संझनामा मनमोहन अधिकारी

संझनामा मनमोहन अधिकारी

प्रधानमन्त्रीको सपथ ग्रहण : २०५१ साल ।                                                                तस्विरहरु : सदृश्य 

 

आज मनमोहन स्मृति दिवस हो ।

 

मनमोहन अधिकारी नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री हुन् ।

 

देशमा प्रजातन्त्र पुनस्र्थापना भएपछिका प्रधानमन्त्रीहरु कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला पछि बनेका तेस्रो प्रधानमन्त्री हुन् मनमोहन अधिकारी ।

 

उनी खास गरेर आफ्नो कार्यकालका दुई कामले गर्दा स्मरणीय बनेका छन् ।

 

पहिलो, कम्युनिष्टहरुले बृद्धबृद्धाहरुलाई बाँच्न दिदैन भन्ने होहल्लालाई बृद्धभत्ताको सोच अगाडि बढाएर उनीहरुबीच कम्युनिष्ट मनमोहनले ख्याती कमाए ।

 

त्यसैगरी दोस्रो, आफ्नो गाउ आफैं बनाउ भन्ने लोकप्रिय कार्यक्रम ल्याएर प्रत्येक गाउलाई आफ्नो योजना अगाडि बढाउन बजेट मार्फत सिधै नगद पठाउन शुरु गरे । यसले गाउगाउमा एमालेको आधारशीला त बढायो नै साथै सुदूर गाउहरुमा विकासको लहर नै ल्यायो ।

 

यी दुबै कार्यक्रम एमाले सरकारले ल्याए पनि त्यसपछि बनेका कुनै सरकारले हटाउन सकेनन् बरु रकम बढाउदै मनमोहन विचारलाई सहयोग गरे ।

 

मनमोहनको यो सफलताले एमालेलाई जनाधार र कार्यक्रम भएको राष्ट्रब्यापी पार्टी बनायो । मनमोहन सरकारले गरेका यी र यस्तै अरु निर्णयहरुको ब्याजमा एमाले धेरै वर्षसम्म चलिरह्यो ।

 

मनमोहनपछि माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री बने पनि उनीहरुले लोकप्रिय कार्यक्रम दिन सकेनन् ।

 

एमालेबाट चौथो प्रधानमन्त्री बनेका खड्गप्रसाद ओलीले संविधानसभावाट संविधान जारी गर्न र भारतले लगाएको नाकाबन्दीमा राष्ट्रिय स्वाभीमानलाई जगाउदै नेपालीले नै नेपाललाई समृद्ध बनाउनु पर्छ भन्ने अडान लिएर पूरै देशलाई स्वाभीमानपूर्वक रहन बेग्लै गति दिइरहेका छन् ।

मनमोहनको यात्रा

विरोध जुलुस काठमाण्डौं: २०५२ साल । 

मनमोहनको जन्म सन् १९२० जुनमा लाजिम्पाट, काठमाण्डौंमा भएको हो । उनको निधन ७९ वर्षको उमेरमा आजकै दिन अर्थात २६ अप्रिल १९९९का दिन काठमाण्डौंमै भएको थियो ।

 

नेपालबाट राणाकाल (सन् १९३८) मा बनारशमा पढ्न पुगेका मनमोहन भारतीय कम्युनिष्ट पार्टीको प्रभावमा मात्र परेनन्, त्यसको सदस्य नै बने । भारतीय स्वतन्त्रता आन्दोलनमा होमिए । महात्मा गान्धीले शुरु गरेको ‘भारत छोडो’ आन्दोलनमा सहभागी भए ।

 

उनलाई बेलायती उपनिवेशवादी शासकले पक्राउ गरी भारतीय नेताहरुसंगै जेल हाल्यो । भारत स्वतन्त्र भएपछि त्यहाँको सरकारले स्वतन्त्रता सेनानीको रुपमा मनमोहनलाई सम्मान पनि गरेको छ ।

