ईङ्गल्याण्डले ट्युनिसियाको ट्युन बज्नै दिएन ; स्वीडेनले दियो दनक दक्षिण कोरियालाई ; पनामाको पुरा भएन चाहना – बेदप्रसाद भुर्तेल

बेदप्रसाद भुर्तेल

 

 

१६ बर्षपछि विश्व कप फर्किएको सेनेगल सरप्राईज दिने टोलीको रुपमा चिनिन्छ ।नाम कमाएका टोली र दाम कमाएका खेलाडीले राष्ट्रका लागि राम्रो खेल्दैनन् भन्ने आरोप लागि राख्दा सेनेगलले पोल्याण्डलाई स्तब्ध पार्छ भन्दा नौलो पक्कै हुने छैन ।

 

अनुभवी गोलरक्षक कावाशिमाका साथ मिडफिल्डर होण्डा, सिन्जी कागावा, उसामी र अग्रपंतिका ओकाजाकीले अघिल्लो हारको बदला लिन कोशिस गर्ने छन् । यो खेलमा कोलम्बियाको पल्लाभारी देखिएको छ ।

 

रसियाले विजय हासिल गरे नकआउट चरणमा पुग्ने पहिलो टिम बन्ने छ । तर खेल बराबरीमा टुङ्गिने सम्भावना छ ।

कमजोर एसियनः स्वीडेन, बेल्जियम र ईङ्गल्याण्डलाई तीन-तीन अंक

 

 

 

 

गए राति अघिल्ला दुई दिन फुटबलका हस्ती राष्ट्रको निरासजनक यात्रालाई थाँति राख्दै युरोपका फुटबल शक्ति राष्टहरुले अफ्रिका, एसिया र मध्य अमेरिकी राष्ट्रहरुलाई विश्व कपको प्रतिस्पर्धामा पराजित गरे । विश्वकपको पाँचौ दिन भएका ३ वटै खेलमा जीतको नतिजा निस्कदा स्वीडेन, बेल्जियम र ईङ्गल्याण्डले तीन तीन अंक जोडे । प्रतियोगितामै कमजोर मानिएको एसियन टिम मध्येको एक दक्षिण कोरियाले नतिजा स्वीडेनलाई सुम्पेको थियो । कहलिएका राष्ट्रहरुले निरास बनाई रहदा ईङ्गल्याण्ड, बेल्जियम र स्वीडेनका समर्थकले भने खुशी साट्न पाए । अपेक्षित नयाँ फुटबल शक्ति बन्ने होडमा रहेको बेल्जियमले सानदार ३–० को नतिजा सहित नवप्रवेशी पनामालाई पाखा लगायो । स्वीडेनले दक्षिण कोरियालाई १–० र ईङ्गल्याण्डले ट्युनिसियालाई २–१ ले पराजित गरे ।

 

 

ईङ्गल्याण्डले ट्युनिसियाको ट्युन बज्नै दिएन

 

खेलको ११ औं मिनेट पहिलो गोल गरेको ईङ्गल्याण्डले दोश्रो गोलका लागि खेलको अतिरिक्त समयसम्म कुर्नु प¥यो । हेरी केनले दुवै गोल गरेर ईङ्गल्याण्डलाई ३ अंक दिलाए । प्रारम्भ देखि नै राम्रा मुभ र लोभलाग्दो आक्रमण गरेको ईङ्गल्याण्डले गोलका १७ वटा अवसर बनाएको थियो । त्यस्तै केही राम्रा मुभहरु बनाएको ईङ्गल्याण्डले विपक्षी डिबक्सभित्र कुनै प्रहार खेलाडी नै पाएन । ट्युनिसियाको कमजोरी फाईदा उठाउँदै पहिलो गोल गरेको ईङ्गल्याण्डको केही प्रहार ट्युनिसियाका हस्सेनले केही उत्कृष्ट बचाउँ गरे । ईङ्गल्याण्डका हेरी केन र लिङगार्डले राम्रो खेल कौशल पस्किएको थियो । ३३ औं मिनेटमा डिबक्सभित्र ईङ्गल्याण्डका वाल्करले ट्युनिसियाका युस्सेफलाई फल गरेपछि प्राप्त पेनाल्टीलाई ३५ औं मिनेटमा सासीले आरामले प्रहार गरेर गोल गरे । पेनाल्टी प्रहारको सही अनुमान गरेपनि ईङ्गल्याण्डका गोलकिपर पिकफोर्डले गोल लाग्नबाट बचाउँन सकेनन् । सबै आफ्नै घरेलु क्लब खेल्ने युवाहरुको टिम बोकेर रसिया पुगेको पहिलो खेलमा ईङ्गल्याण्डले ३ अंक हासिल गरेको छ ।

