स्मार्ट पार्किङ्ग : नियम विपरित बिना प्रतिष्पर्धा करोडौंको ठेक्का


 
-प्रशान्त महत ⁄असीम तिमल्सिना
 
काठमाडौं । शहरका केही स्थानमा संचालित स्मार्ट पार्किङ्गको पार्किङ्ग शुल्कले सेवाग्राही (सवारी धनी) हरुको आर्थिक शोषण भैरहेको बुझिएको छ । स्मार्ट पार्किङ्ग संचालकबाट ठोस आधारबिना नै मनपरी पार्किङ्ग शुल्क उठाएर सवारी धनीहरुलाई अन्यायमा पारेको सरोकारवालाले गुनासो गरेका छन् ।
काठमाडौं महानगरपालिकासँग बिना प्रतिस्पर्धा ५ वर्षे सम्झौता गरी ह्वील्स ट्रयुली योर्स कम्पनीले स्मार्ट पार्किङ्ग संचालन गरिरहेको छ । काठमाडौंको दरबारमार्ग, खिचापोखरी, पाको, प्युखा, विशालबजार अगाडिदेखि धर्मपथसम्मका पाँचस्थानमा हाल परीक्षणका रुपमा भन्दै स्मार्ट पार्किङ्ग संचालन गरिएको छ । महानगरपालिकाले स्थान उपलव्ध गराएको छ भने स्मार्ट पार्किङ्गको लागि आवश्यक पूर्वाधार संचालक कम्पनीले लगानी गरेको महानगरपालिकाका प्रवक्ताले बताएका छन् ।
 
गएको बैशाखबाट सुरु भएको यो सेवा वापत उठाइएको दुई महिनाको रकम महानगरपालिकालाई तिर्न नपर्ने छुट ठेकेदार कम्पनीले पाएको छ । ठेकेदारले यो सुविधा पाएपनि सेवाग्राहीले भने सुविधा भन्दा शोषण भएको गुनासो गरेका छन् ।
 
 
अधिक महँगो शुल्क
 
महानगरपालिका र ह्वील्स ट्रयुली योर्स कम्पनीवीच भएको सम्झौता अनुसार, दुई पाँग्रे सवारी साधनलाई प्रतिघण्टा २५ रुपैंयाँ र चारपाँग्रे सवारी साधनलाई प्रतिघण्टा ८० रुपैंयाँ पार्किङ्ग शुल्क उठाउने शर्त रहेको छ ।
 
ठेकेदारको भनाई
 
पार्किङ्ग शुल्क वापत हाल दैनिक ८० हजार  देखि एक लाख रुपैयाँसम्म उठ्ने गरेको कम्पनीका प्रवन्ध निर्देशक शुशील कुँवरले जानकारी दिए ।
 
महानगरपालिका र ठेकेदार कम्पनीले दिएको विवरण अनुसार पार्किङ्ग शुल्क वापत उठ्ने रकमको हिसाबमा ठूलो अन्तर देखिन्छ ।
 
यस्तो छ विवरण
 
महानगरपालिका र ठेकेदार कम्पनीका अनुसार, एक घण्टामा सरदर तीनवटा सवारी साधन पार्किङ्गमा परिवर्तन हुन्छन् ।
पार्किङ्ग समय बिहान ९ बजेदेखि साँझ ९ बजेसम्म ( दरवारमार्गमा राती ११ वजेसम्म ) अर्थात् सरदर दैनिक १२ घण्टाभन्दा बढी तोकिएको छ ।
 
महानगरपालिका र कम्पनीले दिएको जानकारी अनुसार, एक पटकमा ७८१ मोटर साईकल पार्किङ्ग हुन्छन् तर एकघण्टामा सरदर तीनवटा आउनेजाने हुनाले प्रतिघण्टा पार्किङ्गको संख्या ३ गुणाले बढ्ने गर्छ ।
 
