कोरोना, मानव संवेदनशीलता र खाद्य सुरक्षा

कमल भण्डारी

एउटा मानिस मृत्यूले छटपटाउँदा अर्को मानिसले नजिकबाट उसको नाडी छाम्ने नपाउने, अस्पातलमा भेटेर मानवीयताको नाता गाँस्न नपाइने, विरामीले आँखाबाट वरवरी आँसु झारेको छ । उसका छोराछोरीलाई, आफन्तलाई अन्तिम शव्द भन्न लागिरहेको छ । कुनै श्रीमान अन्तिम अवस्थामा पुग्दा श्रीमतिले हात, खुट्टा समाइदिने वा आँसु पुछिदिनसम्म नसक्ने कस्तो अवस्था ल्यायो यो कोरानाले ।


सन २०१९ को अन्त्यबाट विश्वमा मानव समुदायको मन मस्तिष्कमा अनौठो खाले भूकम्प आएको छ । चिनको वहान प्रान्त केन्द्र विन्दु भएर आएको यो कोभिड १९ नामक विषाणुको तरंग अहिले विश्वका सवै देशहरुमा फैलिसकेको छ । जसले पृथ्वीमा वसोवास गर्ने ७ अरब ६० करोड ( पुग नपुग) मानिसहरुमा एउटा अनौठो तरंग ल्याएको छ । एकबाट सुरु भएको भाइरस करीव ४ महिनामा ( अप्रिल २०२०को अन्त्यसम्ममा) ३१ लाख ५० हजार जनामा पुगेको छ । ६० हजारको हाराहारीमा मानिसहरु हताहत भएका छन् ।

यसको रुप कस्तो हुने हो कसले भन्न सक्ने अवस्थामा छैन । हालसम्म पनि यसलाई ठिक गर्ने औषधी पत्ता नलागेकोले गर्दा कति मानिसहरुले ज्यान गुमाउनु पर्ने हो केही भन्न सकिने अवस्था छैन । अहिलेसम्मको अवस्थालाई हेर्दा प्रतिरोधात्मक क्षमता वढाउनुको विकल्प केही छैन । यसैकारण आज विश्वका सवैमानिसहरु गृहवन्धि वनेका छन् । एक अर्कोवीचमा सामाजिक दुरी कायम राखेर धेरै मुस्किलले ज्यान वचाएका छन् । कति मानिसहरुमा सरीसकेको छ पत्तो पनि छैन । रोगको लक्षण देखिन नै ४०÷५० दिन लाग्न सक्ने भएकोले के कतिमा फैलिएको छ भनेर अनुमान गर्न सक्ने अवस्थापनि छैन । प्रत्येक पलमा कर्म नगरी वाच्न धौ धौ परेका मानिसहरु अव कसरी आफनो दैनिक गुजारा चलाउने भन्ने’boutमा सवैभन्दा ठूलो र गंभिर चिन्ताको विषय वनेको छ ।

हुन त यो भन्दा पहिले पनि यस्ता संकटहरु आएर मानिसहरुलाई धेरै नै अप्ठ्यारो पारेको थियो भन्ने विभिन्न ग्रन्थमा व्याख्या गरिएको पाइन्छ । तर ती प्राकृतिक,दैवि प्रकोप, युद्ध महाभारी आदी एकैपटक सारा मानवलाई नै प्रत्यक्ष असर गर्ने गरी नभएर कुनुै निश्चिित भूगोलमा घट्दथे र तुरुन्त यसको रोकथाम तथा उत्पन्न परिस्थितिमा सरा मानिसहरको संवेदनशीलताले एक अर्को वीचमा सहयोग आदान प्रदान हुने गर्दथ्यो । घाउ लागेकालाई नलागेकाले मलम पट्टि लगाउने, खानाको व्यवस्था गर्ने, वासको लागि प्रवन्ध मिलाउने र जनजिवन सामान्यमा आउने गर्दथ्यो तर यो त सारा मानवलाई नै एकैचोटी आईलाग्यो । जो विरामी परेको छ त्यसलाई उपचार गर्न लाग्दा उपाचार तथा स्याहार सुसार गर्न जानेलाई सर्ने भएकोले वडो अप्ठ्यारो अवस्था ल्याएको छ कोरोनाले । मानवीय संवेदनशीलता मनमा मात्र लिएर वस्नु परेको छ ।

एउटा मानिस मृत्यूले छटपटाउँदा अर्को मानिसले नजिकबाट उसको नाडी छाम्ने नपाउने, अस्पातलमा भेटेर मानवीयताको नाता गाँस्न नपाइने, विरामीले आँखाबाट वरवरी आँसु झारेको छ । उसका छोराछोरीलाई, आफन्तलाई अन्तिम शव्द भन्न लागिरहेको छ । कुनै श्रीमान अन्तिम अवस्थामा पुग्दा श्रीमतिले हात, खुट्टा समाइदिने वा आँसु पुछिदिनसम्म नसक्ने कस्तो अवस्था ल्यायो यो कोरानाले । विरामी भएर मरेपछि पनि दागवत्ती दिन नपाउने, अन्तिम श्रद्धान्जीका लागि फूल चढाउन नपाइने, आफन्त वितेको छ मलामी जान नपाइने, कस्तो रोग लाग्यो मानवलाई आज ।