 

 

 

 

 

मध्यरातमा भोल्गोगार्ड एरिनामा भएको सो खेलका नायक ईङ्गल्याण्डका हेरी केन भए । ४–३–३ को आक्रमक खेलशैलीमा आएको ट्युनिसियाको विरुद्ध मध्य भाग बढी गोल नियन्त्रणमा लिई आक्रमण गर्ने ४–५–२ को रणनीतिमा ईङ्गल्याण्ड मैदानमा उत्रिएको थियो । रणनीति अनुसार ईङ्गल्याण्डले बलमाथि नियन्त्रण बनाउँन सक्यो र खेलमा स्पष्ट नतिजामा निकाल्न सक्यो । सही रणनीति, उत्कृष्ट खेल, ५९ प्रतिशत समय बलमाथि नियन्त्रण, ९१ प्रतिशत सटिक पास र १७ वटा गोलका प्रयास ट्युनिसियाको बोली बन्द गर्न प्रयाप्त भयो ।

 

 

पहिलो हाफमा अर्जेन्टिना पछि अहिलेसम्म कै सबैभन्दा बढी आक्रमण गरेको ईङ्गल्याण्डले १२ वटा गोलको प्रयासमा १ मा सफलता हासिल ग¥यो । त्यस्तै ५ वटा लक्ष्यमा राखेको थियो भने थप ३ प्रहार रक्षापंतिले रोकेका थिए । पहिलो हाफमा ईङ्गल्याण्डको १२ प्रहार हुँदा ट्युनिसिया जम्मा ४ वटा प्रहार गरेको थियो । पहिलो ४५ मिनेटमा उसका दुई प्रहारले लक्ष्य समातेको थियो । ३५ औं मिनेटमा पेनाल्टीबाट गोल गरेको ट्युनिसियाले मध्यान्तर सम्म खेललाई बराबरीमा रोक्न सफल भएको थियो । ईङ्गल्याण्डले पहिलो हाफमा ९२ प्रतिशल सटिक पाससँगै ५७ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको थियो । पहिलो आधी समयमा ईङ्गल्याण्डका लिङगार्डले एक लक्ष्यमा सहित ४ गोलका लागि प्रहार गरका थिए । त्यस्तै ट्युनिसियाको गोलपोष्टमा हेरी केन, स्टोनस् र मागुइरले एक एक प्रहार लक्ष्यमा राख्दै दुई दुई प्रहार गरेका थिए । त्यस्तै ट्युनिसियाका युस्सेफ र स्लिटी लक्ष्यविहिन एक एक प्रहार ईङ्गल्याण्डको गोल पोष्टमा गर्दा सासीले दुई प्रहार गरेका थिए । सासीले नै पेनाल्टी प्रहार गरि खेल बराबरीमा ल्याएका थिए ।

 

 

स्वीडेनले दियो दनक दक्षिण कोरियालाई

 

 

गत साँझ ५ः४५ बजे समुह एफ कोे स्वीडेन र दक्षिण कोरियाको प्रतिस्पर्धात्मक खेल १–० गोलमा समाप्त हुँदा स्वीडेनले विजय हासिल गरेको छ । निझ्नी नोभगोरोड रंगशालामा भएका सो प्रतिस्पर्धात्मकको एक मात्र गोल ग्रान्कभिस्टले स्वीडेनका लागि ६५ औं मिनेट गोल गरे । जुन स्वीडेनका लागि ३ अंक हासिल गर्नका लागि प्रायप्त थियो । विश्व कपमा एसियाको सबैभन्दा सफल टिम दक्षिण कोरिया विरुद्ध स्वीडेनले बाजी मार्ने धेरै खेल पण्डितको गरेको अनुमान सही सावित भयो । पहिलो हाफ बिना गोल बराबरीमा सम्पन्न खेलको दोश्रो हाफको ६२ औं मिनेटमा कोरियन खेलाडीले डिबक्सभित्र फल गरेपछि स्वीडेनले पेनाल्टीको अवसर पायो । भिडियो असिस्टेन्स रेफरल सिस्टमको प्रयोग गर्दै रेफ्री अगुईलार जोइलले स्वीडेनलाई दिएको पेनाल्टी अनुभवी कप्तान ग्रान्कभिस्टले सजिलै गोल गरे । एक गोल पछि परेर पनि राम्रा मुभ र गतिलो प्रहार गर्न नसक्नु दक्षिण कोरियाको हारको कारण बन्यो । विपक्षीको गोल पोष्टमा सशक्त र लक्षित प्रहार कोरियाबाट भएन ।

