थुच्चे ! कामी रिता –चक्र कार्की

 

पर्वतारोही कामीरिता शेर्पाको अग्लो कद संसारभर समाचार बनेर छाएको छ, ओहो एउटा व्यक्ति पनि यति साहसी हुनसक्छ ? विश्व शिखर सगरमाथामा २२ पल्ट पाइला राख्न सफल यी कामी राजधानी ओर्लने बित्तिकै यति व्यस्त भएका छन् कि यिनलाई हेर्न र छुन मात्र पनि मानिसहरु लामबद्ध हुन थालेका छन् ।

 

 

पर्वतारोही कामीरिता शेर्पा यतिबेला विश्वभर ‘हट केक’ बनेका छन् । तर नआत्तिनु होस् उनलाई कसैले तात्तातो केक बनाएर खत्तम पारेको होइन, उनी त बिश्व साहसिकहरुको दुनियाँको सबैभन्दा अग्लो ब्यक्ति बनेका हुन् ।

 

 

कामीरिताको अग्लो कद संसारभर समाचार बनेर छाएको छ, ओहो एउटा व्यक्ति पनि यति साहसी हुनसक्छ ? विश्व शिखर सगरमाथामा सबै भन्दा बढी पाइला राख्न सफल यी कामी राजधानी ओर्लने बित्तिकै यति व्यस्त भएका छन् कि यिनलाई हेर्न मात्र पनि मानिसहरु लामबद्ध हुन थालेका देखिन्छन् ।

 

 

सगरमाथामा २२ औं पटक सफल पाइला राखेर राजधानी झरेका शेर्पाको व्यस्तता स्वाभाविक पनि हो ’cause पहिलो पल्ट पनि सगरमाथा पुग्न नसकेर कतिपय जीवन नै न्यौछावर गरिरहेछन् तर यी तन्नेरी भने बाइस पल्ट चुचुरो पुगेर पनि सकुशल फर्केका मात्र छैनन्, संसारभरका साहसीहरुलाई उत्साही गरिरहेछन्–हेर मानिसले गर्न नसक्ने कुरा के छ ?

 

 

 

सोलुखुम्बुको थामेमा जन्मेका कामी रिता सगरमाथा आरोहणको दुनियाँमा २२ औं पटक सगरमाथा चढ्ने मात्र होइन, आरोहण गरेर सकुसल फर्कने बहादुर पनि हुन् ।

 

 

उनी सगरमाथाको माथा टेकेर सगरमाथा भन्दा अग्लो कद बनाउन सफल भएका छन् । सगरमाथा अग्लो कि कामीरिता ? प्रश्न अल्मल्याउने छ तर सगरमाथा नभएको भए कामीरिता त्यसमाथि चढ्न सक्थे ? अहा कदापी सक्दैनथे । त्यसैले सगरमाथा नै अग्लो हो कामीरिता भन्दा ! उनका लागि सगरामाथा आरोहण सानो बच्चाले बाबु आमाको कााधमा चढेको जस्तो मात्रै हो !

 

 

यस्तो अदम्य साहस बिरलै मानिसहरुसँग हुन्छ । त्यसैले कामीरिता एउटा बिरालाकोटीका मानिस हुन् । भनिन्छ, साहस र आँटले मात्र पनि सगरमाथा भन्दा अग्लो कद बनाउन सकिदैन, त्यसका लागि निरन्तर लगाब र धैर्य पनि उत्तिकै चाहिन्छ । हो, यी र यस्तै अरु गुण केही मानिसहरुमा मात्र हुन्छ । त्यस्तै अदम्य साहस र आँटले कामीरितालाई बिश्व रेकर्ड होल्डर बनाएको छ ।

 

 

जेठ महिनाको एक मध्यान्हको टन्टलापुर घाममा कामीरिता शेर्पाको कपनस्थित डेरामा पुग्दा परिवार उनलाई हेरिरहेका थिए र उनी परिवारलाई हेरिरहेका थिए । हेरेको हेर्‍यै सबैजना हाासिरहेका थिए तर हाासो शब्दमा व्यक्त हुन सकिरहेको थिएन ।

 

 

 

 

कामी रिता मात्र होइन, उनको परिवारका सदस्यहरु पनि खुशीसंगै थकित देखिन्थे । कामीमा सगरमाथाको रेकर्ड बनाउदाको कठोर यात्राको दवाव र परिवारलाई आफ्नो प्रियले फेरि अर्को खतरा मोल्दाको थकाइ !

