लौ, अब पढाइबाट सय दिन मुक्ति ! –अश्विनकुमार पुडासैनी
ती प्रौढले तुरुन्तै घरमा फोन गरे र श्रीमतीसँग सहमति लिई प्रस्ताब स्वीकार गरे । अब उनले आफ्नी छोरीलाई समेत अर्काको घरमा कामगर्न धरालो बसेकी केटीसँगै गाउँ पठाउने निधो गरे । उनको यो प्रस्ताबमा बाँकी सबैले सहमति जनाए । अब पाँच जना नानीहरु एक महिना गाउँ घुम्ने भए ।
चैत्र १७ गते शनिवारदेखि यसबर्षको एसएलसी अर्थात, सेकेण्डरी एजुकेशन एक्जामिनेसन (एस्इई) व्यवसायिक शिक्षा लिने बाहेकका विद्यार्थीहरुको परिक्षा सकियो । परिक्षामा झण्डै चारलाख भन्दा बढि संख्यामा विद्यार्थीहरु सहभागी भएका थिए । आफ्ना छोरा छोरीहरुलाई परिक्षा केन्द्रमा पु¥याउन र लिन आउने अविभावकहरुको एउटै जिज्ञासा थियो–अबको सय दिन आफ्ना छोरा छोरीहरुलाई के कसरी ईङ्गेज्ड गराउने ? उनीहरुलाई के पढाउने ? के सिकाउने ?
किताब फ्रि भएर सिक्ने अबसर
किशोर किशोरीहरु शनिबार एस्ईईको अन्तिम पत्रको परिक्षा सकेर केन्द्र बाहिर निस्कदाँ उनीहरुको अनुहारमामा एक किसिमको बोझ हल्का भएको अनुभूति प्रष्ट देख्न सकिन्थ्यो ।
अबको तीन महिना के गर्ने विचार छ भन्ने जिज्ञाशा केहि किशोर किशोरीहरुसँग राख्दा उनीहरुको जबाफ थियो– किताब फ्रि सिक्ने । कसरी फेरि जिज्ञाशा राखें– घुमेर, कुराकानी गरेर, हेरेर र सुनेर । अझै सोधें–किताब चाँहि किन नपढ्ने त ? उनीहरुको जवाफ थियो, किताव त फेरि प्लस टुमा पढिहालिन्छ नि !
यो संबादबाट के कुरा बुझियो भने अबका बालबालिका अर्थात, किशोर किशोरीहरु सिकाईका ’boutमा आफैं पहिचान गर्न सक्ने भएका रहेछन् । उनीहरु घुमफिरमा, सम्बादमा, अबलोकनमा र आफ्नै संलग्नतामा धेरै सिकिने बताउन सक्ने रहेछन् ।
त्यसैले यो विदाको सय दिनको अबधिमा किशोर किशोरीहरुलाई किताब फ्रि बनाई दिऔं । यो सुनौलो अनुभव गर्ने अबसर हो । जहाँ उनीहरु स्वतन्त्रता पूर्वक सिक्न सकुन् ।
सय दिन पढाई मुक्त गर्ने प्रस्ताबको ’boutमा शिक्षाविद् प्राध्यापक डा.मनप्रसाद वाग्ले भन्छन्–यो उपयुक्त समय हो उनीहरुलाई इन्टरटेनमेण्ट गर्न दिने । खुल्ला दिमाग फ्रेस हुन दिने हो ।
उनले भने, जिन्दगी भनेको किताब मात्रै होईन भनेर सिक्ने अबसर दिनु पर्छ । राम्रो मानसिक स्वास्थ्य बनाउन पनि एस्ईई परिक्षा दिएका किशोर किशोरीहरुलाई किताब मुक्त हुने अबसर दिने हो अबको सय दिन ।
शिक्षाका व्यापारीहरुले खोलेका ब्रिजकोर्षमा विद्यार्थी पठाउनुको कुनै तुक नरहेको तर्क छ शिक्षाविद् प्राध्यापक वाग्लेको ।
नयाँ नयाँ ठाउँ घुम्न लैजाऔ
सय दिनको विदामा आफूलाई छोरीले नेपालका रमाईला नयाँ सात ठाउँ घुम्न लैजान आग्रह गरेको बताउँदै एक अभिवाकले भने– त्यो सात ठाउँ चाहि कहाँ कहाँ होला ? पंतिकारको सरल जवाफ थियो, तपाईकी छोरीलाई गणतान्त्रिक नेपालको सातवटा प्रदेशको राजधानी पु¥याउनुस् । त्यहि भयो महत्वपूर्ण सात ठाउँ । उनी एकछिन् घोरिए र त्यसपछि भने–राजधानीको टुङ्गो नै लागेको छैन त ?
