समस्याको ब्रेकफास्ट, लन्च र डिनर

मैले पत्नीका कुरा सुनें, त्यसैलाई ठीक ठानें र त्यसैको पालना गरें ! सकारात्मक सोच, अभिव्यक्ति र व्यवहारबाट संसार बदल्न लागेका एक अभियन्ताको रोचक कथा ।
सकारात्मक सोधखोज (एप्रिसिएटिभ इन्क्यायरि) का प्रवद्र्धक हुन् डेभिड कुपरराईडर । बाह्रवर्ष अघि (सन् २००५) काठमाण्डौमा आयोजित एक कार्यक्रममा भेटिए, जसको केन्द्रबिन्दु उनै थिए ।
व्यवस्थापनमा आएको सफलतालाई व्यवहार र अभ्यासमार्फत सकारात्मक बनाउने तरिका के के हुन् ? कसरी यी कुरालाई व्यवहारमा उतार्ने ? यी र यस्तै खालका प्रश्न गर्दै उनले आफ्नो जीवनलाई नै अन्यत्र मोडिदिने अनौठो अनुभव सुनाउन थालेपछि हलमा शून्यता छायो ।
सन् १९८० को मध्यतिर अमेरिकाको केसवेष्टर्न रिजर्भ युनिभर्सिटि, वेदरहेड स्कुल अफ म्यानेजमेन्टमा विद्यावारिधी गर्ने क्रममा विद्यार्थी डेभिडले व्यवस्थापन विषयका विद्यावारिधि र स्नाकोत्तर तहमा प्रस्तुत गरिएका धेरैजसो शोधग्रन्थहरु अध्ययन गरे ।
तर अधिकांश शोधग्रन्थ समस्यैसमस्या पहिचान गर्न केन्द्रित थिए । उनी समस्याहरु अध्ययन गर्दागर्दै समस्यामा चुर्लुम्मै डुबे । समस्या त समस्याकै पो रहेछ !
धर्मपत्नीको प्रेरणा
डेभिडले लामो समयको अध्ययनपछि थाहा पाए, सबैले समस्यालाई किन ब्रेकफास्ट, लन्च र डिनर बनाइरहेका होलान् ? उनले यही कुरा धर्मपत्नीलाई सुनाए ।
न्यान्सी, एक चित्रकार थिइन् । उनले भनिन्, श्रीमानजी, तपाईलाई थाहा नै छ, जुन समयमा वास्तुशास्त्रको विकास भएको थिएन, त्यो समयमा पनि जाडोमा न्यानो र गर्मीमा शीतलता दिने घरहरु यो पृथ्वीमा प्रसस्तै थिए ।
उनका कुरा सुनेर डेभिड जिल्लै परे । अनि श्रीमान जिल्ल परेर उनकै कुरा सुनिरहेको देखेपछि हौसिएर न्यान्सीले भनिन्, त्यतीबेला कृषि विश्वविद्यालयहरु थिएनन् तर अर्गानिक खानेकुरा उत्पादन हुन्थे । वन जंगलका विरुवाहरु पनि घरेलु बनाईएका थिए । मेडिक कलेज नहुँदा पनि मानिसको उपचार हुन्थ्यो । त्यतीबेलै जङ्गली जनावरहरु घरपालुवा बनाईएका थिए ।
इन्जीनियरिङ्गका कलेज थिएनन् । जनताले कुलो–नहर बनाएर मज्जाले सिचाई गर्दै आफूलाई पुग्ने खाद्यान्न उत्पादन गरिरहेका थिए ।
त्यसैले हे मेरा पतिदेव, सफलताको ईतिहास हेर्नका लागि सकारात्मक आँखा चाहिन्छ । उज्यालो इतिहास हे¥यौ भने मात्र उज्यालो र प्रेरणादायी बिगत फेला पार्न सकिन्छ !
