विश्व मुटु दिवसमा मेरो मुटु, तिम्रो मुटु !

 

विश्व मुटु दिवस अशोज १३ गते नेपालभर पनि शनिवार मनाइदैछ । मुटु दिवसको यो वर्षको नारा हो, ‘मेरो मुटु तिम्रो मुटु !’

 

मुटु साह्रै संवेदनशील अंग हो । यसको समयोचित हेरचाह गरेर स्वस्थ राख्न सकिएन भने कसैको शरीर पनि रहनेवाला छैन । त्यसैले मेरो मुटु जति महत्वपूर्ण छ, तिम्रो मुटु पनि त्यसभन्दा कम महत्वपूर्ण छैन । मुटुसम्ब्धी गीत नै छ– तिम्रो मुटु स्वस्थ रहे, मेरो मुटु स्वस्थ रहेसँगै माया गरौंला, संगै मुटु साटौंला !

 

दुई मुटुविद्

 

विश्व मुटु दिवसको अवसरमा देशका दुईजना मुटु विशेषज्ञसंग मुटुका विभिन्न पक्ष’bout कुराकानी गरिएको छ । डा. भगवान कोइराला चिनाइरहनु पर्ने नाम होइन । डा. राजेन्द्र कोजु मुटु उपचारमा कम चर्चित छैनन् ।

 

अत्यन्त व्यस्त डा. कोइराला संयुक्त राष्ट्रसंघ महासभामा नसर्ने मुटुरोग अति भयानक रुपमा बढिरहेकोले त्यससँग जुध्ने विश्वनीति घोषणा गर्न सघाउने उद्धेश्यले आयोजित विश्वभरका विशेषज्ञको छलफलमा नेपालको तर्फबाट भाग लिएर एक घण्टा मात्र अघि नेपाल फर्किएका थिए । त्यति नै बेला हामीले उनलाई मुटुरोग दिवसको पूर्वसन्ध्यामा एकैछिन कुरा गर्न सहमत गरायौं । डा. कोइराला नेपालमा राष्ट्रिय स्वास्थ्य नीति बनाउदा सरुवा नहुने रोगको उपचारमा राज्यले सहयोग गर्नुपर्छ भनेर पैरवी शुरुवात गर्ने व्यक्ति पनि हुन् ।

 

मुटु उपचार गर्न थालेका युवा डाक्टरले अहिले देखि नै केके काम गरे भने भविष्यमा ती पनि डा. कोइराला जस्तै सफल डाक्टर बन्न सक्छन् ?

 

त्यसैगरी धुलिखेल काठमाण्डौ विश्वविधालय स्कुल अफ मेडिसिनका डीन डा. राजेन्द्र कोजुसंग हामीले सोध्यौं, धनीको रोग भनि आएको मुटु रोगले गरीवलाई के कारणले गर्दा तीब्र गतिमा आफ्नो गाँस बनाइरहेको होला ? उनी काठमाण्डौं विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरुमा भर्ना चलिरहेको ब्यस्त समयमा पनि एकैछिन समय दिन तयार भए ।

 

ढल्नुभन्दा मेरो भनाइ मान्नुमै तपाईको भलो छ !

–डा. भगवान कोइराला

बरिष्ठ बोर्ड सल्लाहकार, ह्याम्स अस्पताल, धुम्बाराही, काठमाडौँ 

 

 

नयाँ पुस्ताका डाक्टर त्यस्तो समयमा आफ्नो पेशा शुरुवात गरिरहेका छन, जतिखेर अहिलेसम्म प्राथमिकता दिइएका क्षेत्रहरु नै परिवर्तन भैरहेका छन् । मुटुरोग बिरामीको चाप बढ्दो छ, तर अब अपरेशन गरेर र ‘स्टेन’ प्रत्यारोपण गरेर उपचार गरिन्छ भनेर मात्र पुग्दैन । समाजको तल्लो वर्गको स्वास्थ्योपचार गर्दैै समुदायमा केन्द्रित भएर काम गर्नु पर्ने अवस्था सिर्जना भएको छ । समुदायसम्म पुग्न सके भने मात्र उनीहरुले आफूलाई सम्पूर्ण डाक्टर बनाउन सक्छन् ।

 

