कहिले पनि यी कारणले विवाह गर्नु हुँदैन:

– योजना राई

अधिकांश किशोर किशोरीहरुहरुको विवाह छिट्टै हुने गर्छ, जो पछि गएर पछुताउँछन् । यद्यपि, उनीहरुले विवाह आफ्नो खुसिले गरेका हुँदैनन्। कसै न कसैको केही न केही बाध्यता हुने गर्दछ । यदि तपाई बाध्यतामा परेर विवाह गर्दै हुनुहुन्छ भने निम्नलिखित कारणहरुबाट प्रभावित भई विवाहको हतार नगर्नु होला ।

परिवारको दबाव:

प्रायःअधिकांश परिवारका सदस्यहरुले तपाईलाई अब त विवाह गर्नुपर्छ भन्दै दबाव दिन्छन् । आमाबुबाको दबावका कारण छोरीहरु पनि विवाहका लागि तयार हुन्छन्। तर त्यस्ता धेरै कुराहरु हुन सक्छन् जसबाट तपाईलाई बिहेपछि पश्चताप भैरहेको हुन्छ।

बढ्दो उमेरको चिन्ता:

प्रायः परिवारका सदस्यहरुले तपाईलाई ‘उमेर ढल्किन लागिसक्यो, अहिले विवाह नगरे कहिले गर्ने’ भन्दै विवाहका लागि दबाव दिन थाल्छन् । ‘२५ वर्ष भैसक्यो, यो उमेरपछि तिमीसँग कसले विवाह गर्छ? जस्ता कुराहरु गरेर छोरीलाई विवाह गर्नका लागि बाध्य पार्ने आमा-बुबाले आजैका दिनदेखि छोरीलाई दबाव दिन रोक्नुपर्छ। छोरीहरुलाई विवाहका लागि प्रशस्त सोच्न समय दिनुपर्छ । जब उनीहरु विवाहका लागि तयार हुन्छन्,त्यसपछि मात्रै विवाह गरिदिनु पर्छ ।

आफन्तको दबाव:

कहिले काहीं आमा-बुबाले कुरा बुझिसकेका हुन्छन्, तर केही आफन्तहरु त्यस्ता पनि हुन्छन्, जसले युवतीका आमा-बुबामाथि दबाव दिइरहन्छन्। ती आफन्तहरुले ‘केटा अत्यन्त राम्रो छ’ छोरीको विवाह उसैसँग बिहे गरिदिनुपर्छ, यो भन्दा राम्रो परिवार पाइँदैन भन्दै दबाव दिन थाल्छन्। यदि तपाईको परिवारमा पनि कुनै आफन्तले विवाहका लागि दबाव दिइरहेका छन् भने सावधान हुनुहोला दबावमा आएर विवाह गर्दा पछुताउनु पर्नेछ ।

ब्रेकअपलाई बिर्सन:

कतिपय व्यक्तिहरु ब्रेकअपपछि निकै नै उदास तथा दुःखी हुन थाल्छन्। त्यस्तो बेला उनीहरु समक्ष विवाहको प्रस्ताव आयो भने उनीहरुले तत्काल स्वीकार्छन्। आफ्नो प्रेमलाई बिर्सन यदि तपाईले विवाहको प्रस्ताव स्वीकार्नु भएको हो भने त्यो गल्ती नगर्नुहोस्। यसो गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै हो ।

सम्पत्ति:

कतिपय व्यक्तिहरु आर्थिक सम्पन्नता र रहनसहन देखेर विवाहका लागि तयार हुन्छन्। तर, ती व्यक्तिको व्यवहार कस्तो छ भन्ने कुरा थाहै हुँदैन। विवाहपछि जब व्यवहार कस्तो छ भन्ने कुरा थाहै हुँदैन। विवाहपछि जब व्यवहार चाहेको जस्तो हुँदैन, त्यो बेला उक्त वैवाहिक जीवन लामो समयसम्म अघि बढ्न सक्दैन। त्यसैले विवाह गर्नु अघि हुनेवाला जीवन साथीका ’boutमा राम्ररी बुझ्नुपर्छ ।

किन बढ्दैछ सम्बन्ध विच्छेदको घटनाः

दुई व्यक्तिबीचको आपसी सहमतिमा नै विवाह हुन्छ। समाजमा बिहेलाई पवित्र बन्धनको रुपमा लिइन्छ र जीवनमा बिहे एकपटक मात्र गरिन्छ । पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा समस्या बढ्दै गएको छ। श्रीमान र श्रीमतीबीच बढेको असमझदारी सम्बन्ध विच्छेदमा परिणत हुन धेरै समय नै नलाग्नु नै अहिलेको समस्या हो। सानोतिनो मनमुटावमा नै सम्बन्ध विच्छेदको बाटो अनपाउँदा समाजमा सम्बन्ध विच्छेदको संख्या निकै बढेको छ ।

