सर्वाधिकारले उमारेको उन्माद

निर्मला पन्तको हत्या प्रकरणका दोषीहरु कञ्चनपुरकै स्थायी वासिन्दा एसपी डिल्लीराज विष्ट र निजका छोरा किरण विष्ट, आयुष विष्ट, इन्सपेक्टरहरु एकेन्द्र खड्का, पद्यराज भट्ट, जगदीस भट्ट, तिर्थराज भण्डारी, अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेटी, रमासिंह धामी, नयाँ एसपी कुवेर कडाएत लगायत विभिन्न प्रहरी र मतियार वम केटीहरु र योनी पखाल्ने महिला पुलिस हत्याको अभियुक्तहरु हुन भन्नेतर्फ घटना विवरणले संकेत गर्छ ।

 

 

गोर्खा फुजेलका अधिकारी दम्पतिले आफ्नो छोराको हत्या प्रकरणमा वर्षौसम्म संघर्षरत रहँदा पनि तत्कालिन माओवादीबाट मारिएका कृष्णप्रसाद अधिकारीका पिता नूरप्रसादले हत्यारालाई कानुनी दायरामा ल्याइयोस् भन्ने माग गर्दागर्दै प्राण त्यागे । तर, माओवादी उन्मादका कारण कार्वाही भएन । तत्कालिन माओवादी नेता गोर्खाकै बाबुराम भट्टराईले “सक्र्छौ भने पहिला मलाई जेल हाल, त्यसपछि अधिकारीले किटान गरेका अभियुक्तहरुलाई कार्वाही गर भनेर सरकारलाई नै धम्क्याएको सर्वविदितै छ । प्रचण्डले पनि शान्ति प्रकृया नै भाडिन्छ भनेर चुनौति दिए । अधिकारीको लाश वर्षौदेखि यथावत छ । यस्तै अवस्थाको पुनरावृत्त भएको छ । कन्चनपुरको भीमदत्त नगरपालिकामा बलात्कारपछि योनीमा छुरी धसेर हत्या गरिएकी निर्मलाको बुबा यज्ञराज पन्त र आमा दुर्गालाई समाजवादउन्मुख राष्ट्रमा न्याय पाउन प्राण त्याग्नुपर्ने बाध्य बनाउँदैछन् ।

 

 

इन्साफको निम्ति कन्चनपुरवासीले विगत दुई महिनादेखि आन्दोलित हुनुपरेको छ । यसवीचमा प्रहरीले न्यायप्रेमी जनतामाथि लाठी, गोली, अश्रुग्यास बर्षाए । कैयौ घाइते भए, दुईजनाले मृत्युवरण गर्नुप¥यो । न्यायप्रेमी जनता चुप लागेर वस्ता हत्यारा उम्कने, आन्दोलित हुँदा जीवनमरणको चुनौतिको सामना गर्नुपर्ने अवस्था श्रृजना भयो । तथापि कञ्चनपुरको न्यायप्रेमी जनतालाई देशवासीको धन्यवाद छ । यति संघर्ष नगरेको भए बालिकाको हत्या सहजै पचाई सकेका थिए । सचेत समुदायले हत्यारा को हुन भनेर निश्चित गरीसकेका छन् ।

 

 

निलम्बित एसपी डिल्ली विष्ट, निजका छोरा किरण विष्ट, भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डीएनए ल्यावमा परीक्षण हुँदैछ । हत्यारा यिनै हुन भनेर सरकारले परीक्षण गर्न लागेको हो । सर्वसाधारणको अनुसन्धानमा सीआईवीको बदनियत नदेखिएतापनि पहुँचवालाको अनुसन्धानमा सीआईवीको छलकपट देखिएको छ । ’cause पहिला नै निर्दोष नागरिक दिलिपसिंह विष्टलाई हत्यारा भनेर पुलिसले किटान गरयो, यातना दियो, थुन्यो । डीएनए परीक्षणबाट अन्ततः दिलिप निर्दोष ठहरिएर रिहा भएका छन्।

 

 