अहिलेसम्म विश्व स्वास्थ्य संगठन, राष्ट्रसंघ जस्ता ठूला संस्था र दाताहरुले गरिवलाई सरुवा रोगले आक्रान्त पार्छ भन्दै त्यसैको उपचारमा लाग्नुपर्छ भनेर संसारभर जोड दिइरहे । हामी त्यही भूमरीमा परिरह्यौं । सर्ने रोगहरुलाई नियन्त्रणमा ल्याउँने सफलता पनि पायौं, तर विश्वभर नसर्ने रोग ब्यापक रुपमा बढ्न थालेको छ । अहिलेको स्वास्थ्य चुनौति भनेकै नसर्ने रोगको महामारीबाट विश्वभरका मानिसलाई कसरी जोगाउने र स्वस्थ राख्ने हो ?

 

यस्तो अवस्थामा खास गरेर युवा चिकित्सकहरुले दुईचार कुराहरु’bout सचेत रहेर त्यसको समाधान गर्न हरदम सक्रिय रहनु पर्छ । विश्वभर अब सरुवा रोग हैन, नसर्ने मुटु रोगबाट प्रतिदिन धेरै मानिस मर्न थालेका छन् । सर्वसाधारणलाई मुटुको महँगो उपचार खर्च धान्न गाह्रो छ । प्रारम्भिक चरणको जस्तो महँगो उपचारभन्दा पनि प्रभावकारी सस्तो उपचार सेवा आमजनतामा कसरी पु¥याउँने ? यसको सही निदान परम्परा विकसित गर्न सक्नु पर्छ ।

 

समस्याहरुलाई प्रभावकारी रुपमा सम्बोधन गर्न युवा डाक्टरहरुले नीतिगत तहमा हस्तक्षेप गर्दै जोडदार प्रभाव पार्नसक्नु पर्छ । यसको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा घनघोर पैरवी गर्न सक्नु पर्छ । त्यसवाहेक कतिपय सवालमा थप अनुसन्धान गर्न सक्नुपर्छ र, यस्ता अनुसंन्धानका ठहर र परिणाम साझेदारी गर्दै अगाडि बढ्नु पर्छ । कुन तह र ठाउँमा बस्नेहरुलाई कस्तो खालको रोग लागिरहेको छ ? त्यसवारेका जानकारी प्रकाशनमा पनि ल्याउँनु पर्छ ।

 

युवा डाक्टरहरुले उपरोक्त कुराहरु प्रणालीगत तहमा समावेश गरेर अगाडि बढुनुको विकल्प नै छैन । स्वास्थ्य सेवामा प्रभाव पार्ने विश्व संस्थाहरुलाई हाम्रा समस्या, प्राथमिकता र सहज उपचार र पहुँच’bout अवगत गराइरहन सकियो भने यो नै युवा डाक्टरहरुको प्रभावकारी पैरवी हुनसक्छ । दाताहरु अहिले एक प्रतिशत पैसा खर्च गरिरहेछन् जबकि विश्वमा त्यसको माग छ÷सात प्रतिशत पुगिसकेको छ ।

 

अहिले बहिरंग विभागमा उपचार गराउँन आउने बिरामीहरु मध्ये ८० प्रतिशत विरामी नसर्ने रोगबाट पिडित छन् । यो चिकित्सा विज्ञानकै निम्ति अति ठूलो चुनौति हो । तथ्यांक कतिसम्म त्रासद छन् भने सर्ने रोगहरुबाट २-३ प्रतिशत मात्र मृत्यु हुनथालेको छ भने मुटु रोगबाट मात्रै मर्नेहरुको संख्या १७÷१८ प्रतिशत पुगिसकेको छ ।

 

कसरी जोगिने ?

 

समयमै ब्लडप्रेसरलाई नियन्त्रण नगर्ने हो भने, चुरोट–रक्सी तथा चर्को नुन, चिल्लो खानेकुरालाई नियन्त्रण नगर्ने हो भने मुटु रोगबाट मर्नेको संख्या तीब्र गतिमा अझै बढ्ने छ । यसवारे हरेकले सचेत हुनै पर्छ । स्वस्थ भएर बाँच्न चाहने हो भने अनुशासित जीवन जीउँनुको विकल्प छैन ।

 

