दोक्लाम हेर्ने फरक दृष्टिकोण-विशेष सम्पादकीय

 

 

 

भारत, भुटान र चीनबीचको त्रिकोणीय सीमा क्षेत्र दोक्लाम अचेल तनावग्रस्त छ, चीन र भारत युद्धका लागि तम्तयारजस्ता देखिएका छन् । तनावको प्रत्यक्ष कारण हो, भुटान भारत सीमा क्षेत्र गाँसिएका ठाउँमा चीनद्वारा सडक निर्माण । सडक निर्माण कार्यलाई भारतीय फौजले बल प्रयोग गरेर रोकेको तथा त्यहीं बस्न गएको हुँदा चीन भारतले आफ्नो क्षेत्रमा अतिक्रमण गरेको बताइरहेको छ । यस विषयलाई चीन अन्तर्राष्टियकरण गरिरहेको छ । साथै ऊ यो भारतको नभएर भुटान र चीनको विषय भएको बताइरहेको छ । जबकि, यस विषयमा भुटानको भनाइ भने अझै सार्वजनिक भएको छैन । भारतले हाल विवाद भइरहेको स्थान भुटानको भएको र भुटानको सुरक्षा मामिला भारतका अधीन रहेको हुँदा त्यहाँ भारतीय चासो स्वतःसिद्ध रहेको बताइरहेको छ । उता चीन त्यो क्षेत्र आफू अधीनस्थ भूमि भएको दावी गरिरहेको छ ।

 

वास्तवमा दोक्लाममा निर्माणाधीन सडक, सडक मात्र नभएर यसलाई भारतले आफ्नो संवेदनशील क्षेत्र पूर्वोत्तरमा चीन प्रवेश गर्ने द्वारका रुपमा हेरेको छ । यसमा रहेको अर्को विशिष्ट आयाम हो, त्यस क्षेत्रको भूराजनीतिक अवस्था । भारतको त्यो सीमान्त नेपालीहरुको बाहुल्य भएको क्षेत्र हो । पछिल्लो समयमा नेपालसित चिसिएको भारतीय सम्बन्ध, चीनसँग नजिकिँदो नेपाल, दार्जीलिङलगायत डुवर्स क्षेत्रमा छुट्टै प्रदेशका लागि भइरहेको आन्दोलन, सिक्किममा नेपालीहरुको आधिक्य र वर्चस्व आदि विषय प्रकटमा नभनिए पनि भारतको आशंका पछाडिका भित्री कारण रहिआएका छन् । त्यसैले भारतलाई त्यस क्षेत्रका आसपास कसैको पनि गतिविधि रुच्दैन, त्यसमाथि उसलाई चीनको गतिविधि झन् ननिको लाग्नु अस्वाभाविक होइन ।

 

भारतको चिन्ता भुटानको भूमि नजिक अथवा भुटान छुँदै चीनले सडक विस्तार गरेको विषयमा मात्र सीमित छैन । चीन र भुटानबीचको बढ्दो हिमचिम उसलाई पचिरहेको छैन ’cause चीन भूटानसँग दौत्य सम्बन्ध स्थापित गर्न चाहन्छ । भुटानको मार्ग हुँदै पूर्वोत्तर भारत, बंगलादेश तथा बंगालको खाडीमा आफ्नो सशक्त पहुँच स्थापित गर्न चाहन्छ । पूर्वोत्तर भारतको वास्तवमा अझै पनि भारतीय राष्ट्रमा मूलप्रवाहीकरण भइसकेको छैन । त्यहाँ यत्रतत्र पृथकताको भाव छ । त्यस क्षेत्रमा चीनको प्रभाव पर्न गएमा पृथकताको भाव अरु विकसित हुँदै जाने भारतको बुझाइ छ भने यसमा असत्यता छैन । यसर्थ, सीमा क्षेत्रमा चीनको सडक सञ्जाल बन्नबाट रोक्नु भारतको बाध्यता बन्न गएको मान्न सकिन्छ ।

 

 

 

 

तर, जतिसुकै बाध्यता बन्न गए पनि चीनका सामु भारतको सैन्य–सामरिक क्षमता धेरै कमजोर छ । सम्भवतः संयुक्त राज्य अमेरिका र जापानले आफूलाई साथ दिन्छन् भन्ने आकलनका कारण भारतले चीनलाई चलाएको हो । तर अमेरिकाको भारतसँग भन्दा धेरै बढी स्वार्थ चीनसँग गाँसिएको हुँदा अइन् बखतमा उसले भारतलाई साथ दिन्छ नै भन्न सकिँदैन । जापान एक्लैले जतिसुकै चाहे पनि भारतलाई साथ दिने आँट गर्न सक्दैन । चीन र भारतबीचको विवादमा रुस सम्भवतः पर्ने छैन ’cause यसबीच उनीहरु बीचको पुरानो तारतम्य टुटेको छ । यसरी हेर्दा, साँच्चै युद्धको अवस्था उत्पन्न भएमा भारत एक्लै पर्न जाने सम्भावना प्रबल छ । फेरि, भारतले आफ्ना साना छिमेकीहरुलाई समेत ज्यादै सताएका कारण कसैको पनि हार्दिक साथ पाउने सम्भावना अत्यन्त न्युन छ ।

 

अरु त अरु, आफ्नै घरभित्र पनि भारत सौहाद्र्रतापूर्ण अवस्थामा छैन । उत्तरमा कश्मीर र पूर्वोत्तरका प्रदेशहरुको विश्वास प्राप्त गर्न समेत उसलाई सजिलो छैन । फेरि, उत्तर पश्चिममा पाकिस्तान र पूर्वोत्तर र मुख्य भूक्षेत्रबीच बंगलादेशको उपस्थितिले उसको भू–रणनीतिक अवस्था चीनसँग युद्धका लागि अनुकूल छैन । तात्पर्य के भने भारतले चीनसँग संक्षिप्त युद्ध गरेर क्षेत्रीय सन्तुलन ल्याउन चाहेको हो भने पनि उसको यो प्रयोजन सिद्ध हुन ज्यादै मुश्किल छ । निश्चय नै भारत चीनद्वारा घेरिँदै गएको र यसमा उसको चिन्ता स्वाभाविक हो तर यस्तो अवस्था उसैको गलत विदेश र सामरिक नीतिका कारण उपस्थित भएको हो । यसर्थ, दोक्लाम विवादलाई शान्तिपूर्ण ढंगले सुल्झाउनु नै उसको र दक्षिण एसियाको हितमा हुनेछ । चीनलाई चखाउने उसको महत्वाकांक्षाले आफ्नो पक्षमा क्षेत्रीय सन्तुलन ल्याउने नभएर उल्टै सन्तुलन अरु बिग्रिन सक्छ ’cause उसका हिमाली छिमेकीहरु चीनका पनि छिमेकी हुन् ।