आफूजन्र्मिको ठाउँमा मर्न पाउने कति इच्छा थियो होला तर आज विदेशीको भूमिमा न आमा, न वाबु,न छोरीको अन्तिम अनुहार हेर्न वा मातृभूमिमा अन्तिम सास फेर्न चाहने मानव आत्माहरु त्यती विलाएका छन् । यहाँ भन्दाको विपत्ती अरु के नै हुनसक्छ र । आज मानव मष्तिस्कहरुमा यति ठूलो चोट लागेको छ जुन वाचुन्जेलसम्म पनि कहिल्यै मेटिने छैन जसरी एउटा वयस्क रुखमा लागेको गहिरो चोट पछि फर्निचर वनाउँदासम्म मेटिदैन ।

प्राकृतिक नियमको सिद्धान्तबाट हेर्दा यो धर्तीमा जति प्राणीहरु छन् मानिस वाहेक सवैले आ आफनो खाद्यन्न लगायत वासको जोहो अहिले पनि स्वयंले गर्दछन् स साना वच्चारुले वाहेक । उनीहरुलाई प्रकृतिले सवै व्यवस्था गरेकी छन् । मानिसमात्र यस्तो प्राणी हो जसले विस्तारै आफ्नै तरिकाले वाँच्ने प्राकृति कलालाई मास्दै वा विर्सदै अरुसँग निर्भर नभई वाँच्न नसक्ने अवस्थामा आइपुगृेको छ । मानवसभ्यताको विकासक्रमलाई हेर्दा जव कृषि युगबाट औद्योगिक युगमा प्रवेश पछि मानिसहरुको परनिर्भरता वढ्न सुरु भएको हो । जहाँ जुन ठाउँमा वस्दथ्यो त्यही जे फलाउन सकिन्थ्यो वा हुन्थ्यो त्यसैबाट आफूले भनेजस्तो जिवन चलाएको थियो । जव मानव मस्तिष्कको विकास हुदै जाँदा गाँस, वाँस र कपासलाई प्रविधिसँग जोड्न थाल्यो सँगै उसले दिनप्रतिदिन विलाशीताको जीवन शैली अपनाउँन थाल्यो । अहिलेको यो परिवेशमा के गर्ने कसो गर्ने भनेर छटपटाउन थालेको छ । भोकोपेटले संवेदनशीलतालाई विर्सन्छ । खान नपाएपछि कि मर कि मारको अवस्था आउँछ मानिस । जतिसुकै सभ्यताको विकास भएपनि खानेकुरा त यहि माटोमा नै उव्जाउनु पर्छ । अव कारोनाले मानिस र बाटो वीच टुटेको सम्वन्धलाई जोड्न थालेको छ । यो नै एउटा विकल्पको हो जसले माटोलाई प्रेमगर्छ उ सजिलै आफ्नो खाद्यन्नको जो हो गर्न सक्ने भएकोले नेपाल जस्तो देशमा अवका दिन साह्रै सहज र मानवीय मूल्यमान्यता जोड्न सकिने मौका मिलाउँदै छ कोरोनाले ।

खाद्य सुरक्षा र यसको मनोविज्ञान


सन २०१० को कुरा हो वेलायतबाट २ जना विद्यार्थी नेपालको वन र वातवारणसँग सम्वन्धित विषयमा मास्टर डिग्रीको थेसीस लेख्न नेपाल आएका थिए । उनीहरुलाई वाग्लु¨जिल्लाको तत्कालिन रायाडाँडाँ गाउँ विकास समितिको एउटा टोलमा लिएर गएको थिएँ । काठमाण्डौबाट पोखरा एयरपोर्ट हुँदै त्यहाँपुग्दा साँझको ७ बजेको थियो । फाल्गुन महिनाको साँझ हल्का चिसो थियो ।

गाउँको वसाई वेलुका भात, दाल, साग, स्कुसको तरकारी, दुध, ध्यू, तीलको चट्नी सहित नेपाली परिकारको खाना वढो स्वाष्टि तरिकाले खाए । ती दुई वेलायती युवतीले । भोली पल्ट विहान आफनो नित्यकर्म पश्चात गिलासमा चिया समाएर ’round हेर्दै अचम्म मानेर भने ओ हो जतातै डिपार्टमेन्ट स्टोर, यति धेरै भेराइटीको खानेकुरा फलेको भन्दै कुरा गरे सन २००९ मा मेक्सिकोमा आएको ज्वालामूखीका कारण १५ दिन हवाइजहाज न चल्दा वेलायत स्थित उनीहरु वसको ठाउँमा खाद्यन्नको संकट परको थियो । यदि जहाज चलेनन् भने हामी भोकै वस्नु पर्छ तर यहाँ पाखाभरी खानेकुरा नेपालजस्तो गाउँमा हामी जन्मिएका भए कति भाग्यमानि हुने थियौं होला ।