श्रीमतीका अचम्म लाग्दा सकारात्मक कुरा सुनेर डेभिड छक्क परे । न्यान्सीका कुरा गंभीरतापूर्वक मनन गरेपछि पीएचडी गर्ने भूत चढेका विद्यार्थीले विश्वविद्यालयका प्राध्यापक डा.सुरेश श्रीवास्तवलाई गएर भने, गुरुजी म मेरो पीएचडी अरुले जस्तै नकारात्मक खोजीगर्न होइन, सकारात्मकता पहिल्याउने विषयमा परिवर्तन गर्न चाहन्छु ।
डेभिडले नयाँ प्रस्ताव बनाए र श्रीवास्तव सर समक्ष विस्तारपूर्वक प्रस्तुत गरे ।
उनले पिएचडी थेसिसको प्रपोजलमा प्रसंसनीय सोधखोज गर्ने प्रश्न राखे । सफलताका कथाहरु खोज्ने कुरामात्रै राखे । यसको कारण बताउदै उनले लेखे, ’cause नकारात्मक सोचबाट होइन, प्रसंशनीय वा सकारात्मक कुराहरुले नै मलाई बेचैन बनाउने रहस्यहरुको जवाफ फेला पार्न सकिन्छ भन्ने मलाई लागेको छ ।
उनको प्रस्ताव धैर्यतापूर्वक सुनिसकेपछि विश्वविद्यालयका प्राध्यापक डा.सुरेश श्रीवास्तवले प्रस्ताव स्वीकार गर्दै भने, तिमी अगाडि बढ, म तिमीलाई गाईड गर्छु । तिम्रो कुरामा दम छ ।
केही समयपछि त प्राध्यापक श्रीवास्तवले प्राज्ञिक अध्ययन डेभिडसंगै संयुक्त रुपमा गर्ने निर्णय गरे । प्राध्यापक र सोधकर्ता विद्यार्थीले संयुक्त रुपमा तीन वटा प्रतिष्ठान रोड वे एक्सेस्, सिंग्मा कम्पनी र मेडिकल स्कूलमा सकारात्मक पद्धतिबाट अध्ययन शुरु गरे ।
व्यवस्थापनमा प्रसंसनीय दृष्टिकोण
व्यवस्थापनलाई प्रसंसनीय दृष्टिकोणबाट हेर्न र त्यसै’bout खोजी गर्न डेभिडले पूर्णरुपमा थाले । औद्योगिक क्षेत्रमा, उद्योग व्यवसायमा, व्यवशायिक प्रतिष्ठानहरुमा के के राम्रा कुरा छन् भनेर प्रश्नावली तयार गरे !
प्रत्येक उद्यमका सबल कुरा के के हुन् ? सफलताका कथाहरु के के छन् ? व्यवसायका उज्याला पाटाहरु के के हुन् ? सकारात्मक पक्षहरु के के होलान् ? गर्व गर्न लायकका कुराहरु के के छन् ? आफ्ना क्षमताहरु के के छन् ? त्यसमा बढोत्तरी कसरी गर्न सकिन्छ ? ती सफलताहरु कसरी हासिल भए ?
