आज विश्व विजयी जर्मनी र सर्बियाको भाग्य परीक्षण -बेदप्रसाद भुर्तेल

 

निक्कै रोमाञ्चक भरिएको समुह एफमा मेक्सिको, स्वीडेन र जर्मनीको आज भाग्यको फैलसा हुने छ । यी तीनको खेलको नतिजाले अर्को चरणमा पुग्ने टोली तथा समुह विजयता र उपविजयताको छिनोफानो गर्ने छ । शीर्ष स्थानमा रहेको मेक्सिको सबैभन्दा सुरक्षित छ । जीत, बराबरी वा सानो हार भएपनि मेक्सिको नक आउटमा पुग्ने छ । मेक्सिको अंक तालिकामा ६ अंक छ भने ३ गोल आफ्नो पक्षमा गरेर १ गोल मात्र खाएको छ । यस्तो अवस्थामा उसको प्रतिद्वन्दी स्वीडेनले मेक्सिकोलाई कम्तिमा पनि २ गोल अन्तरले हराउँनुपर्ने छ । त्यस्तै ब्राजिल, सर्बिया र स्वीटजरल्याण्डको दोश्रो चरणको मार्गचित्र पनि आजै राति कोरिने छ । स्वीटजरल्याण्ड र ब्राजिललाई बराबरी काफी भने भने सर्बियालाई ब्राजिल हरानुको विकल्प छैन ।

 

 

उपाधी रक्षाका लागि खेलिरहेको जर्मनीले समुहमा कुनै पनि खेल नजितेको दक्षिण कोरियाको सामना गर्दै छ । पहिलो खेल नै मेक्सिकोसँग हारेको जर्मनीले १० खेलाडीमा सिमित हुँदा पनि स्वीडेनलाई पराजित गरेर नक आउट चरणको यात्राको आधार जर्मनीले तयार गरेको छ । जर्मनी जीत वा बराबरीले पनि अर्को चरणमा पुग्न सक्छ । जर्मनीले कोरियासँग बराबरी खेले मेक्सिकोले स्वीडेनलाई हराउँनु पर्ने छ । बराबरी गोलअन्तर र बराबरी आफ्नो पक्षमा गोल गरेका स्वीडेन र जर्मनी दुवैले आ–आफ्नो प्रतिद्वन्दी टोलीसँग बराबरी खेले जुन टिमले बढी गोल गरेर बराबरी खेल्छ, त्यही टिम मेक्सिकोसँगै अर्को चरणमा प्रवेश गर्छ । यस्तो अवस्थामा सबैभन्दा खतरामा स्वीडेन रहेको छ भने सबैभन्दा सुरक्षित मेक्सिको । जर्मनीले सहज जीत हासिल गरे स्वीडेनले २ गोलको अन्तरले मेक्सिकोसँगको खेल आफ्नो पक्षमा पार्नु पर्ने छ ।

 

 

सम्भावना अनुसार समुह चरणको अन्तिम खेलमा जर्मनी विजयी हुने छ । कजान एरिनामा परिणाम जर्मनीले आफ्नो पक्षमा बनाउँन प्रशिक्षकले आक्रमक रणनीति बनाउँने छन् । त्यस्तै साँझ ७ः४५ मै मेक्सिकोले स्वीडेनको सामना गर्ने छ । बराबरी हुने अनुमान गरिएको छ, भने हार वा जीत भए मेक्सिकोको पल्लाभारी हुने अनुमान छ । तर यो स्वीडेनका लागि गर वा मरको खेल भएकोले मेक्सिकोलाई जीत सहज नहुने स्पष्टै छ । ईकाटेरिनवर्गमा हुने यो खेलले जर्मनीलाई भन्दा बढी स्वीडेन र मेक्सिकोलाई नै प्रभाव पर्ने छ ।

 

 

