दार्जिलिङको चिया बिक्न छोडेपछि नेपाली चियामाथि दोष

इलाम । नेपालबाट जाने चियाको गुणस्तरमाथि भारतले प्रश्न उठाएकामा नेपालका चिया सरोकारवालाले आपत्ति जनाएका छन् ।
केही दिनअघि भारतीय चिया बोर्डमार्फत नेपालको वाणिज्य मन्त्रालयलाई पत्राचार गर्दै गुणस्तरहीन चिया भारत आयात गरेमा बिक्रेताको खरिद इजाजतसमेत रद्द गर्नेसम्मको प्रावधान लेखेको थियो । भारतले गुणस्तरको विषय उठाए पनि चियाको कुन कुरामा गुणस्तर कम भएको भने खुलाइएको छैन ।
नेपाली चिया सरोकारवालाले भने भारतले नेपालको चियाको उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा ‘ब्राण्ड’ खस्काउनका लागि क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् ।
बोर्डको पत्रमा नेपाली चिया क्षेत्र सङ्कटमा रहेका कारण दार्जिलिङका चिया उद्योगलाई सस्तोमा खरिद गर्न पाएकामा सबैभन्दा बढी फाइदा भएको बोर्डले जनाएको छ । यद्यपि यसले विश्वबजारमा भारतीय चियामाथि प्रश्न उठाएको जनाइएको छ ।
नेपालको चियाको परीक्षणसमेत भारतमा गरिने भएकाले गुणस्तरको विषय पछि उठाउनु गलत रहेको चिया उद्योगी तथा बिक्रेता उदय चापागाईँ बताउँछन् । कोलकातामा ‘सिएफएल’ परीक्षण गरेर चियाको गुणस्तर जाँचपछि मात्रै भारतमा चिया भित्र्याउने भएकाले भारतले नेपाली चियामाथि आरोप मात्र लगाएको चापागाईँको भनाइ छ ।

दार्जिलिङको चियाको प्रतिस्पर्धी नेपाली चिया मात्र भएकाले भारतले अवरोध खडा गर्न लागेको उनको भनाइ छ । चापागाईँले नेपाल सरकारले चियामाथि चासो नदेखाएकाले यस्ता समस्या आउने गरेकोसमेत बताए।
भारतले नेपाली चियामाथि प्रश्न उठाउनु नौलो विषय होइन । विगतमा पनि पटक–पटक यस्ता प्रश्न उठेकै हुन् । नेपाली चियाको ठूलो बजार नै भारत रहेकाले पनि भारतले स्वमित्व लिन खोजेको चिया सरोकारवालाको भनाइ छ । चियाको गुणस्तरको विषय उठाउने तर चियाको कुन पक्षमा गुणस्तर कम भएको भनेर नभन्नाले भारतले नेपाली चियामाथि बहानाबाजी गर्न खोजेको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईको भनाइ छ ।
‘चियाको कुन पक्षमा कमजोरी हो, त्यस’bout जानकारी गराउनुपर्छ । ल्याब परीक्षणबाट समेत यसका ’boutमा जानकारी गराउन सकिन्छ’, राईले भने, ‘चियाको विषादीजन्य गुण वा जैविक गुण कुन पक्ष कमजोर हो यसका ’boutमा भारतले प्रष्ट भनेमा मात्र गुणस्तरको ’boutमा जानकारी राख्न सकिन्छ ।’
विगतका वर्षमा पनि विभिन्न देशले नेपाली चियाको गुणस्तरका ’boutमा प्रश्न नउठाएका भने होइनन् । आफूलाई आवश्यक पर्ने विषादी वा खाद्यपदार्थ बढी वा कम भएमा विभिन्न देशले विगतमा प्रश्न उठाएका थिए तर चियाको ल्याब परीक्षणपछि प्रश्न उठाएकाले चियामा सुधार गरेर पठाएका उदाहरण पनि छन् ।
भारतीय चिया बोर्डका अनुसार पछिल्लो तीन वर्षमा ६ करोड तीन लाख ५० हजार किलोग्राम चिया भारततर्फ आयात गरिएको छ । त्यसमध्ये दुई करोड ३४ लाख ३० हजार किलोग्राम पुनः निर्यात भएको छ । बाँकी तीन करोड ६९ लाख २० हजार किलोग्राम चिया आन्तरिक बजारमा बिक्री गरिएको छ । यद्यपि त्यो नेपालबाट निर्यात भएको चियामा पनि कति चिया गुणस्तरहीन हो भन्ने’boutमा भने खुलाइएको छैन ।
छिट्टै प्रतिक्रिया पठाउँछौँ
भारतले नेपाली चियामाथि गुणस्तरको प्रश्न उठाइरहँदा चिया सरोकारवाला भने मौन छन् । विशेषगरी चिया क्षेत्रमै काम गर्ने सरकारी संस्था वा चियाको माउ संस्था चिया तथा कफी विकास बोर्डले पनि अहिले प्रतिक्रिया जनाएको छैन । चियाको विषय सोध्दा नेपालको चिया दार्जिलिङको जस्तै गुणस्तरीय रहेको जिकिर भने बोर्डको पनि छ । ‘लकडाउनको समयमा समेत नेपाली चियाको गुणस्तर खस्किएको छैन’, बोर्डका प्रवक्ता दीपक खनालले भने, ‘हामी तत्काल यसको प्रतिक्रिया पठाउँछौँ, अहिले कोरोनाका कारण बोर्ड बैठक बस्न सकेको छैन ।’ प्रवक्ता खनालका अनुसार कोरोनाका कारण पनि चिया किसानले उच्च मूल्यमा चियाको हरियोपत्ती बेच्न पाइरहेका छन् ।

