कङ्गारु मानिससँग कसरी बोल्छ ?
जब उनीहरू भोकाउँछन्, जानकारी दिन मानिससँग सम्पर्क गर्नखोज्दै खानाका भाँडाहरूमा खोजतलासी गर्छन्। नभए, मानिस निकट गइ सुँघ्ने या खुट्टा सुम्सुम्याउनेछन्।
यो व्यवहार कुनै घरपालुवा जनावरको होइन, जंगली कंगारूको हो।
बेलायतको रोह्याम्प्टन विश्वविध्यालय र अष्ट्रेलियाको सिड्नी विश्वविध्यालयका शोधकर्ताहरू कंगारूले देखाएको यस्तो व्यवहारले गहिरो खोजीकार्यको लागि प्रेरित गरेको उल्लेख गर्छन्। कुकुर, घोडा र बाख्राजस्तो घरेलु वातावरणमा नहुर्केपनि कंगारूले मानिससँग संवाद गर्नसक्ने खुलासा उनीहरूले गरेका छन्।
कंगारू नै यस्तो पहिलो जंगली जनावर हो जसले संवाद व्यक्त गर्नसक्छ। प्राय: मानिस संगसंगै हुर्केका र विकसित भएका घरपालुवा जनावरमा यस्तो पाइन्छ। यो अध्ययनको परिणामले कंगारूहरूसँग अझै सावधानीका साथ व्यवहार गर्न प्रोत्साहित गरेको जानकारहरुको भनाइ छ।
अध्ययनको निश्कर्ष छ, यस अनौठो स्तनधारीमा हामीले सोचेभन्दा तेज बुद्धि छ। यस शोधले विशेष रूपमा अष्ट्रेलियनहरूले तिनलाई दिनुपर्ने उचित व्यवहार’bout प्रष्ट्याउँछ। कंगारू अष्ट्रेलियाको राष्ट्रीय गौरवको रूपमा चिनिएपनि यसलाई उपेक्षाको दृष्टिले हेरिन्छ। यसको बाहुल्यताका कारण अष्ट्रेलियनहरूले हरेकवर्ष धेरै संख्यामा कंगारूलाई मार्नेगर्छन्।
सन् २०१७ सम्म, अष्ट्रेलियामा ५ करोड कंगारू थिए। आधिकारिक अनुमान अनुसार, यो अष्ट्रेलियाको मानवीय जनसंख्या भन्दा दुइगुणा हो। किसानहरू गुनासो गर्ने गर्छन् कंगारूले अन्नबाली सखाप पार्छ। शोधकर्ताहरूको पनि भनाइ छ यसले अन्य लोपोन्मुख जनावरहरूको आवास उजाड्ने र तिनको चाहारा खाइदिनेगर्छ।
अष्ट्रेलियन जनसंख्याको एक वर्ग कंगारू एक लाटो र तुच्छ प्राणी हो भनी ठान्छन् त्यसकारण उनीहरू यसलाई गोली ठोक्न चाहन्छन्। यो भनाइ हो एलन मेकएलिगेटको। उनको भनाइ छ- ‘मलाई लाग्दछ यदि जनता यसको सोच्ने क्षमता’bout सचेत छन् भने सम्भवतः उत्तम हेरचाहका साथ योसँग व्यवहार गरिनुपर्छ।’
जाँचकर्ताहरूले गतवर्ष एक अष्ट्रेलियन चिडियाघरमा ८ दिनसम्म कंगारूलाई एक बाकसबाट खाना झिक्ने ’bout परिक्षण गरे। बाकसलाई बन्द पनि गरियो ताकि बिना सहायता यसलाई खोल्न नमिलोस्। प्रारम्भमा, कंगारूहरूले सूँघ्दै बाकसलाई केरकार गर्नखोजे। उनीहरूले खोल्न नसकिने बुझेपछी नजिकैका डा. मेकएलिगेट तिर ध्यान फेरे। डा. म्याकलिगट युनिभर्सिटी अफ रोह्याम्प्टनका पुर्वछात्र र अहिले सिटि युनिभर्सिटी अफ हङकङका सहायक प्राध्यापक हुन्।
उनी कंगारुहरूको व्यवहार ’bout यसप्रकार वर्णन गर्छन्- ‘कंगारूहरूले मलाई हेरे र हेर्ने व्यवहारलाइ फेरिरहे -बाकसतिर हेर्छन, मतिर फर्किन्छन्, फेरी बाकसमा आफ्नो ध्यान पुर्याउँछन् त्यसपछी फेरी मतिरै आएर हेर्छन्। केही कंगारूहरू म नजिकै आए र मेरो घुँडा सुँघ्दै मलाई छुनखोजे। यदि यो कुकुर हुन्थ्यो भने तपाइले हात मिलाएको भन्नुहुन्थ्यो।’
अध्ययनमा संलग्न ११ कंगारूमध्य १० ले डा. मेकएलिगेटलाई निकै सक्रिय रूपले हेरेका थिए। त्यसमध्यका ९ ले उनलाई र खाना राखिएको बाकस दुवैतिर पनि हेरेका थिए। तिनीहरू खानालाई बाकसबाट निकाल्न मद्दत मिलोस भन्ने इरादाका साथ संवाद गर्ने कोशिशमा थिए। यो भनाइ सिड्नी विश्वविध्यालयका पशु व्यवहार र कल्याण शोधकर्ता अलेक्सान्ड्रा ग्रीनको हो। डा. ग्रीनको विश्वास छ कि यो बोलचाल र व्यवहार जंगली कंगारूले गर्ने व्यवहारको परिमार्जित रुप हो।
उनको भनाइ छ- ‘कंगारू एक सामाजिक प्रजाति हो र उनीहरु एकअर्का बीच यस्ता संकेतहरू प्रयोग गर्नेगर्छन्। एक बन्द ठाउँमा मानवहरूसँग बोल्ने अवस्थाको सिर्जना भए त्यहाँ सम्भवतः यीनले कुराकानी गर्ने क्षमता राख्छन्।’
यस अध्ययनमा शामिल गरिएका कंगारूहरू पूर्ण रूपले जंगली नभइ चिडियाघरमा हुर्केका थिए। मानिसहरूसँग परिचित भएपनि घर पालुवा जन्तुझैँ थिएनन्।
गत् १६ डिसेम्बर २०२० मा रोयल सोसाइटी पब्लिसिङको बायोलोजी लेटर्स नामक जर्नलमा यससम्बन्धि शोधपत्र छापिएको थियो। यहाँ उल्लेख डा. मेकएलिगेट र डा. ग्रीन त्यस पत्रका लेखक हुन्।
ब्वाँसोहरूसँग पनि गरिएको यस्तै परिक्षणको अनुभव साट्दै डा. मेकएलिगेटले भने ब्वाँसोहरुले सहयोगको अपेक्षा नराखी आफ्नो दाँतले बाकसमा हमला मात्रै गरे।-
यान जुआन/न्युयोर्क टाइम्स डटकमबाट