निर्मला पन्तलाई हत्या स्थलसम्म आउन बाध्य पार्ने र सर्वप्रथम निर्मलाको लाश त्यतै होला भनेर उन्मादपूर्वक घोषणा गर्ने अपराधि वृत्तकै रोशनी र वविता वमलाई सामान्य तारिखमा अदालतले रिहा गर्नु रहस्यात्मक छ । विगतमा पञ्चायतीकालमा आधाभन्दा बढी मानिसहरु निर्दोषहरुनै जेलमा राखिन्थे । ’cause सत्ता र सरकारको संरचना फरक रहन्छ । सत्ता भनेको पुलिस संगठन, सैन्य संगठन, अदालत, जेल, निजामति संगठन हुन् । नेपालको परिप्रेक्ष्यमा सरकार भनेको सत्ताको खेतालाको रुपमा उपयोग हुँदै आएको अनुभूत हुन्छ ।

 

 

पञ्चायतकालमा गाईघाटमा सामान्य आरोपमा एक दम्पति पव्रmाउ गरेर ल्याइए, श्रीमान्लाई भित्रै खावाँमा टनटनी बाँधेर श्रीमतिलाई लोग्नेकै सामुन्ने पुलिसले पालैपालो बलत्कार गरे । सरकारको हिस्सामा बसेका पञ्चले त्यतिबेला सुनेर बुझेर पनि नाजवाफ रहे, ’cause सत्तामा पुलिस थिए, आफूहरु तिनका सहयोगी खेताला मात्र थिए त्यसैले विवश भए ।

 

 

नेपालको राजनीतिक परिवर्तन सम्झौताबाट हुँदै आएको जगजाहेरै छ, सत्तामा आमुल परिवर्तन व्रmान्तिको धारणाअनुरुप कहिल्यै नभएकोले सधै सरकार सामु चुनौति भैरहेको हुन्छ । तर, सत्तामाथि चुनौति हुन्नन ’cause कभरमा सरकार रहन्छ, त्यसैले सत्ता युगौदेखिको यथावत छ र तदनुरुप रस्वादन गरि रहेछन् । सरकारको निर्णयलाई अदालतले सधै उल्टाईरहेछ, सुन तस्करहरु सुन ओछ्याएरै माला लगाएर रिहा भैरहेछन् । हत्याराहरु उम्किरहेछन् । न्यायलयलाई संसदको मातहतमा राख्नुपर्छभन्दा कांग्रेसले आपत्ति गरयो मारमा परेपछि बुझ्ला । लोकसेवा आयोगलाई एकवर्ष निलम्बन गरेर तदनुरुपको व्युरोव्रmेसी निर्माण गरेर सुशासनको प्रत्याभूत गरेको भए शान्ति समृद्धिलाई साथ पुग्ने थियो ।

 

 

परिवर्तनलाई आत्मसात नगर्दासम्म अदालतलाई आफ्नो प्रतिष्पद्धि संरचनाको रुपमा नलिएर न्याय र सुशासनको निम्ति सहयात्रीको रुपमा उपयोग गरिनुपर्छ । यतिबेला अदालत र पुलिस संगठन सरकारलाई चुनौति बनेको देखिन्छ । यिनलाई आफ्नो मनमौजीको ब्रम्हलुटमा सरकारी नीति बाधक हुन्छन की भन्ने संकोच भए जस्तो छ । सरकारको आफ्नो मुख्य अधिकार परिवर्तन अनुकुलको ऐन–कानुन निर्माण र बजेट निर्माण हो । अद्यपी ऐन निर्माण नभएर स्वेच्छाचारी भैरहेछन् । नेपथ्यबाट माफिया र तस्करले देशमा शासन गरिरहेको बुझ्नेहरुले बुझेका छन् । जनधारणा के छ भने न्यायलयले प्रत्येक नागरिकलाई निर्दोष देख्छ, तर प्रमाणित भएमा सजाय तोकी हाल्छ । तर, पुलिसले प्रत्येकलाई अपराधी देख्छ र अपराध स्विकार गराउँछ । बाउलाई गोली ठोक्छु, आमालाई पाता कस्छु, अपराध प्रमाणित भएमा, भनेर सपथ लिएका पुलिसबाटै अपराधको प्रमाण नष्ट गरेको वृत्तान्त मृतक निर्मलाका बाबुआमाले सार्वजनिक गरेका विवरण यहाँ प्रस्तुत गरिएको छः–

 

 

निर्मलाकी साथी रोशनी वमले घटना हुनु एक हप्तादेखि डान्स सिक्न जान कर गरिरहेकी थिई, दिनहुँ आउथी । रोशनीको जिद्दीको जवाफमा आफ्नै छोरीलाई चड्काए–झपारे । यसको दुई दिनपछि साउन ९ गते आमा नभएको बेला पारेर रोशनीले निर्मलालाई भेटेर घरमै उधारोमा चटपटे खाएर भोली मेरै घरमा पैसा लिन आउनु भनेर गएकी रहिछ । भोलिपल्ट दुइटै छोरीसँगै आमाले पनि खाना खाएर बजारबाट सामान लिएर १ बजे आउँदा छोरी निर्मला ११ बजे नै साथी रोशनीको मा अम्वा र गाईड लिन जान्छु भनेर हिडेकी रहिछन ।