नियमित दैनिक व्यायाम नगरेर र खानेकुरामा नियन्त्रण गर्न नसकेर मुटुरोग हाम्रै समाजमा दिन दुई गुणा र रात चार गुणाको गतिमा बढिरहेको छ । हरेक छाक मासु नभइ नखाने स्वादे जिभ्रोले हरेकको तौल बढाइरहेको छ । रगतमा जम्न थालेको बोसोतर्फ कसैको ध्यान गएको छैन । शरीरमा जम्ने बोसोले आफ्नो काम एकनाशले गरिरहेको छ ।

 

यी सबै कुलतले एउटा तहसम्म नपुगुञ्जेल शरीरमा कहींकतै दुख्दैन, तर शरीर भने भित्रभित्र धमीराले जस्तै खोक्रो पारेर गलिसकेको हुन्छ, र झ्याम्म एकदिन ‘हर्टएट्याक’ हुन्छ । र, ‘स्वादे जिब्रो अल्छी तिघ्रो’ नारायणहरि बन्न पुग्छ ।

 

मेरो बिन्ति छ !

 

सर्बसाधारण दाजुभाइ तथा दिदीबहिनीहरु, सचेत हुनुहोस् ! म मुटु दिवसमा तिनै कुराहरुलाई जोडदिएर दोहोर्याइरहेको छु । खानपान र शारीरिक गतिविधि’bout सचेत हुनुहोस्, मेरो बिन्ति छ । सकेसम्म हिड्ने गर्नुस् । तनाव बढ्ने काम नगर्नु होस् । सधैं मस्त रहनु होस् ।

 

 

नुन र चिनी कम गरौं ! चिनी धेरै कम गर्ने र नुन पनि घटाउँदै जाने हो भने हजारौंको संख्यामा मानिसको अकाल मृत्यु रोकिन्छ । चुरोट खानु त पापै हो । चुरोटले यो खानेलाई मात्र विगार्दैन, छेउमा बसेकोलाई पनि सिध्याउँछ । चुरोट खाएको एक घण्टापछि त्यो ठाउमा जानेलाई सम्म पनि त्यसले हानी पुर्याउँछ ।

 

केटाकेटीलाई पनि व्यायाम गर्न उत्साही बनाउँनु होस् । हरेकलाई शारिरिक रुपमा फुर्तिलो र चलायमान गराउँनु होस् । चिनी, चुरोट र रक्सी आफू पनि नखानुहोस्, केटाकेटीलाई खानुहुन्न भनेर सचेत पार्नुहोस् । अफिसका हाकिमहरु पनि कर्मचारीलाई घण्टी बजाएर आफू वरिपरि वोलाउने होइन, आफू मातहतका कर्मचारीको टेबुल टेबुलमा पुग्नु होस् । तलमाथि गरिरहनु होस्, हिडिरहनु होस् । यसो गर्ने हो भने आजको काम भोलिलाई रहँदैन । जनता पनि खुशी हुन्छन् ।

 

तर, डंग्रङ्ग नढलेसम्म प्रायःले मेरा कुरा सुनिरहनु भएको छैन । फेरि भन्छु, तपाईमध्ये कतिपयले पैसा पनि कमाउँनु भएको होला । विरामी भए डा. कोइराला कहाँ गएर उपचार गरौंला नि भन्नु पनि होला ! तर, मैले तपाईहरुलाई इमान्दारीतापूर्वक भन्नै पर्छ, ढलेपछि ढिलो हुन्छ । हेलिकोप्टर मै आउँदा पनि ढिलो भइसक्छ ।

 

त्यसपछि अनावश्यक तनाव, दुःखका श्रृंखला शुरु हुन्छन् । खर्च पनि ब्यापक नै हुन्छ । तपाईलाई थाहै छ, मुटुरोग लागेपछि उपचारमा हुने खर्चले प्रत्येक वर्ष ०.२५ प्रतिशत मानिस गरीवीको रेखामूनि धकेलिइरहेछन् । हरेक व्यक्तिको आम्दानीको प्रमुख अंश उपचारमा खर्च गर्नुपर्ने डरलाग्दो वास्तविकता छ । त्यसैले कुरा सुन्दिउ हजुर, ढल्नुभन्दा मेरो भनाइ मान्नुमै तपाईको भलो छ !

 

 

धनी देशमा मुटु रोगी घट्दैछन्, गरीवमा बढ्दैछन् !

