रभित्रै थाहा लाग्यो, त्यो पैसा केही कमाण्डरको नेतृत्वमा सानो मुट्ठीभर कोटरीले हामी (म र किरण) लाई थाहा सम्म नदिइकन उनीहरुले अरबौं रुपैयाँ अवचलन गरे । हो, त्यही कारण मैले प्रष्ट रुपमा देखेको थिएँ, जब उनलाई मुद्धा लगाउने कुरा आउन थाल्यो त्यसपछि उनी विदेशी प्रभुका सामु झुक्न नै थाले । ’cause त्यो मुद्धाबाट बचाइदिन सक्न विदेशी प्रभु नै हुनसक्थे । उनी लम्पसार परिसकेका थिए र त्यो मैले देखिसकेको थिएँ ।

 

 

माओवादी सत्तामा जाँदा किन सधैं संचार मन्त्रालय मात्र लिइयो ? किनकि टेलिकम्युनिकेसन त्यस मन्त्रालय अन्तर्गत हुन्थ्यो र त्यहाँ अरबौं रुपैयाँको कमिशनको खेल हुन्छ ।
प्रचण्डका सबैभन्दा विश्वास पात्र किन संचार मन्त्रालयमा गए ? त्यहाँ २० अर्वको भ्रष्टाचार भएको थियो । दश दश अर्व रुपैयाँ बाँडफाँडमा झगडा प¥यो । त्यो मैले थाहा पाएँ ।
संबिधान जारी हुने बेला थियो र उनीहरु बीचको झगडा छताछुल्ल हुने गरी परेको थियो ।
यो भन्दा डुङ्गडुङ्गती गनाउने अरु के हुनसक्थ्यो ? यस्ता मान्छेबाट देशको विकास हुनसक्छ ? म माओवादीबाट निस्कनुको एउटा मूख्य कारण यो थियो ।

बैचारिक र राजनीतिक कुरा त छँदैथियो तर ब्यवहारिक कुराहरु काँग्रेस र एमालेका नेतालाई भन्दा पनि उछिनेर अरबौंको यो ढंगको भ्रष्टाचार गर्ने र त्यसलाई लुकाउन, छिपाउन विदेशी शक्तिसंग लम्पसार पर्ने र वाहिर राष्ट्रियताका कुरा गर्ने ?
उल्टै तपाई हामी जस्ता सिदासादा जनता जस्ले केही पनि गरेको छैन, जस्को जीवन खुला छ तिनैलाई बदनाम गरेर भ्रम छर्ने पाखण्ड देखेपछि यस्ता पाखण्डीबाट देश बच्न सक्दैन । देश बचाउने हो भने हिम्मत गर्नुपर्छ भनेर मैले आँट गरें ।

पीएलए (जनसेना)का साथीले मलाई यहाँ एउटा लिखित प्रश्न गर्नु भएको छ । म तपाईलाई जवाफ दिन सक्छु । नेताहरुलाई भन्नुस, तपाईहरुका लागि पन्ध्र हजार मानिसले ज्यानको बलिदान गरेका थिए ।
लमजुङ्गको बिचौर चौकीमा ०५८ असार २३ गते आक्रमण भएको थियो । त्यहाँ एउटा बन्दुक बचाउन छ जना महिला लडाकुहरुले जीवन आहुती दिनुभएको थियो ।
एक महिला ढल्थिन, त्यो बन्दुक उठाउन अर्की महिला लडाकुले जीवन आहुती दिनुभएको थियो । एक दुई गर्दागर्दै छ जना महिलाले जीवन दिएर मात्र त्यो बन्दुक जोगाउनु भएको थियो । तर ती बन्दुक के भए ? मैले आज पीएलएका साथीहरुलाई भन्नुपर्छ । त्यस्ता तीनचार हजार बन्दुक थिए ।

