पिज्जा कटर: उद्यमशील युवाहरुको सफलताको कथा  –अश्विनकुमार पुडासैनी 

 

आफू अमेरिका बस्दा अरुको बेकरीमा काम गरियो । अब आफ्नै देशमा अरु युवाहरुलाई पनि प्रेरणा दिन सकिने र धेरैलाई रोजगारी दिन सकिने खाद्य ब्यवशाय किन नगर्ने भनेर हामीले पिज्जा कटर शुरु गरेका हौं ।  

 

मंगलबार अपरान्ह चीरपरिचित उदीयमान राजनीतिक नेता तथा पूर्वराजदूत उदयराज पाण्डेको घरबाट फोन आयो । फोन रहेछ उनका छोरा संकल्प पाण्डेको । आफ्नो परिचय दिँदै उनले भने अंकल लक्ष्मी पूजाको दिन मध्यान्हमा हामी एउटा कार्यक्रम गर्दैछौं । अंकललाई निम्ता पठाउन खोजेको । इमेल पाउँन । उनलाई ईमेल टिपाएँ । निम्तो रहेछ, पिज्जा कटरको ‘फ्रेन्चाईजींग’ हस्तान्तरण कार्यक्रममा सहभागी हुने ।

 

फ्रेन्चाइजिंग नेपालमा नयाँ अभ्यास हो । यसको छुट्टै ऐन अझै बनेको छैन र करार ऐन अन्तर्गत कारोवार हुने गरेको छ । फ्रेनचाइजिंगको अर्थ हो, कम्पनीको उत्पादनको आधिकारिक विक्रेता । जसले कम्पनीको गुणस्तर एउटै रहेको सुनिश्चितता गर्दछ ।

 

मूख्य कंपनीले उत्पादन गरेका सामाग्रीहरुको उही मूल्य र एउटै गुणस्तरमा उपभोक्ताहरुलाई विक्रीवितरण गर्दछ । आफ्नै उत्पादन गर्न नसक्ने र बजार लिन समय लाग्नेहरुका लागि यो एक अवसर हो । उत्पादकसंग फ्रेन्चाइज लिए वापत ब्यवशायीले रोयल्टी तिर्छ र विक्री भएका सामानहरुको आधारमा निश्चित प्रतिशत मुनाफा आर्जन गर्छ । उदाहरणको लागि पिज्जा कटरको लोगो र उत्पादन ब्यवशायीले प्रयोग गरे वापत पिज्जा कटरलाई निश्चित रकम बुझाउछ र पिज्जा कटरकै नामको पिज्जा विक्रिवितरण गर्छ ।

 

विहिबार, लम्मीपूजाको दिन बोलाईएको समयमै पुगियो लाजिम्पाट । कार्यक्रम स्थलमा केही उद्यमशील युवा निम्तालु स्वागतार्थ प्रतिक्षारत रहेछन् । उनीहरुले पिज्जा कटरको फ्रेचाइजी हस्तान्तरण समारोहको तयारी पूरा गरिसकेका रहेछन् ।

 

प्रमुख अतिथि आउने समय केही बाँकी रहेछ । यहि अबसरमा युवाहरुको काम र उद्यमशीलताका ’bout जान्ने उत्सुकता जाग्यो । संकल्प पाण्डे साईडको कुर्चीमा बसे र मेरा जिज्ञासामा आफू र आफ्नो व्यावशायिक  सफलताका कथा सुनाउन थाले ।

 

आजको आलेख तिनै उद्यमशील युवाहरुमा समर्पित छ, जो अमेरिकामा काम र दाम सँगसँगै पढाई गरेर पनि स्वदेश फर्किएर उद्यम थाले । उनीहरु नेपालमा आफ्नै उमेर समूहका युवाहरुलाई विदेश जान पर्दैन यहीं ब्यवशाय र रोजगारी प्रशस्त छ भन्दै काम पनि दिइरहेका रहेछन् । आफैं कठोर परिश्रम गरेर उद्यमी बनिरहेका छन् ।

 

संकल्पले भने, इमान्दारीता र लगनशीलता भने व्यवसायमा आत्मा हो । त्यसपछि दिन दुगुना र रात चौगुना सफलता पाइयो भने पनि आश्चर्य नमाने हुन्छ ।