यी र यस्तै प्रश्नावली लिएर उनी धेरै प्रतिष्ठानहरुमा गए । सकारात्मक प्रश्नहरु लिएर जाँदा त्यसले त्यहाँका कर्मचारीहरुलाई प्रफुल बनाएको पाइयो । खुसी उत्पन्न भयो ।
हिजो यो खत्तम्, त्यो खत्तम् भन्नेहरु नै यो राम्रो, त्यो राम्रो भन्न थाले । विद्यार्थी÷अनुसन्धाता र अध्ययनका रेस्पोन्डेण्ड÷उत्तरदाताहरुले प्रफुल्लता, खुसी र सकारात्मक उर्जा प्राप्त भएको अनुभव गरे । प्रश्न सोध्ने र जवाफ दिने दुबैलाई परिवर्तन भएको अनुभव भयो । सबैले जताततै सकारात्मक कुराहरु देख्न थाले । यसले व्यवस्थापनको अध्ययन अनुसन्धानमा नयाँ अबधारणा सिर्जना गर्यो ।
डेभिडको यो शोधले विद्यावारिधि प्राप्त गर्यो ।
सन् १९८६ मा बुझाइएको डेभिड कुपरराईडरको पीएचडी थेसिसले ब्यवस्थापनमा नयाँ आयामहरु खोल्यो । नयाँ कुरा शुरुवात भयो । सफलता, सकारात्मक र उज्याला पाटाहरु देखिन थाले । ब्यवस्थापनलाई नवीन उर्जा प्राप्त भएको अनुभव भयो । आफ्नो यही सकारात्मक सोधखोज (एप्रिसेटिभ इन्क्वाइरी)लाई डेभिडले मात्रै संसारभर फैलाइरहन परेन ।
यो अभियानले विश्वभर व्यवशायिक संगठन, व्यापारीक प्रतिष्ठानहरुमा यसअघि कल्पनै नगरिएको सकारात्मक प्रभाव देखाइरहेकोछ । त्यसैले विश्वभर यो अबधारणा मौलाइरहेको छ । यो फस्टाउँदो छ । फूलको आँखामा फूलै संसार !
उद्योग व्यापार–व्यवसायबाट शुरुभएको सकारात्मक सोचको अवधारणा अहिले कृषि, वातावरण, पत्रकारिता, विकास, पर्यटन, पर्यावरण, शैक्षिक एवं प्राज्ञिक क्षेत्रहरुमा समेत मौलाइरहेको छ । सकारात्मक सोच अहिले विश्वभर नयाँ र अनिवार्य तत्व बनिरहेको छ । हरेक विषयमा यसको खोजी हुन थालेको छ ।
ऋषिमूनिहरु र गौतम बुद्धको प्रवद्र्धन
डेभिडको अवधारणा कुन दर्शनमा आधारीत छ ? अब कसैलाई भ्रम छैन । यो पूर्विय दर्शनमा आधारीत मान्यता हो । हाम्रा ऋषिमूनिहरुका प्रत्येक ऋचाहरुमा सकारात्मक सोच पाइन्छन् । पूर्वीय जीवनपद्धतिमा, हरेकका घर–ब्यवहार, परिवार–समाजमा यस्ता थुप्रै उदाहरण छन् । जसलाई सफलताले डो¥याएको छ ।
महात्मा गौतम बुद्धले प्रवद्र्धन गरेको ज्ञान सकारात्मक सोचमा आधारित छ ।
पूर्वीय दर्शनको गुदी नै सकारात्मक सोचौं हो । हजारौं वर्षदेखि भनिदैछ, जे सोच्छौ, त्यहि बोलौं । जे बोल्छौं, त्यही व्यवहार गरौं । यो नै सकारात्मक सोच र व्यहार पद्धतिको सुन्दरतम पक्ष हो ।
नेपालमा सकारात्मक सोच
नेपालमा सन् १९९५ देखि विकासे संघसंस्थाले डेभिड कुपरले विकास गरेको सकारात्मक सोच पद्धतिबाट अभ्यास भैरहेको बताइन्छ । तिनले आफ्ना वार्षिक योजना तर्जुमा गर्दा अनुगमन तथा मूल्याङ्कन गर्दा मानवश्रोत व्यवस्थापन तथा क्षमता अभिवृद्धि गर्नका लागि यो अवधारणा अनुसार अभ्यास गरेको दावी गर्छन् ।
यो पद्धतिको प्रवद्र्धन गर्ने थुप्रै संस्था र व्यावसायीहरु पनि देखिएका छन् । रवि प्रधान, बुद्धि तामाङ्ग, चण्डि चापागाई, गणपति ओझा, धु्रव आचार्य, चेतनाथ कडेल, रामचन्द्र लामिछाने, सहदेव महत, छिङ्गलाम्हु शेर्पा, रुपेन्द्र महर्जन, रामबहादुर राउत चर्चामा आएका सकारात्मक शोचका अभियन्ता मानिन्छन् ।
पूर्वीय दर्शनमा आधारित भएर पनि यो पद्धतिले हाम्रो समाजमा व्यापकता पाउन सकेको छैन । यस अभियानका एक प्रशिक्षक डा.धु्रवप्रसाद आचार्य भन्छन्, सधैं अरुको नकारात्मक टिकाटिप्पणी गर्ने हाम्रो समाज र संस्कृति भएकोले एकै पटक सकारात्मक खोज्ने, अभ्यास गर्ने र व्यवहार गर्न गाहो हुने रहेछ । हामी सकारात्मक सोचको महत्ववारे गफ त गर्न सक्छौ तर सकारात्मकको प्रवद्र्धन गर्न स्वयम्ले कत्तिको अभ्यास गर्न सकेका छौ ?
