‘नलेखिएको ईतिहास’मा लेखिएका कुरा

मैनालीको पुस्तकमा असल नेता नायक हुन्छन् तर वर्तमानमा राजनेताको स्थान खलनायकले लिएको उल्लेख छ ।

विश्ववन्धु भण्डारी

 

 

बामपन्थी राजनीतिक नेता राधाकृष्ण मैनाली चिनाइरहनु पर्ने नाम होइन । उनको केही समय अघि प्रकाशित पुस्तक “नलेखिएको ईतिहास” यतिखेर चर्चामा छ ।

 

बामपन्थी धारबाट जोखिमपूर्ण संघर्षमा तत्कालिन सत्तासँग पौठेजोरी खेलेर कष्ठसाध्य यात्रा पार गरेको व्यक्तित्व भएकै कारण मैनालीको किताव पढ्ने हुटहुटीले थियो ।

 

नेपाली ग्रामीण परिवेशको उखानको संझना आयो “१२ छोरा तेह्र नाति बुढाको धोक्रो काँधै माथि” भने झैं सिर्जनशिल मानिसलाइ काम गर्न उमेरले छेक्दैन भनेको हो रहेछ ! मैनालीको पुस्तक पढेपछि पुष्टि नै भयो ।

 

जाँगर भएका मानिस हात खैंचेर बस्न पनि चाँहदैनन जतिसुकै प्रतिकुल अवस्था किन नपरोस । यस अर्थमा उखानले कसैलाई पनि फुर्सद हुँदैन भन्न खोजेको हो जस्तो लाग्छ । मानिसले वल, वर्गत र उर्जाशील उमेरमा जटिल र जोखिमपूर्ण कार्य गर्न उत्साहित भयो भने उत्साही मानिसबाट असम्भव काम पनि संभव हुन सक्छ भन्ने कुरा मैनालीको झापा संघर्षबाट सुरु भएको राजनीतिक यात्राबाट पुष्टि हुन्छ ।

 

सामन्तवादी उत्पीडनमा थिचिएको नेपाली समाजलाई मुक्ति दिने मार्ग खोज्नु आँफैमा सहज र सजिलो विषय थिएन । मुक्ति कसरी ? भन्ने दृष्टिकोण फरक छन । यसै प्रसंगमा नेपालमा वर्गीय मुक्तिको बाटो नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्र संभव देखेर २००६ साल वैशाख १२ गते भारतको कलकत्तामा पुष्पलालको अगुवाईमा ६ जना क्रान्तिकारीहरुद्वारा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।
स्थापनाको १ दशक नपुग्दै पार्टीमा दक्षिणपन्थी रुझानको आक्रमण भएको थियो । जसको नेतृत्व केशरजंग रायमाझीले गरेका थिए । यता मुलधारमा दक्षिणपन्थबादको विरुद्धमा बैचारिक बहस सुरुहुँदै ३० को दशकको सुरुतिर पूर्वि नेपालको झापामा क्रान्तिकारी युवाहरुबाट विद्रोह स्वरुप “एक्सन” सुरुभयो जहाँ भारतीय नक्सलवादीहरुको पनि प्रभाव पर्न गएको कुरा लेखकले पृष्ठ १८ मा भाकपा (माले) सशस्त्र संघर्ष गर्नुका कारण, त्यस पार्टी भित्रको बहस, तेलंगना विद्रोहदेखिको क्रान्तिकारी लाईन’bout रातभर लामै विश्लेषण सुनाए भन्ने उल्लेख छ ।

 

झापा विद्रोहका अगुवा (नेता) राधाकृष्ण मैनाली पनि एक हुन भन्ने कुरा पंक्तिकारले त्यतिबेलैबाट चासो राख्दै आएको विषय थियो ।

 

कितावको दोस्रो संस्करणको भूमिकाको सुरुमै लेखकले राजनीतिक सक्रियताको मूलधारबाट किनारामा उभिएदेखि जिन्दगीका आरोह–अवरोह ’bout केही लेख्ने रहर मनभित्र उब्जिरहेको थियो भन्ने भनाईबाट जीवन कथा सुरु हुन्छ । मानिसले आँफुले भ्याएसम्म जीवनका स्मरण कथा लेखिदिँदा भोलिका पिंढीलाई राम्रो नराम्रो सबैखाले मार्ग निर्देश हुने विषयमा कसैको पनि विमति नहोला ।
लेखकको मूलधारबाट किनारामा उभिएदेखि भन्ने भनाई आँफैमा मार्मिक पनि छ । मूलधारबाट बाहिर हुत्याउन नेतृत्वमा पुगेका कुटिलहरुको भूमिकाकै कारण भनेर धेरै ठाउँमा प्रसंग उठाएका छन । सायद मैनाली मूलधारबाट किनारातिर नघचेटिएको भए उहाँलाई नलेखिएको ईतिहासरुपी सिर्जना तयार पार्ने अवसर कतिवेला कसरी जुट्थ्यो ? त्यो कुरा गर्भमै रह्यो ।