 

अमेरीका छाडेर स्वदेश फिर्ता 

 

चार युवाहरु संकल्प पाण्डे–३०, प्रशन्न अर्याल–३२, समीर पौडेल–३४ र शैलेन्द्र घिमिरे–३८ले सन् २००० को दशकमा अमेरीकाको न्यूयोर्क, टेक्सास र हुस्टनका विभिन्न विश्वविद्यालयहरुमा विजिनेश, मेकानिकल ईन्जीनियरिङ्ग र अन्य विषयमा स्नातक गर्दै थिए ।

 

विदेशमा अध्ययन गर्ने अधिकांश नेपाली युवा युवतीहरुको नियती जस्तै यी युवा पनि अमेरीकाका विभिन्न रेण्टुराँ, होटल र बेकरीहरुमा काम गर्दै पढाई खर्च जुटाउँदै पढ्दै थिए ।

 

यी चार मध्ये संकल्प र प्रशन्न दिदी–बहिनी अर्थात सानीमा ठूलीआमाका छोरा रहेछन् । यिनीहरु दुबै अमेरिकामा पिज्जा बनाउने बेकरीमा काम गर्थे । यी दुई भाइ आफ्नो पढाई सके पछि पाँच बर्ष पहिले स्वदेशमै केहि सृजनशील काम गर्ने अठोट गरि नेपाल फर्किए ।

 

शुरुमा संकल्पले अमेरिका पढ्न जाने विद्यार्थीहरुको लागि एजुकेशनल कन्सल्टेन्सी शुरु गरे । प्रशन्नले भने काठमाण्डौको काँठ गाम्छा भद्रकालीबाट एक किलोमिटर पूर्वको केहि जमीन भाडामा लिई अर्गानीक खेती शुरु गरे ।

 

अमेरीकाको  सीप, नेपालमा व्यवसाय छुट्टा छट्टै काम गर्दागर्दै २०७१ मा यी दुई भाइले एक सोच अगाडि बढाउने बिचार गरे । अब कन्सल्टेन्सी र यताउताका काम नगर्ने । नेपालका सडकमा हिड्ने निम्न र मध्यम वर्गिय जमातलाई स्वाद स्वादका पिज्जा खुवाउने !

 

आफू अमेरिका बस्दा अरुको बेकरीमा काम गरियो । अब आफ्नै देशमा अरु युवाहरुलाई पनि प्रेरणा दिन सकिने र धेरैलाई रोजगारी दिन सकिने खाद्य ब्यवशाय किन नगर्ने भनेर हामीले पिज्जा कटर शुरु गरेका हौं ।

 

यी दूई भाईले अमेरीका बस्दा चिनेका र बेकरी पिज्जाको अनुभव मनग्य कमाएका थिए । जानेको यही काम किन शुरु नगर्ने ? अरु दुई साथीहरु समीर र शैलेन्द्रलाई आफ्नो योजना सुनाए । उनीहरु दुई पनि पिज्जा योजनामा सहभागी हुन राजी भए । उनीहरुले साझेदारीमा पिज्जाको व्यावसाय शुरु गर्ने निधो गरे ।

 

एक लाख पच्चिस हजार लगानी २०७१ सालमा यी चार भाइले एक कम्पनी खोल्ने र सोहि कम्पनीको माध्यमबाट व्यवसाय अगाडि बढाउने निधो गरे । आफूले अमेरिकामा सिकेको सीपको पनि उपयोग हुने र थोरै लगानीमा व्यवसाय गर्ने सोचले प्रतिव्यक्ति एक लाख पच्चिस हजार गरि पाँच लाखमा पिज्जा कटर व्यवसाय शुरु गरे ।

 

अहिले दैनिक न्यूनतम एक लाख पचास हजारको बिक्रि भैरहेको छ । आज सम्मको आम्दानी सम्पूर्णरुपमा व्यवसायमा नै लगानीबृद्धि गरि व्यवसाय विस्तार गरिरहेका छौं, उनले भने । व्यवसायमा ७५ जनाले रोजगारी पाईरहेका छन् ।

