शुकनासोपदेश –शरच्चन्द्र वस्ती

को हुन् वाणभट्ट ? अनुवादक शरच्चन्द्र वस्ती भन्छन्, वाणभट्ट संस्कृत भाषाका सम्राट् हुन् । उनीसँग तुलना गर्न सकिने गद्यकार संस्कृत वाङ्मयमा छैन । संस्कृत भाषाको सम्पूर्ण सौन्दर्य, क्षमता र आकर्षण सातौं शताब्दीका वाणभट्टको गद्यमा चमत्कारी रूपमा प्रकट भएको छ । ‘वास्तवमा स्वयं वाणी (सरस्वती) विशेष चमत्कार प्राप्त गर्न पुरुषको रूप धारण गरेर वाण बनेकी हुन्’, समालोचकहरूको भनाइ छ । उनको दृष्टि, कल्पना, अनुभव र शास्त्रज्ञान कति व्यापक छ भने कुनै क्षेत्र वा विषय त्यसबाट बचेको छैन । त्यसैले ‘सारा संसार वाणभट्टको जूठो हो’ (वाणोच्छिष्टं जगत् सर्वम्) भन्ने मान्यता नै स्थापित छ । चरित्रचित्रण र प्रकृतिवर्णनमा, शैली र अलंकारमा, निरीक्षणशक्ति र मनोदशावर्णनमा, नवीन पदविन्यास र नूतन अर्थाभिव्यक्तिमा, प्रभाव र प्रवाहमा उनी सर्वथा विलक्षण छन् ।
कादम्बरी वाणभट्टको सर्वोत्कृष्ट रचना हो जसलाई स्वयंमा एउटा चमत्कार मान्नुपर्छ । चन्द्रापीड र पुण्डरीकको तीन जन्मको कथाको सेरोफेरोमा रचिएको र प्रसंगवश विभिन्न चरित्र, अवस्था, स्थान तथा विषयवस्तुको सजीव चित्रण गरिएको यस गद्यकाव्यमा प्रवेश गरेपछि पाइला–पाइलामा विस्मयकारी आनन्दको अनुभव हुन थाल्छ । शुकनासोपदेश यस्तै एउटा प्रसंग हो जसमा लक्ष्मी र त्यसको प्रकृति तथा दुष्प्रभावको विस्तृत वर्णन गरिएको छ । अर्थ, अलंकार, शैली, प्रवाह र प्रभाव अर्थात् कलात्मक प्रस्तुतिका दृष्टिले यो जति उत्कृष्ट छ, उपयोगिताका दृष्टिले आज पनि त्यत्तिकै ग्राह्य एवं सामयिक छ । त्यही शुकनासोपदेशको नेपाली अनुवाद यहाँ प्रस्तुत छ ।
शुकनासोपदेश
चन्द्रापीडको उमेर पुगेपछि राजा तारापीडले उनलाई विधिवत् युवराज घोषणा गर्ने तयारी गर्न थाले । युवराजको गद्दीमा बस्ने दिन नजिकै आएपछि एक दिन राजकुमार चन्द्रापीड प्रधानमन्त्री शुकनासलाई भेट्न उनीकहाँ उपस्थित भए । त्यसवेला, त्यसै पनि विनीत चन्द्रापीडलाई अझ बढी विनीत बनाउने इच्छाले शुकनासले भने
बाबु चन्द्रापीड ! जान्नुपर्ने कुरा तिमीले जानिसकेका छौ र सम्पूर्ण शास्त्रहरूको अध्ययन गरिसकेका छौ । तिमीलाई उपदेश दिनुपर्ने कुरा अलिकति पनि बाँकी छैन । तैपनि, यौवनावस्थामा स्वभावतः जुन गाढा अन्धकार (अज्ञान) उत्पन्न हुन्छ त्यसलाई न सूर्यले भेदन गर्न सक्छ, न रत्नको किरणले छेड्न सक्छ, न कुनै बत्तीले नै हटाउन सक्छ । धनसम्पत्तिको मात कति भयानक हुन्छ भने त्यो जीवनभर कहिल्यै शान्त हुँदैन । सम्पत्तिले विवेकशून्य बनाएर जुन अन्धोपन पैदा गर्छ त्यसलाई कुनै ओखतीले निको पार्न सक्तैन । विषयवासनाको स्वादमा डुबेपछि उत्पन्न हुने बेहोशी कुनै जडीबुटी वा तन्त्रमन्त्रबाट हट्न सक्तैन । विषयासक्तिरूपी फोहरी लिसो एकपल्ट लागेपछि दिनदिनै जति धोइपखाली गरे पनि छुट्तैन । राज्यसुखरूपी सन्निपातनिद्राले एकपल्ट गाँजेपछि मानिसको चेतना कहिल्यै जाग्न सक्तैन । त्यसैले म तिमीलाई आजै विस्तारपूर्वक केही भन्न चाहन्छु ।