समुह ई बाट ब्राजिल पहिलो चरणबाटै बाहिरिने सम्भावना नकार्नु हुँदैन । तर ब्राजिल र स्वीटजरल्याण्डलाई फाईदामा र दबाब कम रहेको अवस्थामा छन् । स्टारहरुको टिम ब्राजिललाई सर्बियाले हराउँने छ भन्न नसकिए सर्बियालाई ब्राजिलले नजरअन्दाज गरे उसलाई भारी पर्नसक्छ । यस्तोमा ब्राजिलले जीत हासिल गर्ने सम्भावना बढी र सर्बियाका लागि बराबरी नै ब्राजित विरुद्ध राम्रो नतिजा हुने अनुमान गरिएको छ । जुन नतिजा सर्बियालाई अर्को चरण प्रवेशका लागि प्रयाप्त हुने छैन । कौटिन्हो, नेईमार, सिल्भा, जेसस, फेर्नान्डिनो र मार्सेलोले कस्तो खेल खेल्छन्? त्यसले ब्राजिलको भाग्य निर्धारण गर्ने छ ।

 

 

प्रशिक्षक टिटेले मिडियामा नेइमारले सिल्भा लगायत साथीहरुलाई अभद्र व्यवहार गरेको समाचारलाई टिमको प्रशर्दनमा प्रभाव पर्न नदिने कत्तिको खेलाडी व्यवस्थापन गर्छन्? त्यो स्पार्टक, मस्कोमा थाहा हुने छ । उता समुह चरणबाटै सर्बिया घर फर्किने नफर्किने निर्णय मित्रोविच, मिलान्कोविच सविक, टादिक र कालारोभको खेलले निर्धारण गर्ने छ । त्यस्तै स्वीटजरल्याण्डले बराबरी खेले पुग्ने खेलमा कोष्टारिकालाई स्पष्ट जित्ने अनुमान गरिएको छ । कोष्टारिकाले हार व्यहोरे विना अंक घर फर्किने छ । तर गुमाउँनु केही बाँकी नरहेको कोष्टारिकाले स्वीटजरल्याण्डलाई सजिलै बक्सिने छैन ।

 

 

 

गए रातिको खेल

 

मेसीले लिए लय, मुसालाई प्रलय, क्रोएसियाको भेट डेनमार्कसँग, फ्रान्सले पायो अर्जेन्टिना

 

क्रोएसिया अर्को चरणमा प्रवेश गरिसकेको र बाँकी तीन टोली नाईजेरिया, अर्जेन्टिना तथा आईसल्याण्डको लागि लगभग समान अवसर रहेको अवस्थामा अर्जेन्टिनाले चिरप्रतिद्वन्दी नाईजेरिया लाई हराउँदै नकआउट चरणमा प्रवेश गरेको छ । समुह डी कै अर्को खेलमा क्रोएसियाले आईसल्याण्डलाई २–१ गोल अन्तर हरायो । यो परिणामसँगै समुह १६ को खेलमा क्रोएसियाले डेनमार्क प्रतिद्वन्दी पायो भने उपाधी दाबेदार फ्रान्सले अर्जेन्टिनाको सामना गर्ने छ ।

 

 

समुह सी को अन्तिम चरणको खेलमा फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेलेका थिए । त्यस्तै, पेरुले अष्ट्रेलियालाई २–० गोल अन्तर हराई सान्त्वना जीतसँगै घर फर्किएको छ । दुई खेलमा राम्रो लडाई गरेको अष्ट्रेलियाले अन्तिम खेलमा जम्न सकेन र विर्षनलायक खेल खेल्यो । पहिलो हाफमा एक गोल पछि गरेको अष्ट्रेलियाले दोश्रो हाफमा थप १ गोल खायो । विश्व कपको बाँकी खेलमा योगदान नभएको सो खेल पेरुका लागि केवल सान्त्वना जित बन्यो ।

 

मेसीको प्रेरणादायी खेल

 

