उरुग्वे उदायो, पोर्चुगल गल्यो र ईरानीलाई हैरानी

डेनमार्कको पल्लाभारी भनिए पनि यो खेल अष्ट्रेलियाले कम्तिमा पनि बराबर गर्ने सम्भावना छ ।
पेनाल्टीलाई गोलमा रुपान्त्रण गर्न नसकेका मेस्सीको अर्जेन्टिनाले समुह चरणको सबैभन्दा शक्तिशाली मानिएको क्रोएसियाको सामना गर्ने छ ।
उपाधीको होडमा रहेको फ्रान्स दोश्रो खेल लगातार जित्दै नकआउटको मार्ग प्रशस्त गर्न कोशिसमा हुने छ ।
नर्वेमा विद्यावारिधी गरिरहेका मित्र मदन सुवालले मलाई सन्देश पठाउँदै भने “तिम्रो भविष्यवाणीले काम गर्दैन, ’cause तिमी पनि यतैको मिडियाको रिपोर्ट र अघिका खेलको नजिता हेरेर भविष्यवाणी गर्छौ ।” उनले मज्जाक गर्दैं लेखेका थिए, “निजगढ फाँडेको दाउरा कता छ ? धेरै चाहिने भयो ।” उनको आसय थियो, नाम चलेका राष्ट्रको प्रदर्शनपछि धेरै नेपालीले आत्मादाह गर्न सक्छन् । सामाजिक सञ्जाल र नेपाली मिडियामा छाएको विश्वकपबाट मात्रै होईन, नेपालमा विश्व कपका कारण चलेको बाजी’bout जानकार उनी, धेरै नेपालीलार्इ तनाव हुनेमा निश्चिन्त थिए । मैले उनलाई व्यङ्ग नै फर्काए “भाई, बाजी (बेट) ३६५ मा कति गुमाईस् र?” यो गुम्नु गुमाउँनुभन्दा पनि नाम चलेका देशको फितलो प्रशर्दन भन्ने की? नयाँ शक्ति राष्ट्रको उदय? भन्ने अनिश्चियमा बसेर उरुग्वे, पोर्चुगल र स्पेनको खेल हेरियो । जित अपेक्षित थियो भने गोल अन्तर अनपेक्षित ।
समान १–० को गोल अन्तरले विजयी उरुग्वे अर्को चरणमा पुग्यो भने पोर्चुगल र स्पेनले अर्को चरणमा पुग्ने दह्रो आधार खडा गरे । संयोेग नै मान्नुपर्छ, तीनै खेलमा जीतहारको निर्णय हुँदा गोल अन्तर भने एउटै । तर, पोर्चुगलको प्रदर्शन आलोचकले मुख बाउँन योग्य नै थियो । खेलमा विजय त पोर्चुगल, स्पेन र उरुग्वेले नै हासिल गरे तर, खेल अपेक्षित थिएन । पोर्चुगलको खेल सेलाएको हो कि खेलाडीको मनोबल नै गलेको बुझ्न सकिएन । एक्लो बुढो बाघ क्रिष्टियानो रोनाल्डोले एकपटक फेरी गर्जिए र पोर्चुगललाई १ गोलको विजय बनाए । गोल्डेन बुटमा आँखा गाडेका रोनाल्डोले के सधै गोल गर्न सक्छन्? वा अरु पनि छन् पोर्चुगलमा माईकालाल ? अरुको त छातीमा भुतलो त देखिएन तर, जुँगाको ताउ चै लगाउँन पाए । अर्थात यो प्रदर्शन पोर्चुगलले विश्वकप जित्ने पक्कै होईन । उता रातको अन्तिम खेलमा ईरानमाथि अर्को संघर्षपूर्ण जित स्पेनले गरेको छ । स्पेनको आक्रमण पनि उच्च स्तरको मान्न सकिएन । तर, फुटबलमा एक गोल नै काफी हुन्छ भन्ने यर्थातले तीन अंक चै पक्कै हासिल गरेको छ ।
एक सिंहको वन पोर्चुगलको नकआउट यात्रा सहज बन्दै