नभए पनि सात प्रदेशका एक एक रमाईलो स्थानमा घुमाऔं । उनी आफैं रमाउँन पो थाले । अहिलेसम्म तीनबटा प्रदेश मात्रै टेकेका उनले भने, हो त नि यहि मौकामा म पनि सातै प्रदेश पुग्ने भएँ ।
अहिले घुमफिर गर्ने उपयुक्त मौसम पनि छ । अविभाबकसँगको घुमघामबाट किशोर किशोरीहरुले आफ्नो देशको भुगोलको ’boutमा पनि राम्रो अनुभब हासिल गर्न सक्छन् ।
ट्रेकिंग र हाइकिंग
प्रत्येक बर्ष दशैंको विदा पारेर पाँच सात दिनको पर्वतीय पदयात्रा गर्ने गरेको आफ्नै अनुभव भएका राजधानीका अर्का अविभावकले भने–यस पटक भने छोरोसँग पदयात्रा गर्ने योजना छ । उनी भन्दै गए, रसुवा जिल्लाको क्याञ्जिङ्ग गुम्बासम्म जाने योजना छ । आफुसँगै छोरा र छोरीलाई पनि लाङटाङ्ग हिमाल छुवाएर ल्याउने मन छ ।
परिक्षा केन्द्रमा आफ्ना छोरा छोरी लिन कुरेर बसेका केहि अविभावकहरुलाई समेत उनले हौस्याए । एउटै टोली बनाएर जाऔं न । उनले चारपाँच जना अविभावकलाई आफ्नो सम्पर्क टेलिफोन समेत टिपाए ।
यो दृश्यले के प्रष्ट भयो भने अहिलेका अविभाबकहरु आफूले अबसर नपाए पनि आफ्ना छोरा छोरीहरुलाई हिमाल देखाउन, पदयात्राको ’boutमा बुझाउन जागरुक भएका रहेछन् । यो अबसरलाई त्यसरी उपयोग गर्दा नेपालीले नेपाल, हिमाल र पर्वतीय पदयात्राका रुटहरु समेतको राम्रो अनुभव हासिल गर्न सक्छन् ।
चार भञ्ज्याङ्ग नकाटेकाले नेपाल घुम्ने
परिक्षा दिन विहान पौनेआठ बजे छोराछोरी हलमा पसेपछि सवादशबजे परिक्षा सकेर उनीहरु बाहिर नआउँदा सम्म अविभावकहरुको सानोतिनो भेला जस्तै हुँदोरहेछ राजधानीका परिक्षा केन्द्रहरुमा । यस पटक कतिपयले आफ्नो घरमा कामगर्न राखेका बालबालिकालाई पनि परिक्षा केन्द्र सम्म पु¥याउने आएको देखियो ।
एक अविभावकले भने, मैले जाँच दिन ल्याएकी केटी मेरो घरमा बसेकी हुन् । सानै देखि हामीसँगै बसेकीले बालाजुदेखि ललितपुरको हात्तिबनसम्म आफंै लिएर आएको छु । परिक्षा सकिए पछि आफैं लैजान्छु । परिक्षाको समयमा नै त हो, आफ्नै छोरी सरह अविभावकत्व दिने भनेको । अघिपछि त सानो तिनो घरकै काम गर्ने हो ।
उनी भन्दै गए दाङ्गतिर घर भएकी यी नानीलाई उनले परिक्षा सकिएपछि भने ब्रीजकोर्ष भर्ना गर्ने योजना बनाएका रहेछन् । यो सय दिन त पढाई मुक्त गर्न मिल्दैन । पंतिकारको जिज्ञासामा उनले भने, किन नमिल्नु तर यो बेला राम्रोसंग पढिन भने भोली घरमा बच्चा हेर्ने धरालो नै हो यो । त्यसैले उसले यो समयमा ब्रीजकोर्ष पढोस् र पछि घरको काम सघाउन सकोस् भनेर हो । भर्ना गर्न लागेको ।
