जर्मनी जमेन ; ब्राजिल खेलाडी स्टार नतिजा बराबर -बेदप्रसाद भुर्तेल
बेदप्रसाद भुर्तेल
प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको आजको खेलमा स्वीडेनले बाजी मार्ने धेरै खेल पण्डितको अनुमान छ । यद्यपी एसिया शक्ति राष्ट्र विजयसहित विश्व कपको यात्रा गर्न चाहान्छ । स्वीडेनका गोलरक्षक ओसेनलाई कोरियन स्टार लि सेउङ्गयुका साथमा स्ट्राईकर किम सिन्युक र हिचानले व्यस्त बनाउँने छन् । स्वीडिस तीब्र खेलका साथमा मार्कस बेर्ग र जोन गाईडट्टीले लार्सन र फर्सबेर्गको सहयोगमा स्पष्ट जित निकाल्न प्रयास गर्ने छन् । तुलनात्मक रुपमा स्वीडिस पल्ला भारी भएपनि जीत नै सुनिश्चित भने छैन ।
त्यस्तै समुह जीमा प्रतियोगिताकै उपाधी होडमा रहेका बेल्जियम र ईङ्गल्याण्डले क्रमशः नवप्रवेशी पनामा र अफ्रिकी ट्युनिशियाको सामना गर्ने छ ।
ठूलो गोल अन्तरले बेल्जियमले जित्ने भविष्याबाणी गरिएको खेलमा बेल्जियमका फिलानी, केभिन डे ब्रुने, मौसा ड्यामबेले, लुकाकु र ईडेन हर्जाडले प्रभावशाली खेल खेल्ने अनुमान गरिएको छ । पानामाका ग्राबियल तोरेस, युवा स्टार ईस्माईल डीएज तथा मिडफिल्डर कोपर र गोमेजले चुनौति दिने छन् ।
काउन्टर एट्याकमा ट्युनिसियाका खार्जी र खलिलले गोल गर्न सक्ने छन्, तर ईङ्गल्याण्डको विजय अभियान नरोकिने सम्भावना छ।
हिजो बिहानै पुष्प भाईले फोन गरे । मोबाईलको स्क्रीनमा उनको नम्बर देख्ने बित्तिकै कुरो बुझिहाले अर्जेन्टिनाको खराब शुरुबातमा मलाई जिस्काउँने उनको नियत । र, ब्राजिलको बखान पनि गाउँने छन् । अपेक्षित सम्वादलाई शुरुवात गर्दै उनले भने “दाई, तपाईको टिमको हिरोले जिरो गोल हाने ।” १५ बर्ष हुन आँट्यो उनको र मेरो फुटबल र क्रिकेटमा अनुमान र समीक्षाको सिलशिला । त्यसैले पेलेर कुरा गर्छन् र बाङ्गो जवाफ मन पराउँछन् । मैले उनकै शैलीमा भने “कान्छो, जिरो न खाएको हो, आलु त होईन नी । नभुल जिरोको मुल्य कति छ मसला बजारमा ?” ब्राजिलका जबर्जस्त फ्यान पुष्पले ब्राजिलको प्रशंसामा टेलिकमलाई २–४ रुपैयाको धनी बनाए । मैले आजको खेल उनले सोचेअनुसार नै हुने भनेपछि उनको दम्भ बढ्यो । उपाधी नै ब्राजिलले जित्छ ग्यारेन्टी नै गर्ने भए । विश्व प्रसिद्ध प्रशिक्षक जोसे मौरिनोले क्वाटरफाईनलमा ब्राजिल फ्रान्ससँग धुलो चाट्ने भनेका छन् भनि साम्य बनाउँन खोजे। तर, खहरे खोलो झै युवा खुन कहाँ मान्छ र? व्यक्तिगत हिसाबले १९९८ को फाईनलको जस्तो गोल त नहोला तर मलाई पनि मौरिनोको भविष्यवाणी सही होला जस्तो लागिरहन्छ । तर समुह चरणपछि नै त्यसको चर्चा गरौंला । सम्वाद टुङ्गियो ।
