वैज्ञानिकहरूको दाबी- प्रकृतिमा मानवीय हस्तक्षेपले महाव्याधि निम्त्यायो

जैविक विविधताका गडफादर कहलिएका थोमस लभजोयले वन्यजीवनको गैरकानूनी कारोबार र प्रकृतिमा मानवताको “निरन्तर र अत्यधिक घुसपैठ” ले कोरोनाभाइरस महाव्याधि निम्त्याएको बताएका छन्।

थोमस लभजोयले सन् १९८० मा “जैविक विविधता” शब्द पहिलो पटक प्रयोग गरेका थिए। प्राकृतिक विश्वमा मानवीय हस्तक्षेपका कारण वैज्ञानिकहरूले प्रत्येक वर्ष दुईदेखि चार वटा नयाँ भाइरस पत्ता लगाइरहेको उनले बताएका छन्। तीमध्ये एउटा महाव्याधिमा परिणत हुने उनले बताए।

महाव्याधि “प्रकृतिको निरन्तर र अत्यधिक घुसपैठ र ठूलो मात्रामा हुने वन्यजीवनको गैरकानूनी कारोबारको परिणाम” भएको उनले बताए। “दक्षिण एसियाका वन्यजीवनको बजार, तरकारी र मासुका खुला बजार, र अफ्रिकाका मासु बजार” को मुख्य भूमिका भएको उनले बताए।

“यस्तो हुने निश्चित थियो। केवल समयको कुरा मात्रै थियो,” लभजोयले भने।

सेन्टर फर अमेरिकन प्रोग्रेसको प्रतिवेदनमा वन्यजीवनको चोरीनिकासी अन्त्य गर्न र प्राकृतिक क्षेत्रको विनाश रोक्ने प्रयास बढाउनुपर्ने आह्वान गरेको छ। अप्रिल २० मा प्रकाशित सो प्रतिवेदनले लभजोयको प्रतिक्रिया दोहोर्‍याउँदै भइरहेका सबै रोगमध्ये झण्डै दुई तिहाइ पशुबाट सरेको औंल्याएका छन्। ७१ प्रतिशत रोग वन्यजीवनबाट आएको छ। यसमा एचआइभी/एड्स, इबोला र सार्स लगायतका रोगहरू पर्दछन्।

“प्रकृतिमा मानवीय अतिक्रमणको वृद्धि र तीव्र गतिमा बदलिँदो जलवायुसँगै वन्यजीवनबाट निम्तिएको रोग पनि बढ्नु संयोग होइन,” डेप्युटी डाइरेक्टर फर पब्लिक ल्यान्ड्स एट अमेरिकन प्रोग्रेस निकोल जेन्टिल र अनुसन्धाता साहिर दोषीले प्रतिवेदनमा लेखेका छन्,“बासस्थानको नाश र वन्यजीवनको अत्यधिक दोहनसँगै जलवायु परिवर्तन पनि रोग बढ्नुको मुख्य कारण हुन्।”

प्रजातिबीच रोग फैलिने जोखिम कम गर्न वन्यजन्तु र घरपालुवा जनावरलाई बजारमा बेग्लाबेग्लै राखेर बिक्रीवितरण गर्नुपर्ने लभजोयले बताए। यसो गर्दा भाइरस सर्ने सम्भावना कम हुन्छ। भाइरस सर्न नदिए उल्लेखनीय नतिजा उपलब्ध हुन्छ। बजार नै बन्द गरे कालोबजारी बढ्छ। गोप्य हुने भएकाले यसको व्यवस्थापन झनै कठिन हुनेछ। 

महाव्याधि प्रकृतिले बदला लिएको नभएर मानव सिर्जित भएको लभजोयले बताए। जलवायु परिवर्तनलगायतका चुनौतीहरू प्रकृतिको सम्मान गर्दै व्यवस्थापन गर्नुपर्छ।  चीनको वन्यजीवनको गैरकानूनी कारोबार, तरकारी र मासुको खुला बजार प्रतिबन्ध लगाउन विश्व स्वास्थ्य संगठनलाई दबाव आएपछि दि इन्डिपेन्डेन्टले “स्टप द वाइल्डलाइफ ट्रेड” अभियान सुरू गर्‍यो।

वन्यजीवनको कारोबार तत्काल रोक्नुपर्ने आवश्यकता भए पनि वन्य श्रोतमा जीविका निर्भर भएका मानिसका लागि सामाजिक न्यायपूर्ण परिणाम’bout विचार गर्नुपर्ने केही विशेषज्ञले बताएका छन्। पशुबमार्फत् हुने महाव्याधिको जोखिम न्यूनीकरणका लागि सगम्र र समतामूलक समाधानको विकास गर्न तीन सयभन्दा धेरैले हस्ताक्षर गरेको एउटा खुलापत्रमा विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमलाई सम्बोधन गरिएको छ। केट ङ/ दि इन्डिपेन्डेन्ट/काठमाडौँ प्रेस