विषेशतः विवाहत्तेर सम्बन्ध, गरिबी, लागूऔषध र शारीरिक र मानसिक अक्षमता नै अहिले सम्बन्ध विच्छेदको मुख्य कारण बनेको छ। एक अन्तर्राष्ट्रिय अनुसन्धानले विश्वभरीनै बढिरहेको सम्बन्ध विच्छेदको घटनाको ’boutमा तथ्यांक संकलन गरेको छ।

पछिल्लो ६० वर्षमा विश्वभरिनै सम्बन्ध विच्छेदको समस्या तीव्र गतिमा बढिरहेको छ। अमेरिकाको ‘डाइभोर्स रेकर्ड’ को अनुसार १९६० बाट ‘डाइभर्स रेट’ २५१.८ प्रतिशतले बढिरहेको छ। तर, भारतमा भने सम्बन्ध विच्छेदको रेट एक प्रतिशतले मात्र बढेको पाइएको छ ।

भारतमा सबैभन्दा कम:

भारतमा अहिले सम्बन्ध विच्छेदको घटना कम पाइएको छ। भारतमा एक हजार विवाहमा १३ जनाको सम्बन्ध विच्छेद हुने गरेको छ। यसको सबैभन्दा ठूलो कारण पारिवारिक परम्परा भएको अनुसन्धानमा उल्लेख छ। भारतीय संस्कार अनुसार विवाह पश्चात दुई जना मात्र नभई दुई परिवार नै जोडिने भएकाले हत्तपत्त सम्बन्ध विच्छेद गर्नु मुष्किल हुन्छ। त्यसैले धेरै महिलाहरुमा समस्याका बाबजुत पनि सम्बन्धलाई जोगाइरहनुपर्छ भन्ने धारणा रहि आएको छ ।

लग्जमबर्गमा सबैभन्दा धेरै:

युरोपको सबैभन्दा सानो देश लग्जमबर्गको जनसंख्या पांच लाख मात्रै छ । तर यहाँ ८७ प्रतिशत सम्बन्ध विच्छेद हुने गरेको छ। धनी देशहरुको सूचीमा पर्ने यो देश सम्बन्ध कायम राख्ने बिषयमा निकै पछाडि रहेको छ भने, यहाँको जनसंख्या वृद्धिदर यरोपमै सबैभन्दा बढी छ ।

रुसमा हरेक एक सेकेन्डमा एक सम्बन्ध विच्छेद:- रुस यस्तो देश हो जहाँ हरेक एक सेकेन्डमा एक जोडीको सम्बन्ध विच्छेद हुन्छ। यहाँको एक तिहाई विवाह जम्मा पाँच वर्ष टिक्छ। त्यसैगरी, यहाँको सम्बन्ध विच्छेदको दर पनि ५१ प्रतिशत रहेको छ।

स्पेनमा विवाह टुट्नुको कारण गरिबी:

गरिबीको कारण अक्सर वैवाहिक जीवनमा मनमुटाव आउने गर्छ। गरिबीकै कारण विवाहित जोडी सम्बन्धमा खुशी हुन सक्दैनन्। किनकी सानो भन्दा सानो आवश्यकता पनि गरिबीको कारण पूरा हुन नसकेपछि सम्बन्ध विच्छेद हुने सम्भावना धेरै हुन्छ। यस्तै स्पेनमा पछिल्लो केहि वर्षमा स्पेनको आर्थिक अवस्थामा आएको उतारचढावका कारण सम्बन्ध विच्छेद हुने गरेको छ। यहाँको सम्बन्ध विच्छेदको ६५ प्रतिशत रहेको छ।

इङ्ग्ल्यान्डमा बयस्क जोडीमा धेरै सम्बन्धविच्छेद:

इङ्ग्ल्यान्डमा पछिल्लो केहि वर्षमा सवा लाख जोडीको सम्बन्धविच्छेद भएको अनुसन्धानमा खुलेको छ। इङ्ग्ल्यान्डमा सम्बन्धविच्छेदको दर ४२ प्रतिशत रहेको छ। यसको मुख्य कारण १८ देखि २२ वर्शको उमेरमा हुने विहे हो। यो उमेरमा सम्बन्धविच्छेदको खतरा धेरै हुन्छ। किनकी, सानै उमेरमा विवाह गर्दा एक अर्कासँग ‘एडजस्ट’ हुन सक्दैनन् र सम्बन्धविच्छेद गर्छन् ।

अमेरिका सम्बन्धविच्छेदको कारण दोस्रो विवाह:

अमेरिकामा सम्बन्धविच्छेदको कारण दोस्रो विवाह भएको अनुसन्धानमा उल्लेख छ। अमेरिकामा दोस्रो विवाह गर्नेको संख्या बढिरहेको छ। एउटा जोडीमा कोहि न कोहि दोस्रो व्यक्तिसँग विवाह गर्न चाहन्छ। जसको कारण सम्बन्धविच्छेदको प्रतिशत ४६ प्रतिशतले बढिरहेको छ। त्यसैगरी, अर्को कारण जोडीमा कुनै एकको अक्षमता पनि रहेको अनुसन्धानमा पत्ता लागेको छ।