डा आचार्यले आफैंमाथि प्रश्न गर्दै भने, यसको जवाफमा प्रश्न वाचक चिन्ह खडा छ । उनले अझै अगाडि थपे–कुनै नेता कहिँ गयो भने उसले समस्या के छ भनेर तपाईलाई सोध्छ ? त्यो अभ्यास भैरहेको समाजको पछिल्लो उदाहरण स्थानीय तह चुनावको मत परिणाम हेरे नै काफी हुन्छ ।
छापा माध्यम हेर्नुस्, चिया पसलमा सुन्नुहोस् ! फलानाले जित्यो । फलानाले हा¥यो । फलानो नगर फलानो पार्टिको कब्जामा । फलानो पार्टी स्वाहा…आदि ईत्यादि । मेरो बिचारमा निर्वाचनमा हार जीत कब्जा केही होईन । त्यहाँ त एक पार्टीको एक जना प्रतिनिधिको पक्षमा सोहि पदका अरु प्रतिनिधिहरुको भन्दा केही भोट बढि आएकोले मात्र उ निर्वाचित भएको हो । अरु उम्मेदवारहरुको केही कम मत आएको मात्र न हो ।
यो विश्वकप फुटबल होईन नि, जित्दा शिल्ड–नगद पुरस्कार पाउने र हार्दा केही नपाउने । लोकसेवाको जाँच पनि होईन यो जीन्दगीभरलाई जागीर पाउने । यो त विशुद्ध जनताको प्रतिनिधिको रुपमा उत्तरदायी र जवाफदेहि हुने हो । त्यो पनि निश्चित अवधिको लागि स्वयम्सेवीको रुपमा ।
विजयोत्सव, भोज–भतेर गर्ने संस्कृतिले कसरी सकारात्मकता मौलाउँछ ? तपाई आफैं सोच्नोस् । व्यबशायिक संगठन हेर्नुस् । व्युरोक्रेसी हेर्नुस् ग्राहक वा सेवाग्राहिको सन्तुष्टि नै सफलताको कडि हो भनेर व्यवहार गर्ने कति छन् ?
व्यवहारमा रुपान्तरण
सकारात्मक सोधखोजको चर्चा गर्दा सधैं आउने प्रश्न हो, यसलाई ब्यवहारमा कसरी रुपान्तरण गर्ने ? यसको अभ्यास हामी व्यक्तिगत तहमा गर्न सक्छौं ? घर परिवारमा पनि गर्न सक्छौं ? कामगर्ने संगठन वा संस्थामा समेत गर्न सक्छौं ?
