‘नेपाल टी एसोसिएसन’ काे अध्यक्षमा मैनाली, महासचिवमा पाैडेल चयन
काठमाडाैं । चिया उत्पादक एवम व्यवसायीहरुको संस्था ‘नेपाल टी एसोसिएसन’ (एटिए) को प्रथम वार्षिक साधारणसभा/ महाधिवेशन सम्पन्न भएको छ ।
राजधानी काठमाडौंमा भएको प्रथम महाधिवेशनले कमल मैनालीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रिय कार्यसमिती चयन गरेकाे छ । जसमा १५ जना निर्वाचित र २ जना मनाेनित रहेका छन् ।
अधिवेशनबाट उपाध्यक्ष गणेश राई, निराज राठी र प्रमिता बज्रचार्य गरि तीनजना चयन भएका छन् भने महासचिवमा केदारमणी पौडेल चयन भएका छन् ।
त्यसैगिर सचिव नविन महर्जन र कोषाध्यक्षमा चिरन्जिवी दाहाल चयन भएका छन् । सदस्यहरुमा पवन खेतान, बाग्मती राई, शंकर खड्का, याम बहादुर राइ, कबिन शाक्य, सुबास सांघाई, तिर्थराज भण्डारी र सूर्य बहादुर सुनुवार चयन भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि ग्लोबल वामिङ चेन्जरका अभियन्ता पिके शेर्पाले नेपाली चियालाई हिमाली पर्यटनसँग जाेडेर सहकार्य गर्न सकिने बताए । उनले चिया तथा कफिकाे अन्तराष्ट्रिय बजारमा प्रचार प्रसार गर्न आफूले कुनै कञ्जुस्याइँ नगर्ने र सातै महादेशका अग्ला हिमाल चढ्न लागेकाेले साे अवसरमा हिमालकाे टुप्पासम्म नेपाली चिया लगेर प्रचारप्रसार गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यसैगरि कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल चिया तथा कफि विकास बोर्डका निमित्त कार्यकारी निर्देशक दिपक खनालले चिया विकासको लागि बाेर्डले एउटा छुट्टै खाका बनाएर अगाडी बढ्न लागेको जानकारी गराए । साथै उनले निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिवद्धता गर्दै सहयोगको अपेक्षा पनि गरे ।
संस्थाका अध्यक्ष कमल मैनालीले नेपाल टि एशोसियसनले चिया व्यवसायीमा सकारात्मक तरङ्ग ल्याएको र केही चिया व्यवासायीलाई यो मन नपरेको आरोप लगाए । उनले नेपाल टि एशोसियसनमा एक कप चिया बेच्ने र एक करोड/अरबको चिया बेच्ने सबैको बराबरी हैसियत भएको संस्था भएको बताए । साथै उनले यसले एक प्रकारकाे तरङ्ग ल्याएकाे र चियाकाे केही स्वार्थी समुहलाइ याे मन नपरेकाे बताए ।
महासचिव केदारमणी पौडेलले चियामा सरोकार राख्ने सबै संघसंस्था व्यवसायीलाई एशोसियसनमा आवद्ध हुन आग्रह गरे । चियामा सरोकार राख्ने सबै व्यवसायीलाई एउटै छाता संगठनमा गाेलबद्ध हुन आब्हान गर्दै पाैडेलले नेपाली चियाको प्रवद्र्धन र विकासका साथै व्यवसायीको हकहित र अधिकार रक्षा र्ने उद्दश्यले नेपाल टि एशोसियसनकाे गठन भएकाे हुँदा चिया व्यवसायमा संलग्न सरोकारवालाहरुको साझा संगठन भएकाे बताए ।
महासचिव पाैडेलले भने- ‘चिया तथा कफि खेतीप्रति सरकारी निकायको बेवास्ता गर्दा चिया किसानहरू उत्साहित हुन नसकिरहेकाे र बजार बिस्तारमा पनि खासै चासो नदेखाएकोले एशोसियसनले उक्त कुरालाई गहनताकासाथ उठाउने छ । साथै सरकार तथा निजी क्षेत्रका व्यवसायीलाई पनि चिया तथा कफि क्षेत्रमा ठूला लगानी गर्न र प्रवद्र्धन गर्न आग्रह गर्दछु ।’
समाराेहमा चियाका चर्चित व्यवसायीहरू उदय चापागाइँ र रामकुमार राठी लगायत अन्य व्यवसायीहरूकाे उपस्थिति रहेकाे थियाे ।