–डा. राजेन्द्र कोजु

डिन,काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिसिन

 

 

 

अरु रोगको तुलनामा मुटुरोगका विरामीहरु धुलिखेल अस्पतालमा पनि बढिरहेका छन् । मुटुरोग भयावह रुपमा देखिदैछ । यसवारेमा नेपालमा पनि विभिन्न अध्ययनहरु सञ्चालन भैरहेका छन् । काठमाण्डौं विश्वविद्यालय अन्तर्राष्ट्रिय संघसंस्था र कतिपय विश्वविद्यालयसँग मिलेर पनि लामो समयदेखि अनुसन्धान गरिरहेको छ ।

 

विश्वमा एक करोड सत्तरी लाख मानिस हरेक वर्ष मुटु तथा रक्त नलीका रोगका कारण मरिरहेको तथ्याँक छ । यो तथ्यांकसंगै आएको अर्को विश्मयकारी कुरा के हो भने त्यो संख्याको ८० प्रतिशत रोगी गरीव देशमा रहेका छन् । नेपालमा पनि मृत्युको नम्बर एक कारण मुटुरोग बनिसकेको छ ।

 

धनी देशहरुमा मुटु रोगका विरामी घट्दैछन्, गरीव देशमा बढ्दैछन् । नेपालको तलको तथ्यांकले यसलाई पुष्टि गर्ने मलाई लागेको छ, डा. कोजुले भने । लगभग पच्चिस वर्षमा पहिला धेरै पिरोल्ने रोग अहिले घटिरहेका र पहिला कम पिरोल्ने रोग अहिले बढिरहेको यो तुलनात्मक तथ्यांकको क्रम लामो छ, तर अहिले म त्यही तुलनालाई दशवटामा सिमित गरिरहेको छु :

 

सन् १९९०  

१) स्वास प्रश्वास                   १)प्राकृतिक विपत्ति
२) झाडा पखाला                   २) स्वास प्रश्वास
३)नवजात शिशु मृत्यु             ३) मुटु
४) टिटानस                           ४) नवजात शिशुमृत्यु
५) क्षयरोग                           ५) क्षयरोग
६) समय नपुगी जन्म             ६) दम
७) दादुरा                            ७) ढाड दुख्ने
८) हृदयघात                        ८) झाडा पखाला
९) मेनन्जाइटिस                   ९) मस्तिश्कघात
१०) दम                             १०) सडक दुर्घटना

 

को धनी, को गरीव ?

धनी र न्यूनमध्यम, मध्यम र गरीवलाई ‘धनी र गरीव’ भनेर यदि दुई भागमा विभाजन गरेर हेर्ने हो भने गरीव कित्तामा मुटुरोग धेरै लाग्ने गरेको सहजै देखिन्छ । परंपरागत रुपमा गरीव भनेपछि ‘मालन्यूट्रिसन’ को अवस्था अव त्यति देखिदैन । बरु यसको उल्टो सबैतिर ‘ओभरवेट’ पो देखिदैछ । अस्पतालमा आइरहेका विरामीहरुको संख्याले पनि यसैलाई पुष्टि गर्छ । जताततै मुटुरोगबाट पिडित गरीव वर्गका विरामी देखिन्छन् ।

 

यसको कारण धनीले खर्च गर्न सक्छ । सागसब्जी फलफूल लगायत स्वास्थ्यवद्र्धक खानाखान सक्छ । गुणस्तरीय जीवन जीउँन सक्छ । तर, गरीवको खानपान सस्तो, चिल्लो, नुनिलो र बोसोयुक्त खाद्यान्न हुन्छ । चुरोट, रक्सी, नुन र चिनीको प्रयोग पनि यिनैले अत्यधिक गर्छन् । अस्वस्थ्यकर खानाको मूल उपयोगकर्ता मध्यम, न्यूनमध्यम र तल्लो तहका जनता नै हुन् ।

 

धनी व्यक्ति तुलनात्मक रुपमा स्वास्थ्यप्रति सचेत हुन्छन् । बिहान मर्निङ्गवाक, जिम जान सक्छ । रोग लाग्नुभन्दा पहिल्यै जाँचबुझ गरेर समयमै उपचार गराउँन सक्छन् ।

 