अपेक्षा र भविष्यवाणी आ–आफ्नो ठाँउमा छ । गए राति यो विश्व कपको सबैभन्दा बढी दाबेदार मानिएको जर्मनीले पराजयको स्वाद चाख्यो भने, अर्को दाबेदार ब्राजिल धर्मरायो । तर, कमजोर मानिएको विपक्षीलाई सजिलै हराउँने भविष्यवाणी विपरित जर्मनीले निराशाजनक विश्वकप यात्रा शुरु गरेको छ भने ब्राजिल र नेइमारको फूर्ति सेलाएको छ । जसका लागि सामाजिक सञ्जालमा आफन्त र साथीभाईहरु हानाहान गरे, उही ब्राजिलले आफ्नो फ्यानलाई निरास बनायो ।
मस्कोमा जर्मनीको नाकमा मोसो
गत विश्वकपको उपाधी विजयता जर्मनीको उपाधी रक्षा अभियानमा पहिलो म्याचमै झट्का लागेको छ । सन् १९९० मा विश्व विजयी अर्जेन्टिना क्यामरोनसँग र सन् २००२ मा अघिल्लो विश्वकप विजेता फ्रान्स सेनेगलसँग पराजित भए झै जर्मनीले ०–१ गोल नतिजासँगै पहिलो खेल मेक्सिकोलाई सुम्पिएको छ । उत्तर अमेरिकी शक्ति मेक्सिकोलाई सहजै पराजित गर्ने अनुमान विरुद्ध गति, आक्रमण र रक्षाको सन्तुलित खेल पस्किदै मेक्सिकोले जर्मनीलाई स्तब्ध बनायो । तीन अंक आफ्नो पोल्टामा हाल्ने उसलाई एक गोल नै काफी भयो ।
लुजनिकी रंगशालामा मेक्सिकोले ३५ मिनेटमा लिएको अग्रता नै खेलको निर्णायक बन्यो । यो जीतसँगै मेक्सिकोले सुखद शुरुवात मात्र गरेन, अर्को चरणमा पुग्ने आधार पनि तयार गरयो । पहिलो हाफ १–० मा सकिएको सो खेलको दोश्रो हाफमा कुनै गोल हुन सकेन । समुह चरणको पहिलो खेलमा मेक्सिकोले प्रभावशाली खेल खेल्दै अंक बटुलेको हो । मेक्सिकोको जितका नायक जर्सी नं. २२ का गोल स्क्रोर्र लोजानो भए । जर्मनीलाई खेलमा फर्कन नदिन मेक्सिकोको गोलरक्षक ओचो र रक्षापंति सफल भयो । ९ लक्ष्यमा सहित २५ गोलका प्रयासले पनि जर्मनीको हार टार्न सकेन । गत विश्व कपको उप विजयी बराबरमा रोकिएको एक दिनपछि विश्वकप विजयी जर्मनी विपक्षलाई नतिजै सुम्पिन बाध्य भयो । छनौटमा सर्बोकृष्ट प्रदर्शन गरेको जर्मनीको साख तथा नाकमा मोसो पोतियो, रसियाको मस्कोमा । १२ वटा प्रयासमध्ये ४ वटा लक्ष्यमा प्रहार गरेको मेक्सिकोले १ बल गोलपोष्टभित्र छिराएको थियो ।
मेक्सिको र जर्मनी दुवैले ४–२–३–१ को खेलशैलीमा मैदानमा उत्रिएका थिए । पहिलो हाफमा पटकपटक गोलको प्रयाससहित डिफेन्सिप खेल खेलेको मेक्सिकोले ३५ औं मिनेटमा गोल गरेपछि अझ बढी रक्षात्मक खेल खेलेर प्राप्त अग्रताको रक्षा गर्यो । समग्रमा ६० प्रतिशत समय बलमाथि नियन्त्रण र ८८ प्रतिशत सफल पास खेलेको जर्मनीले ८२ प्रतिशत सफल पास खेलेको मेक्सिको चुनौति पन्छाउँन सकेन । २५ वटा गोल गर्ने प्रयासहरु गरेपनि ९ वटा मात्र लक्ष्यमा पर्यो भने सात वटा मेक्सिकोका रक्षकले छेकेका थिए । मेक्सिकोले रणनीतिअनुसार मैदानमा परिणाम निकाल्न सक्यो भने जर्मनीलाई पहिलो हाफमै सकस दिन सफल पनि भयो ।