उनका कुरा टिठ मानेर सुनिरहेका अर्का अविभावकले प्रतिक्रिया जनाउदै एउटा प्रस्ताब नै राखे–तपाईकोमा काम गर्न बसेकी नानीसँग म मेरो छोरीलाई साथ लगाएर उसको गाउँ पठाई दिन चाहन्छु । दुई तीन हप्ता उसको गाउँ घुमेर आउँछन् । थारु संस्कृति पनि बुझ्छन् ।
अर्का अविभाबक हौसिए मेरा दुईवटै छोरीहरु पनि सँगै पठाई दिन्छु । एक महिनै बसेर आउन् । मेरा छोरीहरु त चार भन्ज्याङ्ग (मुड्खु, साँगा, थानकोट र बाँड भन्ज्याङ्ग) समेत काटेका छैनन् । व्यापारिक घरानाका उनले भने, चार जना नानीहरुलाई एक महिना गाउँ घुम्न लाग्ने खर्च मै व्यहोरौंला ।
ती पौढले तुरुन्तै घरमा फोन गरे र श्रीमतीसँग सहमति लिई यो प्रस्ताब स्वीकार गरे । अब उनले आफ्नी छोरीलाई समेत कामगर्न धरालो बसेकी केटीसँगै गाउँ पठाउने निधो गरे । उनको यो प्रस्ताबमा बाँकी सबैले सहमति जनाए । अब पाँच जना नानीहरु एक महिना गाउँ घुम्ने भए । कस्तो रमाईलो !
जन र उत्पादन मुखी शिक्षा लिने अबसर
माथिका प्रसंगहरु शहर बजारका धनीमानी अविभावकका भए । बोर्डिङ्ग स्कुलमा पढ्ने विद्यार्थीहरुको संख्या १५ देखि १८ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गर्दै अर्का शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोईरालाले भने– हामीले ८२ देखि ८५ प्रतिशतसम्म पव्लिक विद्यालयमा पढ्ने विद्यार्थीहरुको ’boutमा पनि सोच्नु पर्छ ।
जनमुखी शिक्षा । व्यबहारिक शिक्षा । बैज्ञानिक शिक्षा । उत्पादनमुखी शिक्षा भनेर सधै कराउने बामपन्थीहरुको सरकार भएको अबस्थामा यसवारे सोच्नु र त्यसलाई कार्यान्वयन गर्नु परेन ? शिक्षा मन्त्री नै त्यस्तो गौरबशाली पार्टिको भएको समयमा पनि विद्यार्थीहरुलाई उत्पादनमुखी हुने अबसर दिँदैनन् भने कसले हो शिक्षाको विकास गर्ने ? कसले बनाउछ समृद्ध नेपाल ? डा कोइरालाले कडै सवाल अगाडि सारे ।
उनले भने, शिक्षालाई जनजिविकासँग जोड्ने अबसर नै यहि हो । किशोर किशोरीहरुलाई एस्ईई पछि गाउँकालाई शहर र शहरकालाई गाउ पठाएर आफ्नै गाउँकै उत्पादन र शहर बजारको व्यापार व्यवशायका ’boutमा सिकाउने उपयुक्त अबसर हो यो । टाढा नसके पनि शहरबाट एक आधा घण्टा हिँडेपछि गाउँ भेटिन्छ । त्यहि हो उनीहरुलाई पठाउने र व्यवहारिक शिक्षा दिने ठाउ ।
उदाहरण दिँदै भने, आगनको तुलसीको मोठमा भएको तुलसी पत्ता खाँदा के के फाईदा हुन्छ ? बुझाउन सकिन्छ । कसरी उद्यमशीलहरुले तुलसी चिया बनाएर पैसा कमाएका छन् ? त्यो पनि सिकाउन सकिन्छ । खेलकुद खेल्दै मनोरञ्जन गर्दै सिकाउने अबसर हो यो ।
