टिपन टापन – स्तुति शर्मा

 

‘खालि–बोतल, पुराना कापी–किताब’ वाली

तस्विर: गोपेन राई

आफ्नो छँदा–खाँदाको आइएनजीओको जागिर छोडेर कवाडी संकलन गर्छु भनेर परिवारलाई सुनाउंदा २७ वर्षीय आयुसी के.सी. लाई सबैले हाँसेर उडाइदिए । पहिले उद्योग वाणिज्य महासंघ, गोर्खा ब्रुअरी र पछिल्लो समयमा यु.एस.ए.आइडीको प्रोजेक्टमा काम गरिरहेकी आयुसी आफैं केहि गर्न चाहन्थिन । आयुसी भन्छिन, ‘मेरो कामले समाज, समुदाय तथा देशलाई पनि केहि योगदान देओस भन्ने लाग्थ्यो । जहाँ काम गरे पनि त्यस्तो अनुभव गर्न सकिनँ ।’
जसले जे–सुकै भनेपनि आयुसी आफ्नो उद्देश्यमा अडिग रहिन् र ‘खाली सिसि डट कम’ भन्ने वेबसाइट खोली अनलाइन बाटै पुन: प्रयोग हुने सामग्रीको अर्डर लिन थालिन् । सम्पर्कमा आएको सामग्री उठाउन उनले ‘खाली सिसी, पुराना कागज, फलाम’ भन्दै टोलटोलमा साइकल लिएर डुल्ने दाजुभाइको सहयोग लिइन् । आयुसीको यो कामले वातावरण सफा राख्ने र रोजगारीको अवसर दिने मात्र नभई, देशभरीका युवाहरुलाई प्रेरणा दिएको छ । देशमा यो भयो र यो भएन भनेर दोष मात्र लाउँदै बस्नेहरुलाई आयुसीले बोलेर हैन गरेर देखाउनुपर्छ भन्ने राम्रै उदाहरण दिएकी छिन् ।

 

आयुसीको यो नयाँ सोच र उनको कम्पनी खाली सिसि म्यानेजमेन्ट प्रा. लि. लाई हार्दिक शुभकामना । आशा छ, हामी सबैले आयुसीबाट कुनैपनि काम ठुलो र सानो हुदैन र सबै कामलाई इज्जत गर्नुपर्छ भन्ने पाठ सिक्नेछौं ।

 

सिसन बानिया

 

घरमा केबल च्यानल भएकोहरुले डिस्कवरी, नेशनल जिओग्राफिक र एनिमल प्लानेट जस्ता च्यानल त बच्चैदेखि हेर्दै आउनुभएको होला । कति पटक त यी च्यानलमा नेपालको ’bout भिडियो पनि देख्नुभयो होला । नेपालको सगरमाथा, हनी हन्टर्स, चितवनमा देखिने पाटेबाघ आदि इत्यादिका ’boutमा यी च्यानलले धेरै पटक भिडीयो देखाए । तर यी भिडियो खिच्ने मान्छे को हुन्थे ? विदेशी नागरिक । हामी नेपाली त पक्कै हैन । आफ्नै देशको ’boutमा जान्न विदेशी च्यानल र विदेशी फोटोग्राफरमा निर्भर हुनुपर्ने हामी । यो कस्तो बिडम्बना !
यसै हप्ता यु ट्युबमा सिशन बानियाले आफ्नो नेपाल भ्रमणको भिडियोको ट्रेलर अपलोड गरे । पुरै भिडियो अपलोड गर्नु अघि उनि अहिले प्रायोजक खोजिरहेका छन्। सिशन बानिया भन्छन् ,
“धेरै वर्षदेखि नेपाल घुम्ने योजना बनाइरहेको थिएँ । पूर्व–पश्चिम, तराइ–पहाड–हिमाल । घुम्नुको साथसाथै यसको एउटा दामी भिडियो बनाएर संसारलाई देखाउने योजना थियो । यो वर्ष आखिरकार घुम्न जुर्यो। यो घुमाईमा जहाँ गएपनि बिदेशीलाई बढी प्राथमिकता, नेपालीलाई चै बढी रोक–टोक देखेँ । हामीसंग ठुला क्यामेरा र बजेट त छैन, तर आफ्नै देशमा आफ्नै देशको मान्छेले काम गर्यो भने झन् राम्रो हुन्छ नि । हाम्रो देशको ऐतिहासिक दस्तावेज हेर्यो भने सब विदेशीसंग छ । हामीले अवसर नपाएर पनि होला, तर अहिले त समय परिवर्तन हुँदै छ नि । अवसर पाएको खण्डमा हामी नेपालीले पनि धेरै गर्न सक्छौं भनेर देखिन थालेको छ ।
‘मैले धेरै मेहेनत गरेर यो भिडियो बनाएको छु । यो मेरो पहिलो प्रयास हो र आगामी दिनमा अझ राम्रो बनाउन प्रयास गर्नेछु । यो भिडियो मेरो पश्चिम नेपाल यात्राको ट्रेलर मात्र हो । मसंग मेरो यात्रा सम्बन्धी २० वटा जति भिडियो छन्, तर यी भिडियोको लागि म स्पोन्सर खोज्दै छु । इच्छुुक हुनुहुन्छ भने मलाई फेसबुक वा इन्स्ट्राग्राममा सम्पर्क गर्नु होला । यो भिडियो मंनपराउनु हुनेछ भन्ने आशा राखेको छु । धन्यवाद ।’

 

 

 

भारतको सोनपरी, नेपालको शेरपरी !

 

नेपालमा चुनाव गराउन १ महिना जति लाग्छ भने यो जाबो बाटो बनाउन १५ दिनमा कसो नभ्याउला त ? हाम्रा प्रधानमन्त्रीज्यूकोे बोली बन्दुकको गोली जस्तो हो रे । बोलेपछि बोल्यो, बोल्यो । विदेश जस्तो हो र, जाबो बाटो बनाउन पनि दसथरि इन्जिनियर बटुल्दै, महिनौ लगाएर सडकको नाप जाँच गर्दै, डिजाइन–सिजाइन बनाउदै बस्नुपर्ने ?
सानो छदा टिभीमा सोनपरी भन्ने कार्यक्रम मलाई असाध्यै मनपथ्र्यो । सोनपरीसंग एउटा जादुको छडी हुने गथ्र्यो । त्यो छडी लिएर एउटा मन्त्र भनेपछि चाहेको काम आखाँ झिमिक्क नगर्दै पुरा हुन्थ्यो । मलाइ त हाम्रो पीएमज्यु पनि सोनपरी जस्तै लाग्छ । आफैं हेर्नुस न, कति छिटो काम भएको । बोलेको ७ दिन मै बाटो त सररर सिंगापुरको सडक जस्तो बनिसक्यो । धन्न हाम्रो देशलाई धेरैले चिन्दैनन् । नत्र त हाम्रो पीएमज्युलाई आफ्नो देशमा लग्न बिदेशीले ताना–तान गर्थे होलान् ।
थ्यांक यु हाम्रो आफ्नै देश नेपालको शेरपरी । वी लभ यु ।

 

 

काठमाडौँको चाबहिलमा देखिएको दृश्य। तस्विर: स्तुति शर्मा