 

 

सगरमाथामा रेकर्ड बनाउ‘दै गर्दा यता श्रीमती र बच्चाहरु नयॉ डेरा सारेछन्, बौद्धबाट कपनमा सरेको नयॉ डेरा देखाउ‘दै भने । नयॉ रेकर्ड र नयॉ डेरा दुबैका लागि बधाई छ है भन्दै कुराकानी शुरु गर्‍यौं । वार्ता हलुका कुराबाट गंभीर विषयतिर जाादै थियो । उनको बोलाई सुनिरहादा पहिला भन्दा निकै गंभीर लागे उनी । सगरमाथामा २२ औं पटक पाइला राखेर बिश्वमा पहिलो बनेको रेकर्ड कायम गरेर सर्बोच्च शिखरबाट झरेका कामी रिता सागर जस्तै शान्त, विशाल र शालिन देखिन्थे ।

 

 

मे १६ को बिहान ११ बजेर २८ मिनेट जॉदा संसारको अग्लो टाकुरामा २२ औं पटक पाइला राख्ने वित्तिकै सगरमाथामा सर्बाधिक आरोहण गर्ने बिश्व रेकर्ड कायम भयो । त्यसपछि उनी सगरमाथाको चुचुरोबाट फर्केका छन् ।

 

 

सन्् १९९४ मा सर्बोच्च शिखरमा पहिलो पटक पाइला राखेदेखि कामी रिताले पछाडि फर्केर हेर्नु परेको छैन । त्यसबेला मलाई आरोहीहरकाबीचमा थपिन पाएकोमा निकै खुशी लागेको थियो, सगरमाथामा पहिलो पाइला राख्दाको क्षण सम्झदै भने ।

 

 

 

 

३ हजार ८ सय मिटर अग्लो थामे गाउँमा ४८ बर्ष अघि जन्मेका कामीरिता शेर्पाले सगरमाथाफेदीमा याक धपाउनेदेखि पर्यटकहरुको सामान बोकेर हिमालतर्फ पाइला लम्काएका थिए । कामीरिताले बिश्व किर्तिमान कायम गरेको सुनेर थामेबाट छोरालाई बधाई दिन आएका उनका बृद्धा बा र आमा पनि छेउमै थिए ।

 

 

हिलारीको पालामा सरदारको काम गरेका कामीरिताका बुवा छोराले सगरमाथामा राखेको किर्तिमानले निकै उज्याला देखिन्थे । छोराले हामी शेर्पाको मात्र नभएर देशकै इज्जत राख्न सफल भएको छ, ८४ बर्षीय मिङमाछिरी शेर्पाले भने । आमा पासाङ दिक्की शेर्पा त छोराको २२ औं पाइला सगरमाथामा पुगेपछि एक साहसिक र अदभुत सन्तानकी आमा हुन पाएकोमा गौरब गरिन् । छेउमै बसेकी कामीरिताकी श्रीमती लाक्पाजाङमु शेर्पा हुन वा नारिएर बसेका १९ बर्षीय छोरा र १६ बर्षीय छोरी पनि कामी रिताको बहादुरी र साहसिक कर्मबाट वर्णन गर्न नसक्ने खुशी मनाइरहेका थिए ।

 

 

२१औं पटकसम्म उच्च हिमाली कामदार भएर बिदेशी पर्यटकहरुलाई सगरमाथामा पुर्‍याएका कामीरिता यसपटक भने आरोहण दलको नेतृत्व गरेर सर्बोच्च शिखर पुगेका थिए । उनले छिमेकी देश चीनका ६ जना आरोहण दलको नेतृत्व गरेका थिए । उनको सफल नेतृत्वले गर्दा सबैले शिखर चुमे ।

 

चौबिस बर्ष अघिको सगरमाथा आरोहण गर्ने शैली र साधनमा फेदी र चुचुरो जत्तिकै अन्तर आएको कामी रिताको ठम्याइ छ । त्यस बेला यस बेलाको जस्तो साधन थिएन । उच्च हिमाली लुगादेखि खाने कुरा, सञ्चार सुबिधादेखि संसाराकै खतरनाक खुम्बु आइसफलको बाटो पनि परिबर्तन भएको छ, उनले भने ।

 

 

यस पटक खतरनाक मानिने खुम्बु आइसफलमा २ वटा मात्रै आल्मुनियमको भर्‍याङ प्रयोग गरिएको थियो । बिगत बर्षहरुमा खुम्बु आइसफलमा ६० वटासम्म भर्‍याङ चढेर शिखर पुग्नुपर्ने हुथ्यो । यसपटक त्यो परेन । प्रबिधि र साधनले सगरमाथा आरोहणलाई पनि सजिलो पारेको छ ।