पोर्चुगलले नकआउट चरण प्रवेश गर्ने दह्रो आधार बनाउँदा मोरोक्कोको सम्भावना भने समाप्त भएको छ । पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी खेलेको पोर्चुगलले मोरोक्कोलाई १–० ले पराजित गरी तीन अंक हासिल गरयो । समान अंक हासिल गरेको स्पेनसँग पोर्चुगलको समान गोल अन्तर तथा आफ्नो पक्षमा समान ४ गोल छ । तर, स्पेनसँगको जस्तो प्रभावशाली र आक्रर्षक खेल भने पोर्चुगलले देखाउँन सकेन । न बल नियन्त्रणमा अघि भयो न आक्रमणमा नै । तरपनि चौथो मिनेटमा उही स्टार रोनाल्डोले हेडरबाट गरेको गोल नै निर्णायक बन्यो । दुई खेलमा पोर्चुगलका सबै चार गोल गरेका रोनाल्डो लगातार खेलमा गोलमात्र गरेनन्, लगातार म्यान अफ द म्याच पनि चुनिए ।
समुह बीको पोर्चुगल र मोरोक्को बिचको खेल साँझ साँझ ५ः४५ मा मस्कोको लुजनिकी रंगशालामा भएको थियो । जित्नैपर्ने दबावमा मोरोक्कोले प्रभावित पार्ने खेल खेल्यो । ४–४–२ मा उत्रिएको पोर्चुगल भन्दा ४–२–३–१ को रणनीतिमा भएको मोरोक्कोले धेरै गोलको अवसर सिर्जना बनायो र प्रहार पनि गरयो । कुल १६ प्रहार पोर्चुगलको बललाईनमा गरेको मोरोक्कोले ४ वटा प्रहार लक्ष्यमा राखेको थियो भने २ वटा पोर्चुगलको रक्षापंतिले छेकेका थिए । उता पोर्चुगलको १० वटा गोलको प्रयास गरेपनि २ वटा मात्र लक्ष्यमा हानेको थियो । र, एक बलले मोरोक्कोको जाली चुमेको थियो । त्यस्तै उसको ४ वटा प्रयासहरु मोरोक्कन रक्षकले सम्याएका थिए ।
खेल प्रारम्भ भएको चौथो मिनेटमै झड्का दिएको पोर्चुगलले ५ वटा प्रहार गोलका लागि गरेको थियो । मोरोक्को भने ५१ प्रतिशत बल नियन्त्रण राख्दै ३४ प्रतिशत बल पोर्चुगलको क्षेत्र रक्षणमा खेलाए पनि गोल गर्न चुक्यो । उसका लागि ६ खेलाडीले एक/एक पटक र जियचले दुई प्रहार गरेका थिए । पोर्चुगलका भने रोनाल्डो एक्लैले ३ प्रहारका साथ एक गोल गरेका थिए । पहिलो हाफ केही तनाबपूर्ण रह्यो । खेलाडीहरु बढी नै मसल गेममा उत्रिएका थिए । दुवै टिमले कौशलभन्दा पनि सामथ्र्य र बललाई जोड दिएको खेलमा मोरोक्को बढी नै शारीरिक आक्रमणमा देखिन्थ्यो ।
पहिलो हाफको प्रारम्भमै आक्रमण गरेको पोर्चुगलले चौथो मिनेटमा गोलको अवसर सिर्जना गरयो र रोनाल्डोले कम उचाईमा शक्तिशाली हेडरबाट गोल गरे । त्यसको ५ मिनेटपछि फेरि रोनाल्डोले राम्रो मौका पाएका थिए, जसलाई उनले सही दिशा दिन सकेन । ११ औं मिनेटमा मोरोक्कोका बेनासियाले सुन्दर हेडर गरे, तर पोर्चुगलका गोलरक्षक प्याट्रिसियाले डाईभ गरि बचाए । त्यस्तै ३९ औं मिनेटमा पोर्चुगलका गुइडेसले सशक्त प्रहार गरेका थिए । जसलाई मोराक्कन गोलरक्षक काजौईले एक हातले बचाएको थिए । पहिलो हाफको अतिरिक्त समयको तेश्रो मिनेटमा मोरोक्कोले अर्को राम्रो मौका पाएको थियो । तर, मोरोक्कन खेलाडीको हेडरले सहि दिशा लिएन ।
दोश्रो हाफ पनि खेलका हिसाबले मोरोक्कोकै पक्षमा गयो । ५३ प्रतिशत बलमा नियन्त्रण ३४ प्रतिशत पोर्चुगलको क्षेत्र रक्षणमा बल खेलाएर ८ वटा प्रहार गरयो । आठमध्ये २ लक्ष्यमा हानेको मोरोक्कोको एक प्रहार पोर्चुगलका रक्षकले छेकेका थिए । मोराक्को कुनैपनि गोल गर्न नसकेर निरास भयो । बलमाथि नियन्त्रण कम, विपक्षीको क्षेत्रमा गोल लैजान कम र ५ वटा मात्र प्रहार गरेर पूर्णतः रक्षात्मक बनेको