पहिलो हाफमा मेक्सिको बढी आक्रमक तथा तीब्र गतिले खेलेको थियो । मेक्सिकोले ४१ प्रतिशत समयमात्र बलमा नियन्त्रणमा लिएपनि जर्मनीको भन्दा १ बढी जम्मा ९ गोलका प्रहारहरु गोलका लागि गरेको थियो । जसमा लोजानोले काउन्टर एट्याकमा ३५ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाए । लामा सटिक पास खेलेको मेक्सिकोको गति र आक्रमणले पहिलो हाफमा जर्मन समर्थक स्तब्ध भएँ । पहिलो हाफको पहिलो मिनेटमै मेक्सिकोले आक्रमक दुई मुभ बनायो । लोजानोको सानो डिबक्स नजिकैबाट गरेको कडा प्रहार जर्मनीका रक्षकले बचाएँका थिए । बोटेङ्ग र गोलरक्षक नुयरले राम्रो तालमेलका साथ दुवै प्रयास विफल बनाए।
खेलको तेश्रो मिनेटमा जर्मनीले पहिलो प्रयास गरेको थियो । वार्नरले गरेको प्रहार दायाँ गोलपोष्टबाट बाहिरियो । खेलको ७ औै मिनेटमा जर्मनीका हुम्मेल्सले प्रहार गरेका थिए । तर, गोलमा रुपान्तरण गर्न सकेनन् । ९ औं मिनेटमा मेक्सिकोले प्राप्त गरेको फ्रिकिक खेर फालेको थियो भने १० औं मिनेटमा डिबक्स बाहिरबाट गरेको कडा प्रहार लक्ष्यमा हानेको मेक्सिकोको बल जर्मन गोलरक्षक नुयरले बचाए । १५ औं मिनेटमा किम्मचले दिएको सटिक पासलाई खादिराले गोलमा परिणत गर्न सकेनन् । त्यस्तै १६ मिनेटमा डिबक्स बाहिरको बललाई भलि गरि लक्ष्यमा प्रहार गरेपनि मेक्सिकोका गोलरक्षक ओचोले गोल हुन दिएनन् । जर्मनका टोनी क्रुसले २२ औं मिनेटमा गरेको प्रहार पनि गोलकिपरले बचाएका थिए । २८ औं मिनेटमा मेक्सिकोको प्रहार जर्मन गोलरक्षक नुयरले बचाएका थिए । खेलको निर्णायक गोल ३५ औं मिनेटमा काउन्टर एट्याकमा भएको थियो । ३८ औं मिनेटमा जर्मनीले प्राप्त गरेको फ्रिकिक टोनी क्रुसले प्रहार गरेका थिए । सो बल गोलकिपरको हात र पोष्टबारमा लागेर फर्किएको थियो ।
पहिलो हाफमा एक गोलले अग्रता बनाएको मेक्सिकोले दोश्रो हाफ अन्त्यै सुन्दर रक्षात्मक खेल खेल्यो । विपक्षीको गोलपोष्टमा प्रहार गर्नभन्दा पनि मेक्सिकोले समय बिताउँन र जर्मनको खेलको रिदम बिगार्ने रणनीति बनाएको थियो । र, मेक्सिको सफल पनि भयो । दोश्रो हाफको ५७ औं मिनेटमा मेक्सिकोको काउन्टर एट्याकमा जर्मनीको डिबक्सभित्र २ डिफेन्सका विरुद्ध २ खेलाडी हुँदा पनि हेर्नाण्डेजले कार्लोसलाई सटिक पास दिन सकेनन् । खेलको ६४ औं मिनेटमा जर्मनीका किम्मीचले रिभर्स किक गरेका थिए, जुन मेक्सिकोको गोलपोष्टमाथि जालीमा लागेको थियो । ६६ औं मिनेटमा जर्मनीका ड्राक्सलरले गरेको प्रहार मेक्सिकोका रक्षकले कर्नरका लागि पठाए दिए । सो कर्नरमा जर्मनीका मुलरको प्रयास पनि बाहिरियो ।