संङ्गित वा कला प्रदर्शनी हेर्न जाऔं
काठमाण्डौको परिक्षा केन्द्रमा एक अविभावकले आफ्नो धर्मपत्नी र छोरीले गरेको कलाप्रर्शनीको जानकारी मुलक सामग्री (ब्रोसियर) वितरण गरे । यो सय दिनमा चित्रकोर्न र हेर्न चाहने किशोर किशोरीहरुलाई कला केन्द्रमा निमन्त्रणा गर्दै उनले भने, सकिन्छ भने आफैं चित्र कोरौं नसके कमसेकम सहर बजारमा भएका आर्ट ग्यालरीहरुमा पुगौं ।
प्रदर्शनी हेरौं । संङ्गित सिकाऔं । कुनै एक म्युजिकल सामग्री चलाऔं । ड्रम, वाँसुरी, गितार, पियानो, भाईलन, हार्मोनियम, झुर्मा, मुजुरा, मादल आदि मध्ये कुनै एक सिकाऔं । यदि कुनै कन्सर्ट सो भईरहेको छ भने त्यहाँ आफ्ना बालबालिकाहरुलाई पठाऔं ।
उनको यो प्रस्तावमा सबैले सहमती जनाए र सम्भव भएसम्म कला प्रदर्शनी हेर्न आउने प्रतिवद्धता जनाए । कतिपय अविभावकहरुले फोटो प्रदर्शनीमा पनि सहभागि हुनसके विद्यार्थीहरुको सृजनशीलता बढ्ने गरेको अनुभव सुनाए ।
घरको काममा लगाऔं
कतिपय शहरी क्षेत्रका बालबालिकाहरुलाई सानो तिनो घरायसी काम काजको ’boutमा थाहै नभएको अनुभव’bout पनि अविभावकहरुबीच छलफल भयो । आआफ्ना कुरा सुनाए । घर कोठा बढार्ने । कुच्चो लगाउने । झ्याल ढोका पुछ्ने । भाँडा माझ्ने । चिया बनाउने । तरकारी केलाउने । फलफुल तास्ने । काटने । खाना बनाउने । लुगा धुने । निचोर्ने । सुकाउने जस्ता कामहरु गर्न पनि किशोर किशोरीहरुलाई यो सय दिनमा सिकाउने अभ्यास गरि उनीहरुलाई व्यवहारीक बनाउने उपयुक्त अबसर भएको शिक्षाविद् प्राध्यापक विद्यानाथ कोईरालाको रहेको छ ।
उनी भन्छन्, खेतबारीमा काम गर्ने । गोडमेल गर्ने । बोट विरुवा लगाउने । फुलरोप्ने । पानी हाल्ने जस्ताकाम गर्दा र माटोसँग खेल्दै गर्दा बालबालिकाहरुको शारीरिक एवं मानसीक स्वस्थताको विकास हुन्छ ।
गाउँ’bout ज्ञान लिने समय
प्रायःजसो शहरी परिवेशका बालबालिकाहरु एस्ईई सकिएपछि प्लसटु वा ए लेभल वा आईवि पढ्छन् । दुईबर्षे पढाई सकेपछि उनीहरु विदेशी विश्वविद्यालयहरुमा अण्डरग्राज्युएट आदि पढ्न जाने संस्कृति जस्तै भएकोले शहरी बालबालिकाहरुलाई ग्रामिण भेगका उनीहरुकै उमेरका बालबालिकाहरुको अबस्थाको ’boutमा सामान्य जानकारी सम्म हुनै पाउदैन । अनि एकैपल्ट विदेशबाट वा स्वदेशमै उच्चशिक्षा हासिल गरेपछि विशेषज्ञ बन्छन् । तर आफ्नै ग्रामीण परिवेश, त्यहाँका चुनौती र अवसर’bout केही नजानेकाले विज्ञहरुको विज्ञताले गाउको समस्याले संबोधन नै गर्न पाउदैन ।
