पतिको यौन दुर्वलताबाट चिन्तित नारी के भन्छन् ?

यस्ता केही स्वास्थ्य समस्या छन्, जुन कुरा व्यक्त गर्न हिच्किचाउने मात्र होइन, कुन विशेषज्ञलाई भेट्ने भन्ने पनि अन्योल हुन्छ । प्रसङ्ग हो यौन समस्याको ।
दुई दशक अघिसम्म पुरुषहरुले ‘स्वप्नदोष’ अर्थात् स्वत स्फूर्त वीर्य स्खलनलाई मात्रै यौन समस्या ठान्थे र महिलाहरुले ‘सेतो पानी बग्ने’ लाई मात्रै । जबकि यी दुवै रोग होइनन् । यौन समस्या’bout छलफल गर्नुअगाडि यी दुई भ्रमलाई सुरुमै प्रस्ट पारिहालौं । किशोरावस्थामा प्रवेश गरेदेखि नै पुरुषहरुको योनांगमा वीर्य पैदा हुन सुरु हुन्छ र यो अविरल चलिरहन्छ । यौन सम्पर्क नभएको अवस्थामा बढी भएको वीर्य संकलन हुने ठाउँ पुग्दैन र ‘स्वप्नदोष’ र स्वतःस्फूर्त स्खलन हुन्छ । यो कुनै रोग पनि होइन, यसबाट कमजोरी हुने, पछि गएर असर गर्ने केही हुँदैन । यो एक बिल्कुलै सामान्य र स्वाभाविक शारीरिक प्रव्रिmया हो ।
त्यसैगरी, महिलाहरुको यौनाङ्गबाट सेतो, चिप्लो तरल पदार्थ बग्नु स्वाभाविक मात्र होइन, जरुरी पनि छ । सर्वप्रथम यसले योनीलाई निरन्तर सफा राख्छ र योनी तथा पाठेघरलाई बाहिरबाट हुने संव्रmमणबाट जोगाउँछ । त्यति मात्र होइन, त्यस्तो सेतो पानी नबगेमा यौन सम्पर्क सम्भव हुँदैन । योनी सुक्खा भयो भने अनेकांै समस्या आइलाग्छन् । त्यसैले महिलाहरुले सेतो पानीबाट आत्तिने होइन, बरु त्यसको कमी भयो या त्यसको रंग, गन्ध र रूप अर्कै भयो भने चिन्तित हुनुपर्छ र चिकित्सकसँग परामर्श लिनुपर्छ ।
अब लागांै मूल विषयतिर । अधिकांश मानिसहरुमा ‘यौन समस्या भनेको के हो ?, यौनजन्य रोग भनेको के हो ?’ यसैमा भ्रम छ । यही कारणले यौन समस्या भएका व्यक्तिहरु यौनजन्य रोगहरु अर्थात् यौन सम्पर्कमार्फत सर्ने रोग विशेषज्ञकहाँ जान्छन् । यौनजन्य रोग भन्नाले एड्स, सिफलिस, गनोरिया, भिरिङ्गी आदि यौन सम्पर्क गर्दा लाग्ने रोगहरु बुझिन्छ । यस्ता यौनजन्य रोगको उपचार चर्म तथा यौनजन्य रोग विशेषज्ञबाट उपचार हुन्छ । यो लेख यस्ता यौनजन्य रोगको ’boutमा लेखिएको होइन । त्यस्तै, यौनाङ्गको रूप र बनावटमा हुने खोटहरु, जसले गर्दा यौनक्रिडा प्रभावित हुन्छ, त्यस्ता समस्या पनि यो लेखका विषय होइनन् । यस्ता यौनाङ्गमा हुने त्रुटि, खोटहरु, खराबीहरु अर्कै चिकित्सक, मूत्ररोग विशेषज्ञको कार्यक्षेत्रभित्र पर्दछन् ।
यहाँ केवल यौन क्रिया र त्यसको प्रक्रियासँग सम्बन्धित समस्यालाई केलाउन खोजिएको छ, यसलाई यौन समस्या भनिन्छ । यौन समस्याहरु पनि मानिसको जीवनशैली, मूल्य–मान्यता र समयअनुसार परिभाषित भएका छन् । त्यस्तै असर सांस्कृतिक पृष्ठभूमिले गर्छ ।
धेरै पहिलाको समयमा जानु पर्दैन । ४० वर्षअगाडि मात्रै पनि, जुन बेला म मेडिकल स्कुलमा डक्टरी तालिम लिँदै थिएँ । त्यसबेला समलिंगी यौन, जनावरसँगको यौन आकर्षण,अङ्ग प्रदर्शन,यौनाङ्ग अवलोकन, यौन परापिडन, यौन पीडाबोधानन्द आदि सबै रोगको रुपमा चिनिन्थे । तीमध्ये केही आजको दिनमा हास्यास्पद लाग्दछन् र त्यो बेला त्यस्ता लतलाई उपचार गर्न पनि कोसिस गरिन्थ्यो ।