 

 

 

 

यता मूलधारको राजनीतिमै सक्रिय रहने अवसरमा ठेस नलागेको भए मैनाली जस्ता भुक्तभोगीको सक्रियताबाट मुलुकको राष्ट्रिय राजनीति कति लाभान्वित हुन्थ्यो ? प्रश्न उठ्न सक्छ तर तुलनात्मक रुपमा किनारामा उभिएका बेला मौका छोपेर ४२७ पृष्ठ लामो पुस्तक पाठक (भावी पुस्ता) ले पाएका छन । त्यो मूल्यवान उपलब्धि भन्ने लागेको छ ।

 

मैनालीकै भनाईमा स्मृति पदको कोलबाट पुस्तक रुपी तेल हिजोको कठोर जेल जीवनको संघर्ष भन्दा पनि कठिन तपस्याले विस्मृतिमा पुगेका पानाहरु पल्टिदै गएका कुराहरु सहज रुपमा बुझ्न सकिन्छ ।
झापा विद्रोह इतिहास हो सँगै होईन पनि भनेर पाठक स्वयंलाई विवेचना गर्न लेखकले छाडिदिएका छन । अगाडि दस्तावेजीकरण गर्न खोजेको होइन भनिएको छ तर किताव आँफैमा एउटा नेपाली राजनीतिक कालखण्डको वेलिविस्तार पनि हो ।

 

भोलिका इतिहासकारहरुका लागि तथ्यपूर्ण श्रोत सामग्री हुनेछ । मैनालीले पुस्तकमा पञ्चायतकालीन चरण चरणका उग्र पञ्चायती पुलिस प्रशासन, २०३६ सालको विद्यार्थी आन्दोलन र जनआन्दोलनपछि सत्ता भित्रै उदारवादी र अनुदारवादी धार बीचको अन्तरसंघर्षलाई पनि बुझ्न पछि आउँदो पिंढी र वर्तमानमै पनि मुलुक निर्माणका चरणमा इतिहासका अध्येयता र योजना विवेचनाकर्ताहरुका लागि ऐनारुपी दस्तावेज हुनेछ किताव ।

 

जीवनको घनघोर अप्ठ्यारो म आँफैले निम्त्याएको थिएँ । शुखसयल, वैभव छोडेर कठोर यात्राको रेखा म आँफैले कोरेको थिएँ (पेज नं. ११४) । संघर्षको बाटो रोजेको जनाउँदै यस विषयमा न हिजो न आज कुनै पश्चाताप नभएको पुष्टि गर्ने प्रयास गरेका छन लेखकले । त्यस्तै (पेज नं. २०) जेल बृहत पाठशाला भएको पुष्टि गरेका छन् ।

 

नेपाली काँग्रेसका कृष्णप्रसाद भट्टराई जो पछि प्रधानमन्त्री भए, वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा लगायत मुलुकका हजारौं नेता कार्यकर्तासँग जेलभित्रैको चिनजानले पछि मुलुकको खुल्ला राजनीतिक यात्रा र सरकारमा पुग्दा पनि आफ्नो भूमिकालाई अगाडि बढाउन सहयोग गरेको कुरा पुस्तकमा उल्लेख गरेका छन । राष्ट्रिय राजनीतिका धेरै हस्तीहरुको व्यक्तिगत स्वभावदेखि लिएर असल पक्षहरुको चित्रण गर्ने कोशिस गरिएको छ जुन असल पक्षलाई शिक्षा लिन र दुर्वल पक्षतर्फ नलाग्न पनि पुस्तक प्रेरणाको स्रोत वनेको छ पाठकका लागि ।

 