 

 

साँझ ६ बजेसम्म छोरी नफर्किएपछि आमा दुर्गादेवीको मनमा चिसो पस्यो, सधै ठीक समयमा आइपुग्ने छोरीलाई आज के भयो भनेर हिडेरै डेढ किलोमिटर टाढा रोशनीको घरमा पुग्दा कम्पाउण्डसहितको दुईतले घरमा आफ्नो दिदी वविताका साथ बसिरहेकी रोशनीलाई गेटबाटै बोलाईन र सोध्दा यहाँबाट २ बजे नै हिडिसकेकी भन्दा घरमा त आएकी छैन भन्न मैले नपाउँदै मलाई तथानाम गाली गर्न थाली, आफ्नो छोरीको आनीवानी ठीक राख्नु, कता पोइला गैसकी होला, हामीलाई किन दोष लाउनु भनेर सत्तोश्राप गरी, यसरी अन्योलमा परेर भित्रै पो छ कि भनेर हेर्न खोज्दा वविताले गेटबाट भित्र पस्नै दिईन । अनि आमा रुदै घर फर्किन् ।

 

 

आमा दुर्गाले छिमेकी लक्ष्मण भट्टलाई छोरी हराएको र ववितासँग भएको ठाकठुक’bout बताईन । छिमेकी लक्ष्मणले मोटरसाइकलमा राखेर वम दिदी बहिनीको घरमा फेरी पुरयाए । पहिलेको जसरी नै कराई थर्काई । फेरी पनि भित्र पस्नै दिएनन् । वविताले पोइल गैसकी भनेकाले बेच्न पठाए होलान भनेर लक्ष्मणले गड्डा चौकीमा फोन गरेर घटनाको रिपोर्ट लेखाए । यसपछि वडा कार्यालयमा र जिल्ला प्रहरीमा पनि उजुरी हाले ।

 

 

जहाँ एसपी डिल्लीराज विष्ट बस्ने गर्थे । जिल्ला प्रहरी कार्यालयमा फोन उठाउने पुलिसले दुर्गालाई उल्टै झपारयो । झन् टेन्सन थपियो । काठमाडौँमा मानव अधिकारवादी र सन्चारकर्मी सामु दुर्गाले घटना’bout सविस्तार भनिन् । नजिकैको भासी प्रहरी बीटसँग पनि गुहार माग्दा पाइनन् । यतिन्जेलसम्म रातको १२ बजिसकेको हुँदा आमा लगायत छिमेकी सबैलाई यतिन्जेलसम्ममा निर्मलालाई केही भैसक्यो भन्ने सबैलाई परयो । तदनुरुप छिमेकका ७।८ जनाको टोली लिएर वमको घरमा फेरी मध्यरातमा पुगे । नजिकैको वडा नं. १८ मा पर्ने सालघारी अस्थायी विटमा गाउँलेको रोहवरमा घरभित्र पस्न प्रहरीलाई निवेदन गर्दा जिल्ला प्रहरी कार्यालयको जस्तै जवाफ पाएकोले रातिनै घर फर्किए ।

 

 

भोलिपल्ट विहानै फोटोसहितको निवेदन लिएर उजुरी गर्नजाँदा त्यस विटका इन्चार्जलाई एसपी विष्टले राति नै सरुवा गरेर विदाई गरिसकेका रहेछन् । निर्मला हत्या घटना थाहा पाउने जिल्लाका अरु प्रहरीहरुलाई पनि रातारात सरुवा गरीसकेका थिए । दुर्गादेवीसँगै काठमाडौँ आएकी अधिकारकर्मी शारदा चन्द भन्छिन्–प्रहरीले एकपछि अर्को प्रमाण सिलसिलाबद्ध रुपमा मेट्तै गयो । दुर्गादेवीको छिमेकी भूपू सैनिक मोतीराम नेपाल पनि उजुरीका निम्तिसँगै पुगेको बेला “तिम्रो साथी यसरी हराउँदा तिमीलाई केहि पिर छैन नानु भनेर रोशनीलाई सोध्दा वविताले त को होस यसरी केरकार गर्ने भनेर झम्टिन आएकी थिइ, त्यही घरमा बसेका प्रहरीले नै सोधखोज गर्न नदिएपछि हत्याराहरु यिनीहरुनै हुन् भनेर गाउँलेले विश्वास लिएका थिए ।

