टिपन टापन-फेसबुक, ट्वीटर र युट्युबमा यो साता

 

-स्तुति शर्मा

 

केहि दिन अघिको कुरा हो, माइक्रो बस चढेर घर फर्किदै थिएँ । चाबहिलको रोपाईं गर्न लायक हिलो सडकमा गाडीका ताती लागेका थिए, गाडी जाम भएर ! बसको झ्यालबाट एउटा मोटरसाइकलमा युवाहरुबीच चर्चित सेलेब्रिटि जस्तै मान्छे देखेँ । त्यहि सेलेब्रिटि हुन् कि होइनन् भनेर पत्ता लाउन एसो तन्केर हेर्दै्थिएँ, मोटरसाइकल अलि अगाडि सर्दा हिलोले पुरिएको खाल्टोमा पर्यो र घुप्लुक्कै पछारियो । बाइक र मान्छे त हिलोमा पछारिए नै, साथै ती सेलेब्रिटिको लाख बढी पर्ने ‘क्यामेरा’ र ‘गियर’ पनि हिलोमा डुबे |

 

सन्दर्भ, काठमाडौँ वासीहरुको । यहाँ दिनहुँ कोहि खाल्टोमा परेर लड्छन्, केहि सामाखुशीको पानी बगीरहेको सडकमा हिड्दा–हिड्दै डुब्छन्, केहि खाल्टो मै जाकिएर जिन्दगी बिताउछन्, केहि खाना भन्दा धुलो धेरै खान्छन, र त्यहि समूहका केहि भने १६ करोडको गाडी किन्न रुचाउँछन् । बिचरा उनीहरुको गाडीको कालो सिसाबाट नदेखिएको भएर होला, नत्र त नेपाल उहिल्यै स्वीजरल्याण्ड बनिसक्थ्यो ।

 

उनीहरुले देखेको बेलामा विकास गरिदिएको त सबुत नै छ नि । असार लागेपछि ठ्याक्क कालो सिसा वाला झ्याल खोल्दा बाटोको दयनीय स्थिति देखेर उनीहरुले भटाभट बाटोमा कालोपत्र गराइदिएको त हामी सबैले देखेकै छौं !

 

 

 

 

 

कठै नवमहाराजहरु!

 

 

 

प्रधानमन्त्री शेरबहादुर देउबालाई प्रश्न गरेर रातारात चर्चित भएका सागर ढकाल को हुन ? शेरबहादुर देउबाले बढ्ता बोल्ने मान्छे भनेर ट्याग लगाइदिएका सागर के भन्छन् त?

तपाइको लागि १६ वर्षको उमेर के थियो? स्कुल सकिएर मोजमस्ती गर्ने समय ? वा साथीभाईसंग घुमघाम गर्दै रमाइलो गर्ने समय ? कसैको लागि त नयाँ मोबाइल फोन, नयाँ बाइक वा स्कूटर पाउने समय पनि थियो होला । सृष्टि के.सी. को लागि त्यहि १६ वर्षको उमेर डाक्टरको लापरवाहिले गर्दा निम्तिएको अन्धकार थियो । तर  त्यहि अन्धकारमा उनले उज्यालो कसरी ल्याइन ? जान्नको लागि हेर्नुहोस उनको यो भिडियो :