नजिते खाली हात घर फर्कनुपर्ने खेलमा अर्जेन्टिनाले नाईजेरियालाई २–१ हराउँदै नकआउटको बाटो स्पष्ट बनाएको छ । गोलकिपर सहित पहिलो ११ खेलाडीमध्ये ५ खेलाडी परिवर्तन गरि ४–४–२ को आक्रमक खेलमा उत्रिएको अर्जेन्टिनाले शुरुवात राम्रो ग¥यो । उता २ गोल गर्ने दाबीसहित मैदान ओर्लिएका मुसा फिक्का भएको नाईजेरियाले भने ३–५–२ को खेल शैलीमा उत्रिएको थियो । अर्जेन्टिनाका लागि स्टार मेसीले १४ औं मिनेटमा बेनेगाको पासमा गोल गर्दै १–० को अग्रता दिलाए । आलोचकको मुख बन्द गर्न गोल मात्र गरेनन्, हिगुईनलाई निक्कै सुन्दर गोलका अवसर पनि सिर्जना गरे । क्लब फुटबलमा डिबक्स लाईन छेउबाट धेरै पटक गोल गरेका मेसीले गए राति त्यस्ता धेरै अवसर पाए पनि पोष्टमा आक्रमण नगरि पास खेलका थिए । दबाबका बिच अर्जेन्टिनाको उर्जाको स्तर उच्च तथा खेल कौशल पनि सन्तुलन थियो । तर पनि पहिलो हाफमा डिफेन्समा केही कमजोरी देखिएको थियो । खेलमा अर्जेन्टिनाका अरु खेलाडीले पसिना मात्र बगाए भने मास्कारानोले रगत तथा पसिना दुवै बगाए । उनले विपक्षी खेलाडीसँग ठोकिँदा करिब ३० मिनेट आँखाको छेउ निधारमा खुल्ला घाउ सहित खेलेका थिए ।

 

 

उता गोल खाए पछि पटक पटक आक्रमण तथा काउन्टर एट्याकमा उत्रिएको नाईजेरियाले पेनाल्टीको अवसरमा गोल फर्कायो । मास्कोरानोले कर्नर प्रहारको बखत विपक्षीलाई समातेर लडाएपछि पेनाल्टीमा मेसेसले सजिलै गोल गरे । त्यसपछि अर्जेन्टिनाका तीन खेलाडीहरु एक पछि अर्को गर्दै नाईजेरियाको डिबक्सामा लडेका थिए र पेनाल्टीको अपिल गरे । तर रेफ्रीले भारको सहायता पनि लिएनन् । अरुले डाइभ गरेको रिप्लेमा देखिए पनि मेसीलाई स्पष्ट लडाएको देखिन्थ्यो । तर क्षेत्ररक्षणमा गरिएको गैर उद्धेश्यमुखी फललाई रेफ्रीले एडभान्टेज अफ बेनिफिटको रुपमा रक्षक टिम नाईजेरियालाई दिए । त्यस्तै नाईजेरियाका खेलाडीले सानो डिबक्स नजिकै ह्याण्ड गरे पनि लक्षित नभएको कारण अर्जेन्टिनालाई रेफ्रीले पेनाल्टी दिएनन् । उता भारको सहायता लिएर पनि स्पष्ट ह्याण्ड गरेको अर्जेन्टिना विरुद्ध पनि पेनाल्टी नदिँदा नाईजेरियाले ७५ औं मिनेटमा अग्रता बनाउँने मौका गुमायो । त्यसपछि ८६ औं मिनेटमा मार्काडोको पासमा रोजोले आक्रर्षक गोल गरे अर्जेन्टिनालाई अग्रता दिलाए । रोजोको गोल नै निर्णायक हुँदा अर्जेन्टिनाले २–१ गोलले नाईजेरियालाई हराउँदै फ्रान्ससँगको प्रतिस्पर्धा निश्चित गरेका थिए ।

 

 

 

 

पहिलो हाफ बल नियन्त्रण, सटिक पास, गोलका लागि गरेको प्रयास, लक्ष्यमा हानेको गोल तथा गोल हरेक हिसाबले अर्जेन्टिनाले नाईजेरिया भन्दा अब्बल खेल्यो । नाईजेरियाले १ वटा ब्लक सहित ३ गोलको प्रयास गर्दा अर्जेन्टिनाले पहिलो हाफमा ५ वटा गोलका लागि प्रहार गरेको थियो । ५ प्रहार मध्य ३ लक्ष्यमा एक जालीमा र एक रक्षकले छेकेका थिए । पहिलो हाफमा ८२ प्रतिशत सफल पास खेलेको अर्जेन्टिनाले ६४ प्रतिशत समय बलमाथि नियन्त्रण राखेको थियो ।

 

 

पहिलो हाफको ८ औं मिनेटमा एक राम्रो मुभ बनाए पनि प्रहार अर्जेन्टिनाका खेलाडीले हान्न सकेनन् । ९ औं मिनेटमा नाईजेरियाका खेलाडीले डिबक्स धेरै टाढाबाट गरेको प्रहार पोष्टभन्दा माथि बाट बाहिरियो । १० औं मिनेटमा मेसीले राम्रो मुभ बनाए पनि नाईजेरियाका खेलाडीले छेकेका थिए । मेसीले बेनेगाको पासमा १४ औं मिनेटमा गोल गरे । उनले गरेको गोल रसिया विश्व कपमा सबै टिमले गरेको कुल गोलको १०० औं गोल थियो ।

