‘रेस्सम्’

 

 
‘जय नेपाल’ मैले आवाज तर्फ हेरे, उही थियो, दुब्लो शरिर लगभग ३० वर्षको टाउकोमा कपाल एक चौथायी खुइलीइ सकेको । सात समुद्र पारी यहाँ मलाई जय नेपालले सम्वोधन गर्ने उ वाहेक अरु कोही हुन नसक्ने कुरा मलाई राम्ररी थाहा थियो ।
म त्यस सपिङ मलमा काम गर्दा देखिनै हो उसलाई चिनेको । त्यो परिचय अझसम्म कायमै छ । म अचेल मलमा घुम्न जाने गर्छु भ्याएसम्म प्रत्येक दिन ।
उ त्यहाँको सफाइ कर्मचारी । म काम गर्ने स्टोरमा पनि आइ पुग्थ्यो बेला बेलामा । उसको विशेषता भनेकै कुरा गर्दा मान्छेको मुखमा सोझो नहेर्ने ।
कुराकानीका क्रममा उ तिर ध्यान दिदा मलाई धेर्र पटक लागेको थियो, उ शून्यतामा हराउदै गफ गरि रहेको छ ।
उसको संङ्गित पे्रमले उसलाई म नजिकै ल्याएको थियो । एक पटक कुरै कुरामा उसले गित सुन्ने मन ग¥यो, मैले ल्यापटपमा यू ट्यूवमा गएर त्यो गित लगाइ दिए । त्यसपछि उसले नेपाली गित सुन्ने फर्माइस गरेको थियो ।
त्यो क्रम नियमित जसो बनि सकेको थियो । उ आएर मेरो स्टोरको काउन्टर अगाडि उभिन्थ्यो । मैले यूट्युवमा गएर गित लगाउथे । अनी एक दुई पटक नेपाली गित पनि सुन्ने गथ्र्यो । तर उसले सुनेका पचासौँ नेपाली गितमध्ये उसलाई मन परेको चाही नेपथ्यको ‘रेसम’ भन्ने गित थियो । त्यो गितलाई उसले तिन चार पटक सुन्न थालेको थियो दिनहु जसो ।
उसले त्यो एक शब्द त्यही लयमा भन्ने प्रयास नगरेको पनि होइन । तर उसले रेसमलाई रेस्सम् भन्थ्यो । कहिले काही ठ्ट्टामा नआएको जस्तै गरी रेस्कम् भनेर हास्थ्यो ।
तर यो नेपाली गित सुनन्जनी भने आँखा चिम्लेर संगितको धुनमा विस्तारै टाउको हल्लाउथ्यो ।
नेपाली एक शब्द पनि नजान्ने अमेरिकीलाई नेपथ्यको त्यो गितमा त्यसरी डुवेको देखेर एक पटक मेरो मुखबाट सानै देखिए सुन्दै आएको वाक्य निस्केको थियो– साच्चै संङ्गितको कुनै भाषा हुदैन ।
‘गलत’
मेरो भनाइलाई तत्काल काट्दै उसले भन्यो–म यो कुरा मान्दिन । संङ्गितको पनि भाषा हुन्छ । र वास्तवमा संसारमा सबैभन्दा सुन्दर तथा कर्णपृय भाषा भनेको नै संङ्गीतको हो ।
त्यसपछि निमेसभर मेरो अनुहार तर्फ हेरेर फेरी भन्यो,‘मैले पनि सुन्दै आएको हो यो कुरा तर मलाई विश्वास लाग्दैन । खै किन भन्छन संङ्गितको भाषा हुदैन भनेर ! मेरो विचारमा त सबैभन्दा राम्रो भाषा नै संङ्गितको हुन्छ ।
‘हैन भने किन कुनै गित मन पर्ने कुनै मन नपर्ने हुन्छ त ? हो, संङ्गितको भाषा वोलीचालीकोभन्दा निकै फरक हुन्छ । जब एउटा गितकारले आफ्ना र अरुका भोगाइलाई महशुस गर्दै शब्दमा रुपान्तरण गर्छ, संङ्गितकारले व्रम्हाण्डलाई नै सुरको रुपमा त्यस गितमा मिसाइ दिन्छ र गायकले जब गायनमा आफ्नो सर्वस्व दिन्छ अनी एउटा भाषा तयार हुन्छ जसले श्रोताको हृदयसँग वार्तालाप गर्न थाल्छ ।’
‘सबैभन्दा अनौठो कुरा त यसरी कडा मिहिनेत साथ तयार पारिएको भाषा निकै सरल हुन्छ ।’ उ भन्दै थियो–यो भाषामा घृणाको स्थान हुदैन मात्र प्रेम हुन्छ अनी यस्तो भाषाले तोड्दैन बरु जोड्छ, संगितको रुपमा करोडौँ हृदयलाई एकापसमा समाहित गराउछ ।
मलाई छक्क परेर उसको कुरा सुनेको मेसो पाएपछि उसले एक्कासी सोध्न पुग्यो,
‘तिम्रो यो गायकलाई भेट्न कत्तिको सजिलो छ ।’