विगतमा एमए पढ्दा राष्ट्रिय विकास सेवा अन्तर्गत विद्यार्थीहरुलाई गाउँ पठाउँदा विकासमा उनीहरुको धारणा बलियो भएको अनुभव गरिएको थियो । त्यसैले अहिलेको पुस्तालाई पनि यो सय दिन गाँउ गएर बुझ्न । अनुसन्धान गर्न र केहि सिक्ने अबसर दिनुपर्ने माग पनि गरे प्राध्यापक कोईरालाले ।
भन्छन्, बालबालिकाहरुलाई भेला गरौं । सामान्य जानकारी दिऔं । उनीहरु आफैं सक्षम छन् । अनुसन्धान गर्न सक्छन् । समस्याको समाधान नै खोजेर ल्याउन सक्छन् ।
सामाजिक कलाकारीता
प्रशिद्ध दार्शनीक जीन हुष्टनले प्रवद्र्धन गरेको अबधारणा सामाजिक कलाकारीता मार्फत किशोर किशोरीहरुले आफुमा रहेको आन्तरिक क्षमता पहिचान गरि आफ्नो प्रतिभा र क्षमताको विकास गर्ने कला सोसिएल आर्टिष्टिको चर्चा गर्दै सहभागितामूलक सहजिकरण प्रविधि तथा तालिम प्रदान गर्दै आएका प्राध्यापक डा. तत्वप्रसाद तिमिल्सिनाले भने, हाम्रो समाजमा भएका विभिन्न मिथक त्यसका संकेतहरुको अबलोकन गरि संगहालयहरुमा भएका सामाग्रीहरुको अध्यन गरेर किशोर किशोरीहरुले विगतमा भएको समाज विकासको अबस्था’bout बुझ्न यो प्रविधिले मद्धत गर्ने हुँदा विद्यार्थीहरुले समाजमा गएर आफ्नो क्षमताको पहिचान गर्न सक्ने अबसर मिल्दछ ।
किशोर किशोरीहरुलाई सामाजिक कलाकारीतामार्फत आफ्नो क्षमता चिन्ने र सानो कुराले पनि प्रेरणा जगाउन सक्ने हुँदा त्यस किसिमका कार्यक्रमहरुमा सहभागी गराउनु राम्रो हुने डा. तिमिल्सिनाको धारणा रहेको छ ।
तीन गाउँ पाए सिकाएर देखाउने रहर
शिक्षाविद् प्राध्यापक विद्यानाथ कोईराला भने, आफूले रहर गरेर मात्रै सिकाएर देखाउन नसकिने रहेछ । कुनै नगरपालिक वा गाउँपालिकाले त्यस गाउँ वा नगरका एस्ईई दिएका विद्यार्थीहरुलाई यो सय दिनमा के कसरी सिकाउने भन्ने अभ्यासगर्न आबश्यक प्रवन्ध मिलाए भने आफूले गरेर देखाउने प्रतिवद्धता जनाउछु ।
भन्छन्, यस्ता बैज्ञानीक पद्धतिमा काम गर्न पोजिशन, पैसा र पोलिटिक्स चाहिन्छ । पोजिशन, पैसा र पोलिटिक्समा हुनेले यस्तो अबसर जुटाईदिन सक्छन् । कसैले लौत भन्यो भने म आफैं गरेर देखाइदिन्थे ।
अन्त्यमा उनले बिटमार्दै भने–समृद्ध नेपाल बनाउने भन्नेले शिक्षामा केहि गरौं भनेर लागे भने बैज्ञानिक, व्यवहारिक, जनमुखी र व्यवशायिक शिक्षा के हो नमुनाको रुपमा अभ्यास गरेर देखाउन मै लाग्छु । जुन गाउ÷नगरपालिकाले यस्तो कार्यक्रम शुरुवात गर्ने आँट गर्दछ निसन्देह त्यो ठाउ देशकै पहिलो खुला प्रयोगशाला बनेर ख्याती कमाउनसक्थ्यो ! यसोगर्दा सबैको जीत हुन्थ्यो, हार्नु कसैले पर्दैन !