 

 

खेलको २७ औं मिनेटमा हिगुईनलाई मेसीले राम्रो पास डिबक्स भित्र निकालेका थिए तर हिगुईनले दिशा दिन सकेन । नाईजेरियाका गोलकिपरले सही समयमा अघि बढेर गोल लाग्नबाट बचाए । खेलको ३२ औं मिनेटमा नाईजेरियाका खेलाडीले अर्जेन्टिनका डि मारियालाई पछाडिबाट ट्याकल गरेर पहेलो कार्ड खाए । आर्कषक फ्रिकिक गरेका मेसीको प्रहार गोलपोष्टमा लागेर फर्कियो ।

 

 

दोश्रो हाफमा नाईजेरियाले सुधारिएको खेल खेल्यो । पहिलो हाफमा ४ प्रहार गोलका लागि गरेको नाईजेरियाले दोश्रो हाफमा ५ वटा प्रहार ग¥यो र २ वटा लक्ष्यमा थियो । उसले एक गोलको अवसर पनि बनाएको थियो । उता अर्जेन्टिनाले दोश्रो हाफमा केवल ३ गोलका लागि प्रयास गर्दा १ वटा गोलपोष्टमा ठोकिएको थियो भने दोश्रो प्रहार एक गोलमा परिणत भएको थियो ।

 

 

खेलको ४८ औं मिनेटमा कर्नर किक प्रहार गर्दा मास्कारानोले समातेर नाईजेरियाका खेलाडीलाई लडाए पछि नाईजेरियाले पेनाल्टीको अवसर पायो । पेनाल्टीमा मेसेसले सजिलै गोल गरि खेल १–१ मा ल्याई पु¥याए । खेलको ७१ औं मिनेटमा नाईजेरियाका दिदीले निकै शक्तिशाली प्रहार गरेका थिए । तर त्यो गोलपोष्टभित्र थिएन । खेलको ७५ औं मिनेटमा काउन्टर एट्याकमा डिबक्स भित्र अर्जेन्टिना खेलाडीको ह्याण्ड भयो तर रेफ्रीले जानजान नगरेको ह्याण्डलाई रिभ्युबाट पेनाल्टी दिएनन् । ८० औं मिनेटमा डिबक्समा फ्रि रहेका हिगुइनले प्राप्त क्रस पासलाई गोलमा बदल्न सकेनन् । उनको प्रहार आकासियो । ८४ औं मिनेटमा डिबक्स ठीक बाहिरबाट नाईजेरियाले फ्रिकिकको मौका पायो । सो फ्रिकिकलाई नाईजेरियाका खेलाडीले लक्ष्यमा राख्न सकेनन् र गोलपोष्ट नजिकैबाट बाहिरियो । खेलको रोचकता ८६ औं मिनेटमा मार्कस रोजोले गोल गरेर अर्जेन्टिनालाई फेरी अग्रता दिलाए । खेलको समय सकिए पटि मेसी मैदानमै लडेर अभिवादन गरेका थिए ।

 

आईसल्याण्ड क्रोएसियासँग पराजित 

 

 

 

उता समुह डी कै अर्को खेलमा क्रोएसियाले आईसल्याण्डलाई हराएपछि अर्जेन्टिनालाई थप सजिलो भयो । अर्जेन्टिनाका लागि कम्तिमा बराबरी खेल्नुपर्ने खेलमा क्रोएसियाले आईसल्याण्डलाई २–१ ले हरायो । आईसल्याण्डले जित ननिकाले पछि नाईजेरिया र अर्जेन्टिनाको खेलले नै समुहको दोश्रो टिमको निर्णय भएको थियो । आईसल्याण्डले विश्व कपको पहिलो प्रतियोगितामै धेरैको मन जित्ने खेल खेलेर शीर ठाडो बनाउँदै घर फर्किदै छ ।

 

 