मैले यो गायक नेपालमा निकै प्रख्यात भए पनि जति राम्रो उ कलाकार हो त्यतिकै असल उ मानिस पनि भएको आफूले थाहा पाएको बताए । ‘त्यसैले उ ठूलो ‘सेलिब्रिटी’ भए पनि भेट्न त्यति अप्ठेरो नपर्ला ।’
‘तिम्रो देश यहाँ बाट नजिकै भए पनि हुन्थ्यो नी है ।’ ल्यापटपमा नेपालका सुन्दर तस्विरहरू हेरेर एक पटक उसले भनेको थियो ।
उ यात्राबाट डराउने । आजसम्म उ कतै गएको भनेको नै आहायो राज्यसँगै जोडिएको राज्य मिसिगन थियो, जहाँ वर्षको एक पटक क्रिशमस मनाउन उ आफ्नो दाजुकहाँ जाने गथ्र्यो । त्यसैले नेपाल पुग्न घण्टौँ हवाइ जहाजको यात्रा गर्न पर्छ भन्दा उ डराएको थियो ।
त्यसैले त्यस दिन पनि सोधी हाल्यो–यहाँ (अमेरिकामा) पनि त आउने होला नी होइन ? मैले हो भने पछि त्यतिबेला भेट्ने मेसो मिलाउने आग्रह गरेको थियो ।
यस्ता कुराकानी त एउटा गितबाट अर्को गित छान्नेक्रममा लिइने विश्राामका बेला मात्र हुन्थ्यो । उ त गित सुन्दै घण्टौँ विताइ दिन्थ्यो ।
‘मानिस पिडामा भएको वेला संङ्गित झनै मन पर्छ किन होला ?’ एक पटक उसले सोधेको प्रश्नको जवाफ मसँग पनि थिएन । तर एक जना फेसवुके साथीले कुराकानीका क्रममा भनेको सम्झे–मानिस जव दुखी हुन्छ, त्यतिबेला उ गितको वोलको अर्थलाई वुझ्ने प्रयास गर्छ । अनी जति जति अर्थ वुझ्दै जान्छ संङ्गितमा डुब्दै जान्छ । सुखमा त मानिस मात्र संगितको लय अनी धुनमा रमाएको हुन्छ ।
मैले उसलाई एक पटक गाउन आग्रह गर्दा उसले निकै रोचक पारामा जवाफ दिएको थियो–तिमिलाई थाहा छ जसलाई गाउन आउदैन उ संङ्गीतको बढी सौखिन हुन्छ सुन्नलाई । अनी ठट्यौली पारामा भन्यो–गाउन आउने जती त गाउन मै व्यस्त हुन्छन्नी अनी सुन्ने हामी जस्ताले त हो नी । हैन र ?
संङ्गितपछि उ नेपालको दृश्यावलोकन गर्न मन पराउथ्यो । हाम्रा हिमाल, पहाडका सुन्दर प्रकृतिक दृश्यमा हराउदै एक पटक उसले भनेको थियो–तिम्रिो मुलुकलाई त प्रकृतिले नै सुन्दर वनाएको रहेछ।
यस्तैमा एक पटक उसले नेपालीहरूले अभिवादन कसरी गर्छन् भनेर सोधेको थियो । यस अघि एक जनाको यस्तै प्रश्नको जवाफमा मैले नमस्कार अथवा नमस्ते भन्दा उसले यो त भारतीय शैलै होइन र भन्ने जिज्ञासा पाएको थिए । त्यसैले यस पटक भने मैले उसलाई ‘जय नेपाल’ भन्न सिकाएको थिए अभिवादनका रुपमा ।
त्यसैले मलाई भेट्दा उसले आफ्नो दाहिने हात उठाएर ‘जय नेपाल’ भन्न थालेको थियो । अनी कहिलेकाही लगत्तै ‘रेस्सम’ पनि भन्न भ्याउथ्यो ।
तर त्यो यहाँ उसले गर्ने जय नेपालको सम्बोधन भेट हुदा गरिने अभिवादन मात्र थिएन । त्यसमा आग्रह हुन्थ्यो ।
मैले लाइमा सपिङ मलमा काम गर्न छाडेको धेरै भइ सकेको भए पनि घुम्नका लागि भने लगभग दिनहु जाने गर्थे । तर उसले गित सुन्ने क्रम भने रोकिएको थिएन । त्यो क्रम ल्यापटपबाट मोवाइल फोनमा मात्र स्तान्तरण भएको थियो ।
उसको जय नेपाल र कहिलेकाही जय नेपाल संगै रेस्सम सहितको अभिवादनको अर्थ ‘हुन्थ्यो ल अब तिमी हिडाइबाट विश्राम लेउ म काम बाट लिन्छु र केही समय संङ्गीतको सुमधुर भाषामा खर्च गरौँ ।’
आज पनि उसले जय नेपाल भन्नासाथ आफ्नो सफाइका सामान कुना तर्फ थन्क्याएर म नजिकैको वेञ्च तर्फ इशारा गरेको थियो । अबको हाम्रो लगभग साढे एक घण्टाको समय त्यही वेञ्चमा गित सुन्दै वित्न लागेको थियो ।