 

 

त्यसो त सगरमाथा कामीरिताका लागि घर मास्तिरको कान्ल्लो जस्तै हो भने अरुका लागि चुनौतीको सर्वोच्च शिखर । त्यसैले त कामी रिताले सगरमाथामा २२ औं पाइला कान्ल्लो उक्ले झैं उक्लेर बिश्व रेकर्ड राख्न सफल भए ।

 

 

यतिखेर उनलाई देश बिदेशबाट बधाई दिनेहरुको ओइरो लागेको छ । उनले भने, हामी नेपाली बिश्वमा साहसिक र इमानदारी काम गर्न सक्षम छौं भन्ने सन्देशलाई मेरो २२ औं पटकको सगरमाथामा पुगेको पाइलाले फेरि सावित गरेको छ । बिश्वास र साहसिक काम गर्ने नेपाली ज्यूादा छन् भन्ने सन्देश विश्वभर प्रवाहित भएको छ ।

 

मे १६ भन्दा अघिसम्म थामेकै अर्का आरोही आप्पा शेर्पाको सबै भन्दा बढी सगरमाथा आरोहण गरेको रेकर्ड कायम थियो । सन् २०११ मा आप्पा शेर्पाले सगरमाथा आरोहण छोडेर सोलुखुम्बु लगायतका उच्च हिमाली भेगमा शिक्षा विस्तारमा सहयोग गर्दै आएका छन्, आप्पा शेर्पा फाउण्डेशनमार्फत ।

 

 

छोरा–छोरीहरुको उच्च शिक्षाका लागि हाल आप्पा अमेरिकाको युटाहा राज्यमा बस्दै आएका छन् । २१ पटक संसारको छानो सगरमाथामा पाइला राखेका खुम्जुङका फूुर्बा टासी शेर्पाले पनि सन् २०१३ देखि सगरमाथा आरोहण त्यागेका थिए । कामी रिता भने सगरमाथामा २५ औं पटकसम्म पाइला राखेर बिश्राम लिने सोचमा छन् ।

 

 

कामीरिताले भने, मैलें बिदेशी आरोहीहरुलाई लिएर जादाँ जादा नै मेरो धेरै पटक सगरमाथा चढ्ने रेकर्ड बन्यो । तर, मेरो कसैसँग प्रतिस्पर्धा छैन, उनले भने । उच्च हिमाली गाइड पेशाले बिश्व रेकर्ड बनायो त मैंले के गर्ने, उनले भने ।

 

 

सगरमाथाको पहिलो सफल आरोहण तेन्जिङ नोर्गे र हिलारीले सन् १९५३ मे २९ मा गरेका थिए । त्यसदेखि ६५ बर्षको इतिहासलाई फरक्क फर्किएर हेर्ने हो भने आरोहणको बिश्व रेकर्ड नेपालीहरुले नै राख्न सकेका छन् । तेन्जिङ नोर्गे र हिलारीका नाति पुस्ताहरु अहिलेसम्म सगरमाथा लगायतका हिमाल आरोहण पेशामा संलग्न छन् । पनाती पुस्ता भने बिस्तारै पर्बतारोहण पेशाबाट टाढा हुने संकेत देखिदै छ ।

 

 

कामी रिताले गंभीर बनेर भने, सरकारले सगरमाथा आरोहीहरुलाई उचित सम्मान र भत्ता दिएर नयाँ पुस्तालाई पनि आरोहणमा आकर्षित गरिरहनु पर्छ भन्ने मलाई लाग्छ । दश पटक सम्म सगरमाथा आरोहण गरेका शेर्पाहरुलाई सरकारले प्रोत्साहन स्वरुप भत्ता दिएर हौसला दिनुपर्ने र आठ हजार मिटर अग्ला हिमालहरुमा शेर्पाहरुलाई सम्पर्क अधिकृतको काम दिनुपर्ने कामी रिताको माग छ ।

 

 

दुई महिनाको सिजनमा सगरमाथा आधारशिबिरमा मुश्किलले २ जना सम्पर्क अधिकृत पूरा समय बस्छन् । केही नाम्चेसम्म पुगेर फर्कन्छन् भने धेरै जसो राजधानी बसेरै कम्पनीबाट ३ लाख बढी रुपैयाा असुल्छन् । यसले अग्ला हिमाल आरोहणमा बिकृती बढाएको कामी रिताको अनुभब छ ।

 

 