पोर्चुगलले १ गोलको अग्रता भने बचाउँन सकेको थियो । खेलको ५५ औ मिनेटमा मोरोक्कोका बेल्हान्डाले डिबक्सको ठीक भित्रबाट कडा दाहिने खुट्टेले प्रहार गरेका थिए । सो बललाई पोर्चुगलका गोलरक्षक प्याट्रिसियाले नियन्त्रण लिए । त्यसको लगत्तै ५७ औं मिनेतमा बेल्हान्डाले नै हेड फ्लिक गरेका थिए,जुन प्रहारलाई पनि गोलरक्षक प्याट्रिसियाले उत्कृष्ट बचाए । त्यसपछि ६० औं मिनेटमा बेनासियाले गरेको प्रहार पोर्चुगलको पोष्टमाथिबाट आकासियो । त्यस्तै ९० मिनेटको खेलपछि अतिरिक्त समयमा पनि मोरोक्कोका खेलाडी बेनासियाले दिशा र उचाई नियन्त्रण बिना गरेको प्रहार बाहिरेका थियो ।
कोष्टाको यो विश्व कपमा तेश्रो गोल
लगातारको आक्रमण विफल बनाएर ईरानले स्पेनलाई निरास बनाई राख्यो, तर डिएगो कोष्टाले ५४ औं मिनेटमा गोल गर्दै स्पेनलाई ३ अंक जोड्ने बाटो बनाए । त्यसपछि कुनै गोल भएन डि. कोष्टा नै म्यान अफ द म्याच बने । तर,कजान एरिनामा मध्यरात ११ः४५ मा भएको खेलमा स्पेनले पनि आँकलन गरेअनुसारको खेल्न सकेन । सहझै ठुलो गोल अन्तरले स्पेनले बाजी मार्ने अनुमानको विपरित ईरानसँग झिनो र संघर्षपूर्ण जितमा चित्त बुझायो । विश्व कपको ७ औं प्रतिस्पर्धामा पनि युरोपियन टिमसँग ईरानले एउटा पनि जित्न निकाल्न सकेन । स्पेनसँगको पराजयले ईरानको नकआउट चरण पुग्ने लक्ष्यमा ठूलो अवरोध आएको छ । स्पेन र पोर्चुगलसँग बराबरी खेले पनि दोश्रो चरण पुग्ने सम्भावनामाथि ईरानलाई दह्रो चोट लागेको छ ।
गोल एक मात्र भएपनि खेल एक पक्षीय देखिन्थ्यो । ईरानका रक्षकले गोलरक्षकलाई दह्रो साथ दिएका थिए । उनहरुले कुल ८ प्रहार छेकेका थिए । खेलमा ईरानका गोलरक्षक अली बेइरानभाण्डले सुन्दर गोलरक्षण गरेपनि डिएगो कोष्टालाई रोक्न असफल भए । स्पेनले १७ पटक गोलका लागि प्रयास गरेको थियो । तीनवटा लक्ष्यमा राखेको स्पेनले एकमा सफलता हासिल गरयो । करिब ७० प्रतिशत समय बलमा नियन्त्रण ८९ प्रतिशत सफल पास र ३३ प्रतिशत समय विपक्षी ईरानको गोल क्षेत्रमा खेलेको स्पेनले गोलको मौकाहरुलाई तबदिल गर्ने सकेन । ईरानले प्रत्याक्रममण ५ वटा प्रहार गरेको थियो तर सबै लक्ष्यविहिन बने । त्यस्तै केही राम्रा मुभ बनाएको ईरानको आक्रमण स्पेनको रक्षापंत्ति र गोलरक्षक डी जियाले प्रहार अघि नै निस्तेज बनाई दिएका थिए । ईरानले ६९ प्रतिशत सटिक पाससहित १८ प्रतिशत समय स्पेनको गोल क्षेत्रमा खेल्यो । तर,ईरानले स्पेनका खेलाडीको निरन्तर आक्रमण झेल्नु पर्यो । स्पेनका डी. सिल्भाले ५, ईस्कोले ४, कोष्टाले ३ र रामोसले २ प्रयास गर्दा कोष्टालाई मात्र सफलता हात लाग्यो ।
