चिनियाँ राष्ट्रपति फर्केकै दिन प्रचण्डले किन यसो भने !

दाहालले तत्कालीन माओवादीको जनयुद्ध र त्यसपछि शान्ति प्रक्रियाको स्मरण गर्दै शान्ति प्रक्रियाको श्रेय कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालालाई दिन कन्जुस्याँई गरेनन् । ‘स्वर्गीय गिरिजाप्रसाद कोइराला र मबीच भएको शान्ति सम्झौताले असम्भवलाई सम्भव तुल्याएको छ,’ उनले भने, ‘हेर्दै जाऊँ राजनीतिले कसरी कोल्टे फेर्छ ।’

नेपाली कांग्रेसद्वारा आइतवार आयोजित चियापान कार्यक्रमा सम्वोधन गर्दै प्रचण्ड।

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति स्वदेश फर्केकै दिन अर्थपूर्ण अभिव्यक्ति दिएर राजनीतिक वृत्तमा तरंग ल्याईदिएका छन् । 

दाहालले भनेजस्तै हुने हो भने निकट भविष्यमा देशको राजनीतिमा नयाँ समीकरण बन्ने सम्भावना छ । उनले ‘राजनीतिमा असम्भव भन्ने केही पनि नहुने’ भनेर आफ्नै दल र राष्ट्रिय राजनीतिमा समेत नयाँ बहसको बिजारोपण गरेका छन् । 

आईतबार प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आयोजना गरेको परम्परागत चियापान कार्यक्रममा पुगेका दाहालले उपस्थित कांग्रेस र गैरकांग्रेस सहभागीबीच औपचारिक भाषण गरेर नै राजनीति यथास्थितिमा अघि नबढ्ने खालको अर्थ लाउन सकिनेगरी बोलेका हुन् । 

राष्ट्रपति सि जिन पिङसँग एकल भेट गर्न असफल भएका दाहालले राजनीतिमा शंकाको वातावरण बन्न सक्ने किसिमको बहसयोग्य अभिव्यक्ति किन दिए भनेर चर्चा र अड्कलबाजी सुरु भएको छ ।

  ‘अध्यक्ष दाहालको अर्थपूर्ण भाषणले चिनियाँ राष्ट्रपति सी जिन पिङको ऐतिहासिक  राजकीय भ्रमणको चर्चाबाट ध्यान अन्यत्र मोड्न योगदान पुग्ने देखिन्छ’,एक राजनीतिक विश्लेषकको बुझाई छ ।

  अध्यक्ष दाहालले कांग्रेस मुख्यालयमा बोल्दै ‘कांग्रेससँग आगामी दिनमा सहकार्य हुन सक्ने र राजनीतिमा असम्भव भन्ने केही पनि नहुने’ कुरामा जोड दिएका थिए ।

‘राजनीतिले कोल्टो फेरेमा असम्भव केही नहुने’ उल्लेख गर्दै दाहालले भनेका थिए, ‘राजनीतिमा असम्भव भन्ने कुरा केही पनि हुँदैन । राजनीतिले कोल्टो फे¥यो भने फेरि पनि नेपाली कांग्रेससँग सहकार्य हुन सक्छ ।’

संसद्मा दुइतिहाईको बलियो उपस्थिति रहेको नेकपाले कसरी प्रमुख प्रतिपक्षी दलसँग सहकार्य गर्न सक्ला भन्ने चर्चा चलेको छ । अहिलेसम्म विधेयक ल्याउँदा समेत विपक्षलाई वास्ता नगरिरहेको सत्तारुढ दलका अध्यक्षले सहकार्यको भाषा बोलेर कतै आफ्नो असन्तुष्टि त पोखेका होइनन् भन्ने पनि एकथरीको टिप्पणी छ ।  

दाहालले तत्कालीन माओवादीको जनयुद्ध र त्यसपछि शान्ति प्रक्रियाको स्मरण गर्दै शान्ति प्रक्रियाको श्रेय कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालालाई दिन कन्जुस्याँई गरेनन् । ‘स्वर्गीय गिरिजाप्रसाद कोइराला र मबीच भएको शान्ति सम्झौताले असम्भवलाई सम्भव तुल्याएको छ,’ उनले भने, ‘हेर्दै जाऊँ राजनीतिले कसरी कोल्टे फेर्छ ।’

अध्यक्ष दाहालको ‘हेर्दै जाऊँ राजनीतिले कसरी कोल्टे फेर्छ’ भन्ने भनाई नै अहिले सर्वत्र चर्चा र विश्लेषणको बिषय बनिरहेको देखिन्छ । 


दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गर्ने सत्तारूढ पार्टी र कांग्रेसबीच कस्तो सहकार्य हुन्छ ? भन्ने सम्बाददाताहरुको प्रश्नमा दाहालले भने ‘अहिले दुई तिहाइको कुरा नगरौं ।’ 

उनले त्यतिबेला लिएका संकल्प र प्रतिबद्धताप्रति दृढ रहने र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने अहिलेको प्रमुख दायित्व रहेको बताए । उनले कांग्रेसको निम्तो मान्न आउँदा सहयात्रीकोमा आएको जस्तो लागेको र कांग्रेसमा उत्साह देख्दा खुशी लागेको बताएका थिए । उनले ‘कांग्रेसको मनोबल बढेको’ टिप्पणी पनि गरे ।  

सत्तारूढ नेकपाका अध्यक्ष दाहालको ‘कांग्रेससँग सहकार्य हुन सक्ने’ अभिव्यक्ति’bout कांग्रेस सभापति शेरबहादुर देउवाले भने यसका ’boutमा कुनै कुरा नभएको प्रतिक्रिया दिए । ‘उहाँसँग मेरो कुनै कुरा भएको छैन’ उनले भने ।