 

 

मनमा अनेक तर्कविकर्त गर्दै बिहान ८ बजे घरतिर फर्किरहँदा वाटामा पर्ने खोलामा निर्मला चढेको साईकल भेटिएको खबर आयो । खोला छेउमा बाख्रा चराउँन गएकी दुर्गाकी छिमेकी धन भण्डारीले साउन १० गते ४ बजेतिर साइकल देखेकी थिइन । स्ट्याण्ड लगाएको अवस्थामा थियो । वडा पहरी कार्यालयका इन्चार्ज जग्दिस भट्टको भतिजो लोकेन्द्र भट्टको घरमा काम गर्ने चौधरीले साईकल देखेको भन्ने हल्लापछि सर्वप्रथम वविताले लाश पनि त्यतै होला भनेपछि गाउले सबै स्तव्ध भए ।

 

 

तदनुरुप खोला भन्दा पर उखुवारीमा उत्तानो अवस्थामा ९ बजे लाश भेट्टियो । राति ठुलो पानी परेको थियो, तर किताब ओभानै थियो । मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्काको नेतृत्वमा आएको टोलीले लाश घेरेर सेतो पन्जा लगाएको महिला प्रहरीले निर्मलाको सुरुवाल खोलेर इन्स्पेक्टरको आदेशानुसार रगतैरगत भएको योनी र रगताम्मे सुरुवाल पखाली । घटनास्थलको यथार्थ मुचुल्का गरी सिलवन्दि गर्नुपर्नेमा उल्टै प्रमाण नष्ट गरेको भनेर गाउँले कराउन थालेपछि इन्स्पेक्टर आव्रmोसित भयो ।

 

 

गाउँलेले खिचेको मोवाईलमा सबै खिचेको छ, सबै युट्यूवमा हेर्न सकिन्छ । अनुसन्धान गर्न पुलिसलाई सिकाउने भनेर धम्क्याउँदै पुलिस हिडे । इन्स्पेक्टरले मेयर, एसपी, सीडीओ, सबै मै हुँ भनेर कडकेर सबैलाई गोली ठोक्छु कफ्र्यू लगाउँछु, जेल हाल्छु भनेर घेराबन्दि गरयो । निर्मला पन्तको हत्या प्रकरणका दोषीहरु कन्चनपुरका स्थायी वासिन्दा एसपी डिल्लीराज विष्ट र निजका छोरा किरण विष्ट, आयुष विष्ट, इन्सपेक्टर एकेन्द्र खड्का, पद्यराज भट्ट, जगदीस भट्ट, तिर्थराज भण्डारी, अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेटी, रमासिंह धामी, नयाँ एसपी कुवेर कडाएत लगायत विभिन्न प्रहरी र मतियार वम केटीहरु र योनी पखाल्ने महिला पुलिस हत्याको अभियुक्तहरु हुन भन्ने घटना विवरणले बुझाउँछ ।

 

 

छानविन समितिका वीरेन्द्र केसीले तिर्थराजमाथि शंका लागेर बुझ्न मोवाईल अफ गरेर धेरै दिन बसीरहँदा विभिन्न सोर्स लगाएर सम्पर्क गर्दा ज्यान लिने धम्कीसमेत दिएकोले केसीले राजिनामा नै डरले दिनुपरेको घटनाबाट एसपी विष्ट मुख्य अपराधी हत्यारा देखिन्छ । इन्स्पेक्टर जगदीस भट्टको भतिजोको घरमा काम गर्ने चौधरीलाई भेट्न नदिनु पोल खुल्छ भनेर हो । वमको घरबाट उखुवारीमा पुरयाएको लाशको मुचुल्कामा प्रहरीको मात्र सही छ । उन्माद पुलिसले हत्या गरेर उनीहरु मात्रै मलामी बनेर निरिह बाबुलाई साक्षि राखेर महाकालीको किनारामा बालिका निर्मलालाई जलाए–हेर्दाहेर्दै छोरीको जीवन खरानी भएको देखेर बुबा यज्ञराज पन्त भक्कानिए । हत्या प्रकरण श्रृंखलाबद्ध रुपमा देशमा जारी छ ।