राणाशाहीविरुद्ध मनमोहन

निजामती कर्मचारीहरुको समर्थनमा २०४८ साउन २४ गते काठमाण्डौंमा आयोजित जुलुसमा महासचिव मदन भण्डारी लगायतका नेताहरु  ।

भारत स्वतन्त्र भएपछि मनमोहन नेपालबाट निरंकुश राणा शासनविरुद्ध आन्दोलन गर्न विराटनगर आए । बिराटनगर जुटमीलको मजदूर आन्दोलनमा पक्राउ परे र बीपीसंगै विराटनगरदेखि हिडाएर काठमाण्डौ ल्याइए ।

 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ पछि मनमोहन नै नेकपाको महासचिव बने ।

 

नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री बिश्वेश्वर कोइरालाको सरकारलाई अपदस्त गरेर राजा महेन्द्रले ०१७ साल पुस १ गते शासन आफ्नो हातमा लिएपछि कम्युनिष्ट नेता मनमोहन अधिकारी पनि लामो समय थुनीए ।

 

कम्युनिष्टहरुको गुट र फुट उर्वररहेको समयमा मनमोहन पनि एउटा पार्टी बनाएर महासचिव बनिरहे ।
प्रजातन्त्र पुनस्र्थापना भएपछि ०४७सालमा झापालीहरुको नेकपा (माले)संग एकता गरी नेकपा एमाले बन्यो र मनमोहन अधिकारी पार्टीको अध्यक्ष र मदन भण्डारी उनका महासचिव बने ।

 

मध्यावधी चुनावको प्रचार प्रसार : २०५१ साल । 

प्रजातन्त्र निम्तिको आन्दोलनमा मनमोहन सधै अग्रपंक्तिमा रहे । जुलुस, गिरफ्तारी, निरकुंशताविरोधी मोर्चामा मनमोहन सधै सक्रिय रहेका नेता हुन् ।

 

सरल र सादगी जीवन मनमोहनको पर्याय थियो ।उच्च छबीका व्यवहारवादी पाका नेता मनमोहन, सिद्धान्तनिष्ठ र गतिशील विचारका धनी युवा नेता मदन भण्डारीको फ्युजन नै अहिलेको जनआधारित एमालेका जग हुन् ।

 

 

नेपाली कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रिक आन्दोलनसंग जोड्न मनमोहनले जोरनको काम गरेका थिए ।

 

कम्युनिष्टलाई काँग्रेसविराधी र काँग्रेसलाई कम्युनिष्ट विराधी बनाएर शासन गरेको निरंकुश राजतन्त्रलाई संबैधानिक राजतन्त्रमा परिवर्तन गर्न मनमोहन लगायतले कम्युनिष्ट कित्ताबाट अपूर्व योगदान पु¥याएकाले नेपालमा प्रजातन्त्र संभव भएको हो । त्यसैगरी काँग्रेसका गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको कम्युनिष्टहरुलाई प्रजातान्त्रिक आन्दोलनमा ल्याउन अतुलनीय योगदान विर्सिनसक्नु रहेको छ ।

 

(सदृश्यले उनै मनमोहन अधिकारीका केही तस्वीरहरु संझनाको रुपमा प्रस्तुत गरेको छ ।)

जुलुस: २०४८ साल

विपक्षि दलको नेता : २०५० साल ।

चियापान: २०५० साल ।

 

प्रधानमन्त्री निवास वालुवाटार: २०५१ साल । 

नेपालको पहिलो कम्युनिष्ट मन्त्रीपरिषद: २०५१ साल ।

 

एमालेको महाधिवेशन : माघ १४, २०४९ रंगशाला।

 

एमालेको महाधिवेशन २०४९: रंगशालामा नेपाली कांग्रसका नेता द्वए कृष्ण प्रसाद भट्टराई र गणेशमान सिंह  ।  

 

पोलिटब्युरो बैठक: एमाले कार्यालय बल्खु ।

 

पुन: प्रकाशित