यसपालिको नीति तथा कार्यक्रम र बजेट भाषण अघिल्ला वर्षभन्दा फरक शैलीमा
काठमाडौं, वैशाख २६ : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा बिगतमा झैं सरकारका उच्च पदस्थ अधिकारी, कुटनीतिक नियोगका प्रतिनिधीलगायतलाई आमन्त्रण नगरिने भएको छ। कोरोना भाइरस नियन्त्रण र न्यूनीकरणका लागि गरिएको लकडाउनको कारण सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर अतिथी नबोलाइने भएको हो।
सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर अतिथी नबोलाइने जानकारी दिए। ‘कार्यक्रममा अतिथी आमन्त्रण हुने छैन। सांसद, स्वास्थ्य परीक्षण गरेका मर्यादापालक, कर्मचारी, सुरक्षाकर्मी र पत्रकार बाहेक मात्रैलाई प्रवेश दिइन्छ,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘प्रत्यक्ष प्रशारण भइहाल्छ। सबैले त्यहीमार्फत जानकारी पाउन सक्नेछन्।’
नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा सरकारका उच्च पदस्थ अधिकारी, कुटनीतिक नियोगका प्रतिनिधीलगायतलाई आमन्त्रण गर्ने प्रचलन छ।
प्रत्येक २ कुर्सीबीचमा ग्याप
संसदको वर्षे अधिवेशन आजबाट सुरु हुँदैछ। अपरान्ह चार बजे वर्षे अधिवेशनको पहिलो बैठक बस्दैछ। बैठकका लागि सामाजिक दुरी कायम राखेर सिट प्लान गरिएको छ। साविकका दुई कुर्सीको बीचमा एक कुर्सी छोडेर सांसदलाई बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ।
सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट भाषण गर्ने दिन संसदको दुवै सदनका ३ सय ३४ सांसदको संयुक्त बैठक बस्नुपर्छ। संयुक्त बैठकका लागि समेत साविकका दुई कुर्सीको बीचमा एक कुर्सी छोडेर सांसदलाई बस्ने व्यवस्था मिलाइएको प्रवत्ता पाण्डले बताए। ‘ठाँउ अभाव रहने र जोखिम समेत बढ्ने भएकाले अतिथी आमन्त्रण नगर्ने र कुर्सी व्यवस्थापन यथावत रहन्छ,’ उनले भने। राष्ट्रपतिबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम सम्बोधनको दिन र बजेट भाषणका दिन दुवै सदनको संयुक्त बैठक बस्नुपर्ने व्यवस्था छ।
दुई लाइनमा प्रधानमन्त्री एक्लै
हालै मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर बैठक कक्षको अगाडिको दुई लाइनमा उनलाई मात्रै राख्ने व्यवस्था मिलाइएको छ। बैठक कक्षको पहिलो लाइनको एक सिटमा प्रधानमन्त्री बस्नेछन्। सँगै रहेका अन्य पाँच र पछिल्लो लाइनका ६ सिट खाली राखिने संसद सचिवालयले जनाएको छ। १२ सिट प्रधानमन्त्रीका लागि सुरक्षित रहनेछन्।
यस्तै विज्ञसँगको परामर्शका आधारमा संसद् भवनको सेन्ट्रल एसी बन्द गरिनेछ। संसद् प्रवेशका क्रममा सदस्यहरुका लागि मास्क, स्यानिटाइजर लगायतको व्यवस्था सचिवालयले गर्नेछ। बैठक अवधिभर सबैलाई मास्क अनिवार्य गरिएको छ। यस्तै बिहीबार संसद सचिवालयले बैठक कक्षमा प्रवेश गर्दा लान नपाइने सामानको सूचीसमेत सार्वजनिक गरिसकेको छ।
यस्तै सम्भावित जोखिमलाई ध्यानमा राखेर बिहीबार सांसदहरुमा कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको थियो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको स्वाब परीक्षण भइरहेको छ। त्यसको रिपोर्ट बैठक सुरु हुनुभन्दा अघि नै आइसक्ने प्रयोगशालाले जनाएको छ।काठमाडौँ प्रस