 

 

 

 

 

पहिलो हाफ पुरै स्वीडेनको नियन्त्रणमा रहेको सो खेलमा स्वीडेनले ६१ प्रतिशत समय बलमाथि नियन्त्रण राखेको थियो । खेलशैलीको हिसाबले कोरियाको ४–३–३ लाई आक्रमक माने पनि स्वीडेनको आक्रमक ४–४–२ खेलशैलीले रणनीति अनुसार काम गरेको थियो । पहिलो हाफमा कुल ८ प्रहार कोरियन गोल पोष्टको क्षेत्रमा प्रहार गरेको स्वीडेनले २ वटामात्र लक्ष्य उन्मुख प्रहार थियो, भने ५ वटा कोरियन रक्षकले छेकेका थिए । पहिलो हाफमा स्वीडेनका एट्याङ्गि डिफेन्स तथा कप्तान ग्रान्कभिस्ट, वर्ग र फस्र्वर्गले दुई दुई तथा क्लेस्सन र जानस्सनले एक एक वटा प्रहार गरेका थिए । जसमध्ये बर्ग र ग्रान्कभिस्टको प्रहारमात्र लक्ष्यउन्मुख थियो । कोरियाको एक मात्र लक्ष्यविहिन आक्रमण जेइसुङ्ग लिले गरेका थिए । कोरियाले पहिलो ४५ मिनेटमा १६ प्रतिशत बल विपक्षी स्वीडेनको गोल क्षेत्रमा लिएर जान सकेको थियो, भने स्वीडेनले २३ प्रतिशत प्रतिशत बल कोरियाको गोल क्षेत्रमा खेलेको थियो । बढी भन्दा बढी समय बल विपक्षीको गोल क्षेत्र वा मध्य भागमा खेलाउँने स्वीडिस रणनीतिले काम त गरेको थियो तर गरेका प्रहार चुस्त र सटिक नहुँदा कोरियाका रक्षकले बचाएका थिए वा गोललाईन बाहिरिएको थियो ।

 

 

 

दोश्रो हाफको प्रारम्भमा कोरियाले केही मुभ बनाए पनि खेल अवधीभर लक्ष्यमा कुनै पनि प्रहार गर्न सकेन । कोरियाले ४ वटा प्रहार दोश्रो हाफमा गरेको थियो भने तीनवटा स्वीडिस रक्षकले छेकेका थिए । पहिलो हाफको तुलनामा बलमाथि कोरियन नियन्त्रण दोश्रो हाफमा राम्रो रहे पनि आक्रमण गर्न भने सकेन । पहिले हाफ ८ र दोश्रो हाफमा ७ गरि जम्मा १५ प्रहार गरेको स्वीडेनको ५ वटा लक्ष्यमा र ६ वटा कोरियन रक्षकले रोकेका थिए । दोश्रो हाफमा सुधार गर्दै ४८ प्रतिशत गोल प्रोशेसनमा राखेको कोरियाले समग्रमा २१ प्रतिशत बल स्वीडिस गोल क्षेत्रमा खेलेको थियो । कोरियन खेलाडीको विर्सनलायक आक्रमणमा स्वीडेनले बाजी म¥यो र तीन अंक हासिल ग¥यो ।

 

 

पनामाको पुरा भएन चाहना, बेल्जियमलाई स्पष्ट तीन अंक

 

 