जन्मिदै धनी हुनु, नयाँ जवानी चढ्नु, अनुपम सौन्दर्यशाली हुनु र अमानुषिक शक्तिसम्पन्न हुनु— यी ठूलो अनर्थका कारक हुन् । यीमध्ये कुनै एउटा पनि सारा उद्दण्डता र दुव्र्यवहारको कारण हुन सक्छ भने चारै कुुरा एकै ठाउँमा भएपछि झन् कस्तो होला ? जवानी चढ्न थालेपछि मानिसको बुद्धि शास्त्ररूपी जलले धोएर जति निर्मल बनाए पनि प्रायः फोहोर भइहाल्छ । युवकहरूको दृष्टि सबैथोक छाडेर सुन्दरीहरूतिर लठ्ठिन थालिहाल्छ । यौवनावस्थामा मानिसको स्वभावमा एक प्रकारको भ्रान्ति उत्पन्न हुन्छ र हुरीले सुकेका पात उडाएझैं त्यसले मानिसलाई उडाएर कहाँ हो कहाँ टाढा, अप्ठ्यारो ठाउँमा पु¥याइदिन्छ । युवतीहरूसँगको संसर्गरूपी मन थाम्नै नसकिने मृगतृष्णाले इन्द्रियरूपी हरिणहरूलाई निरन्तर दौडाइरहन्छ । अमला खाएपछि जसरी सामान्य पानी पनि गुलियो लाग्छ त्यसैगरी जवानी चढेको वेला सामान्य विषयसुखहरू पनि विशेष आनन्ददायी प्रतीत हुन्छन् । त्यस्ता वस्तुहरूप्रतिको अत्यधिक आसक्तिले मान्छेको विवेक हराउँछ र ऊ दिग्भ्रान्त भएर विनाशको बाटोमा लम्कन्छ ।
तिमीजस्ता मानिसहरू मात्र उपदेशका पात्र हुन्छन् । ’cause, जसरी सफा स्फटिकभित्र चन्द्रमाका किरणहरू अनायास प्रवेश गर्छन् त्यसैगरी स्वच्छ मनमा नै उपदेशको सार सहजै प्रविष्ट हुन्छ । गुरुको वचन अपात्रका कानमा प¥यो भने उनीहरूलाई कानभित्र पानी परेजस्तो भयानक पीडा हुन थाल्छ । तर सत्पात्रका निम्ति चाहिं त्यही वचन कर्णाभूषण जस्तो हुन्छ जसले उनीहरूको अनुहारको कान्ति धपक्कै बढाइदिन्छ । साँझमा उदाएको चन्द्रमाले अन्धकारलाई नाश गरेझैं गुरुको उपदेशले कामक्रोधादि समस्त दोषहरूलाई समाप्त पार्छ । जसरी वृद्धावस्थाले कालो कपाललाई बिस्तारै सेतो–उज्यालो बनाइदिन्छ त्यसैगरी गुरुको उपदेशले पनि काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता दोषहरूलाई स्वच्छ बनाएर (आत्मनियन्त्रणद्वारा सही ठाउँमा सही किसिमले प्रयोग गर्न सकिने बनाएर) गुणका रूपमा परिणत गरिदिन्छ । तिमीले सत्ता, सुन्दरी आदिको स्वाद आजसम्म नचाखेकाले तिमीलाई उपदेश दिने उचित समय पनि यही हो । ’cause, कामदेवको वाणको प्रहारले हृदय छियाछिया भइसकेपछि त्यहाँ उपदेश अडिन सक्तैन, पानीझैं चुहिएर जान्छ । दुश्चरित्र व्यक्ति जति उच्चकुलमा जन्मेको भए पनि र जतिसुकै शास्त्र पढे पनि सन्मार्गमा लाग्न सक्तैन । के चन्दनको काठबाट निस्केको आगोले डढाउँदैन ? अथवा, समुद्रको चीसो पानीले वडवानल झन् प्रचण्ड भएर उठ्तैन ?
