बैसाख १२ को भुकम्पपछिको पुनर्निर्माण खर्चका हिसावले १२ प्रतिसत मात्र

 

तीन वर्षदेखि जस्ताको टहरामा
विसं २०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु बनेको गोरखाको बारपाकस्थित गैरीगाउँ र डाँडागाउँका २७ दलित परिवार अझै जस्ताको टहरामा बस्न बाध्य छन, भूकम्पको केन्द्रबिन्दु भएकाले जीवित सÂङग्रहालय बनाउन दलित समुदायलाई यहाँ सारिएको थियो । सारिएको स्थानको जग्गा साटन शुरु गरिएको प्रक्रिया विवादका कारण पुरा नहुँदा २७ परिवार यो वर्षामा पनि जस्तामुनि नै रहने छन । तस्बिर : रासस

 

 

२०७२ साल बैसाख १२ गते अर्थात आजैको दिन गोर्खाको वारपाकलाई केन्द्रविन्दु बनाएर आएको ७.९ रेक्टर स्केलको भूकम्पको आज तेश्रो बर्षगाठ हो । उक्त भुकम्प, र त्यसपछिका पराकम्पको कारण करिब ९ हजार नेपालीको ज्यान गएको थियो । र, झण्डै २३००० भन्दा बढी घाइते भएका थिए । तत्कालीन सरकारले गरेको अध्ययनअनुसार करिब ८ खर्ब नेपाली रुपैया बराबरको भौतिक संरचनाको क्षति भएको थियो । उक्त भुकम्पले नेपालका १४ जिल्लालाई प्रभावित गरेको थियो । राष्ट्रिय जीवन नै विचलित बनाइदिने उक्त भुकम्पबाट मानसिक रुपमा नेपाल विस्तारैमाथि उठेर अब जीवन पटरीमा फर्केको छ । तर भौतिक रुपमा अझै पनि पहिलेको स्थानमा फर्किसकेको छैन ।

 

 

 

उक्त भुकम्पले सवैभन्दा पहिला ल्याएको एक सुखद परिणाम भनेको संविधान निर्माण हो । संविधान निर्माण गर्न सवै राजनीतिक दलहमाथि दवाव पर्न गयो र संविधान जारी भयो । अहिले उक्त संविधानअनुसार तीनै तहको निर्वाचन सम्पन्न भएर जननिर्वाचित प्रतिनिधिले सरकार सञ्चालन गरिरहेको अवस्था छ ।

 

 

 

यो भुकम्पको समयमा नेपाली कांगे्रसका तत्कालिन सभापति शुशिल कोइराला प्रधानमन्त्री थिए । त्यसपछि केपी शर्मा ओली प्रधानमन्त्री भए । ओलीपछि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए । दाहालपछि शेरबहादुर देउवा प्रधानमन्त्री भए । अहिले फेरी ओली प्रधानमन्त्री भएका छन् । यो तीन बर्षको समयमा ५ जना प्रधानमन्त्री भए । तर लागतको हिसाब अर्थात खर्चको दृष्ट्रिणबाट अहिलेसम्म जम्मा जम्मी १२.५ प्रतिशत मात्र पुर्न निर्माणको कार्य सम्पन्न भएको छ ।

 

 

राष्ट्रिय योजना आयोगले तयार गरेको भुकम्पपछिको पुर्ननिर्माण लागत अनुमान ‘पोष्ट डिजास्टर निड असेसमेण्ट’ रिर्पोटमा भुकम्पबाट भएको सार्वजनिक र नीजि भौतिक संरचनाको पुनर्निर्माणको लागि करिब ९३८ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो ।

 

 

नेपाल सरकारले नियमित बजेट प्रणाली अर्थात नीति कार्यक्रम र बजेटमार्फत करिब ११५ अर्ब रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । पुुनर्निर्माण प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यो ११५ अर्ब मध्ये ५७ अर्ब २२ करोड रुपैयाँ नेपाल सरकारले आफ्नो नियमित बजेटबाट खर्च गरेको हो । अर्को ५८ अर्ब २३ करोड रुपैयाँ दाताको ऋण तथा अनुदान रकम हो ।

 

 

 

पुर्न निर्माणको लागि पाँच वर्षेको कार्यदेश पाएको पुर्ननिर्माण प्राधिकारणले यस अबधिमा खर्च गर्नु पर्ने रकम अहिले तीन बर्षको अबधीमा हालसम्म१२ प्रतिशत मात्रै खर्च भएको छ । यसबाट नेपाल सरकारको खर्च गर्ने क्षमताको अभाव चाहे त्यो प्राधिकरण नै बनाएपनि पुनः देखिएको छ ।

 

 

साथै प्रायः सवै अर्थतन्त्रमा प्राकृतिक प्रकोपपछिको पुर्ननिर्माणले आर्थिक वृद्धिको गति बढाउँछ भन्ने समष्टीगत अर्थशास्त्रीय सिद्धान्त छ । त्यो व्यवहारमा पनि लागु भएको देखिन्छ । जापानमा सुनामीपछिको पुर्ननिर्माणले ऋणात्मक रुपमा रहेको आर्थिक वृद्धिलाई केहि धनात्मक बनाएको थियो २०१० मा ।

 

 

सन २०१५ मा भुकम्प र भारतको नाकाबन्दीको कारण अर्थतन्त्रमा संकुचन स्वभाविक थियो । गत बर्ष ७.९ प्रतिशतको वृद्धि भएको प्रचारवाजी र यो बर्षमा ४.९ प्रतिशतले मात्र विस्तार हुने विश्व वैङ्कको प्रक्षेपणले प्रकोपपछिको पुर्ननिर्माणले आर्थिक वृद्धि ल्याउने सिद्धान्त पनि नेपालमा मेल खाएन । यसले प्राकृतिक प्रकोपपछिको पुर्ननिर्माण पनि सहि दिशा, गति र क्षमतामा नभएको प्रष्ट हुन्छ । भुकम्पपछिको तीन बर्षमा पुर्ननिर्माण कार्य हिसावले पनि २५ प्रतिशत मात्र काम पनि सम्पन्न भएको छ । यसले के देखाउँछ भने नेपालको अर्थतन्त्रको तङरिने क्षमता अर्थात ‘रिजिलियन्स’ क्षमता एकदमै निम्क्षरो छ ।

 

 

यसको सरकारको बजेट सोचन क्षमताको अभाव, कर्मचारीतन्त्रको सवअप्टिमल क्षमता, राजनीतिक खिचातानी तथा दाताको प्रतिवद्धताअनुसारको व्यवहार नहुनु र अनावश्यक सर्तमाथिको सर्तहरु जिम्मेवार रहेको निश्कर्ष छ । तर, जे भए पनि तीन बर्ष वितीसक्दा पनि निमुखा जनता अझै घर बनाएर बस्न पाएका छैनन् । रानी पोखरी, धरहरा, उपत्यकाका दरवार स्वायरहरु र अन्य पुरातात्विक महत्वका भौतिक संरचना पुर्ननिर्माण हुन नस्कनु निश्चय पनि दुखद हो ।