मुटुरोग’bout आममानिसमा सही कुरा भनिदिने विश्वासिला मानिसको पनि देशमा एकदमै कमी छ । बिशेक नै हुन नसक्ने रोगलाई पनि झारफुकबाट तत्काल निदान गर्ने विज्ञापनहरु दैनिक रुपमा राष्ट्रिय सञ्चार माध्यमहरुमा जति आउने र बज्ने गरिरहेका छन् तिनले पनि हाम्रो समाजको स्वास्थ्य अवस्थावारे ऐनाको काम गरेका छन् ।

 

विशेषज्ञको कमी

 

मुटुरोग’bout भरपर्दो परामर्श दिन सक्ने मुटुरोग विज्ञ अर्थात ‘कार्डियोलोजिष्ट’ नै तीन करोड नेपाली जनताको लागि जम्माजम्मी ८०-८५ जना मात्र छन् । ती पनि अधिकांश राजधानी उपत्यका केन्द्रित रहेका छन् । त्यसवाहेक यस क्षेत्रका नर्स लगायत स्वास्थ्य सहायकको संख्या पनि एकदमै कम छ । अरु त अरु चिकित्सा विज्ञान’bout जानकार तपाई पत्रकारहरु नै स्वास्थ्य क्षेत्रमा नगन्य मात्र छन् । अनि यस्तो अवस्थामा देशका हिमाल, पहाड र तराईमा छरिएर रहेका जनताले मुटुरोग’bout कसरी सही जानकारी पाउँन सक्छन् ?

 

यसबाट थाहा हुन्छ, हाम्रो स्वास्थ्य क्षेत्रको जनशक्ति बढाउनु पर्ने खाँचो कति धेरै छ । प्रर्याप्त सुचना तथा जानकारीको अभावमा केलाई मुटुरोग भन्ने र यसको प्रकार कति किसिमको हुन्छ भन्ने अलमल आमजनतामा रहेको छ । मुटुरोग भनेपछि हृदयघात नै भन्ने सामान्यजनले बुझने गरेको पाइन्छ ।

 

 

मुटु रोगका किसिम

 

मुटुका धेरै थरि समस्या वा रोग हुन्छन् । ‘हर्ट एट्याक’ भनेको मुटुमा रगतको प्रवाहमा रुकावट अर्थात ‘ब्लक’ हुनु हो । ‘स्ट्रोक’ भनेको रक्तनलीबाट हुने घात हो । ‘हर्टफेल’ मुटुले काम गर्न छाड्नु हो । बाथ मुटुरोग केटाकेटीलाई लाग्ने मुटुरोग हो, जो नेपालमा कुनै बेला सबैभन्दा धेरै थियो ।

 

मुटुको धडकन गडबडीमा यसको चाललाई नियमित गर्न ‘पेसमेकर’ राखिन्छ । कतिपय जन्मजात मुटुरोगी हुन्छन् । मुटु वरिपरी पानी जम्ने पनि हुन्छ । मुटुको ‘भल्भ’ विग्रने पनि हुन्छ । मुटुको मांसपेसी कमजोर पनि हुन्छ।

 

तर, सबै मुटु रोग लाग्नुका प्रमुख कारणमा ब्लडप्रेसर, हाइपरटेन्सन, धुम्रपान, मध्यपान, चिल्लो, गुलियो र नुनको अत्यधिक प्रयोग, व्यायाम र शारिरीक श्रमको कमी नै हो । खानपानमा सचेतता, शारिरिक व्यायाम, जीवनशैलीमा परिवर्तन ल्याएर मुटुरोग लाग्न नदिन र लागे पनि सहज ढंगबाट त्यसको सामना गर्न सकिन्छ । यस’bout जनचेतना जगाएर, राज्यले ठोस नीति बनाएर र त्यसलाई कार्यान्वयन गरेर तथा प्रत्येक व्यक्तिको न्यूनतम जाँचबुझ समयसमयमा गराउँदै सचेत पारेर मुटुरोगबाट बच्न सकिन्छ । लागे पनि उपचार गरेर कमी ल्याउन सकिन्छ । त्यसवाहेक अहिलेसम्म मुटु उपचारका क्षेत्रमा भएका वैज्ञानिक आविष्कार, उपचारयन्त्र र औषधोपचारको प्रयोग गरेर मुटुरोगको सफल उपचार गर्न सकिन्छ।

यो पनि हेर्नुहोस

हृदयाघात मा गरिने PCI वा रक्तनलीमा राखिने जाली ’bout छोटो जानकारी।