गुरुको उपदेश भनेको त मानिसका सम्पूर्ण आन्तरिक मलहरू धोएर सफा गर्न सक्ने विना पानीको स्नान हो, कपाल फुल्ने र शरीर शिथिल हुने जस्ता दोषहरूबाट मुक्त वृद्धता (वरिष्ठता) हो, बोसो नथपिइकनै हासिल हुने गुरुत्व हो, सुनको प्रयोग नभए पनि अत्यन्त सुन्दर एवं परिष्कृत कर्णाभूषण हो, गर्मीविनाको शान्त प्रकाश हो र असजिलो उत्पन्न नगर्ने जागरण (निद्राभंग) हो । राजाहरूका लागि यो विशेष उपयोगी छ ’cause उनीहरूलाई के ठीक के बेठीक भनेर उपदेश दिनेहरू विरलै हुन्छन् । राजाको डरले मानिसहरू प्रतिध्वनिझैं उसको अनुसरण मात्र गर्छन् । कसैले उपदेश दिइहाल्यो भने पनि प्रचण्ड घमण्डले सुन्निएर कानको प्वाल टालिएका राजाहरू त्यो सुन्दैनन् । कदाचित् सुनिहाले पनि मत्ता हात्तीले झैं आँखा चिम्लेर अवहेलना गर्दै हितोपदेश दिने गुरुहरूको चित्त दुखाउँछन् । ’cause, राजाहरूको प्रकृति अहंकारको प्रचण्ड गर्मीमा निरन्तर छटपटाइरहेको हुन्छ, सम्पत्तिले उनीहरूमा झूठो उन्माद चढाइरहेको हुन्छ र राजलक्ष्मीले राज्यरूपी विषको विकारबाट तन्द्रा (आलस्य) थपिरहेकी हुन्छिन् ।
आफ्नो कल्याण चाहने तिमी सर्वप्रथम लक्ष्मीकै ’boutमा विचार गर । वीर योद्धाहरूका तरवाररूपी कमलवनमा विचरण गर्ने भमरोजस्ती यी लक्ष्मी समुद्रमन्थनपछि क्षीरसागरबाट निस्कँदा, मानौं आफ्ना साथी—सँगातीहरूसँग छुट्टिनुपर्दा उनीहरूको एक–एकवटा चिनो ल्याएजस्तो, पारिजातको पालुवाबाट राग (मोह÷अनुराग), द्वितीयाका चन्द्रमाबाट अत्यन्त कुटिलता (बांगोपन), उच्चैश्रवा घोडाबाट चञ्चलता (अस्थिरता), कालकूट विषबाट लठ्याउने (मूर्छित पार्ने) शक्ति, मदिराबाट मादकता (उन्माद) र कौस्तुभमणिबाट प्रचण्ड कठोरता (निष्ठुरता) आफूसँगै लिएर आएकी छन् । यस संसारमा लामो परिचय र सहवासबाट उत्पन्न हुने स्नेहको पटक्कै वास्ता नगर्ने यी लक्ष्मीजस्तो नीच स्वभावको अर्को कोही छँदैछैन । कसैगरी यिनलाई पाइयो भने पनि ठूलो कष्टले मात्र पाल्न सकिन्छ । असल गुणहरूरूपी डोरीले हलचल गर्न नसक्ने गरी बाँधेर राखे पनि लुसुक्क अर्कातिर हिंडिदिन्छिन् । हजारौं साहसी योद्धाहरूले उठाएको तरवाररूपी पिंजरामा राखे पनि उम्किन्छिन् । निरन्तर मद बगिरहेका मत्ता हात्तीरूपी बादलले घेरेर राखे पनि भाग्छिन् । न प्रेमको परवाह गर्छिन्, न खानदानको वास्ता गर्छिन्, न रूप हेर्छिन्, न कुलपरम्परालाई विचार गर्छिन्, न सच्चरित्रता हेर्छिन्, न सीप र चतुरताको मतलब राख्छिन्, न शास्त्रज्ञानको परवाह गर्छिन्, न धर्मबाट आकृष्ट हुन्छिन्, न त्यागको आदर गर्छिन्, न विशेषज्ञताको विचार गर्छिन्, न शिष्टाचारको छ्यान गर्छिन्, न सत्यको पक्षमा लाग्छिन्, न कुनै लक्षण (हस्तरेखा) आदिकै मतलब राख्छिन् (बरु त्यस्ता व्यक्तिलाई निर्ममतासाथ त्यागेर निष्ठुर, नीचकुलमा उत्पन्न, कुरूप, दुश्चरित्र, बोधो, मूर्ख, पापी, लोभी, व्यापारी, असभ्य, दुराचारी, ठग र चोरकहाँ रमाइरहेकी हुन्छिन्) । आकाशमा यदाकदा प्रतीत हुने गन्धर्वनगर जस्तो हेर्दाहेर्दै हराउँछिन् । समुद्रमन्थनका वेला