अप्रिल फूल !

डाक्टर सुजाता पन्त

 तिमीले अस्ति भर्खर प्रेम दिवसको दिन,

 मागेको गुलाफको फूल !

 कस्लाइ के थाहा यति छिट्टै अप्रिल फुल बनिदिन्छ भनेर ?

 हृदयभित्र लकडाउन गरेर राखेको तिम्रो तस्वीर,

 कस्लाइ के थाहा आखाबाटै चुहिएर सकिन्छ भनेर ?

 महिनौ भैसकेको थियो बिहानीको घाम ,मेरो आँगनमा पोखिन छोडेको

खुशीले बिदाइको हात हल्लाएको,

अनि प्रेमको काँडाले घोचेर मुटु छियाछिया बनाएको ,

 सरकारले सामाजिक दुरि बढाउ भन्नू अघि नै ,

महिनौ भैसकेको थियो तिम्रो र मेरो मनको दुरि बढेको ।

सायद तिमीले धेरै दिएर गयौ !

 र थोरै लिएर गयौ ,

मलाइ आफुसगै लिएर गयौ र आफुलाइ मसगै छोडेर गयौ I

 जति नै दिए पनि तिमी बिना बाँच्न नसिकाइ गयौ l

सायद,

 समयले बाँच्न सिकाउछ भनेर होला

 तर तिमिलाइ थाहा छ तिमीले छोडेदेखि

समयले पनि छोडिदियो,

 मेरो हात र पछारिदियो मलाई यस्तो बगरमा ल्याएर

 जहाबाट न अगाडि जान सके न पछाडी फर्किन नै,

 आज अनायासै खै के भयो ?

तिम्रा यादहरुले एक्कासी जिस्क्याइदिए

तिमीले चुमेका ओठहरुले !

 सायद फेरि,

 तिम्रो सामिप्यता महसुस गर्दै अप्रिल फुल मनाइदिए  l

निभिसकेको दियोले फेरि एकचोटी तिम्रो उज्याले छरिदियो !

 मनको भित्तामा कहिल्यै ननिकाल्ने गरि टाँसेको तिम्रो तस्वीर,

 एकाएक बाहिर आइदियो र खडा भयो मेरो अगाडि

बियरका रित्ता बोतलहरु एक आपसमा ठोक्किए

र, मलाई गिज्याउदै चियर्स गर्न थाले !

 तिमीले चिया पिएर गएको त्यो कपले

फेरि छरिदियो तिम्रो सुगन्ध l

 क्यानाभाषमा  कोरिएको तिम्रो स्केचले ,

एक्चोटी फेरि प्रेमिल आखाहरुले हेरिदियो !

 तिमीले सुम्सुम्याएका रेशमी कपालहरु आज फेरि छरपस्ट भैदिए

 र तिमिलाइ पर्खिरहे !

सायद आज तिम्रा याद हरुले नै मलाई यसरि झुक्याइदिए,

 बल्ल पो थाहा भयो आज अप्रिल फुल रहेछ l

समयसग एउटा सम्झौता थियो अब कहिल्यै रुनेछैन !

 तिम्रो यादमा फेरि बग्ने छैन भावनामा !

बस जीवनमा एक्चोटी भयो प्रेम हार भयो या जित भयो

तर पनि खुसी छु आज आखाहरुले !

 पनि फेरि बिर्सिदिए,

 ती सम्झौताहरु फेरि पोखिए जबर्जस्ती रोक्न खोज्दा खोज्दै

 प्रिय मलाई कमजोर नसोच्नु ल !

 महिनौ देखि पिल्सिएका भावनाहरुलाई !

 आज निस्चिन्त बग्न दिए मैले !

 तिमीले नदेख्ने गरि तिमीलाई आफ्नो बनाउनु छ l

भन्ने तिम्रो आवाज फेरि गुन्जिए

आफैभित्र सायद आज अप्रिल फुल भएर होला

 फेरि भोलिदेख  त उही जीवन जिउनु छदैछ नि ?

 तिमीलाई आफ्नो बनाउन सक्दिन भन्ने ,

  तितो यथार्थे स्विकार गर्दै आफुभन्दा

गर्हौ जीवनका भारिहरु बोक्नु नै छ

 फेरि भुल्नु भुलाउनु नै छ तिम्रा यादहरु

रक्सिको नसा र चुरोटको धुवामा र

आँखा खोलेरै निदाउनुछ प्रत्येक रात

 किनकि , समयले बर्षमा एकदिन अप्रिल फुल !

र ३६४  दिन यथार्थरुपी काँडा बनाएको छ !