खेलमा क्रोएसिया धेरै कोणबाट आईसल्याण्ड भन्दा माथि देखियो । यद्यापी गोल प्रयासका हिसाबले क्रोएसियालाई आईसल्याण्ड मात दियो । आईसल्याण्डले कुल १७ प्रहार गर्दा ६ वटा लक्ष्यमा, १ वटा गोल पोष्टमा र ३ पटकको प्रयास विपक्षी रक्षकले छेकेका थिए । क्रोएसियाले १३ वटा गोलका लागि आईसल्याण्डको गोल लाईनमा प्रहार गरेको थियो । उसका दुईवटा लक्ष्यमा हुँदा दुवै गोल, एक गोलपोष्टमा हानेको क्रोएसियाका ३ वटा प्रहार आईस रक्षकले छेके । खेलमा ५९ प्रतिशत बल नियन्त्रणमा राख्दै ८७ प्रतिशत सफल पास खेलेको थियो । उता आईसल्याण्डले केवल ७३ प्रतिशत मात्र सफल पास खेल्यो ।

 

 

 

 

पहिलो हाफको ४० औं मिनेटमा सुगुर्सनको पासमा फिन्नबोगासनले आक्रर्षक प्रहार गरेका थिए । तर बल गोलपोष्टको केही बाँयाबाट गोललाईन बाहिरियो । त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा गुन्नर्सनले गरेको प्रहार क्रोएसियाका गोलकिपर कालीनिकले बचाएँ । दोश्रो हाफमा क्रोएसिया आक्रमक बन्यो । खेलको ५२ औं मिनेटमा क्रोएसियाका मिलन बालेल्जले डिबक्स केही टाढाबाट आक्रर्षक गोल प्रहार गर्दा बलले गोलपोष्टको बारमा लाग्यो । त्यसको लगत्तै खेलको ५४ औं मिनेटमा क्रोएसियाका लागि हाफ भली गर्दै बाडेल्जले गोल गरे । एक गोलले पछि परे पछि आईसल्याण्ड तत्काल गोलका लागि अवसर बनायो । खेलको ५५ औं मिनेटमा ईगासनले राम्रो हेडर गरेका थिए जसलाई गोलकिपर कालीनिकले कर्नरका लागि पठाए । कर्नरमा फेरी ईगासनले सटिक हेडर गरेपनि गोलकिपरले बचाए । खेलको ७५ औं मिनेटमा क्रोएसियाका कोभाकिकले डिबक्स भित्र ह्याण्ड गरेपछि र भारको सहायतामा आईसल्याण्डले पेनाल्टीको अवसर पायो । सो पेनाल्टीलाई सुगर्सनले गोल गरे । खेलको अन्तिम मिनेटमा पेरिसिकले आक्रर्षक गोल गरि क्रोएसियाका लागि जित निकाले।

 

 

अल्छीलाग्दो खेल खेले फ्रान्स र डेनमार्कले

 

बराबरी गरे दुवै टोली अघिल्लो चरण पुग्ने अवस्थामा आमने सामने भएका फ्रान्स र डेनमार्कले दर्शकलाई निरास बनाउँदै बराबरी खेले । दुवै टोलीले कुनै गतिलो गोलका लागि प्रयास तथा राम्रा मुभ बनाएनन् । रोमाञ्चकता तथा गति सुस्त खेल हेर्नै पनि अल्छीलाग्दो थियो । फ्रान्ससँग नियमित ४–३–३ कै आक्रमक रणनीतिमा उत्रिएको डेनमार्कले रणनीति अनुसार गोल गर्न सकेन । उता ४–२–३–१ को रणनीतिमा बलमाथि नियन्त्रण गर्दै आक्रमण गर्ने रणनीति अनुसार मैदान ओर्लिएको फ्रान्सले निरासजनक खेल खेल्यो । फ्रान्सले ६२ प्रतिशत समय बलमाथि नियन्त्रण गर्दै ११ प्रहार गोलका लागि प्रयास त ग¥यो तर खास भन्ने कुनै थिएन । फ्रान्सको केवल ४ प्रहार डेनमार्कको गोललाईनको लक्ष्यमा थियो ।

 

 