पैदा भएको प्रचण्ड भुमरीमा घुमेको संस्कारले होला, आज पनि त्यसैगरी घुमेको घुम्यै गरिरहन्छिन् । कमलवनमा विचरण गर्दा कोमल पाउमा कमलदण्डको काँढा बिझेर हो कि झैं कहीं पनि मचक्क खुट्टो टेक्तिनन् । ठूलठूला राजाका घरमा अति प्रयत्नसाथ राख्ता पनि मत्ता हात्तीहरूको मद पिएर मातझैं लर्खराउँदै अर्कातिर लाग्छिन् । मानौं निष्ठुरताको अभ्यास गर्न नै हतियारका टुप्पामा बस्छिन् । मानौं विश्वरूप (अनेक रूप) ग्रहण गर्न नै भगवान विष्णुको शरीरमा आश्रय लिएकी छन् ।
जसरी साँझमा कमल सर्वाङ्गपूर्ण हुँदाहुँदै पनि शोभाविहीन हुन पुग्छ त्यसैगरी सबै गुण र आवश्यक अङ्गहरूले परिपूर्ण हुँदाहुँदै पनि यिनले राजाहरूलाई त्यागिदिन्छिन् । लहराले क्षुद्र बिरुवाहरूको आश्रय लिएझैं कुत्सित—कामुक व्यक्तिहरूको आश्रय लिन्छिन् । प्रशस्त धनसम्पत्ति दिने भए पनि गंगाको छाल र पानीको फोका झंै चञ्चल (अस्थायी) छिन् । सूर्यले वर्षैभरि राशि फेरिरहे जस्तो यिनी पनि मानिस फेरेको फे¥यै गरिरहन्छिन् । पातालको गुफाजस्तै अन्धकार (अज्ञान) ले भरिएकी छन् । हिडिम्बाजस्तै यिनको मन पनि भयानक साहस (भीमको साहस) ले मात्र आकृष्ट हुन्छ । बिजुली झैं झिलिक्क एकछिन मात्र उज्यालो दिन्छिन् । कैयौं मानिस बराबरको उन्नति (उँचाइ) देखाएर दुष्ट पिशाचिनीले कमजोर व्यक्तिलाई आकुलव्याकुल पारेझैं कैयौं मानिसको उन्नति देखाइदिएर सामान्य व्यक्तिलाई के गरौं र कसो गरौं भन्ने छटपटीमा पारिदिन्छिन् । सरस्वतीले स्वीकार गरेका (विद्वान्) व्यक्तिहरूलाई मानांै ईष्र्यावश अङ्कमाल गर्दिनन् । गुणीहरूलाई अपवित्र वस्तुझैं स्पर्श गर्दिनन् । उदार स्वभाववालालाई अमङ्गललाई झैं बेवास्ता गर्छिन् । सज्जनलाई अलच्छिन झैं ठानेर हेर्दिनन् । खानदानीलाई सर्पलाई झैं नाघेर हिंड्छिन् । वीरलाई काँढाझैं निकालेर फ्याँक्छिन् । दानीलाई दुस्वप्नलाई झैं स्मरण गर्दिनन् । विनम्रलाई पापी झैं ठानेर नजिक पर्दिनन् । स्वाभिमानीलाई पागल ठानेर उपहास गर्छिन् । मानौं इन्द्रजाल देखाएझैं आफ्नो परस्परविरोधी चरित्र संसारमा देखाइरहन्छिन् । जस्तै; निरन्तर गर्मी (धनको अहंकार) उत्पन्न गर्दागर्दै पनि चीसोपन (विवेकशून्यता) पैदा गरिदिन्छिन् । आर्थिक उच्चता प्रदान गरे पनि स्वभावमा नीचता ल्याइदिन्छिन् । समुद्रबाट उत्पन्न भएकी हुन् तर तृष्णा मात्र बढाइरहन्छिन् । ईश्वरत्व (प्रभुत्व) दिंदादिंदै पनि अमङ्गल (निकृष्ट) स्वभावको विस्तार गरिदिन्छिन् । शक्ति वृद्धि गराए पनि हलुका (गरिमाहीन) बनाउँदै लैजान्छिन् । अमृतसँगै जन्मेकी भए पनि तीतो (दुःखदायी) परिणतिमा पु¥याउँछिन् । आफू सामुन्ने देखा नपरिकनै झगडा उत्पन्न गराइदिन्छिन् । पुरुषोत्तम (विष्णु) की पत्नी भए पनि दुष्टहरूसँगै आसक्त रहन्छिन् । जतिसुकै स्वच्छ व्यक्तिलाई पनि कलंकित तुल्याइदिन्छिन् । दीपशिखा जस्ती यी लक्ष्मी जति जति प्रदीप्त हुन्छिन् उति उति ध्वाँसो झैं कालो कर्म मात्र थपिंदै जान्छ ।
