प्रधानमन्त्री ओलीको के होला अबको चाल ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको शक्ति संघर्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट विदा गरेपछि मात्र शान्त हुने संकेत देखिएको छ । नेकपाका दुइजना अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डले सुरु गरेको कि वार कि पारको राजनीतिबाट उत्पन्न तरंग कुनै नयाँ घटनापछि मात्र थामिनसक्ने सम्भावना छ । बिहीबार साँझदेखि संसदको अधिवेशन अन्त्य भएको छ । यस अवस्थामा प्रधानमन्त्रीका तर्फबाट के कस्तो रणनीति अख्तियार गरिने हो भन्ने चर्चा सुरु भएको छ ।

 नेकपाको स्थायी समिति बैठकमा नगएर राष्ट्रपतिसँग भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय कार्यान्वयन गराएका छन् । ओलीको यो सक्रियताबाट तनावमा परेका कार्यकारी अध्यक्ष प्रचण्ड पनि राष्ट्रपतिसँग भेटेर फर्किएका छन् । यी दुइ नेताले राष्ट्रपतिसँग के बिषयमा परामर्श या सिकायत गरे भन्ने  ’boutमा कतैबाट पनि जानकारी गराईएको छैन । तर तिव्रगतिमा बिकसित भैरहेको राजनीतिक घटनाक्रममा कुनै अप्रत्याशित परिणाम पो आउने हो कि भन्ने जिज्ञासा सर्वत्र देखिन्छ ।

यता, ओलीलाई प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुबै पदबाट विदा लिन दवावपूर्ण सुझाव दिएका प्रचण्डसँग वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेब गौतम छन् । स्थायी समिति बैठकमा यीसमेत नेताहरुले ओलीको चर्को आलोचना गरे । पार्टीलाई अवज्ञा गरेर मनपरी ढंगले सरकार चलाएको आरोप पनि लगाए । विवादको ताजा कारण भने आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारतले खेलेको र आफ्नै दलका नेता समेत परिचालित भएको ओलीको आरोपपछि उनीमाथि चर्को दवाव परिरहेको हो । यसपछि नै प्रचण्ड खुलेर चर्को विरोधमा उत्रिएका हुन् । यसमा नेपाल, खनाल र गौतमसहित अरु नेताहरुको समेत साथ देखिन्छ । 

आफूमाथि अकल्पनीय दवाव परेको देखेपछि प्रधानमन्त्री ओली एकैदिन दुइपटक शीतल निवास धाएका छन् । बिहीबार पनि उनी गए । त्यहाँ राष्ट्रपतिसँग उनले ताजा राजनीतिक परिस्थितिको विवरण सुनाएर आफ्नो बचाउका विकल्प’bout परामर्श गरेको विश्वास गरिएको छ । प्रधानमन्त्री पदबाट आफू हट्नै परेको अवस्थामा आफ्ना तर्फबाट सम्भावित विकल्प अघि सार्ने ’boutमा पनि ओलीले राष्ट्रपति विद्या भण्डारीसँग परामर्श गरेको बताईन्छ । त्यसकै आधारमा बिहीबार बिहान प्रचण्डसँग उनले संसदीय दलका उपनेता सुवास नेम्बाङ्गलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्न सकिने विकल्प सुनाएको बुझिएको छ । सुवास नेम्बाङ्गको नाम सुनेपछि प्रचण्ड निकैबेर मौन बसेका र ओलीले नै मौनता तोड्दै हामी सबैजना बसौं सुवास नेम्बाङ्गलाई प्रधानमन्त्री बनाउँ भनेर आफ्नो प्रस्ताव दोहोर्याएका जानकार सूत्रले बताएको छ । 

यता प्रचण्ड समूहले ओलीलाई हटाउन सफल भएका खण्डमा वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने योजना बनाएको बुझिएको  छ । प्रचण्डको डिजाईन अनुसार, नेपाललाई प्रधानमन्त्री बनाउने, आफू पार्टी अध्यक्षका रुपमा सक्रिय हुने र आगामी महाधिवेशनबाट एकमात्र अध्यक्ष हुने र झलनाथ खनाललाई राष्ट्रपति बनाउने योजना छ । यो योजनामा बामदेब सहितका नेताहरु सहमत भएपछि नै प्रचण्डले प्रधानमन्त्रीको राजीनामा माग्न मुख फोरेको बताईएको छ । 

नेकपाको आन्तरिक सत्ता राजनीतिमा चलिरहेको द्वन्दको निकास नयाँ प्रधानमन्त्रीको टुंगो लागेसँगै निस्कने निश्चित जस्तै छ । यसमा ओली र प्रचण्डले अघि सारेका दुइ नेता नेपाल र नेम्बाङ्ग जसको नाममा सहमति भएपनि चलिरहेको सत्ता संघर्षको युध्दबिराम हुने छ ।

यसबीच दुई अध्यक्षबीच असमझदारी बढ्दैगएपछि असमझदारी हटाउन सक्रिय भएका नेताहरुको मेहनत पनि खेर जाने देखिएको छ । बिहीबार खुमलटार निवासमा गएर पार्टीका नेताहरू अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी समझदारी गरेर अघि बढ्न सुझाव दिएका थिए ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीको योजना अनुसार नेताहरू अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्न बिहान खुमलटार पुगेका थिए । बैठक ८ः३० देखि १०ः३० बजेसम्म भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । अध्यक्ष प्रचण्डसँग सल्लाह गर्न नेताहरू ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, विष्णु रिमाल, शङ्कर पोखरेल, सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली खुमलटार गएका थिए ।

बुधबार साँझ नेकपाका अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा बादलसहितको नेताहरूको भेला सम्पन्न भएको थियो ।  सरलपत्रिका