पौडेल पाथीभरातिर, देउवा समूहमात्र बैठकमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पाथीभरा दर्शनका लागि ताप्लेजुङ गएकाले आईतबारको केन्द्रीय समिति बैठकमा उनको समूह सहभागी भएन ।  संस्थापन पक्षले बहुमतको आधारमा पेलेर अघि बढ्ने छाँट देखाएपछि बिच्किएको पौडेल समूहले महाधिवेशनको कार्यतालिका पेश नगर्दासम्म बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि सभापति शेरबहादुर देउवा रन्थनिएका एक नेताले बताए । आज देउवासँग लोलिमा बोली मिलाउने पदाधिकारी र सदस्य मात्र केन्द्रीय समितिको बैठकमा सहभागी रहेको बुझिएको छ ।
पौडेल आज साँझसम्म काठमाडौं फर्किने थाहा भएको छ ।

सभापति देउवाले बहुमतको बलमा पार्टी चलाउन गुट सिर्जना गरेपछि पौडेलको नेतृत्वमा महामन्त्री शशांक कोइराला,पूर्व महामन्त्री प्रकाशमान सिंह,केन्द्रीय सदस्य शेखर कोइराला र नवोदित तेस्रो गुटका नेता कृष्णप्रसाद सिटौला संस्थापन पक्ष विरुध्द संगठित भएका छन् । पौडेल समूहको सक्रियता अकल्पनिय ढंगले बढेपछि सभापति देउवा शनिबार बिहानै पौडेल निवास बोहोराटार पुगेका थिए । तर उनले सहमतिको प्रस्ताव राखेपछि पनि महाधिवेशनको कार्यतालिका नै पहिलो शर्तका रुपमा अघि सारेर त्यसमा अडान लिएपछि देउवा रित्तो हात बूढानिलकण्ठ फर्किएका थिए । शनिबार दिनभरी र आईतबार बिहानको प्रयाशपछि देउवा कार्यतालिका प्रस्तुत गर्ने कुरामा लचिलो बनेको नेता ह्रदयराम थानीले सरल पत्रिकासँग  बताए ।

पौडेल पक्षले आज आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठक पनि बहिष्कार गर्ने चेतावनी दिएको थियो । १४ औं महाधिवेशनको कार्यतालिका पेस नगर्दासम्म बैठक बहिष्कार जारी राख्ने पौडेल पक्षका वार्ता समिति सदस्य पनि रहेका थानीले बताए ।

केन्द्रीय सदस्य थानीले भने– ‘हाम्रो मुख्य अडान १४ औं महाधिवेशनको कार्यतालिका बैठकमा पेस हुनुपर्छ भन्ने हो । कार्यतालिका पेस नगर्दासम्म हामी बैठकमा सहभागि हुँदैनौं ।’

 कांग्रेसको १४ औं महाधिवेशनको कार्ययोजना नल्याएको, सहमतिविना विभागको संख्या थप्न प्रस्ताव ल्याएको, भ्रातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको भन्दै पौडेल पक्षले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको थियो ।

आइतबार बिहान पुनः निधिले पौडेल पक्षका महामन्त्री कोइरालाबीच विवाद समाधानका विषयमा छलफल भएपनि कुनै सहमति बन्न सकेन । ‘उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालबीच कोइराला निवास महाराजगञ्जमा छलफल भयो’ नेता थानीले भने, ‘चार मुख्य विषयमा पार्टीभित्रै सहमति निर्माण गरेर अघि बढ्ने सल्लाह भएको छ ।’

शनिबार पौडेलको बैठक कक्षमा वार्ता गर्दै तीन नेता । (तस्बिर साभार पौडेलको फेसबूक)सरल पत्रिका …