 

दुईबर्ष अगाडि नक्सालमा एउटा सेन्ट्रल किचेन र आउटलेट तथा त्यसपछि कमलपोखरी कुमारीहल नजिकै अर्को आउटलेटबाट बिक्रि शुरुभएको पिज्जा कटर अहिले राजधानीका प्रमुख व्यावशायिक स्थलहरु नागपोखरी, कमलपोखरी, सामाखुशी, चावहिल चुच्चेपाटी, मध्य बानेश्वर, बसन्तपुर, एकान्तकुना, थापाथली, लाजिम्पाट र आउदो हप्ता पुतलीसडक गरी दशवटा आउटलेटबाट मगमग वास्ना आउने तात्तातो पिज्जा बिक्रि भईरहेको छ ।

 

आगामी केहि महिना भित्रै देशका प्रमुख शहरहरुमा सेवा विस्तार गर्ने योजना रहेको कम्पनीका अध्यक्ष, संकल्प पाण्डेले उत्साही हुँदै बताए ।

 

 

एक सयमा पेटभरी खाजा पिज्जा 

 

पिज्जा कटर शुरु गर्दा युवा उद्यमीहरुले लक्ष निर्धारण गरे– एक सय रुपैयाँमा एक थान पिज्जा बिक्रि गर्ने । जसले एकजनालाई पेटभरी खाजा होस् ।

 

सात दिनमा सात किसिमका पिज्जा केन्द्रीय किचनमा बनाउने र त्यसलाई विक्रि कक्षमै बेक गरेर ग्राहकलाई तात्तातो पिजा बिक्री गर्दै, घरमा पु¥याउँदै गए । हरेक बिक्रिकक्षमा ग्राहकको रुची अनुसारको पिज्जा पिज्जा कटरका युवाहरु हाँसीहाँसी उपलब्ध गराउँदै छन् ।

 

चिकन तन्दुरी, चिकन सलामी, चिकन मसरुम, चिज मसरुम, चिकन ससेज, भेज पनिर, अलिभ, टोमाटो आदि ।

 

करोडको गाडि चढेर एक सयको पिज्जा खानेको भिड युवा उद्यमीहरुको अपेक्षा थियो–सडकमा पैदल हिड्ने निम्न र निम्नमध्यम बर्गीय ब्यक्तिहरु, विद्यार्थी, शिक्षक, कर्मचारीलाई न्यूनतम मूल्यमा स्वस्थ, गुणस्तरीय, पिज्जा खुवाउने । तर भयो अर्कै ।

 

लाखौं र करोडको गाडि चढ्ने उच्च मध्यम बर्गिय र उच्च बर्गियहरुले पो पिज्जा बजारलाई कब्जा गरे । त्यस पछि उनीहरु बाध्य भए ग्राहकको माग अनुसार दुईसय, चार सय, आठ सय मूल्यका पिज्जा पनि बिक्रि गर्न । तर पनि पाण्डे भन्छन्, हामी हाम्रो पहिचानलाई कायमै राखिहन्छौ ।

 

उत्पादनको विविधिकरण गर्दै हामी फरकफरक स्वादका पिज्जा उत्पादन गर्दै जान्छौं तर सय रुपैयाँको पिज्जालाई सधै कायम गर्न प्रयत्नरत रहिरहन्छौ ’cause यो नै हाम्रो पहिचान हो !
अहिले पिज्जा सँगसँगै हटडग, चिकन वीङ्गस्देखि स्याण्डवीच सम्म उपलब्ध छन्, पिज्जा कटरका आउटलेटहरुमा । बिक्रिकक्षमा आगामी हप्तादेखि नयाँ आइटम वेक्ड मःमः उपलब्ध हुने अध्यक्ष पाण्डे बताए । फ्राइड मम तेलमा तार्ने हुनाले त्यो धेरै चिल्लो हुन्छ तर हामीले बीना तेल नै झुरुम झुरुम गर्ने नयाँ आइटम बिक्री गर्ने अन्तिम चरणमा पुगेका छौं ।

 

बजारको भन्दा घरकै खाना खानु राम्रो

 