समुह जी मा प्रतियोगिता उपाधीको होडमा रहेका बेल्जियमले समुह चरणको पहिलो खेलमा नवप्रवेशी पनामालाई ३–० गोलले पराजित गर्दै आफ्नो विश्व कप अभियान थालेको छ । नयाँ फुटबल शक्तिको रुपमा उदाउँन प्रयासरत बेल्जियम निक्कै आक्रमक खेलशैलीमा मैदान उत्रिएको थियो । डिफेन्सिभ रणनीति ४–५–१ को साथ उत्रिएको पनामालाई मध्यपंतिमा दह्रो पकड बनाई आक्रमण गर्ने ३–४–२–१ को खेल रणनीतिसहित बेल्जियम मैदान छिरेको थियो । तर बेल्जियमले पटक पटकको आक्रमणबाट पनि गोल गर्न बेल्जियम चुक्यो र दोश्रो हाफसम्म कुर्नु प¥यो । प्रशिक्षक मार्टिनेजले पहिलो हाफको गोल रिक्तताको बचावट गर्दै शान्त र धैर्यता गरेकै कारणले सहज जित भएको प्रतिक्रिया दिए ।

 

 

 

दोश्रो हाफको प्रारम्भबाटै आक्रमणको प्रयास गरेको बेल्जियमले खेलको ४७ औं मिनेटमा सुन्दर भलिबाट गोलको बर्षा शुरु ग¥यो । सटिक भली प्रहार गरेका मेर्टेनले बललाई पनामाको जाली चुमाए । त्यस्तै लुकाकुले ६९ औं मिनेटमा डे ब्रुनेले दिएको पासमा आक्रर्षक हेड गोल गरेर अग्रता दोब्बर बनाए । लुकाकु एक गोलमा रोकिएन् र काउन्टर एट्याकमा ७५ औं मिनेटमा हाजार्डको पासमा गोल गर्दै व्यक्तिगत २ र टिमका लागि तेश्रो गोल गरे । पनामाका खेलाडी शारिरीक मात्र होईन खेल कौशलका हिसाबले पनि बेल्जियमका अघि कमजोर देखिन्थे । मौकाको प्रतीक्षामा रहेका लुकाकुले दोश्रो हाफमा दुई गोल गर्दै म्यान अफ म्याच आफ्नो नाम लेखाए ।

 

 

 

 

 

पहिलो हाफमा रणनीति अनुसार नै ६० प्रतिशत बल नियन्त्रण राखि ९ वटा गोलका लागि प्रयास गरेको बेल्जियमले तिन वटा मात्र लक्ष्यमा प्रहार गरेको थियो । खेल रणनीति अनुसार आक्रमण र गोल गर्न नसकेको बेल्जियमका हाजार्ड, मेर्टेन र कार्रास्कोले लक्ष्यमा प्रहार गरेका थिए । हाजार्ड र मेर्टेनले आक्रर्षक खेलसहित ३ आक्रमण गरेका थिए । लुकाकु पहिलो हाफमा गोलको प्रक्षितामा थिए र प्राप्त एक अवसरलाई सदुपयोग गर्न चुकेका थिए । पहिलो हाफमा १५ प्रतिशत बल विपक्षी बेल्जियमको क्षेत्रमा बल खेलाएको पनामाले कुल ३ वटा गोलको अवसर सिर्जना गरेको थियो । तर कुनै पनि बल लक्ष्यउन्मुख थिएन ।

 

 

 

४५ मिनेट पछि खेलमा परेको गोलका खडेरी तोड्दै ३ वटा गोलहरु भए । दोश्रो हाफमा पनि ६० प्रतिशत बल नियन्त्रण लिएको बेल्जियमले कुल ६ वटा मध्य ३ वटा बल लक्ष्यमा प्रहार ग¥यो र सहज विजय हासिल ग¥यो । दोश्रो हाफको ४७ औं मिनेटमा मेर्टेनले भलिबाट सुन्दर गोल गर्दै बेल्जियमको विजय अभियान आरम्भ गरेका थिए । पनामाले गोल खाएपछि ५३ औं मिनेटमा सानो डिबक्स नजिकैबाट राम्रो मौका बनायो । उत्कृष्ट बल नियन्त्रण सहित पनामाका मुरिल्लोले गोलपोष्टमा गरेको प्रहार बेल्जियमका गोलरक्षक कौर्टोइसले बचाए । ८५ औं मिनेटमा पनामाले रेड डार्क हर्समाथि आक्रमण गरेको थियो तर बेल्जियमका गोलकिपर नियन्त्रणमा लिईसकेपछि सहायक रेफ्रीले अफ साईड दिएका थिए । त्यस्तै पनामाका खेलाडीलाई छातीमा लातिले हानेपछि प्राप्त फ्रिकिक ८९ औं मिनेटमा बेल्जियमका गोलकिपरले बचाएका थिए ।