सत्यकुरा यो हो की खाद्य सुरक्षा शव्द त्यहाँबाट सुरुवात भयो जहाँ खानेकुरा नै फल्दैन । अत्यन्तै चिसो छ । बर्षमा मुस्किले ३÷४ महिना घाम लाग्छ यानकी तातो हुन्छ । त्यहाँ के को खानेकुरा फलोस् । त्यही संस्कृतिबाट यो शव्दको उत्पति भएको हो । अव हाम्रो जस्तो देश जहाँ १५ दिनभित्रमा वारीभरी मेथीको साग खाने हुन्छ, फापर उस्तै छिटो साग खान तयार हुन्छ । सिस्नो, ठिटा, टाँकी, निगुरो,तरुल, लट्टे, सिजन अनुसारका फलफुल र तरकारी जंगल भरी वाह्रै महिना छ । आलु, मकै, गहुँ, धान लगायतका अन्नहरु ३ महिनामा फल्दछ । गरेपछि स्यारी नसक्ुन गरी फल्दछ । आज लकडाउनको ३७ दिन ३ पटक एकै ठाउँमा मेथीको साग भईसक्यो । के को गाह्रो हुन्छ खाद्यसुरक्षाको । अव नेपालीका खुसीका दिन आँदैछन् । आनन्द र शान्तिका दिन आउँदैछन् ।

टुटेका मनहरु अव छिटै जुट्दैछन । हाम पाखरीमा तागत वढ्छ अव ’cause मुहानको पानी पिउन पाउँदै छौ, स्वच्छ हावा लिँदै छौ, वारीको नफलुन्जेलाई जंगलबाटै तरकारी, फलफुल ल्याएर खाँदै छौ, दुध, दही र महिसँग कोदो, मकैको ढिडो खाएर कति बर्षदेखि सुकेका आन्दाहरु अव रसाउँदैछन् । रात दिन कम्प्युटर मोवायल आँखको ज्योती गुमान लागेकाहरुले आँखा देख्न पाउने छन् , धुलो मैलो अव खानु त परै जाहोस देख्नु पनि पर्दैन । अवको केही दिनमा नेपालीका गालामा रगत भरीने छ । राता गाला पोटिलो अनुहारमा मुसुस्क मुस्कुराउने दिन आउन लागे । के खाद्य असुरक्षा हुन्छ नेपालमा यो त गर्न नसक्ने, अल्छी, सरकारलाइ गाली गरेर आफ्नो पद र पोजिनको वार्गेनि¨ गर्नेहरुको खेलो हो । कर्मयोगी नेपालीका लागि स्वर्गका दिन आउँछन् अव । यो कुनै आदर्श होइन यथार्थ हो । अव स्कुलहरुका विद्यार्थीलाई आधा दिन खेतवारी र आधा किताव पढ्ने पाठ्यक्रम वनाउनु पर्छ, वारीका काल्लाहरु, वाटोका किनारहरु, वनको खाली ठाउँहरुमा फलफुल र डालेघाँसले भर्ने दिन आए । खेत र वारीको गुनाकुना खनेर तरकारी र अन्न लगाउने दिन आए, गाई भैसी, हलगोरु, टाट्नभरी वाख्रा, परेवा, कुखुरा पाल्ने दिन आए । कोरोना पछिको नेपालीसमाज यति समृद्ध र सम्पन्न हुन्छ की विश्वका मानिसहरुले भिसा पाउन गाह्रो हुने छ । स्वर्गजस्तो देशमा आउन त्यति सजिलो कहाँ छ ?

जसरी एउटा वच्चा जन्मनु भन्दा २० दिन पहिले नै आमाको शरीरमा दुध तयारी हुन्छ त्यसैगरी जहाँ जन्म लिन्छौ त्यही जीवनभरीलाई पुग्ने खानेकुराको व्यवस्था भएको हुन्छ । त्यो देश हो नेपाल । ३ महिना काम गरेर बाँकी ९ महिना वसेर खान पाउने देश यो संसारमा कहाँ छ ? अव खाद्य सुरक्षाको पाठ नेपालमा हैन अन्य देशम सिकाउनु पर्ला यहाँ त आँट छ भने जसले खेतीगर्न खोज्दछ उसलाई जमिन, हलगोरु, हलो, गोठको व्यवस्था, पानी, विउ, कुटो कोदालो, हसियाँ, उत्पादित वस्तुको संकलन र प्रसोधनमा सहयोग गरौं न की राहतका नाममा विदेशबाट ल्याएको कुहिया अन्न वितरण गरेर समाजिक संजालमा दान दिएको फोटाहरु वन्द गरौं । विदेशीसँग मागेर औषधी न वाँडौ वरु योग, प्राणायम, हाम्रै गाउँघरमा हुने जडिवुटीको प्रयाग गर्ने ज्ञानमा खर्च गरौं ।

लेखक ः विगत २५ बर्ष देखि प्राकृतिक स्रोत र ग्रामीण समृद्धिको क्षेत्रमा काम गर्दै आउनु भएको छ ।