बजारमा उपलब्ध सबै किसिमको पिज्जा र फास्ट फूड प्रोसिड फ्लोर मैदा बाटै बन्ने हुँदा बजारको खाना भन्दा घरकै खाना उत्तम हुने बताउँदै पाण्डे भन्छन्, हामीले बनाउने पिज्जामा अजिनो मोटो, फूड कलर र लामो समयसम्म ताजा राख्ने प्रेजरभेटिभ जस्ता कुनै किसिमको केमिकल प्रयोग हुँदैन । एक पटक प्रयोग भएको तेल पनि हामी पुनःप्रयोग गर्दैनौं ।

 

ज्ञान चक्की मैदाबाट हो पिज्जा बनाउँने । गुणस्तरमा कुनै सम्झौता गर्दैनौं । जिरो इन्भेण्ट्रि प्रणाली अनुसार विहान बनाएको खाना साँझ सकिन्छ । नसकिएको वेस्टमा जान्छ । अर्को दिन प्रयोग हुँदैन । अर्को दिन नयाँ सामानबाट नयाँ सामाग्री बन्छ ।

 

हामीले व्यवसाय गर्दैमा घरमा नखाएर, हाम्रोमा खानोस् भन्दैनौं । घरमा खानु जत्तिको राम्रो त बजारमा खानु कदापी हुँदै होईन । त्यसैले अन्त खानु भन्दा हाम्रोमा खानुहोस् भन्ने हो हामीले । त्यसमा पनि बाहिर खाने सस्कृति मौलाउँदै गएको सन्दर्भमा हामीले स्वस्थ, पौष्टीक र कम मूल्यमा गुणस्तरीय खानेकुरा उपलब्ध गराउने व्यवसाय गरेको दावी गर्छन् यी उद्यमी ।

 

चुनौति नै चुनौति विविध खाद्यान्न उत्पादन तथा विक्रिवितरण गर्ने उद्योगको रुपमा दर्ता भई व्यावशाय शुरु गरेको पिज्जा कटरले उद्योग स्थापना र सञ्चालन गर्ने क्रममा थुप्रै कठिनाई भोग्नु परेको सुनाए । व्यवशाय चैत्रमा शुरु भयो, बैशाख १२ गते विनाशकारी भुकम्प आयो । केही समय व्यवसाय बन्द नै भयो ।

 

लोडसेडिङ्ग र भारतीय नाकाबन्दिले गर्दा ग्याँसको अभावले पनि त्यत्तिकै कठिनाई रहयो । फ्रेन्चाईजी दिने कानूनको अभाव पनि त्यत्तिकै चुनौति बनेको छ । बर्ष भरी ३६५ दिन र चौबिसै घण्टा सेवा दिन चाहनेहरुका लागि लोडसेडिङ्ग, इन्धनको उपलब्धता नै महत्वपूर्ण आयाम हुन् । शान्ति सुरक्षा, भौतिक पुर्वाधार, सहज र स्पष्ट कानूनी व्यवस्था गरिदिने दायित्व सरकार कै हो ।  कार्यक्रमका प्रमुख अतिथि, दश बर्षदेखि ‘हस्पीट्यालिटि एण्ड टुरिज्जम’ अध्यापन गर्दै आएका गेट कलेजका प्राचार्य खेम लकाईले फुड एण्ड वेभरेजको व्यवसाय गर्नेहरुका चुनौती’bout प्रष्ट्याउँदै भने–पहिलो चुनौति त घरभाडाको हो । व्यवशाय चलेन भने स्वतह बन्द गर्नु पर्छ । यदि व्यवशाय चल्यो भने अर्कोले दश–बीस हजार बढि भाडा दिन आउँछ । त्यसपछि व्यवशायीले कि त्यो ठाउँ छोड्नु पर्छ वा वढि भाडा दिन बाध्य हुनुपर्छ ।

 

पिज्जाको ईतिहास ईटाली  हस्पिटालिटि व्यवसाय मौलाएको स्वीजरल्यैण्डमा व्यवसायीले नौ बर्षसम्म भाडामा कुनै पनि परिवर्तन गर्न नपाउँने कानून रहेको उदाहरण दिँदै खेम लाकाइले भने, इटालिमा उत्पाद भएको पिज्जाको ईतिहास छ र स्वीजरल्याण्डको राजस्वमा सबै भन्दा धेरै योगदान गर्ने खाद्यान्य ब्यवशाय नै रहेको जानकारी दिए ।