७१ औं मिनेटमा डिबक्सबाट रेउसले गरेको कडा प्रहार आकासियो । ७६ औै मिनेटमा क्रसबललाई भलि गरेका टोनी क्रुसले सही दिशामा प्रहार गर्न सकेनन् । त्यसको लगत्तै ७७ मिनेटमा ड्राक्सलर र मुलरले कमजोर प्रहार गरेका थिए, भने ७८ औं मिनेटमा काउन्टर एट्याकमा मेक्सिकोका लयुनको प्रहार आकासियो । काउन्टर एट्याकमा ८२ औं मिनेटमा मेक्सिकोका लयुनले फेरी अवसर प्राप्त गरे तर उनको कडा प्रहारले दिशा लिन सकेन । त्यस्तै जर्मनीका गोमेजले ८७ औं मिनेटमा गोलको असफल प्रयास गरेका थिए । ८९ औं मिनेटमा मेक्सिको डिफेन्स केही धर्मराएको थियो । जसमा जर्मनीका ब्राण्ड्टले गरेको लामो प्रहार गोलपोष्टको केही बाहिरबाट गएको थियो । प्रशस्त मौका र प्रयास गरेपनि जर्मन हार टार्न र साख जोगाउँन सफल भएन ।
ब्राजिलियन खेलाडी स्टार : नतिजा बराबर
विश्वकै मंहगा खेलाडी, उत्कृष्ट छनौट खेल र टेटेको रणनीतिका विरुद्ध ओर्लिएको स्वीटजरल्याण्डलाई हारको स्वाद चखाउँन ब्राजिल असफल भयो । उसो त खेलमा दस्तावेज, योजना र स्टारडमभन्दा पनि रणनीतिअनुसारको खेल कौशल र प्रदर्शनले परिणाम आफ्नो पक्षमा पार्ने हो । ब्राजिलले स्वीटजरल्याण्डको सामना मध्यराति रोस्तोभ एरिनामा गरेको थियो । तर, सो प्रतिस्पर्धा बराबरीमा सकियो । बराबरीपछि ब्राजिलको विश्वकपको सुखद सुरुवात भएन र अंक पनि बाँढे । १–१ को नतिजामा सम्पन्न खेलमा २ अंक गुमाएको ब्राजिलले विश्वकप उपाधीका लागि खेलाडी र खेललाई सुधार्नु पर्ने देखिन्छ । स्वीटजरल्याण्डको रक्षा चिर्दै २० औं मिनेटमा पहिलो गोल गरेको ब्राजिलले अग्रतालाई ५१ औंभन्दा बढी टिकाउँन सकेन । गोल गरेपछि मन्द भएको ब्राजिलको खेल पहिलो हाफ अन्त्यतिर निद्रालाग्दो थियो । तर, ब्राजिलका कौटिन्होले गोलसहित केही प्रहार र मुभ बनाएका थिए । ब्राजिल खासमा यो खेलमा पराजित नहुनुको कारण नै कौटिन्हो थिए । आजको म्यान अफ द म्याच पनि उनै कौटिन्यो बने ।
दुई डिफेन्ससहित बललाई बढी नियन्त्रणमा लिने रणनीतिको रुपमा रहेको ४–२–३–१ को खेलशैलीमा नै दुवै टिम ओर्लिएको थियो । ५२ प्रतिशत बलमाथि नियन्त्रण, ४ वटा लक्ष्यतर्फ़ लागेकोसहित २० आक्रमणका प्रयासले पनि स्वीस चुनौति पार लगाउँन सकेन । नेईमारबाट धेरै आश गरेका समर्थकहरु उनका दुई तीन प्रयासबाहेक यो खेल विर्सन चाहान्छन् । उता ६ वटा मात्र गोलका लागि गरेको प्रयासका बाबजुद १ गोल गर्न सक्नु र गोल खाएपछि आरामले खेल खेल्नु नै स्वीटजरल्याण्डको खेलमा फर्किने आधार बन्यो । २० मिनेटमा गोल खाएपछि बल पोशेसन, सफल पास र विस्तारै प्रभावशाली आक्रमणका लागि स्वीस खेलाडी जसरी एक जुट भए, ब्राजिलमाथि मनोबैज्ञानिक जित हासिल गर्यो । स्वीस खेलाडीले उच्च मनोबलका साथ फुटबल खेलेर ब्राजिल जस्तो टिम विरुद्ध खेलमा फर्किए । जुन विजयभन्दा कम छैन ।
