कोरोना पीडित मान्छेलाई प्रकृतिको पत्र
प्रिय मान्छे,
फेरि तिमीलाई सम्झें !
मलाई थाहा छ अहिले तिमी नाकाबन्दीमा घरभित्र थुनिएका छौ । अलि अगाडि तिमीले आफ्नै चुलबुले मनलाई पनि पत्र लेखिरहेका थियौ । त्यो पत्र पनि पढ्ने मौका पाएको थिएँ । आज भने मैले तिमीलाई यो पत्र मार्फत केहि लेख्ने प्रयत्न गरेकी छु । यो पत्रमा मैले भनेका सम्पूर्ण कुरालाई मन देखि नै मनन गर है ।
तिमी बुझ्ने प्रयत्न गर । कुनै बेला डाइनोसर पनि यो सन्सारमा राज गथ्र्यो तर आज खोइ त्यसको राज्य ? तिमीलाई थाहा छ ? प्रत्येक दिन तिम्रो कारणले हजारौं बोट बिरुवा, चराचुरिङ्गी, कैयौं पुतली र हजारौं हजार अन्य जीवजन्तु लोप हुँदै छन् । के तिमीलाई लाग्दैन त्यसको प्रत्येक कारण तिमी हुन सक्छौ भनेर ! तिमी कति स्वर्थी र कति निच छौ ? तिमीलाई देखेर मलाई लाज लाग्छ त कहिले हाँसो पनि उठ्छ । तर के गर्ने मैले जति सम्झाए पनि तिमी सुन्ने वाला छैनौ । आफ्नो मात्र ब्याख्या गर्ने र आफ्नो मात्र स्वार्थ हेर्ने तिमी कति निर्दयी ?
तिमीले छर्केका विषले प्रत्येक दिन हजारौं भँवरा र भँगेराहरु मर्न सक्छ्न् भन्ने तिम्रो सोचमा आएन होइन ? के यो तिम्रो स्वार्थ होइन ? छि … छि… ! के तिमीलाई मेरो ’boutमा सबै जाने जस्तो लाग्छ ? के तिमीले मलाई साँच्चै चिनेका छौ त ? मलाई लग्दैन । तिमी कतिसम्म कमजोर भै सकेउ कि तिमीले आफ्नो सुक्रकिट र डिम्बको भरपुर प्रयोग गर्नसमेत सकेनौ । म त चाहन्थे यो संसारमा अहिलेसम्म करिब ५० अर्ब मान्छे हुनु पर्थ्यो । तर खोइ ? तिमी गलि सकेउ । तिमीसँग केहि छैन । कति नराम्रो बानी तिम्रो । न अरुलाई बाँच्न दियौ न आफू नै सफलतापूर्वक बाँच्यौ । तिमीले मलाई बुझ्न् सकेनौं ।
सुन, नत्र यति धेरै राज्य किन बनाको ? यति धेरै अड्डा अदालतको निर्माण के का लागि ? तिमी बाहेक मेरा अन्य सन्तानलाई त यति धेरै नियम त चाहिएको छैन त । हेर न त्यो साइबेरियाको चरा बिनाभिसा कसरी त्यो नेपाल भन्ने देश पुग्छ । तिमीले मेरो सम्पत्तिमाथि लुछाचुँडि गर्न पैसा बनायौ होइन ? के काम छ त्यसको ? च्यतिदेउ । नाफा पाएपछि आफ्नो आमा समेत मार्न तयार तिमी धिक्कार छ ! तिमीले बनाएको आर्थिक साम्राज्यवाद त्यही होईन ? खै त मेरो अगाडि कति दिन टिक्न सक्ला र यो । मलाई थाहा छ तिमी पसिना पसिना छौ । तिमीलाई विज्ञानको विकास गरेको घमण्ड होला । त्यो त तिमीले मेरा लाखौं लाख रहस्य मध्ये केहिलाई बुझ्ने कोशिश गरेको हो तर कति बुझेर सक्छौ ? म धेरै गहन छु यति धेरै रहस्यमय छु ।
प्रिय मान्छे,
धेरै समय खेर नफाल । बरु सक्छौ भने मेरो सेवा मात्र गर र मेरो भक्तिमा लाग । त्यसमै तिम्रो हित छ । तिमीले अति गरेपछि कहिलेकाहीँ रिसाउन मन लाग्छ । तिमीलाई आफ्नो कर्तब्य प्रति सजग गराउन अहिले तिमीहरु सामु मैले मेरो दूत पठाइ दिएको छु । अलि कडा छ मेरो दूत सायद । त्यही भएर होला तिमीले उसलाई कहिले सार्स भन्यौ कहिले मार्स भन्यौ, अनि अहिले कोरोना भनेका छौ । जे नाम दिए पनि उ पनि मेरै अङ्ग हुन् । नडराउ केहि हुँदैन । मलाई थाहा छ तिमी फेरि एक पटक यिनलाई मार्ने औषधि समेत बनाउन तम्सिरहेका छौ । ठिकै छ कोशिस गर । मेरो संसारमा हरेकले बाँच्न सिक्नु पर्छ ।
प्रिय मान्छे,
हो, तिमीसँग एकमात्र विकल्प छ कि तिमी मेरो संरक्षक बन्नु । तर मलाई थाहा छ तिमीले यो विकल्प मान्ने छैनांै बरु मेरो रिस शान्त गर्न तिम्रा अन्य कृत्रिम उपायको प्रयोग गर्दै जान पनि सक्छौ । त्यो पनि मेरै रहस्यको खोजी हो, प्रयाश गर । तर बुझी राख म मेरा सबै सन्ततिको सन्तुलन म आफैं मिलाउँछु । त्यसैले मेरो नाम तिमीले नै प्रकृती राखेको होइनौं ?
तिमीलाई भयो थाहा होला नि अब त, तिमी १० मिटर दौडिँदा म १०० मिटर दौडिन्छु भनेर । त्यसैले तिम्रै मानव जातीका ती डार्बिन भन्ने बूढाले प्रकृतीले बेला मौकामा आफैं काँटछाँट गर्छ भनेर भनेका थिए । बूढाको बिचार अनुसार नै मैले कोरोना भन्ने दूत पठाइदिएकी हूँ ।
तिमीले मलाई नसोधी बनाएका आधुनिक खानपिनले सायद तिमी धेरै कमजोर भएका छौ । तिम्रो पैसासँग साटिएका तिम्रा आहारले तिमी गलेको बेला यो मेरो नाथे दूतसँग लड्न हम्मेहम्मे परी रहेको होला । अहिले तिमी महिना दिन भन्दा धेरै आफ्नो घर भन्दा बाहिर निस्केका छैनौ र केहि समय अझै भित्रै बस्नेवाला छौ तर निस्केपछि एकपटक मतिर फर्केर हेर । सायद त्यतिबेलासम्म मेरो न्यायालयले तिमीमाथि एक पटक लाई दया गर्देला ।
धेरै दुखी नबन, माया लाग्छ तिम्रो । बानी नराम्रो भएपनि तिमी पनि मेरै सन्तान त हौ नि । तर के गर्नु तिमीले मलाई रातदिन आक्रमण गर्दा मैले पनि त कहिलेकाहीँ प्रतिकार गर्नु पर्यो नि । मलाई थाहा छ यति नगरेको भए तिमी सुध्रने त कुनै संकेत नै थिएन । अब त केहि सोच्लाउ कि ? अब आमा माथि आक्रमण नगर । प्रकृती तिम्री आमा हुन्, माया गर । संरक्षण गर ।
उहि तिम्रो,
सुन्दर प्रकृती
साभार : सरल पत्रिका…