यी लक्ष्मी तृष्णारूपी विषलता बढाउने जलधारा हुन्, इन्द्रियरूपी मृगहरूलाई लोभ्याएर विनाश गर्ने शिकारी–गीत हुन्, सच्चरित्रतारूपी चित्रलाई मेटिदिने धुवाँको मुस्लो हुन्, विवेकहीनतारूपी दीर्घनिद्राका निम्ति विलासी शैय्या हुन्, धनमदरूपी पिशाचिनी निवास गर्ने भत्केको कौसी हुन्, शास्त्ररूपी आँखाका निम्ति मोतियाबिन्दु हुन्, समस्त अविनय (दुश्चरित्रता) हरूका अगाडि फर्फराउँदी झ्ण्डा हुन्, क्रोध र आवेशरूपी गोहीहरू उत्पन्न हुने नदी हुन्, भोगविलासरूपी रक्सीको भट्टी हुन्, आँखा–मुख बंग्याएर र गर्दन अररो पारेर कुरा गरिने नाटकहरूको नाचघर हुन्, दुर्गुणरूपी सर्प लुक्ने दुलो हुन्, शिष्ट व्यवहारलाई भगाउने बेतको छडी हुन्, गुणरूपी राजहंसका लागि बेमौसमको वर्षा हुन्, लोकापवादरूपी पिलो चलखेल गर्ने ठाउँ हुन्, छलकपटरूपी नाटकको प्रस्तावना हुन्, कामवासनारूपी हात्तीका निम्ति केराको बोट हुन्, सज्जनताको बधशाला हुन् अनि धर्मरूपी चन्द्रमाका निम्ति राहुको मुख हुन् । त्यस्तो एउटै मानिस मैले देखेको छैन जसलाई लक्ष्मीले पहिले अँगालो मारेर—वेश्याले झैं—पछि धोखा नदिएकी हुन् । यिनलाई चित्र बनाएर राखे पनि हिंड्छिन्, काठको पुतली बनाए पनि हराउँछिन्, ढुंगामा खोपे पनि गायब हुन्छिन्, सबै कुरा बझेर पनि ठग्छिन् र भक्ति गरे पनि धोखा दिन्छिन् ।
यस्ती दुराचारिणी लक्ष्मीले पनि भाग्यवश कुनै प्रकारले यसो आलिंगन गर्नासाथ राजाहरू उन्मादले भुईंमा न भाँडामा हुन्छन् र सारा दुश्चरित्रताहरूको भाँडो बन्न पुग्छन् । मानौं राज्याभिषेककै वेला पवित्र कलशको जलले उनीहरूको उदारता पखालेर बगाइदिन्छ, होमको धुँवाले मनै कालो तुल्याइदिन्छ, कुशरूपी कुचोले क्षमाशीलता बढारेर फ्याँकिदिन्छ, रेशमी फेटाले बुढ्याइँको स्मृति छोपिदिन्छ, छत्र (छाता) ले परलोकको चेतना छेकिदिन्छ, चमरको हावाले सत्यवादितालाई उडाइदिन्छ, बेतको छडीले गुणहरूलाई धपाइदिन्छ, जयजयकारको कोलाहलले साधुवाद (असल कामको प्रशंसा–वचन) हरूलाई दबाइदिन्छ अनि ध्वजा–पताकाले यश पुछिदिन्छ । यसरी, कतिपय राजाहरू थकित पक्षीको घाँटीजस्तो अस्थिर, जुनकिरीको प्रकाशजस्तो क्षणिक र स्वाभिमानीहरूद्वारा निन्दित सम्पत्तिबाट दंगदास भएर, धनको अहंकारले ‘म को हुँ’ भन्ने समेत बिर्सेर विविध विकृतिले भरिएको दूषित रगतजस्तो विषयासक्तिबाट पीडित हुन्छन् । तिनीहरूलाई रूप, रस, गन्ध, स्पर्श, शब्द आदि विषयको उपभोग गर्न उग्र लालायित रहेका कारण पाँच–पाँचवटा मात्र (ज्ञानेन्द्रिय र कर्मेन्द्रिय) भए पनि हजारौं जस्ता लाग्ने इन्द्रियहरूले निरन्तर दुःख दिइरहेका हुन्छन् र एउटै भए पनि चञ्चल स्वभावका कारण अहोरात्र हजारतिर दौडिरहने मनबाट उनीहरू आकुलव्याकुल भएर छटपटाइरहेका हुन्छन् । तिनलाई मानौं दुष्टग्रहले समातेजस्तो, भूतले छोपेजस्तो, टुनामुना लागेजस्तो, बाघभालुले अँठ्याएजस्तो, वायुले बिगारेजस्तो, राक्षसले खान लागे जस्तो हुन्छ । कामवाणले मर्मस्थलमा घाउ पारेजस्तो तिनीहरू अनेक प्रकारले मुख बिच्क्याउँछन् । धनको आगोमा पाकिरहेजस्तो विचित्र भंगिमा देखाउँछन् । गँगटाजस्तो सबैसँग कुटिल