यसोगर्दा प्रतिघण्टा मोटरसाईकलमात्र २ हजार तीनसय ४३ वटा    दैनिक पार्किङ्गमा आउनेजाने गर्छन् । यो संख्यालाई १२ घण्टामा २८ हजार १ सय १६ पुग्छ । प्रति सवारी पार्किङ्ग शुल्क १५ रुपैंयाँले हिसाव गर्दा मोटर साईकल पार्किङ्गबाट मात्र दैनिक ४ लाख २१ हजार ७ सय ४० रुपैंयाँ संकलन हुने गरेको छ ।
यसैगरी चारपांग्रे सवारी पनि एकपटकमा ८३ वटा पार्किङ्ग हुँदा तीनगुणाले घण्टाको २४९ हुनआउँछ । यो संख्या १२ घण्टामा बढेर २ हजार ९ सय ८८ पुग्छ । यसबाट प्रति सवारी ५० रुपैंयाँका दरले शुल्क उठाउँदा दैनिक १ लाख ४९ हजार ४ सय हुनआउँछ । यसरी हिसाब गर्दा दुइकिसिमका सवारीबाट दैनिक ५ लाख ७१ हजार १४० रुपैंयाँ पार्किङ्ग शुल्क उठ्ने गरेको देखिन्छ ।
यस हिसाबले पार्किङ्ग शुल्क वापत मासिक एक करोड ७१ लाख ३४ हजार दुई सय हुन्छ भने एकवर्षमा २० करोड ५६ लाख १० हजार चार सय पार्किङ्ग शुल्क उठ्ने स्पष्ट देखिन्छ । यसमा महानगरपालिकाले २० प्रतिशत अंश पाउँदा उसको भागमा वार्षिक चार करोड ११ लाख २२ हजार ८० रुपैंयाँ पर्ने देखिन्छ । पार्किङ्ग संचालक कम्पनीको आन्तरिक खर्च जानकारी हुन सकेन । तर उसको नियमित मासिक खर्च नकटाई हिसाब गर्दा कम्पनीसँग करिब १६ करोड ४४ लाख ८८ हजार तीन सय २० रुपैंयाँ बचत हुने देखिन्छ ।
 
 
महानगरको मौनता


ठेकेदार कम्पनीले सम्झौता भएयता कति रकम महानगरपालिकालाई बुझायो भन्ने ’boutमा कुनै पनि जानकारी उपलव्ध हुनसकेन । महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलसँग यस’boutमा जानकारी दिन पटक पटक अनुरोध गर्दा उनी भरेभोली भन्दै पन्छिए । डंगोलका अनुसार, परीक्षणका रुपमा पार्किङ्ग ठेक्का दिइएको हो ।
 
तर महानगरकै एक उच्च सूत्रका अनुसार, यो पार्किङ्ग ठेक्का बिनाप्रतिष्पर्धा नै एउटा कम्पनीसँग निवेदन मागेर जिम्मा दिईएको हो । यसमा महानगर प्रमुख र केही वडा अध्यक्ष समेत महानगरका कर्मचारीको सहमतिमा दिईएको हो । यसरी बिनाप्रतिष्पर्धा करोडौंको ठेक्का दिनु ऐनविपरित कार्य मानिन्छ । यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्रले छानविन गर्नुपर्ने महानगरका एक अधिकृतको भनाई छ ।
 
 
सुविधा कि शोषण ?


सेवाग्राहीको गुनासो छ– पार्किङ्ग संचालकले मनपरी शुल्क उठाएर शोषण गरिरहेको छ । तर महानगरपालिका कानमा तेल हालेर बसेको छ ।
पार्किङ्ग संचालक भन्छन्– पार्किङ्गको ज्यादै समस्या रहेका क्षेत्रमा व्यवस्थित सुविधा उपलव्ध गराईएको छ । हराउने र कोरिने जोखिमबाट सवारी धनीले चिन्ता गर्नुपर्ने समस्याको समाधान गरिएको छ ।
महानगरपालिका स्पष्ट छैन । उसको एउटै भनाई छ शहरको भीडभाडवीच पनि पार्किङ्ग सुविधा उपलव्ध गराईएको छ । तर जति सेवा गरेपनि गुनासो भने आईरहेको देखिन्छ ।
 
यस’bout विस्तृत भिडियो रिपोर्ट हेर्न तलको लिङ्क क्लिक गर्नुहोला ।