पहिलो हाफ स्पेन धेरै नै हाबी भयो । करिब ७३ प्रतिशत समय बललाई खेलाएको स्पेनले कुनै गोल गर्न सकेन । स्पेनका डी. सिल्भा एक्लैले ५ प्रहार गोलका लागि गरेका थिए । उनको एक प्रहारले मात्र गोललाईनको दिशा लियो तर,ईरानका गोलरक्षक अलीलाई माथ दिन सकेन । ईरानले २ लक्ष्यविहिन प्रहार गर्दा स्पेनले एक लक्ष्यमा सहित १० वटा आक्रमण गरेको थियो । तर ५ वटा प्रयासलाई ईरानका रक्षकले विफल बनाए । गोलका लागि ३९ प्रतिशत समय ईरानी क्षेत्रमा बल पेलेको स्पेनले सफल भने हासिल गर्न सकेन । पहिलो हाफको सबैभन्दा प्रभावशाली प्रहार स्पेनका सिल्भाले खेलको अरिरिक्त समयमा गरेका थिए ।
दोश्रो हाफ गोल अघि जुन आक्रमण र रफ्तार स्पेनले पेश गरेको थियो, गोलपश्चात त्यसमा कमी भएको थियो । पहिलो हाफमै १० प्रयास गरेको स्पनेले दोश्रो हाफमा केवल ७ वटा प्रहार गरेको थियो । सात प्रयास मध्ये २ वटा लक्ष्यमा राखेको स्पेनका लागि कोष्टाले एक गोल गरेका थिए । खेलको ५० औ मिनेटमा ईरानका गोलरक्षक अलीले जादुगरी गोल बचाउँ गरेका थिए । ५३ औ मिनेटमा ईरानका करिमले स्पेनको दाहिने भागबाट गरेको बले गोलपोष्टको बाहिरबाट जालीलाई छोएको थियो । खेलको ५४ औं मिनेटमा ईनेष्टाले कोष्टालाई डिबक्स लाईनमा उपलब्ध गराएको बललाई डिबक्सभित्र लिएर कोष्टा गएको थिए । दुई डिफेन्स बिचबाट अगाडि बढेका कोष्टाको बल ईरानका रक्षक रमीनले क्लियर गर्न प्रयास गर्दा कोष्टाको खुट्टामा लाग्दै गोलपोष्टको दिशा लिएको थियो । स्पेनले १–० को अग्रता बनायो, जुन निर्णायक थियो ।
खेलको ६२ औ मिनेटमा फ्रिकिकबाट प्राप्त बल ईरानका इजातोलाईले स्पेनको गोलपोष्टभित्र त छिराए तर,सहायक रेफ्रीले अफ साईडको झण्डा देखाएपछि रेफ्रीले अफ साईडको संकेत गरे । भिडियो असिस्सटेन रेफ्रिरल (भार) मा स्पष्ट अफ साईडका साथै ईरानका खेलाडीको ह्याण्ड पनि देखियो । गोलले मान्यता पाएन । खेलको ७० औं मिनेटमा स्पेनले ग्रास पासका साथ कर्नर प्रहार गरेको थियो । उक्त पासलाई स्पेनका पिके लगायतले ईरानको गोललाईन छेउमा घम्साघम्सी गरेपनि ईरानी रक्षकले रोके । रेफ्रीले रक्षकलाई फल गरेको संकेत गर्दा स्पेन दोश्रो गोलबाट बञ्चित भएको थियो । खेलको ८२ औं मिनेटमा ईरानले राम्रो मुभ बनाएको थियो । ईरानका अमिरीले दायाँबाट राम्रो क्रस गरेका थिए, जसलाई मेह्दीले हेड गरे । बल स्पेनको गोलपोष्टमाथिबाट आकासियो । संघर्ष गर्दै एक गोल गरेको स्पेनले विजयी गरयो । यो जीतसँगै दोश्रो चरण प्रवेशका लागि आधार तयार गरेको छ ।
साउदी अरबियासँग संघर्षपूर्ण जित निकालेको उरुग्वे नकआउटमा उदाउने भयो
प्रतियोगिताकै सबैभन्दा कमजोर प्रदर्शन गरेको साउदी अरबलाई संघर्षपूण खेलमा १–० ले पाखा लगाउँदै उरुग्वे नकआउट चरणमा प्रवेश गरेको छ । खेलको एकमात्र गोल कार्लोस साञ्चेजको पासमा लुईस स्वारेजले खेलको २३ औं मिनेटमा गरे । रोस्तोभ एरिनामा भएको खेलमा उरुग्वेले १३ गोलको प्रयास गरेको थियो । उता ७५ प्रतिशत समय एक गोलले पछि परेको साउदी अरबले जम्मा ८ वटा मात्र आक्रमण गरेको थियो । ४–५–१ को डिफेन्सिफ खेल खेलेको साउदीलाई ४–४–२ को आक्रमक खेल रणनीतिमा रहेको उरुग्वेले ठुलो गोल अन्तरले हराउँने भविष्यबाणी थियो । तर म्यान अफ द म्याच बनेका स्वारेजबाहेक कसैले गोल गरेनन् ।