 

नेपालको चर्को अनियमित घरभाडा नै उद्यमशीलताको अबरोध भएको उनले बताए । त्यसैगरी खाद्य बस्तुहरुको मूल्यमा हुने परिवर्तनको उदाहरण दिँदै लकाईले प्रश्न गरे, आज बीस रुपैया किलो गोलभेंडा भोली पचास रुपैयाँ पुग्छ । अर्को महिना एक सय पुगिसक्छ । अधिकांश वस्तुको मूल्य अस्थीर छ । अनि कसरी रेष्टुरेन्टले खानेकुराको मूल्य स्थिर राख्न सक्छन् ? अर्कोकुरा, हाम्रो शिक्षा प्रणाली व्यावशायी एवं उद्यमी उत्पादन गर्ने नभई एकेडेमिक मात्रै उत्पादन गर्छ । अहिले बजारमा एमविए, एमए गरेका प्रशस्तै जनशक्ति फालाफाल छन् तर प्लम्बर, सेफ, ईलेक्ट्रीसीएन जस्ता सीपमूलक कार्यगर्न सक्ने दक्ष जनशक्तिको अभाव रहेको दृष्टान्त दिँदै उनले हाम्रो मुलुकमा उद्यमशीलताको विकास गर्न शिक्षा प्रणालीमा नै व्यापक सुधार गर्नु पर्ने औंल्याए ।

 

सफलताका दश सुत्र  

 

थोरै लगानीमा धेरैलाई रोजगारी दिन सफल र छोटो समयमै पिज्जा कटरको सफलताको रहस्य बताउँदै उद्यमी पाण्डेले भने हामीले चारै जना साझेदारले बराबर लगानी गरेर व्यवसाय शुरु गरेका हौं । हाम्रो अनुभवमा सफलताका विभिन्न आयाम हुन्छन् ।

 

पहिलोः व्यवसाय र यसको प्रोडक्ट जेन्युन र विश्वसनीय हुनुप¥यो । इमान्दारीता नै सफलताको पहिलो कडि हो ।

दोस्रोः ब्राण्डिङ्ग हो । यो कस्तो छ । ग्राहकहरुमा बस्तु र सेवा प्रतिको धारणा । इमेज । पहिचान । यसको परिचय कसरी स्थापित गछौं ?  तेश्रोः बस्तुको गुणस्तर कायम राख्नु । मूल्यमा स्थिरता । सेवामा समानता । मागको समयमै उपलब्धता ।

चौथोः समानरुपमा सबैको मेहनत र कडा परिश्रम । चाहे ती लगानीकर्ता हुन् वा कर्मचारी । सबैले ईमान्दारिपूर्वक आफ्नो क्षमताको अधिकतम रुपमा उपयोग गर्नु पर्छ ।

पाँचौंः नयाँनयाँ अबसर र चुनौतीहरुको निरन्तर खोजी गर्दै रहनु । उत्सुकता, कौतुहलता, सम्भावना र कुनै पनि कठिनाई तथा चुनौतीलाई अबसरमा रुपान्तरण गर्नु । अबसरको रुपमा ती चुनौतीहरुको सामना गर्दा नै क्षमता अभिबृद्धि हुनुका साथै आत्माविश्वास बढ्छ । सफलता हासिल गर्न सकिन्छ ।

छैटौंः टिमवर्क अर्थात समुहकार्य । साझेदार लगानीकर्ताहरुका साथै सबै कर्मचारीहरु समेतको टिमवर्कको भाबना । एकअर्का प्रतिको अटल विश्वास । कारोवार र सबै कामको पारदर्शीता । सबै सबैकोलागि हौं भन्ने भावना । कर्मचारीहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न र क्षमता अभिबृद्धि गर्ने अबसर प्रदान गर्नु । सबैले आफ्नो जिम्मेवारी इमान्दारीका साथ पुरा गर्नु । साझेदारहरु बीच कुनै किसिमको इगो वा अहंम नहुनु । काम गर्न चाहने कर्मचारीहरुलाई क्षमता र अनुकुलता अनुसारको काम गर्ने बातावरण दिनुपर्छ ।