उनले अरु कमजोरी तर्फ औंला ठड्याउदै भने, चोरी आरोहण, सगरमाथा आरोहण नगरी प्रमाण पत्र लिन र दुर्घटना हुदा सम्पर्क अधिकृत नभएर हिमालमा दुख पाउनेहरु बग्रेल्ती छन् । यसमाथि राम्रो व्यवस्थापन र उचित मानिसलाई उचित काम दिएर रोक लगाउनै पर्छ ।

 

पछिल्लो समय भने सगरमाथा आरोहण गर्ने दक्ष र अनुभबी शेर्पाहरुले पारिश्रमिक गतिलो पाउन थालेका छन् । उनले यसपटक सगरमाथामा टोलीको नेतृत्व गर्दा करीब २१ लाख रुपैंया पारीश्रमिक प्राप्त गरे । त्यसवाहेक दुई बर्षसम्म सेभेन समिट नामक कम्पनीले सरगमाथा र मनास्लु आरोहण गराउने संझौता पनि गरेका छन् । उनले भने, अर्को बर्ष रकम अझ बढी पाउछु ।

 

 

 

अनुभबी शेर्पाले सगरमाथामा गाइड गर्दा कम्तीमा एक सिजनमा आठ लाखदेखि दश लाखसम्म पारीश्रमिक पाउछन् । सगरमाथामा सबै भन्दा बढी पाइला राखेर किर्तीमानी बनेका कामीरिताले पाकिस्तानको केटु, चोयु, मनास्लु, ल्होत्से हिमाल आरोहण गरिसकेका छन् ।

 

 

सगरमाथाले साहसी आरोहीहरुलाई नाम र दाम दुबै दिएको छ । अरु हजारौंलाई रोजगारी पनि दिएको छ । मेरो नाम कमाएर बिदशेमा गएर बस्ने सोच छैन, उनले भने । सरकारले मैले ज्यानको पर्वाह नगरीकन देखाएको साहसलाई इज्जत गर्‍यो भने मलाई मात्र होइन, साहसी क्षेत्रमा लागेकाहरु सबैको लागि काफी हुन्छ ।

 

 

उनले भने, हिमालयलाई दोहन गर्ने मात्र होइन, यसलाई इज्जत र सम्मान गर्न पनि हामीले सक्नु पर्छ । सगरमाथामा आरोहणमा मैले यस पटक यसअघि कहिल्यै नदेखेको फोहोरको डुंगुर देखें । त्यसबाट मेरो चित्त नराम्ररी चिरिएको छ । जुन हिमालले हामीलाई नाम, दाम र इज्जत दिएको छ तर हामी भने हिमाललाई अत्यधीक दोहन त गरिरहेका छैनौं ?

 

 

उनले भने, साउथ कोलमा पुरानो फोहोर टन्नै सतहमा आएको छ । क्याम्प २ देखि माथि पुराना फोहोरहरु देखेर हामी सबै निकै दुखी भयौं । सगरमाथालाई सफा राख्न सरकार, आरोहीहरु, कम्पनी लगायतका सबै ‘स्टेक होल्डर’ हरुको प्रमुख दायित्व हो र हुनुपर्छ । बिश्वकै ‘वाटर टावर’ हिमालयलाई विद्वानहरुले त्यत्तीकै भनेका होइनन् । हिमालय पानीको अग्दो मुहान नै हो । हामी नेपालीहरुको गौरब हिमालयलाई सधै सफा र उच्च राख्नुमा छ । यो हामी सबैको दायित्व र कर्तब्य पनि हो । सगरमाथा हामी सबैका देवता हुन र यहाँ फोहोर पार्नु हुन्न भन्ने चेतना सबैमा हुनु अत्याबश्यक छ, कामीले भावुक र गंभीर बन्दै भने ।

 

 

सगरमाथामा अहिलेसम्म करीब ६ हजार स्वदेशी तथा बिदेशीले सफल आरोहण गरिसकेका छन् । यस पटक ३ सय ४६ जना बिदेशी र २० जना स्वदेशीले आरोहण गरे । यो उच्च हिमाली शेर्पा गाइड बाहेकको संख्या हो ।

 

 

२२ औं पटक सर्बोच्च शिखर सगरमाथामा पाइला राखेर संसारभर नेपाल र नेपालीको नाम राख्न सफल भएका बिख्यात आरोही तथा सुपर शेर्पाको उपाधि पाउन सफल भएकोमा कामी रितालाई हार्दिक बधाई तथा शुभकामना ! थुच्चे कामी रिता !