के काेराेनाविरूद्धकाे लडाइँमा स्विडेनकाे माेडल सफल हाेला?

काठमाडौं, चैत १७ः कोरोना भाइरसका कारण इटाली, बेलायत जस्ता यूरोपका देशमा कडा लकडाउन लागु गरिएको छ। तर, यूरोपकै देश स्विडेनमा त्यसको ठिक विपरित छ। स्विडेनले आफ्ना नागरिकलाई आफैं जिम्मेवार हुन सम्झाएको छ। स्विडेनले यसका लागि केवल एक गाइडलाइन्यस जारी गरेको छ। धेरैजसो मानिस घरबाटै काम गरिरहेका छन्, तर उनीहरु बाहिर निस्किएर गर्मी मौसमको आनन्द समेत लिइरहेका छन्।

के स्विडेनको यो नियम कोरानाविरुद्धको युद्ध जित्न सफल सावित होला? प्रश्न धेरैको मनमा उठ्न सक्छ। लामो जाडोपछि स्विडेनमा अहिले गर्मी सुरु भएको छ। मानिसहरु गर्मी मौसममा रमाइरहेका छन्। राजधानी स्टकहोमका मानिस गर्मीको फाइदा उठाउन बाहिर निस्किरहेका छन्। राजधानीको मारियाटार्गेट स्क्वायरमा मानिसहरु आइसक्रिम खान आइरहेका छन्। यस्तै सडक किनारामा युवाहरु ह्याप्पी आवर बबल्सको आनन्द उठाइरहेका छन्। शहरमा यही साता नाइटक्लब खुलेको छ। तर, आइतबारबाट ५० भन्दा बढी मानिस एक पटकमा भेला हुन प्रतिबन्ध लगाइएको छ। छिमेकी देश डेनमार्क वा ब्रिटेनसँग तुलना गर्ने हो भने ठूलो भिन्नता देखिन्छ। डेनमार्कमा १० जना भन्दा बढी भेटघाट गर्न प्रतिबन्ध लगाइएको छ भने ब्रिटेनमा घर बाहिर निस्कन रोक लगाइएको छ।  

हरेक व्यक्तिमा जिम्मेवारी 

स्विडेनको सडक समान्यअवस्था भन्दा निकै सुनसान छन्। स्टकहोमको पब्लिक ट्रान्सपोर्ट कम्पनी एसएलले भनेको छ की पछिल्लो हप्ता सव वे र कम्युटर ट्रेनमा यात्रीको संख्यामा ५० प्रतिशतले गिरावट आएको छ। यसबाट स्टकहोमका अधिकांश मानिस घरबाटै काम गरिरहेको पुष्टी हुन्छ। सरकारी सहयोगमा चल्ने कम्पनी स्टकहोमका अनुसार घरमा काम गर्ने मानिसको संख्या ९० प्रतिशतसम्म पुग्न स्क्छ। कम्पनीका सिईओ स्टाफान इनगरसनले भनेका छन्, ‘जुन सुकै कम्पनीले वर्क फ्रम होम को अनुमति दिइरहेका छन्।’

स्विडेन सरकारले मानिसहरु आफैंले आफैंलाई जिम्मेवार सम्झिउन भन्ने रणनीति लिएको छ। पव्लिक हेल्थ अफिसर र राजनेतालाई अहिले पनि ठूलो कदम नचालिकनै कोरोना फैलनबाट रोक्न सकिने आशा छ। कडा नियमको साटो गाइडलाइनस जारी गरिएको छ। सरकारको ध्यान बिरामी र वृद्ध मानिसहरु घरमै रहुन भन्नेमा छ। हात धुने, यात्रामा ननिस्कने र घरमै रहन भनिएको छ। स्विडेनमा अहिलेसम्म कोरोनाका ३५०० संक्रमित भेटिएका छन्। जसमध्ये १०५ जनाले ज्यान गुमाएका छन्। प्रधानमन्त्री स्टिफन लोफवेनले पछिल्लो साता देशका नाममा सम्बोधन गर्दै भने, ‘हामीले परिपक्व व्यवहार गर्न आवश्यक छ। संक्रमण र अफवाह दुवैलाई फैलाउनु हुँदैन। यो संकटमा कोही पनि एक्लै छैन। तर सबै मानिसमा उत्तिकै जिम्मेवारी पनि छ।’