 

 

सोचीको फिस्ट रंगशालामा भएको खेल पनामाका लागि विर्सनलायक भयो भने बेल्जियमको विश्वकप यात्रा सुखद रह्यो । यो विश्व कपमा रातो जर्सीमा खेल्ने बेल्जियमलाई डार्क हर्सको रुपमा प्रतिस्पर्धा कै सबैभन्दा खतरनाक टिमको रुपमा लिएको छ र पहिलो खेल उस्तै प्रभावशाली खेल्यो ।

आजको खेलको सम्भावना

 

 

आजको खेल समुह एच को दुई खेल र समुह ए को एक गरी तीन खेल खेलिने छ । समुहको एच को खेल समाप्त हुने बित्तिकै समुह चरणको पहिलो राउण्ड सकिने छ । समुह एच निकै रोचक समुह हो, जहाँ एसिया, अफ्रिका, दक्षिण अमेरिका र युरोपका एक एक टिम रहेका छन् । यो समुहमा पोल्याण्ड र कोलम्बियालाई अर्को चरणमा जान सक्ने टिमको रुपमा कम्प्युटर बेस फुटबल भबिष्यवाणी तथा युके बेसको मिडियाले गरेका छन् ।

 

 

 

त्यसैले आजको खेलमा पोल्याण्डले मस्कोको स्र्पाटक रंगशालामा सेनेगललाई हराउँने अनुमान छ । स्टार खेलाडी लेवानडोव्स्कीसहित क्राईकोवीक, ग्रोसिक्की र मिलिकले दर्शनीय खेल खेल्ने छन् भने गोलरक्षक स्क्जेस्नीले सेनेगलका खेलाडी निरास गर्ने छन् । १६ बर्षपछि विश्व कप फर्किएको सेनेगल सरप्राईज दिने टोलीको रुपमा चिनिन्छ । नाम कमाएका टोली र दाम कमाएका खेलाडीले राष्ट्रका लागि राम्रो खेल्दैनन् भन्ने आरोप लागि राख्दा सेनेगलले पोल्याण्डलाई स्तब्ध पार्छ भन्दा नौलो पक्कै हुने छैन । माने, डुयोफ र मौस्साले पोलिस रक्षापंतिलाई माटोमा मिलाउँन सक्ने सम्भावनालाई नकार्न सकिन्न । परिणाम के हुने छ हेर्न साँझ ८ः४५ मा हेर्न सकिन्छ ।

 

 

 

त्यस्तै एसियाली देश जापानको चुनौति समाप्त पार्न कोलम्बिया ५ः४५ मा मारडोभिया एरिनामा खेल्ने छ । स्टार खेलाडी जेम्स रोड्रिगेजका साथमा कार्लोस साञ्चेज, कुअड्राडो र स्ट्राईकर द्वय बक्का र फल्काओले ४ बर्ष अघि ब्राजिलमा हासिल गरेको ४–१ को झै ठूलो अन्तरले जित्न सक्ने छ । अनुभवी गोलरक्षक कावाशिमाका साथ मिडफिल्डर होण्डा, सिन्जी कागावा, उसामी र अग्रपंतिका ओकाजाकीले अघिल्लो हारको बदला लिन कोशिस गर्ने छन् । यो खेलमा कोलम्बियाको पल्लाभारी देखिएको छ ।

 

 

त्यस्तै राति ११ः४५ मा समुह ए को खेल रसिया र ईजिप्टको बिचमा हुने छ । अघिल्लो खेलमा प्रभावशाली खेल खेलेको आयोजक रसियाले गृहमैदानको फाईदा लिने सम्भावना छ, भने पराजय पश्चात समुह चरणबाट घर फर्किनु पर्ने भएकाले ईजिप्टले आफ्नो पुरै शक्ति खर्चने छ । चोटका कारण यो खेल पनि ईजिप्टका स्टार मो. सलेहले खेल्ने नखेल्ने अन्यौलमा छ । रसियाले विजय हासिल गरे नकआउट चरणमा पुग्ने पहिलो टिम बन्ने छ । तर खेल बराबरीमा टुङ्गिने सम्भावना छ ।