ब्राजिलले पहिलो हाफमा केही राम्रा मुभहरु बनाउँन सकेको थियो भने स्वीस खेलाडी रक्षात्मक देखिन्थे । ब्राजिलले खेलको ११ औं मिनेटमा खतरनाक मुभ बुनेको थियो । तर, क्रस बललाई गोलपोष्टको दिशा दिन ब्राजिलका कुनै खेलाडी थिएनन् । ब्राजिलका मार्सेलोले गरेको प्रहार क्लियर गर्न नसक्दा प्राप्त गरेको अवसरलाई कौटिन्होले २० औं मिनटमा गोल गरी टिमलाई अग्रता बनाए । एक गोल गरेपछि ब्राजिलको खेल केही मन्ध भयो भने स्वीसले गोलको दबाबमा भन्दा खेल बनाउँन र राम्रो मुभका लागि समय खर्चे । पहिलो हाफमा जम्मा ५ वटा गोलका लागि प्रहार गरेको ब्राजिलको एक प्रहार मात्र लक्ष्यमा थियो र गोलमा परिणत भएको थियो । स्वीटजरल्याण्डले भने गोलका लागि जम्मा २ वटा लक्ष्यविहिन प्रहार ब्राजिलविरुद्ध गरेको थियो । पहिलो हाफको पहिलो २० मिनेट ब्राजिलले पुरै खेल नियन्त्रणमा लिए पनि त्यसपछि स्वीसले पकड बनाएका थिए । गोल खाएपछि बल नियन्त्रण र सफल पासमा सुधार गरेको स्वीटजरल्याण्डले ४९ प्रतिशत समय बलमाथि नियन्त्रण गरेको थियो ।
दोश्रो हाफमा ५१ औं मिनटमा स्वीस १४ न जर्सीका जुबरले आक्रर्षक हेड गोल गरे र स्वीटजरल्याण्डलाई खेलमा फर्काए । खेलको ५४ औं मिनेटमा ब्राजिलले राम्रो मुभ बनायो, तर गोल गर्न सकेन । नेइमारले डिबक्सको केही मात्र बाहिरबाट ६६ औ मिनेटमा गरेको फ्रिकिक प्रहार गतिलो भएन । ब्राजिलले गोलको राम्रो मौका बनाउँन संघर्ष गर्नु परेको थियो । स्वीस खेलाडीहरुले नेइमारलाई बढी नै मार्क गरेको र फल गरेका थिए । कौटिन्होले ७० औं मिनेटमा नेइमारको पासमा गरेको प्रहार दिशाविहिन बन्यो र गोलपोष्टको बाँयाबाट बाहिरियो । ७३ औं मिनेटमा काउन्टर एट्याकमा स्वीस खेलाडीले गरेको प्रहार ब्राजिलका गोलरक्षक बेक्करले बचाएँ । ७४ औ मिनेटमा ब्राजिल राम्रो मुभ बनाएको थियो ।
स्वीस खेलाडीले डिबक्स भित्र जेससलाई फल गरेका थिए, तर ब्राजिलले पेनाल्टीको अवसर पाएन् । मेक्सिकन रेफ्रीले उक्त फललाई क्लिन चिट थिए । ७७ औं मिनेटमा डिबक्स बाहिरबाट ब्राजिलका खेलाडीले लामो प्रहार गरेका थिए, जुन धेरै नै आकासियो । नेईमारले ७८ मिनेटमा गरेको प्रहार स्वीस गोलरक्षक सोम्मरले बचाएँ । ८२ औं मिनेटमा ब्राजिलका द्जौरौले प्राप्त गरेको दुर्लभ अवसर पनि आकासियो । नेईमारले ८८ औं मिनेटमा हेडमार्फत प्रयास गरेका थिए । जसलाई स्वीस गोलरक्षक सोम्मरले बचाउँ गरे । ८९ औं मिनेटमा काउन्टर एट्याक स्वीस खेलाडीले सदुपयोग गर्न असफल भए । सोम्मरले ९० औं मिनेटमा अर्को हेड प्रहारलाई बचाएका थिए । अतिरिक्त समयमा ब्राजिलले केही मुभ र फ्रिकिक पाए पनि गोल भएन र बराबरीमा खेल सकियो ।
अघिल्लो विश्व कपको सन्सनी खेल खेलेको कोष्टारिकामाथि सर्बियाकाे विजयी शुरुवात
