सूर्यको राप घटेर चिसो बढेपछि भूकम्प र भोकमरी आउन सक्ने वैज्ञानिकहरुको अनुमान

पछिल्लो समय सूर्यको ताप घट्दै गएको छ। यस्तो भए चिसो बढ्ने, भूकम्प र भोकमरी आउन सक्ने वैज्ञानिकहरूले बताएका छन्।

घाम अहिले “सोलार मिनिमम” को अवधिमा छ। अर्थात् घामको सतहमा हुने गतिविधि नाटकीय रूपमा घटेको छ। सूर्यको सतहमा देखिने “सनस्पट” हराउँदै गएको छ। सूर्यको सतहमा कालो दागजस्ता अस्थायी रूपमा देखा पर्छन् जसलाई सनस्पट भनिन्छ। घामको ताप अहिलेसम्मकै न्युन अवधीमा प्रवेश गर्न लागेको विशेषज्ञहरू बताउँछन्।

खगोलशास्त्री डा. टोनी फिलिप्स भन्छन्, ‘सोलार मिनिमम हुँदैछ र यो अहिलेसम्मकै उच्च हो। सनस्पट संख्याको आधारमा गएको शताब्दीकै सबैभन्दा न्यून भएको देखिन्छ। सूर्यको चुम्बकीय क्षेत्र कमजोर भएको छ। यसले ब्रह्माण्डको थप किरण सौर्य मण्डलमा प्रवेश गरेका छन्।’

‘ब्रह्माण्डको किरण धेरै भए अन्तरिक्षयात्री र पोलार हवाइ यात्रुको स्वास्थ्यका लागि जोखिम हुनसक्छ। पृथ्वीको माथिल्लो वायुमण्डलको इलेक्ट्रो केमिस्ट्री प्रभाविन हुन्छ र चट्याङ पनि लाग्नसक्छ’, फिलिप्सले भने।

नासाका वैज्ञानिक डाल्टन मिनिमम दोहोरिन्छ कि भनेर डराएको बताउँछन्। सन् १७९० देखि १८३० सम्म सोलर मिनिमम हुँदा एकदमै चिसो, बालीको नाश, भोकमरी र शक्तिशाली ज्वालामुखी विस्फोट भएको थियो। दुई दशकसम्म तापक्रम दुई डिग्री सेल्सियसले घटेको थियो। सारा विश्वकै खाद्य उत्पादनमा ठूलो ह्रास आएको थियो।

अप्रिल १०, १८१५ मा इन्डोनेसियाको माउण्ट टाम्बोरामा दुई हजार वर्षकै दोस्रो ठूलो ज्वालामुखी विस्फोट हुँदा कम्तिमा ७१ हजारले ज्यान गुमाएका थिए। सन् १८१६ लाई गर्मी नभएको वर्ष भनेर पनि चिनिन्छ। जुलाइमा हिउँ परेको थियो।

यो वर्ष अहिलेसम्म ७६ प्रतिशत समय सूर्यमा कुनै सनस्पट देखिएन। अन्तरिक्ष युगमा पोहोर साल ७७ प्रतिशत समय सूर्यमा सनस्पट देखिएन। कोरोनाको महामारीले विश्वलाई ठूलो असर गरिरहेका बेला सोलर मिनिममको अवस्था आए अर्को ठूलो विपत्ति पृथ्वीले भोग्ने पर्ने वैज्ञानिकहरुले बताएका छन्।क्रिस पोलार्ड/द सन/काठमाडौँ प्रेस