पहिलो हाफमा उरुग्वेले कुल ६ वटा गोलका लागि प्रहार गरेकोमा २ वटा लक्ष्यमा प्रहार गरेको थियो । र, एक गोल गर्न सफल भएको थियो । उसका दुई प्रहार साउदीका रक्षकले छेकेका थिए । दुवै टिमले २० प्रतिशतभन्दा कम समय विपक्षीको गोल क्षेत्रमा बल लगेका थिए भने ५५ प्रतिशत समय साउदीको खुट्टामा गोल थियो । पहिलो हाफमा स्वारेजले ३, साञ्चेजले १ र काभानीले २ प्रहार गोलका लागि गरेका थिए । उता साउदीका बाह्ब्रीले २ तथा अलबुरेक, अलदाव्सारी र अलमुवाल्लादले एक एक प्रहार गरको थिए । यी प्रहार मध्ये स्वारेज, साञ्चेज र बाह्ब्रीको प्रहार मात्र विपक्षी गोलको दिशामा थियो । २३ औं मिनेटमा कार्लोस साञ्चेजको पासलाई सटिक प्रहार गर्दै स्वारेजले एक गोलको अग्रता दिलाएका थिए । खेलको २९ औं मिनेटमा साउदीका बाह्ब्रीले कडा प्रहार गरेका थिए । जुन आकासियो । अन्य खासै प्रभावशाली प्रयास पहिलो हाफमा भएको थिएन ।
दोश्रो हाफमा थप ७ वटा गोलको प्रयास गरेको उरुग्वेले २ वटा लक्ष्यमा राखेको थियो । एउटा साउदीका खेलाडीले रोकेका थिए । उता थप ३ वटा मात्र आक्रमण गरेको साउदीको १ बल उरुग्वेका रक्षकले ब्लक गरेका थिए र दई लक्ष्यमा हानेका थिए । दोश्रो हाफमा केही बल नियन्त्रण सुधारेको उरुग्वेले गोल गर्न भने सकेन । समग्रमा १३ प्रहारमध्य ६ गोलको प्रयास स्वारेज र ४ वटा प्रहार काभानीले गरेका थिए । खेल जस्तो भएपनि यो जीतसँगै उरुग्वे दोश्रो चरणमा उदाउँने पक्का भएको छ ।
आजको खेल
आज पनि समुह सीको दुई र समुह डी को एउटा गरी तिन वटा खेल हुने छ । उपाधीको होडमा रहेको फ्रान्स दोश्रो खेल लगातार जित्दै नकआउटको मार्ग प्रशस्त गर्न कोशिसमा हुने छ । अघिल्लो फ्रान्ससँगको खेल राम्रो खेलेको अष्ट्रेलियाले डेनमार्कसँग खेल्ने छ । आजको मध्य राती नै पेनाल्टीलाई गोलमा रुपान्त्रण गर्न नसकेका मेस्सीको अर्जेन्टिनाले समुह चरणको सबैभन्दा शक्तिशाली मानिएको क्रोएसियाको सामना गर्ने छ ।
पहिलो खेल अष्ट्रेलियाले डेनमार्कसँग सामरा एरिनामा साँझ ५ः४५ मा खेल्ने छ । सो खेल जितेर अर्को चरण प्रवेश गर्ने दाँउमा रहेको डेनमार्कलाई अष्टे«लियाले चुनौति दिने छ । डेनमार्कको पल्लाभारी भनिए पनि यो खेल अष्ट्रेलियाले कम्तिमा बराबर गर्ने सम्भावना छ । समुह सीकै अर्को खेलमा पेरुले फ्रान्सलाई रोक्न राति ८ः४५ मा ईकटेरिङ्गवर्ग एरिनाको मैदानमा उत्रिने छ । ग्रिजमेन, एमबाप्पे, पोग्बा, काण्टे र डेम्बेलेले स्पष्ट जितका लागि गोलको प्रयास गर्नेछन् । फ्रान्सको विजय यात्रा रोक्न पेरुलाई सजिलो छैन ।
पहिलो खेल निराशाजनक एक एकको बराबरी खेलेको अर्जेन्टिना दबाबमा हुने छ । तर, हरेक दबाबमा उत्कृष्ट पुनारागमन गराउँदै आएका मेस्सीले क्रोएसियन रक्षापंति तोड्ने सम्भावना छ । निझ्नी रंगशालामा राति ११ः४५ मा हुने खेल धेरै नेपालीले बढी प्रतीक्षा गरेको खेल हो ।