सातौंः सधैं नयाँनयाँ अबसरहरुको खोजी गर्नु । जस्तो बर्थ डे । चाड पर्व । विवाह । भोज । उत्सवहरुमा घर घरमा सेवा पु¥याउने । ग्राहक÷सेवाग्राहीहरुको आबश्यकता, माग, चाहना र सन्तुष्टिमा सधै ध्यान दिने र सेवा दिन लागी पर्ने ।

आठौंः वस्तु तथा सेवाको विविधता । हामीले दिने सेवा तथा उपलब्ध गराउने खानाका परिकारहरुमा विविधता । जस्तो सातै दिनमा सातै स्वादका सातै प्रकारका पिज्जाहरु । विभिन्न साईज र मूल्यमा उपलब्ध गराउनु ।

 नवौंः व्यवशायीको स्पष्ट भीजन । त्यो भिजनप्रतिको विश्वास र धैर्यता । व्यापार तलमाथि भै रहन्छ । असफलतामा न आत्तिनु र सफलतामा नमात्तिनु भने झै व्यापार हुँदा नहुँदा दुबै अबस्थामा समभाव राख्नु । काममा निरन्तरता कायम गर्नु ।

दशौंः नेपालको सन्दर्भमा कर्मचारी÷कामदार व्यवस्थापन नै व्यवसायीको सफलताको महत्वपूर्ण आयाम हो । कार्यक्रम र सेवा सुवीधाको सम्बन्धमा कर्मचारीहरुको सहभागिता ज्यादै महत्वपूर्ण हुन्छ । कर्मचारीहरुका जायज कुराहरुलाई समेट्नु पर्छ ।

 

हाम्रो अनुभवमा पहिले हामीले ट्यालेण्ट खोज्र्यौं । रोज्यौं । मासिक तलबमा काम दियौं तर नतिजा सोचे जस्तो आएन । ट्यालेण्टहरु, उच्च क्वालिफिकेसन्स भए पनि तिनको पनि परख काममा हुन्छ, प्रमाणपत्रमा होइन ।

 

क्वालिफिकेसन भएका ट्यालेण्ट खोज्नु भन्दा ईमान्दार, कडा परिश्रमी, मेहनती, जिम्मेवार, उत्तरदायी र जवाफदेही कर्मचारीहरु नै व्यवसायको सफलताका मूल कडि हुन् भन्ने हामीले थाहा पायौं । त्यसैले हामी कामदारलाई दिन वा महिनामा होइन, घण्टाको आधारमा तलब दिन्छौं । अवसरै–अवसरको देश नेपाल

 

नेपालमा उद्यमशीलका लागि चारैतिर अवसर नै अवसर रहेको बताउँदै उद्यमी पाण्डेले भने, क्रियाशीलता, सृजनशीलता र निरन्तरको मेहनत तथा इमान्दारीतापूर्वक कडा परिश्रमगर्न तयार हुने उद्यमीहरुको लागि नेपाल स्वर्ग झै रहेको छ । यहाँ यति धेरै अबसरहरु छन् कि जता ततै ‘अनटच्ड भर्जिन नै भर्जिन’ छ । मात्र उद्यमशीलता, मेहनत र श्रमप्रतिको विश्वास तथा धैर्यता हुनु पर्छ ।

 

नेपालमा लगानी र पैसाको कमी पनि छैन । अमेरिका, अस्ट्रेलिया र युरोपमा बैंकमा बचत गर्दा एकदेखि दुइ प्रतिशत ब्याज पाउन पनि मुस्किल हुन्छ तर त्यही पैसा नेपालका बैंकमा राख्यो भने दशदेखि बाह्र प्रतिशत सजीलै ब्याज पाइन्छ । त्यस्तै मूनाफा पनि परिश्रम बमोजीम कमी छैन । हामीले त उद्यमशीलताको संस्कार, संस्कृति र विकास गर्न नसकेकालेनै हो, अवसर नदेखेको ।