आज तिनताकाका केहीबाहेक अरू धेरैजसो समस्यालाई स्वाभाविक व्यवहार मानिन्छ । आखिर यौन समस्या भनेर आज हामी केलाई भन्दछौं त ? कतिपय धार्मिक संस्था, सम्प्रदाय, कट्टर परम्परावादी समूह वा व्यक्तिका लागि सन्तानोत्पादनका लागि गरिने शारीरिक क्रिया र त्यस क्रियाका लागि गरिने तयारी बाहेक यावत् विचलनलाई यौन विकृति मानिन्छ ।
तर, आधुनिक चिकित्सा विज्ञानले, अझ भनौं यौन चिकित्सा विज्ञानले यौनक्रियामा के स्वाभाविक र के अस्वाभाविक भनेर ती दुई बीच एक रोचक लक्ष्मण रेखा कोरिदिएको छ । जुनसुकै लिङ्गको भए पनि, (पुरुष–पुरुष, महिला–महिला, पुरुष–महिला) दुई वयस्क व्यक्तिको बीचमा हुने अन्तरङ्ग शारीरिक सम्बन्धमा यदि एक अर्काबाट कुनै शारीरिक हानि हुँदैन, कुनैको स्वास्थ्यमा प्रतिकूल असर पर्दैन, दुवैका लागि आनन्ददायक छ र स्वेच्छाले सहभागी भएका छन् भने सबै प्रकारका आसन,क्रिया, प्रक्रियालाई स्वाभाविक मानिनुपर्छ । यो परिभाषाअनुसार स्वेच्छाले स्वस्थ व्यक्तिले आनन्द पाउनका लागि मुखमैथुन, हस्तमैथुन, गुदद्वार मैथुन लगायत यावत् आसनहरु स्वाभाविक हुन् । समलिङ्गी यौन, लिङ्ग परिवर्तन, विपरीत लिङ्गी पहिरन, आधारभूत नैसर्गिक अधिकारभित्र पर्छन् ।
आम जनसमुदायमा जे समस्यालाई रोग, दुर्बलता, यौन कमजोरी, यौन विकृति मानिन्छ, त्यसलाई आधुनिक यौन चिकित्सा विज्ञानले स्वाभाविक ठान्छ । उदाहरण हुन्ः हस्तमैथुन, शीघ्रपतन, स्वैत प्रद, मुख मैथुन, गुदद्वर मैथुन र यस्ता विविध यौन तृष्णा मेट्ने वैकल्पिक विधिलाई प्रवेश–विहीन यौन सन्तुष्टि भनेर चिनिन्छन् । संक्षेपमा भन्नुपर्दा परम्परागत मान्यता अनुसार अस्वाभाविक या समस्याग्रस्त यौन क्रियालाई आज यौन तृप्तिको वैकल्पिक माध्यमको रूपमा लिइन्छ ।
मेरा कुरा पढ्दा पाठकहरुलाई लाग्न सक्छ, यौन व्यवहारमा त जे गरे पनि ठीक मानिने रहेछ, यौन व्यवहारमा सबै कुरा मान्य छ कि रु तर, त्यसो चाहिँ होइन । यौन व्यवहार, यौन क्रिया झन् बढी सामाजिक, नैतिक, राजनीतिक र कानुनी दृष्टिकोणले परिभाषित हँुदैछ । यौन समस्या’bout कुरा गर्दा सर्वप्रथम गैरसामाजिक, असामाजिक, अपराधिक यौन व्यवहारको चर्चा गर्नु आवश्यक छ ।
समाजमा यौन व्यवहारलाई पर्दाभित्र, नितान्त व्यक्तिगत र गोप्य रूपमा अभ्यास गर्दा त्यसका कतिपपय नकारात्मक पक्ष उजागार हुँदैनथे । तर, आज कसैको यौन व्यवहार उसको शयनकक्षको क्रियाकलापमा सीमित छैन । यौन व्यवहार र क्रियाकलाप मानिसको सामाजिक प्रतिष्ठासँग गाँसिन पुगेको छ । एकातिरबाट व्यक्ति स्वतन्त्र भएको छ, यौनक्रिया’bout समाज उदार र सहनशील भइरहेको छ भने अर्कोतिर यो व्यक्तिगत आचरणबाट सामाजिक छवि निर्धारण गर्ने मुख्य कारक बनेको छ । यौन काण्डको कारणले गर्दा विश्वका विभिन्न नेताहरुले राजनीतिक पद र जिम्मेवारीबाट हात धुनुपरेका धेरै घटनाहरु ताजै छन् ।