पहिलो हाफमा बराबरी खेलका दुवै टोली रक्षामा केन्द्रित थिए । मध्यान्तर अघि फ्रान्सले २ लक्ष्यमा सहित ५ प्रहार गरेको थियो । उता डेनमार्क कुनै हालतमा पनि खेल नगुमाउँने रणनीति लिईदा केवल २ लक्ष्यविहिन प्रहार गरेको थियो । पहिलो हाफमा फ्रान्सका डेम्बेलेले २ तथा ग्रिजमेन, गिरौड तथा भरानले एक एक प्रयास गरेका थिए । फ्रान्सले ६५ प्रतिशत बल नियन्त्रण लिएको थियो । खेलको चौथो मिनेटमै डेनमार्कका खेलाडी ब्रेथवाईट फ्रान्सको डिबक्समा लडेपछि डेनमार्कका खेलाडीले पेनाल्टीको माग गरेका थिए । तर रेफ्रीले फल दिएनन् तथा भिडियो असिस्सटेण्ड रेफ्री (भार) को सहायता पनि लिएनन् । पहिलो १५ मिनेटमा खासै खतरनाक आक्रमण भएन, केही मुभ डेनमार्कले बनाए पनि ।

 

 

 

 

फ्रान्सले १५ औं मिनेट राम्रो मुभ बनाएका थियो । तर प्रहार फितलो हुँदा गोलकिपरले बल कर्नरका लागि पठाए । सोही बल प्रहारको दौरान डेनमार्क खेलाडीले फल गरेको रेफ्रीले पेनाल्टी फ्रान्सलाई दिएनन् । २५ औं मिनेटमा फ्रान्स खेलाडीले डिबक्स भित्र दिएको पासमा डेनमार्कका खेलाडी जोर्गेन्सनको हातमा लाग्यो तर रेफ्रीले पेनाल्टी फ्रान्सलाई उपलब्ध गराएनन् । २९ औं मिनेटमा डेनमार्कले काउन्टर एट्याकमा उत्कृष्ट क्रस गरेका थिए । तर सो बललाई डेनमार्क ईरिक्सेनले समयमा बललाई गोलपोष्टको दिशा दिन सकेनन् ।

 

 

दोश्रो हाफ त झनै रोमाञ्चकताविहिन थियो । यस्तोमा फ्रान्सका परिवर्तित खेलाडी फेकिरले ७० औं मिनेटमा एक लक्ष्यविहिन कडा प्रहार गरे । खेलको ८२ औं मिनेटमा फेरी फेकिरले प्रयास गरेका थिए । डेनिस गोलकिपर बचाए । केही प्रयास एमबाप्पे छिरेपटि फ्रान्सले गरेपनि खेलको नतिजा निकाल्ने प्रहारहरु र राम्रा मुभ तथा क्रसहरु गरेन । खेल बराबरी पछि फ्रान्स विजयता बन्यो, भने डेनमार्क उप विजयता भयो ।

 

 

पेरुलाई सान्त्वना जीत

 

समुह सी कै अर्को खेलमा अष्ट्रेलिया सम्भावना समाप्त र डेनमार्कमाथिको जोखिम निवारण गर्दै पेरुले अष्ट्रेलियालाई २–० ले हरायो । फ्रान्स र डेनमार्कले बराबरी खेलेपछि यो खेलको कुनै औचित्य विश्व कपका बाँकी प्रतिस्पर्धाका लागि थिएन् । तर पेरुले घर जितविहिन फर्कनु परेन् । जित्नै पर्ने खेलमा अष्ट्रेलियाले पहिलो गोल २० औं मिनेटमा खाएर खराब शुरुवात ग¥यो । पेरुका लागि कार्रिल्लोले क्रसबाट आएको बललाई आधा भलि गर्दै जाली चुमाए । अष्ट्रेलियाका गोलकिपर रायनले डाईभ गरे पनि गोल बचाउँन सकेनन् । अष्ट्रेलियाले खेलमा फर्किन प्रशस्त कोशिस गरेपनि फिनिङ्ग राम्रो भएन । उता एक गोलले अघि रहेको पेरुले खेलको ५० औं मिनेटमा गुरेरोको गोलमा टिमको अग्रता २–० भयो । जसलाई पेरुले खेलको अन्तिम समयसम्म बचाई राख्यो । १४ वटा प्रहार, आठ वटा कर्नन किक, ५४ प्रतिशत समय बलमाथि ८४ प्रतिशत सफल पास गर्दै खेले पनि जित निकाल्न सकेन । त्यसो त अष्ट्रेलियाले जितै हासिल गरेको भएपनि फ्रान्सले प्रभावशाली खेल नखेले पछि अष्ट्रेलियाको सम्भावना थिएन् ।