हरेक दिन आमाको आशिर्वाद लिएरमात्रै काममा निस्किन्छन् मुकेश अम्बानी

मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति हुन्। उनको सम्पत्ति झण्डै ५४ अर्ब अमेरिकी डलर छ। विश्वको प्रभावशाली व्यक्तिमध्ये उनी पनि एक हुन्। भारतको कुल ग्राहस्थ उत्पादनमा उनको कम्पनी एक्लैको ५ प्रतिशत योगदान छ।

अम्बानीले यहाँसम्म निकै लामो यात्रा तय गरेका छन्। यी सफल व्यसायीका केही बानी’bout यहाँ चर्चा गरिएको छ।

खानपान

मुकेश अम्बानीले जीवनमा कहिले पनि मद्यपान गरेका छैनन्। उनी शाकाहारी हुन्। तर उनी खानाका शौखिन पनि छन्। सडक छेउछाउ पाइने ठेलादेखि मुम्बईका महँगा रेस्टुरेन्टका परिकारको स्वाद उनले लिएका छन्। उनलाई दाल, भात र रोटीजस्ता साधारण खाना नै मनपर्छ।

बिहानै उठ्छन्

मुकेश अम्बानी निकै मेहनती छन्। हरेक दिन बिहान पाँचदेखि साढे पाँच बजेभित्र उठिसक्छन्। जिम जान्छन्। समाचार पढ्छन्। काममा जानुअघि आफ्नो प्रिय रेस्टुरेन्टमा खाजा खान्छन्।

आइतबारको दिन परिवारलाई

अम्बानी परिवारसँग एकदमै नजिक छन्। हरेक दिन काममा जानुअघि आमाको आशिर्वाद लिन कहिल्यै भुल्दैनन्। राति सुत्नुअघि पत्नी नितासँग कार्यालयमा भएको काम’bout कुरा पनि गर्छन्।

आइतबार उनी परिवारसँग बिताउँछन्। आमा, पत्नी र तीन सन्तानसँग दिन बिताउँछन्। एक ज्वाइँ र बुहारी पनि परिवारसँग जोडिएका छन्। कान्छा छोरा अनन्तको हालै मात्र मगनी भएको छ। भविष्यमा अम्बानी परिवार अझै ठूलो हुँदैछ।

पारिश्रमिक

रिलायन्स इन्डस्ट्रिजका प्रमुख अम्बानी वर्षको २० लाख अमेरिकी डलर कमाउँछन्। कम्पनी हेर्दा यो कुनै रकम होइन। महत्वपूर्ण कुरा, दश वर्षअघि पनि उनको पारिश्रमिक यति नै थियो। अम्बानीले जानीबुझी आफ्नो पारिश्रमिक तोकेका हुन्। उनी उदाहरण प्रस्तुत गर्न चाहन्छन्। अमेरिकाका प्रमुख कार्यकारी अधिकृतले वर्षको औसत १.५६ करोड अमेरिकी डलर कमाउँछन्।

कारप्रेमी 

मुकेश अम्बानी कारप्रेमी हुन्। उनीसँग करिब १७० वटा कारको संग्रह छ। उनीसँग साढे दुई लाख अमेरिकी डलर पर्ने बुलेटप्रुफ बिएमडब्ल्यु ६७०, एस्टन मार्टिन र्‍यापिड, रोल्स रोयस फ्यान्टम र बेन्ट्ली कन्टिनेन्टल फ्लाइङ स्परजस्ता निकै महँगा कार छन्।

अम्बानीको जन्मदिनमा पत्नी निताले कस्टमाइज्ड मेयबाक ६२ उपहार दिइन्। अम्बानीको २७ तले विलासी घरको सुरूको ६ तलामा कार मात्रै राखिएका छन्।