किसानले उच्च मूल्यको चिया बेचेका समयमा कम गुणस्तरको चिया जान नसक्ने खनालको जिकिर छ । केही दिनअघि एक चिया बिक्रेताले जस्तोसुकै चियासमेत किन्न सक्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । ती उद्योगीले कम गुणस्तरको चियासमेत किन्न सक्ने बताएका थिए ।
त्यसपछि ती उद्योगीलाई चिया सम्बन्धित संस्थाले गुणस्तरको ’boutमा जानकारी गराएका थिए । त्यो विषय भारतसम्म पुगेका कारण नेपाली चियामाथि प्रश्न उठाएको हो कि भन्ने कतिपय चिया सरोकार निकायको भनाइ छ ।
यसो भन्छन् विज्ञ
भारतको यो कदमलाई चियाविज्ञले भने ‘भारतको पुरानो चलन’ को सङ्ज्ञा दिएका छन् । चियाविज्ञका अनुसार उनीहरूले नेपालबाट ठूलो परिमाणमा चिया भारत जाने भएकाले नेपालको चियाको गुणस्तर खस्काउनका लागि यो कदम चालेको हो । ‘भारतले ‘फस्टफ्लस’को समयमा बाह्य खरिदकर्तासम्म चिया पुर्याउन सकेन’, चियाविज्ञ चन्द्रभूषण सुब्बाले भने, ‘गुणस्तरका ’boutमा स्पष्ट जानकारी गराउनुपर्छ । नभए त्यो मात्र भनाइ सह्य हुँदैन ।’ सुब्बाले पनि दार्जिलिङको चियाभन्दा नेपाली चिया गुणस्तरीय भएको जिकिर गरे । गुणस्तरीय चिया बाहिरी देशमा जाँदा दार्जिलिङको चिया नबिक्ने भएकाले यस्तो ‘तिकडम’ गरको सुब्बाको भनाइ छ ।
आव २०७५/७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ किलो चिया निर्यात भएकामा गत आवमा एक करोड ११ लाख ८५ हजार १९८ किलोमात्र निर्यात भएको देखिन्छ । आव २०७५/७६ मा तीन अर्ब २० करोड ३९ लाख आठ हजार रुपैयाँको चियाबाट आम्दानी भित्रिएकामा गत वर्ष २०७६/७७ मा तीन अर्ब ७८ करोड २८ लाख ४१ लाख रुपैयाँको मात्र देखिएको छ । रासस