चाल चल्छन् । जोडदार प्रहारले घाइते भएजस्तो तिनका हातखुट्टा ठेगानमा हुँदैनन् । पापको कारण सन्मार्गबाट भ्रष्ट भएका तिनीहरू लंगडा झ्ैं अरूको आधारमा हिंड्छन् । झ्ूठो बोल्नाले मुखमा घाउ भए झ्ैं मुश्किलले बोली निकाल्छन् । अवहेलनासूचक दृष्टिले हेरेर—छत्तिउनको रूखले झ्ैं नजिकै बस्ने मानिसहरूको टाउको दुखाउँछन् । मर्न लागेको मानिस झ्ैं आफन्तहरूलाई पनि चिन्दैनन् । आँखाको रोगी झ्ैं तेजिलो (व्यक्ति) लाई हेर्न र टाढा देख्न सक्तैनन् । लाहाका गहना झ्ैं अलिकति गर्मी (अरूको पराक्रम) पनि सहन सक्तैनन् । सर्पले डसेझ्ैं महामन्त्र (उत्तम सल्लाह) ले पनि ब्यूँझ्ँदैनन् ।
घमण्डको खम्बामा हलचल गर्न नसक्ने गरी बाँधिएका तिनीहरू जंगली हात्तीझ्ैं कसैको शिक्षा ग्रहण गर्दैनन् । धनलिप्सारूपी विषले लठ्ठिएकाले धनसम्पत्ति बाहेक कतै केही देख्तैनन् । मदिराले उग्रता बढाएपछि अरूको उक्साहटबाट सञ्चालित हुन्छन् र तिखारिएका वाणझ्ैं अर्काले जता हान्यो उतै पुगेर विनाश गर्छन् । टाढाका फलहरूलाई झ्टारो हानेर झरेजस्तो गोरु बेचेको साइनो पनि नपर्ने कुलीन व्यक्तिहरूलाई दण्डित गरेर नष्टभ्रष्ट पारिदिन्छन् । बेमौसममा फुलेका फूल झ्ैं झवाट्ट हेर्दा सुन्दर देखिए पनि घोर अलच्छिना र अनर्थकारी हुन्छन् । मसानको खरानीजस्तो यिनको सम्पत्ति अति डरलाग्दो हुन्छ । वेश्याहरू झ्ैं तिनको घरमा पनि व्यभिचारी र नीच व्यक्तिहरूको मात्र जमघट हुन्छ । तिनको नाम मात्र सुन्दा पनि मलामी–बाजा सुनेजस्तो उद्वेग उत्पन्न हुन्छ र तिनका ’boutमा सोच्ता पनि महापातक गर्न खोजेजस्तो भएर चित्त छटपटिन्छ । मानौं दिनप्रतिदिन पाप भरिँदै गएजस्तो तिनीहरू फुल्दै (मोटाउँदै) गइरहेका हुन्छन् । जसरी धमिराले थुपारेको माटोमाथि घाँसको टुक्रामा रहेको पानीको थोपालाई आफू तल–तल खस्तै गएको थाहा हुँदैन त्यसैगरी काम–क्रोध आदि सैकडौं दोषको जालमा परेर च्युत भइसकेका तिनीहरू आफ्नो पतन भइसकेको पनि थाहा पाउँदैनन् ।
कतिपय राजाहरूलाई चाहिं आफ्नो स्वार्थसँग मात्र मतलब भएका, धनरूपी मासु लुछ्न गिद्धजस्ता, राजसभाका बकुल्लाजस्ता, ठगशिरोमणिहरू के भनेर मूर्ख बनाइरहेका हुन्छन् भने— जूवा खेल्नु मनोरञ्जन हो, परस्त्रीगमन गर्नु चलाखी हो, आफ्नी पत्नीलाई त्याग्नु अनासक्ति हो, नाच–गान र वेश्यामा आसक्त रहनु रसिकता हो, शिकार खेल्नु व्यायाम हो, मद्यपान गर्नु विलास हो, लापरवाह हुनु वीरता हो, गुरुको उपदेशलाई बेवास्ता गर्नु स्वाधीनता हो, नोकरहरूलाई नियन्त्रण नगर्नु उदारता हो, अक्षम्य अपराधलाई ध्यान नदिनु महानता हो, अपमान सहनु क्षमा हो, स्वेच्छाचारी हुनु प्रभुत्व हो, देवताको अवहेलना गर्नु महाशक्तिमान हुनु हो, भाट–चारणहरूले गरेको प्रशंसा नै यश हो, चञ्चलता नै उत्साह हो र सूक्ष्म विवेचना नगर्नु नै निष्पक्षता हो । यसरी राजाका समस्त दोष, अपराध र दुर्गुणहरूलाई गुणका रूपमा प्रस्तुत गर्दा ती धूर्तहरू आफू पनि भित्रभित्र हाँसिरहेका हुन्छन् । उनीहरू मानिसलाई गर्नै नसुहाउने अस्वाभाविक स्तुति र प्रशंसा