समरा रंगशालामा भएको पहिलो प्रतिस्पर्धामा कोष्टारिकालाई सर्बियाले १–० गोलले पाखा लगाउँदै तीन अंक जोड्यो । कोलारोभले ५६ औं मिनेटमा फ्रिकिकबाट आकर्षक गोल गर्दा रियल म्याड्रिटबाट खेल्ने कोष्टारिकाका गोलरक्षक नाभासले बललाई बचाउँन सकेनन् । राम्रा मुभहरु पनि बनाएका कोलारोभलाई सो गोलले म्यान अफ द म्याच दिलायो । कोष्टारिकाले रक्षात्मक खेल्न ५ खेलाडीलाई डिफेन्समा उत्रारेको थियो, भने बललाई मध्य भागमा बढी राखि मौका तयार गर्ने उद्धेश्यका साथ ४–२–३–१ को खेलशैलीमा सर्बिया मैदान छिरेको थियो । सर्बियाली खेलाडी तुलनात्मक रुपमा बलिया मात्र देखिएनन् खेल योजनाअनुसार खेलिरहेका पनि देखियो । रणनीति नै कमजोर देखिएको कोष्टारिकाले गोल खाएपछि खेलमा फर्कन कोशिस गर्यो भने सर्बियाले अग्रतालाई कायम राख्न रक्षात्मक बन्यो । सर्बियाको सो रणनीतिले काम गर्यो र विश्वकपको सुखद शुरुवात गरेको छ । यो जितसँगै ब्राजिलको समुहमा रहेको सर्बियाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।
पहिलो हाफमा कुनै गोल हुन नसकेपनि सर्बियाले कोष्टारिकालाई दबाबमा राखेको थियो । उता कोष्टारिकाले पनि प्रत्याक्रमण निरन्तर गरेको थियो । सर्बियाका रक्षक तथा मध्य पंत्तिका खेलाडीको राम्रो तालमेल देखिएका थिए । सर्बियाका मिलिन्कोभिक र तादिकले आक्रर्षक मुभहरु बनाएका थिए । ६२ प्रतिशत बलमा नियन्त्रण गरेको सर्बियाले ३ आक्रमण गर्यो, भने कोष्टारिकाले ५ प्रहारहरु सर्बियाको गोलक्षेत्रमा गरेको थियो । कोष्टरिकाको २ प्रहार र सर्बियाको १ मात्र प्रहार लक्ष्यमा रहेको थियो भने कुनै बल पनि गोलमा परिणत हुन सकेको थिएन । सर्बियाले पहिलो मिनेटमै कोष्टारिका विरुद्ध आक्रमण गरको थियो, तर सटिक प्रहार गर्न सकेन । प्रतिस्पर्धाको दुई मिनेट कोष्टारिकाले काउन्टर एट्याकको कोशिस गरेको थियो तर गोललाईनबाट बल बाहिरियो । लगत्तै तेश्रो मिनेटमा डुअर्तेको क्रसमा गोञ्जालेजले गरेको हेडिङ्ग सर्बियाका गोलरक्षक स्टोज्कोभिकले सजिलै बचाए ।
खेलको ७ औं मा कप्तान कोलारोभले गरेको प्रहार गोलपोष्टको बाँयाबाट बाहिरियो । १२ औं मिनेटमा कोष्टारिकाका गोञ्जालेजले फ्रि हेडको मौकालाई सदुपयोग गर्न सकेनन् । १३ औं मिनेटमा सर्बियाका खेलाडीले गरेको प्रहार कोष्टारिकाका गोलरक्षक नाभाषले सजिलै बचाएँ । १५ औं मिनेटमा बाँया तर्फको डिबक्सबाट गरेको सटिक पासलाई नाभाषले बचाउँ गरेका थिए । सर्बियाका तादिकले सानो डिबक्स ठिक बाहिरबाट २७ औं मिनेटमा बललाई दिशा दिन सक्दा नाभाषले गोललाई जाली चुम्नबाट जोगाए । त्यस्तै खेलको ३९ औं मिनेटमा कोष्टारिकाका युरेनाले डिबक्स बाहिरबाट गोलपोष्ट माथि बल प्रहार गरे । त्यस्तै ४२ औं मिनेटमा कोष्टारिकाकै काल्भोले डिबक्स बाहिरबाट गरेको प्रहार गोलपोष्टको दायाँ हुँदै बाहिरियो । त्यस्तै ४३ औं मिनेटमा सर्बियाका सेर्गेजले बाईकल किकमा गरेको प्रहार नाभाषले बचाए ।