सरकार माथि ठूलो भरोसा 

एक सर्वेक्षण कम्पनीले गराएको सर्वे अनुसार स्विडेनका अधिकांश मानिसले प्रधानमन्त्रीको सम्बोधन हेरे र उनको अभिव्यक्तिमाथि सहमति जनाए। स्विडेनमा सरकारी अधिकरी माथिसमेत उच्च भरोसा गरिन्छ। स्विडेनका मानिस सरकारले जारी गरेको गाइडलाइनसको स्वेच्छाले पालना गरिरहेका छन्। स्विडेनको एप्रोचको ठूलो कारण त्यहाँको डेमोग्राफी समेत हो। भूमध्यसागरीय देशका धेरै पिढीका मानिस एकै घरमा रहनुको साटो स्विडेनका आधा भन्दा धेरै घरमा एकजना मात्रै मानिस बस्छन्। यसले भाइरस परिवारमा फैलने खतरा कम हुन्छ। यस्तै स्विडेनका मानिस बाहिर निस्कन मन पराउँछन्। अधिकारीहरुका अनुसार बाहिर निस्कँदा मानिस मानसिक र शारिरिकरुपमा स्वस्थ रहन्छन्। सोही कारण मानिसलाई घरमै राख्ने नियम अस्विकृत हुने सम्भावना रहन्छ।  

इतिहासले गर्नेछ फैसला 

एकातिर स्विडेनका मानिस यूरोपका अन्य देशको कोरोनाका महामारीमा नराम्ररी फेसका छन्। अन्य मानिसले देशको अनौठो एप्रोच माथि प्रश्नसमेत उठाउन थालेका छन्। स्विडिस मेडिकल यूनिभर्सिटी द केरोलिंन्स्का इन्स्टिीट्युटमा एपिडेमियोलोजिस्ट डा. एमा फ्रान्सले भनेकी  छन्, ‘मलाई लाग्छ की मानिसले हाम्रो सुझाव मान्छन्। तर जुन किसिमको गम्भीर स्थिती अहिले छ। त्यसलाई हेर्दा यो कदम पर्याप्त देखिँदैन।’ एमा चहान्छिन् की मानिसका लागि स्पष्ट निर्देशन जारी गर्नुपर्छ। जस्तै–उनीहरुलाई पसल, जिम सँगै सार्वजनिक स्थलमा अन्य मानिससँग कसरी भेट्ने भनेर सिकाउनु पर्छ। साथै धेरै मानिसको कारोबार चलिरहेको छ, तर केही मानिसहरु संघर्ष गरिरहेका छन्। मारियाटार्गेटको व्यस्त बार होस् वा लोकप्रिय हिप्सटर बार्बर शप अनेस्ट अल्स, जहाँ ग्राहकको संख्यामा गिरावट आएको छ। मालिक अल मोकिका भन्छन्, ‘मेरी पत्नीको एक कम्पनी छ। त्यसैले हामी आफैंमा निर्भर छौं। कारोबारमा गरिवट आएको छ। मैले अहिलेस्म्म बिल तिर्न सकेको छैन। हामीले बैंकलाई यस’bout बुझाउनुपर्ने छ।’
‘केवल इतिहास नै यो कुराको फैसला गर्ने छ की यूरोपका कुन नेता र वैज्ञानिकले कोरोनाका विषयमा सबैभन्दा राम्रो फैसला उपयुक्त थियो,’ डा. एमा भन्छिन्।

बीबीसी