गरेर राजालाई लगातार ठगिरहन्छन् । उता, धनको अहंकारले उन्मत्त भएर विवेक तथा चेतना गुमाइसकेका राजाहरू चाहिं उनीहरूले जे–जे भन्छन् त्यही–त्यही ठीक हो र म त्यस्तै महान छु भन्ने मिथ्या घमण्ड लिएर, मानिस हुँदाहुँदै पनि मानौं देवताकै अंश लिएर अवतरित भएजस्तो गरी, आफूलाई मानिसभन्दा माथिल्लो कोटिको एक प्रकारको देउतै ठानेर देउताकै जस्तो चेष्टा, व्यवहार र अभिनय गर्न थालेर सारा संसारको उपहासका पात्र हुन पुग्छन् । नोकरचाकरले गरेको झ्ूठो प्रशंसा र माहात्म्यगानबाट प्रसन्न भएर उनीहरूलाई प्रशंसा, सम्मान र उपहार दिन थाल्छन् । धूर्तहरूले तपाईं नै भगवान हो भनेर उल्क्याइदिएपछि बुद्धि भ्रष्ट भएका तिनीहरू मनमनै आफ्ना दुई हातभित्र अरू दुइटा हात लुकेर रहेका छन् भन्ने ठानेर आफूलाई भगवान विष्णु सम्झ्न थाल्छन् । निधारभित्र तेस्रो आँखा लुकेर रहेको छ भन्ठानेर आफूलाई भगवान शिव सम्झ्न थाल्छन् । अनि कसैलाई दर्शन दिनु पनि कृपा गर्नु हो भन्ने ठान्छन्, दृष्टिपात गर्नु (हेर्नु) पनि उपकार हो भन्ने सम्झ्न्छन्, कुरा गर्नु पनि सम्पत्ति नै दिएजस्तो मान्छन्, आज्ञा (आदेश) दिंदा पनि वर प्रदान गरेजस्तो ठान्छन् र कसैलाई स्पर्श गर्नु पनि पवित्र पारिदिनु हो भन्ने मान्छन् ।
झ्ूठो माहात्म्यको अहंकारले भरिएका तिनीहरू देवतालाई ढोग्दैनन्, ब्राह्मणको पूजा गर्दैनन्, मान्यजनको सम्मान गर्दैनन्, पूजनीयहरूको पूजा गर्दैनन्, ढोग्नुपर्नेलाई ढोग्दैनन् र गुरुहरू आउँदा उठ्तैनन् । शास्त्रमा दिमाग घोट्नेजस्तो अनुत्पादक काममा घोटिएर जिन्दगीको मोजमजाबाट वञ्चित भएका भनेर विद्वान्हरूको उपहास गर्छन्, वृद्धजनहरूको उपदेशलाई बुढ्यौलीको बकबक ठान्छन्, आफ्नो बुद्धिको अपमान हुन्छ भन्ठानेर सचिव (मन्त्री) हरूको सल्लाह मान्नुको सट्टा सधैं त्यसमा खोट निकाल्न तत्पर रहन्छन्, स्पष्ट कुरा गर्ने हितैषीहरूप्रति क्रुद्ध हुन्छन् । सधैंभरि त्यसैको प्रशंसा गर्छन्, त्यसैसँग सरसल्लाह गर्छन्, त्यसैलाई नजिकै राख्छन्, त्यसैलाई सहयोग गरेर अघि बढाउँछन्, त्यसैसँग आनन्द मानेर बस्छन्, त्यसैलाई दिन्छन्, त्यसैलाई मित्र बनाउँछन्, त्यसकै कुरा सुन्छन्, त्यसैमाथि कृपालु हुन्छन्, त्यसैलाई बढता माया गर्छन्, त्यसैलाई बढी आदर गर्छन् र त्यसैलाई विश्वासपात्र बनाउँछन् जो रातदिन, हरेक समयमा, अरू सारा काम छाडेर आराध्यदेवलाई जस्तो हात जोडेर उसको प्रशंसा गरिरहन्छ अथवा उसको शक्ति र महŒवको अस्वाभाविक बखान गरिरहन्छ । त्यस्ता राजाहरूको कुन पो कार्य न्यायसंगत होला जसका लागि अति निष्ठुर उपदेशहरूले भरिएको नितान्त निर्दयी चाणक्यनीति प्रमाण हुन्छ, बलि दिंदा दिंदा निर्मम स्वभाव भएका पुरेतहरू जसका गुरु हुन्छन्, अरूलाई ठग्न तत्पर मन्त्रीहरू जसका उपदेशक हुन्छन्, हजारौं राजाहरूले भोग गरेर त्यागिएकी लक्ष्मीमा जसको आसक्ति हुन्छ, हत्याविधिले भरिएका तन्त्र आदि शास्त्रमा जसले विशेष रुचि राख्छ अनि जो मुटुभरि स्वाभाविक स्नेह भरिएका मायालु दाजुभाइहरूलाई जरैदेखि उखेल्न चाहन्छ !