दोश्रो हाफमा केही सुधारिएको खेल खेलेको कोष्टारिकाले समग्रमा ५० प्रतिशत बल नियन्त्रण त गर्यो तर गोल खानबाट बचाउँन सकेन । उता सर्बियाले बलमाथि नियन्त्रण कम गरेपनि आक्रमणलाई निरन्तरता दियो । खेलको ५० औं मिनेटमा मित्रोभिकले वान भर्सेस वानका स्थितिमा नाभाषलाई बल छलेर गोल गर्न सकेनन् । ५७ औं मिनेटमा कोलारोभले आक्रर्षक फ्रिकिकमा गोल गरे । त्यसपछि कोष्टारिकाले बलमा पकड राम्रो बनायो, तर आक्रमक मुभहरु बनाउँन सकेन । केही मुभहरु दुवैतर्फबाट बनेपनि रक्षापंति र गोलरक्षक भेद्ने सशक्त प्रहार हुन सकेन । अन्तत खेल १–० को नतिजामा समाप्त हुँदा सर्बियाले ३ अंक हासिल गर्दा धेरै फुटबल पण्डितको भविष्यवाणी गलत सावित भयो ।
आजको खेल बेल्जियम र ईङ्गल्याण्डले विजयी शुरुवात गर्न सक्ने
तीन वटा खेल हुने आजको पहिलो खेल विश्व कपमा एसियाको सबैभन्दा सफल दक्षिण कोरियाको विरुद्ध स्वीडेनको विचमा हुने छ । समुह एफको सो प्रतिस्पर्धा निझ्नी नोभगोरोड रंगशालामा साँझ ५ः४५ हुने छ । प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको सो खेलमा स्वीडेनले बाजी मार्ने धेरै खेल पण्डितको अनुमान छ । यद्यपी एसिया शक्ति राष्ट्र विजयसहित विश्वकपको यात्रा गर्न चाहान्छ । स्वीडेनका गोलरक्षक ओसेनलाई कोरियन स्टार लि सेउङ्गयुका साथमा स्ट्राईकर किम सिन्युक र हिचानले व्यस्त बनाउँने छन् । स्वीडिस तीब्र खेलका साथमा मार्कस बेर्ग र जोन गाईडट्टीले लार्सन र फर्सबेर्गको सहयोगमा स्पष्ट जित निकाल्न प्रयास गर्ने छन् । तुलनात्मक रुपमा स्वीडिस पल्ला भारी भएपनि जीत नै सुनिश्चित भने छैन ।
त्यस्तै समुह जीमा प्रतियोगिताकै उपाधी होडमा रहेका बेल्जियम र ईङ्गल्याण्डले क्रमशः नवप्रवेशी पनामा र अफ्रिकी ट्युनिशियाको सामना गर्ने छ । ठूलो गोल अन्तरले बेल्जियमले जित्ने भविष्याबाणी गरिएको खेलमा बेल्जियमका फिलानी, केभिन डे ब्रुने, मौसा ड्यामबेले, लुकाकु र ईडेन हर्जाडले प्रभावशाली खेल खेल्ने अनुमान गरिएको छ । पानामाका ग्राबियल तोरेस, युवा स्टार ईस्माईल डीएज तथा मिडफिल्डर कोपर र गोमेजले चुनौति दिने छन् । सोचीको फिस्ट रंगशालामा राती ८ः४५ मा सो खेल हुने छ ।
सबै आफ्नै घरेलु क्लब खेल्ने युवाहरुको टिम बोकेर विश्व कपको यात्रामा निस्किएको ईङ्गल्याण्डले ३ अंक हासिल गर्ने अनुमान गरिएको छ । मध्यरातमा भोल्गोगार्ड एरिनामा हुने सो खेलमा ईङ्गल्याण्डका हेरी केन, जोमी भार्डी र स्टार्लिङ्गको आक्रमण लिङगार्ड र हेन्डरसनले सहयोग गर्ने छन् । काउन्टर एट्याकमा ट्युनिसियाका खार्जी र खलिलले गोल गर्न सक्ने छन्, तर ईङ्गल्याण्डको विजय अभियान नरोकिने सम्भावना छ।