आजका दिन मानिसले कसरी आफ्नो यौन चाहना पूरा गर्छ भन्ने कुराभन्दा पनि यौन सन्तुष्टिका लागि अरूलाई बाधा गर्ने, समाजमा विकृति ल्याउने, आपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता विषयले महत्व राख्छन् । उदाहरणका लागि बलात्कार, सामूहिक बलात्कार र बालबालिका माथि यौन दुव्र्यवहार पर्दछन् । सानै उमेरदेखि उचित यौन शिक्षा र संयमित व्यवहार गर्न प्रेरित गरेर मानिसलाई आपराधिक यौन क्रियाकलापबाट जोगाउन सकिन्छ ।
चिकित्सकको भूमिकामा रहँदा प्रायजसो आइपर्ने प्रचलित केही यौन समस्याहरु यहाँ सम्बोधन गर्न चाहन्छु । पुरुषमा पाइने यौन दुर्बलता एक प्रमुख हो । गम्भीर प्रकृतिको मधुमेह, मदिराको दुव्र्यसन, अत्यधिक धूमपान, केमोरेडियो थेरापी, कडा औषधि सेवन आदि अवस्थामा देखिने दुर्बलतालाई छोडेर अधिकांशका केसहरु मनोवैज्ञानिक कारणले हुन्छन् र सही तरिकाले उपचार गर्न सकेमा पूरै निको हुन्छन् ।
दोस्रो महङ्खवपूर्ण मेडिकल समस्या भनेको महिलामा बच्चा जन्मेपछि यौन इच्छा नहुनु हो । जबकि ठीकविपरीत बच्चा भएपछि महिलाहरुको यौन क्रियाकलाप बढ्छ र उनीहरुले आनन्द पाउन थाल्छन् । हाम्रो समाजमा महिलामा देखिने त्यस्तो उदासीनता हुनुमा ज्ञानको कमी, पुरुषहरुमा यौन मनोविज्ञानको अज्ञानता र बच्चा जन्मेपछि महिलाले अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी केही सावधानीको कमीले गर्दा हुनेगर्छ ।
नेपालमा मैले डाक्टरी व्यवसाय सुरु गरेको २०३८ सालदेखि हो । मन रोग विशेषज्ञ भएका कारण मैले व्यक्तिको यौन जीवनलाई विशेष महङ्खव दिनुपर्छ । म जुनसुकै समस्या लिएर आउने बिरामीलाई यौन जीवनमा समस्या छ कि भनेर सोध्छु । यस्तो प्रश्न महिलाहरुले चाहिँ सुन्नै चाहँदैनथे । उनीहरुको मुखाकृतिबाट यो कुरा थाहा हुन्थ्यो । पुरुषहरुमा पनि प्रायः एउटै उत्तर हुन्थ्यो ‘छैन छैन सब ठीक छ, त्यसमा केही समस्या छैन’ ।
तर आज समय र सोचाइ बदलिएको छ । कलेज पढ्ने किशोर–किशोरी, विवाह गर्ने योजना बनाएका युवायुवतीहरु कसरी बढीभन्दा बढी यौन आनन्द लिन सकिन्छ भनेर उत्सुक हुँदै प्रश्न गर्छन् । नौला र रोमाञ्चकारी आसन बताइदिन भन्छन् । वयस्क विवाहित जोडीहरुमा पुरुषले मात्रै होइन महिलासमेत बिनाहिच्किचाहट आफ्ना पतिको शीघ्रस्खलन र लिङ्ग शिथिलता’bout परामर्श माग्छन् ।
हाम्रा जीवनशैली, मूल्य–मान्यता, भौतिक सुखको चाहना, ज्ञानको स्रोतको सहज पहुँच आदिले नयाँ पुस्ताको यौन जीवनमा पनि परिवर्तन ल्याएको छ ।
(मञ्जरी पव्लिकेसनले प्रकाशन गरेको मानसिक रोग विशेषज्ञ डा। विश्ववन्धु शर्माको पुस्तक ‘मानसिक स्वास्थ्यका विविध अनुभव’को एक अंश हो यो । यसमा संकलित सामग्री निकै उपकारी र ज्ञानवध्र्दक ठानेर प्रकाशकसँगको सहमतिमा हामीले प्रकाशन गरिरहेका हौं । पुस्तकका प्रत्येक अंश निकै उपयोगी छन्,जसलाई क्रमशः प्रकाशन गरिने छ । सरल पत्रिकाबाट साभार )