उनले आँफू रहेको माले कालको उद्गम, फैलावटका साथै विद्यार्थी र युवा जमातमा जमेको विश्वासलाई २०४६ सालको जनआन्दोलनमा निर्दलीय पञ्चायत विरुद्ध सडकमा उतार्ने र पार्टी संगठन र नेतृत्वले खेलेको भूमिकाका साथ जनआन्दोलनमा पार्टीलाई स्थापित गर्न जेल भित्र र वाहिरका भूमिगत संगठन तथा अर्ध भूमिगत रुपमा संघर्ष गर्दै आएका वामपन्थी र प्रजातान्त्रिक शक्तिहरुलाई निरंकुस पञ्चायत विरुद्ध मोर्चा निर्माण गर्ने क्रममा के कस्तो भूमिका थियो, पुस्तकले धेरै स्रोत सामग्री पस्कने जमर्को गरेको छ ।

 

पार्टी भित्रका र वाहिरका समकालीनहरुको विगत सन्दर्भ छोंटकरीमा लेखेर पुस्तक आँफैमा ईतिहासको दर्पण वनेको छ ताकी चर्चामा आएका नेताहरुलाई विगततिर फर्केर आत्मसमीक्षा गर्न पुस्तकले अवसर प्रदान पनि गरेको छ ।

 

ठूला ठूला सपना देख्नेहरुले स्वयं आचारसंहितामा बस्न पर्ने रहेछ भन्ने कुरा पुस्तक पढेर सिक्न खोज्नेहरुका लागि मार्ग निर्देश गर्न खोजेको छ ।

 

पुस्तकले कठोर संघर्ष गरेर हाल सत्तामा सवारहरुलाई विगतको संघर्ष विर्सन खोज्नेहरुलाई घुमाउरो पारामा सचेत पार्न खोजेको अर्थ बुझ्न सकिन्छ । व्यक्ति विशेषका ’boutमा उ सार्वजनिक जिवनसँग जोडिएको सन्दर्भलाई पुस्तकले औंल्याई दिँदा औषधी आँफैमा तीतो भएपनि हितकारी हुन्छ भन्ने कुरा सच्चिन खोज्नेहरुले बुझ्नुपर्ने रुपमा ईतिहाँसलाई स्मरण गराउन खोजिएको छ ।

 

झापा विद्रोहका अगुवामध्ये एमालेका वर्तमान अध्यक्ष के.पी. ओलीसँग २०४१ सालको जेठ महिनाबाट केही समय कास्की कारागारमा सँगै बस्ने समय जुरेको, ओली र पंक्तिकारको विस्तरा जोडिएको थियो, त्यसक्रममा झापा आन्दोलनका केही महत्वपूर्ण पक्षहरु सँगसँगै गिरफ्तारी पछि काठमाण्डौ. सेन्ट्रल जेलका दर्दनाक व्यथाहरु नेता ओलीबाट सुनेको कुरा विस्तारका साथ पुस्तकमा समेटिएको छ जसले गर्दा पुस्तक पढ्दै जाँदा दर्दनाक कथाले भावविह्ल हुँदा पनि महत्वपूर्ण विषयबस्तु पुस्तकमा समेटिएको पाएँ ।

 

नेपालमा कम्युनिष्ट आन्दोलनमा आएका फरकफरक विचार र अलग अगल पार्टी, संगठनहरु गठन हुने क्रममा झापा विद्रोह हुँदै नेकपा माले २०३५ साल पौष ११ गते गठन हुँदा नेपालमा यस अगाडि स्थापित कम्युनिष्ट पार्टीहरु संशोधनवादी धारमा गएकोले क्रान्तिकारी कम्युनिष्ट पार्टी स्थापना गर्नुपरेको भनिएको थियो केही वर्ष पछि नै नेकपा (माले) ले २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीलाई नै आधार मानेर पुष्पलाललाई नेता मानेको विषय पूर्व मालेका दस्तावेजहरुमा धेरै अगाडि आईसकेको हो । मैनालीले झापा विद्रोह देखि २०३५ सालमा कम्युनिष्ट पार्टी गठन गरेका विषयमा कहीं कतै कमजोरी महशुस किन गरेनन भन्ने कुरा पंक्तिकारलाई लागेको छ ।

 