त्यसकारण हे राजकुमार ! अति जटिल तथा कष्टदायी यस्ता हजारौं कार्यव्यवहारहरूले भरिएको यो भयानक राज्यतन्त्रमा र एकदमै विवेकशून्य एवम् अन्धो बनाइदिने यो यौवनावस्थामा पनि तिमीले यसरी काम गर्ने प्रयास गर्नू जसबाट मानिसले तिम्रो उपहास नगरून्, सज्जनहरूले निन्दा नगरून्, गुरुजनले नधिक्कारून्, मित्रहरूले तिरस्कार नगरून् र विद्वानहरूले अफसोस नगरून् । यसरी काम गर्नू जसबाट व्यभिचारीहरूले तिम्रो बदनामी गर्न नसकून्, दक्ष व्यक्तिहरूले उपहास नगरून्, धूर्तहरूले नलुटून्, ठगहरूले नठगून्, सेवकरूपी ब्वाँसाहरूले नलुछून्, युवतीहरूले ननचाऊन्, लक्ष्मीले नत्यागून्, घमण्डले नफुलाओस्, कामदेवले उन्मत्त नबनाओस्, विषयवासनाले नघिच्याओस्, राग (कुनै वस्तुप्रतिको मोह) ले मन नबहकाओस्, सुखले नत्यागोस् । तिमी स्वभावैले पर्याप्त धैर्यवान छौ र पिताले ठूलो प्रयत्नसाथ तिमीलाई सम्पूर्ण शास्त्रको ज्ञान गराएका छन्– चञ्चल चित्तवाला र अनुभवहीन मानिसलाई नै धनले मताउँछ– तैपनि तिम्रा गुणहरूले मलाई सन्तुष्ट पारेकाले यी कुरा यसरी भन्न म प्रेरित भएको हुँ । अन्त्यमा यति मात्र म बारम्बार भन्न चाहन्छु; मानिस जतिसुकै विद्वान्, सचेत, विवेकशील, बलवान, कुलीन, धैर्यवान र उद्यमी भए पनि यी दुराचारिणी लक्ष्मीले उसलाई दुर्जन बनाइदिन्छिन्; यस कुरामा विशेष चनाखो बन । तिमी यौवराज्याभिषेकको सम्पूर्ण आनन्द र मंगल अनुभव गर, परम्परागत राज्यभार वहन गर, शत्रुका शिरहरू निहु¥याऊ र बन्धुबान्धवहरूलाई माथि उठाऊ । सारा पृथ्वी पिताले जितिसकेको भए पनि यौवराज्याभिषेकपछि दिग्विजययात्रा शुरू गरेर सम्पूर्ण पृथ्वीमाथि पुनः विजय प्राप्त गर । आफ्नो प्रताप बढाउने समय यही हो; प्रतापी राजाको आदेश मात्र सिद्धहरूको बोली झ्ैं सर्वत्र सफल हुन्छ ।
शुकनास यति भनेर चूप लागेपछि उनका निर्मल उपदेश–वचनहरूले चन्द्रापीड मानौं धोइएजस्तो, नुहाएजस्तो, फक्रेजस्तो, कंचन भएजस्तो, टलक्क टल्केजस्तो, सिंगारिएजस्तो, अलङ्कृत भएजस्तो, पवित्र भएजस्तो, धप्प बलेजस्तो भएर, भित्रैदेखि अत्यन्त सन्तुष्ट भएर एकछिन त्यहीं बसी आफ्नो दरबार फर्के ।