शान्ति प्रकृयामा हामी आयौं ।

गिरिजाप्रसाद प्रधानमन्त्री भए । प्रचण्ड र मैले उहाँलाई भेट्यौं । राजतन्त्र खारेज भैसकेको थिएन । हामीले भन्यौं, शान्ति प्रकृया भंग भयो भने त फेरि हामीले अर्को सशस्त्र युद्ध गर्नु पर्न सक्छ । गिरिजाबाबुलाई सोध्यौं, सात सालमा तपाईहरुले के गर्नु भएको थियो ?
हामीले त्यत्रो लडेर ल्याएको, त्यतीधेरै मान्छे मरेर जम्मा गरिएका बन्दुक तपाईलाई शान्तिप्रकृया भनेर त बुझाइ दिन्छौं तर राजाले धोका दियो भने के गर्ने ? गिरिजाबाबुलाई म सम्मान गर्छु ’cause उनले भने, अलीअली बन्दुक राख्नोस् । राजाको ठेगान छैन । जतिबेला गणतन्त्र आउला, त्यसपछि बुझाउनु होला ।
यसपछि हामीले सातसय (संख्या अहिले ठ्याक्कै मैले बिर्सें) बन्दुक लुकाएर राख्यौं ।

पछि म जब प्रधानमन्त्री भएँ, त्यसपछि तपाईका नेता अहिलेका प्रधानमन्त्री प्रचण्डले एउट बिदेशी खुफिया एजेन्सीलाई अत्याधुनिक राइफलहरु जो थिए, ती बेचेछन् । अनि उनलाई समस्या परेछ ।
महेन्द्रनगर नाकाबाट बन्दुक निकासी गर्न जब उनलाई समस्या प¥यो । समस्या परेपछि प्रचण्डले मलाई भने, समस्या प¥यो बाबुरामजी ! तपाईले सुरक्षा सेनालाई भनिदिनु प¥यो ।
उनले भने, मैले बन्दुक बेच्ने भएँ । बाहिर निकासी गर्न अब तपाईले मलाई मद्धत गर्नुप¥यो बाबुरामजी ।
म खङ्गं्रंग भएँ । उहाँको कुरा सुनेर म लज्जीत भएँ ।
जसको लागि जीवन बलिदान गरेर बन्दुक जम्मा गरिएको थियो । त्यो विदेशी खुफिया एजेन्सीलाई जनयुद्धको कमाण्डर भन्ने मान्छेले नै बन्दुक बेचेर करोडौं रुपैयाँ कमाउन मिल्छ ? मिल्दैनथ्यो ।
मैले मानिन । यस्तो कुरा नगरौं भनें ।
प्रचण्डलाई भनें, हेर्नुहोस् कुनै दिन यो बाहिर आऊँछ । अनि यो कलंकले तपाईलाई पनि खान्छ । म पनि मतियारमा गनिन्छु । यस्तो गर्नु हुँदैन । नगरौं र म सक्दिन, मैले भनें ।
उनी पछि हटे ।

 

 

त्यसपछि मैले त्यतीबेलाका प्रधान सेनापति छत्रमान गुरुंगसंग हतियार’bout विमर्श गरें ।
गुरुंगलाई मैले भनें, गिरिजाबाबु मरेर गैसक्नु भयो । यो कुरा अरु कसैलाई थाहा छैन । अब त्यो कुरा प्रचण्ड र मलाई मात्र थाहा छ । भन्नुहोस्, ती बन्दुक अब कहाँ राख्ने ?
गुरुंगले भने, हुन्छ हजुर । हाम्रो छाउनीमा सैनिक संग्रहालय छ, त्यहाँ लगेर राखौंला ।
मैले छत्रमानजीलाई भनें, हुन्छ त्यहीं लगेर राख्नोस । अहिले ती बन्दुक त्यही संग्रहालयमा छन् ।
अब भन्नुस, को देशभक्त ? को क्रान्तिकारी ? कस्ले शहिदको सम्मान ग¥यो ? यो कुरा तपाईहरुले छुट्याउनु प¥यो ।
अहिले भनिदैछ, बाबुरामले शहिदको अपमान ग¥यो । छोडेर गयो । भन्नुहोस् अब, बाबुरामले छोडेर गयो कि तिनको सम्मानको निम्ति बाबुरामले काम गरिरहेको छ ?