मैनाली जेलबाट छुट्नु र २०४६ सालको आन्दोलन ताक्नु बिच काकताली मिलेको थियो । साथै ७ बामपन्थी दलको मोर्चा र काँग्रेससँग आन्दोलनको संयन्त्र निमार्ण गर्न देशव्यापी रुपमा युवा र विद्यार्थीमा तत्कालिन नेकपा मालेलाई खुला एवम् सडक संघर्षमा ल्याउन मैनालीको महत्वपूर्ण भूमिका रहेको कुरा त्यति बेलानै राजनीतिका जानकारहरुलाई थाहा भएको विषय हो । त्यस अगाडि तत्कालिन नेकपा माले कति दिग्भ्रमित थियो भन्ने कुरा जनमत सँग्रह धोका हो भनिएकोबाट सावित हुन्छ । पछि आएर निर्दल र बहुदल एउटै ड्याङका मुला हो भन्ने कुरा पनि बाहिर आयो । पछि पार्टीले सच्चिदै जनमत संग्रहमा बहुदलको पक्षमा प्रचारप्रसार गर्ने निर्णय गरेको कुरा पनि मैनालीको पुस्तकमा समाबेस भएको छ ।

 

त्यस्तै २०४६ सालको जनआन्दोलनको सफलतासँगै सडकमा उर्लेको जनसागर (हातमा हँसिया हथौडा र चारचारे झण्डा बोकेको) बीच काठमाण्डौंको रत्नपार्क स्थित टुडिखेलमा आयोजित पहिलो आमसभाको मञ्चबाट पार्टी भित्रैका व्यक्तिहरुबाट मञ्च अगाडि आएर चिट दिँदै मञ्च छाड्न पटक पटक आदेश गर्नुले मैनालीलाई पार्टीभित्रैबाट लखेट्न त्यतिखेर देखिनै सुरु भएको कुरा बुझ्न सकिन्छ ।

 

एकाएक मैनालीलाई बाहिर निस्कन लगाएर झलनाथ खनाल मञ्चमा प्रवेश गरेको विषयलाई सन्तनेता कृष्णप्रसाद भट्टराईले निधारमाथि हातको पाली गाँसेर को हुन यिनी भनेर व्यंग गरेको बिषय त्यतिखेरै ७ वाम मध्येका एक नेता विष्णुबहादुर मानन्धरले पार्टीको एक बैठकमा जानकारी गराएका थिए, यो प्रसंग पुस्तकमा आएको छ । उनलाई मञ्च छाड्न दवाव दिने प्रदिप नेपाल, ईश्वर पोखरेल लगायतले दवाव दिएको कुरा पुस्तकमा उल्लेख गरिएको छ ।

 

मैनालीको पुस्तकमा असल नेता नायक हुन्छन् । वर्तमानमा राजनेताको स्थान खलनायकले लिएको कारण मुलुकको लामो संघर्षले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रको चरणमा प्रवेश गर्दा पनि अस्थिरताको जगजगी भईरहनुको अर्थ बुझ्न राजनीतिक चिन्तकहरुको लागि पुस्तक सहयोगी बनेको छ ।

 

 

 

सदृश्यलाई असार महिनामा प्राप्त पुस्तकहरु

 

 पुस्तकको नाम: अँध्यारोबाट उज्यालोतिर
लेखक: रामहरि जोशी
संपादन: कुसुम भट्टराई
प्रकाशक: घोस्ट राइटिंग प्रा. लि., काठमाण्डौं ।
पृष्ठ: १९६
मूल्य: रु. २५० ।–

 

 

पुस्तकको नाम: एक्लो नायक
लेखक: हरि अधिकारी
भाषा संपादन: आशुतोष अधिकारी
प्रकाशक: अनुष्का प्रकाशन, काठमाण्डौं ।
पृष्ठ: ३७१
मूल्य: रु. ४०० ।–

 

 

 

पुस्तकको नाम ः अबिराम बाबुराम
लेखक ः अनिल थापा
भाषा संपादन ः इश्वरी ज्ञवाली
प्रकाशक ः सांग्रीला पुस्तक प्रा. लि. काठमाण्डौं ।
पृष्ठ ः ३३३
मूल्य ः रु. ४४८ ।–

 

 

पुस्तकको नाम: नेपाली सेनाको इतिहास
लेखक: त्रिरत्न मानन्धर, तीर्थप्रसाद मिश्र, दिनेशराज पन्त, कमलराज सिंह राठौर, भवेश्वर पंगेनी ।
संपादन: कमलराजसिंह राठौर
प्रकाशक: जंगी अड्डा, भद्रकाली, काठमाण्डौं ।
पृष्ठ: ६३३
मूल्य: रु. ६५०।–