राजनीतिक संगठनमा यसको प्रयोग गर्न सकिन्छ ? व्यापार–व्यावसायमा हुन सक्छ ? कर्मचारीतन्त्रमा गर्न सकिन्छ ? यसका लागि आधारभूत मान्यताप्रति अटुट विश्वास र व्यवहारमा उतार्ने अभ्यास जरुरी हुन्छ ।
अर्का अभियन्ता बुद्धि तामाङ्ग जसले बाह्र वर्ष अघि आफ्नो स्नाकोत्तरको थेसिस नै यही पद्धतिको प्रयोग गरेर लेखे । उनी भन्छन्, सकारात्मक दृष्टिकोण हाम्रो आफ्नै जीवन पद्धति हो । तर अभ्यास भने कम भईरहेको छ ।
प्रवद्र्धन गर्ने संस्कृति हामीले नै बनाउँने हो । व्यक्ति परिवार, संगठन र समाज रुपान्तरण लर्तरो काम हुँदै होइन । एउटा घोषणा गरेपछि आफैं हुने होइन । यो त अभ्यास गर्दै जाँदा अगाडि बढिने हो । भनौंन, तामांगले भने, म स्वस्थ छु, अझै स्वस्थ रहन के गर्नु पर्छ ? अभ्यास ! अभ्यासबीना सकारात्मक सोचको संस्कृति फष्टाउन सक्दैन ।
अबधारणाको अभ्यास
सकारात्मक सोच अभ्यास गर्नेहरु भन्छन्, चार ‘डि’ को मोडलबाट अभ्यास ग¥यो भने आफूमा सकारात्मक प्रवृत्ति विकास हुनथाल्छ ।
‘डिस्कभरि’ अर्थात सफलता पहिल्याऔं ! यसका लागि सफलताका कथा खोजौं । सफल भएका क्षण र सफलता प्राप्त हुनाका कारणहरु’bout जानौं । आफ्ना सबल पक्षहरु हेरौं ।
‘ड्रिम’ अर्थात सपना देखौं ! आगामी दिनमा आफूले प्राप्त गर्न खोजेको लक्ष्य निर्धारण गरौं ।
‘डिजाईन’ अर्थात योजना तयार गरौं ! कसरी लक्ष्य प्राप्तगर्न सकिन्छ कार्ययोजना तयार गरौं ।
‘डेलिभरी’ अर्थात कार्यान्वयन गरौं ! आफ्नो क्षमता जे विषयमा छ, त्यसैलाई अगाडि बढाऔं । तुलनात्मक क्षमता हेरौं । सोहि आधारमा लक्ष्य निर्धारण गरौं । त्यसलाई प्राप्तगर्ने मार्ग तयार गरौं । जे तयार गार्यों त्यसको कार्यान्ययन गरौं । व्यक्ति, परिवार, संगठन वा संस्थाको योजना तर्जुमा तथा कार्यान्वयन गर्ने सरल विधिको रुपमा यसको प्रयोग गर्न सकिन्छ ।
सकारात्मक अभ्यास
पहिलो चरणमा स्थानीय तह निर्वाचन सम्पन्न भएको कास्की जिल्लाको रुपा गाँउपालिकालाई नमूना गाउँपालिका बनाउन प्रसंसनीय सोधखोज पद्धति अबलम्बन गरी योजना तर्जुमा गर्न लागिएकोे छ । सहजीकरणमा संलग्न अभियन्ता डा.गणपति ओझा भन्छन् –अबको विकास गालि गलौज, असहमति, विरोध, विमति र असहयोगले चल्नेवाला छैन । सहकार्य र सहभागिताबाट नै गणतन्त्रमा घर, परिवार, समाज, गाउँ, नगरमा विकास अभ्यास शुरुगर्ने प्रारंभको रुपमा रुपा गाउँको विकास योजना आफ्नो घर, आफैं बनाऔं अभियान शुरु भएको छ ।
रुपा गाउका प्रत्येक घरका सबल पक्ष, सफलताका कथाहरु लिएर व्यबशायिक योजना वनाउन लागेका छौं । यो नै नेपालको सकारात्मक सोचको आधारमा बन्ने पहिलो स्थानीय तहको नमूना योजना र कार्यक्रम हो ।