प्रधानमन्त्रीलाई चिठ्ठी

कमल भण्डारी

सम्मानीय प्रधानमन्त्री के.पीं शार्मा ओली ज्यू
सादर नमस्ते
आराम छु र सोही कामना गर्दछु । हजुरलाई यो पत्र पढ्ने फुर्सद सायद नहुन सक्छ तथापी यसको आशय वुझिदिनु हुन्छ भन्ने आशा गरेको छु । हुन त हजुर जस्तो राष्ट्रनायकले नागरिकका कुराहरु नवुझ्ने भए त्यो गरिमापय पदमा पुग्नु हुने थिएन नै । हजुरका वचन सुनेर अत्यन्तै प्रभावित छु, सायद वाल्यकालमा एउटै मूलबाट वग्ने पानी पिएर होला । राष्ट्रको एक सामान्य नागरिक भएको नाताले हजुरसँग प्रत्यक्ष भेटेर भलाकुसारी गर्ने इच्छा थियो तर पुरा हुन सकेको छैन । हजुर समक्ष केही भावनात्मक र केही यर्थाथसँग सम्वन्धित विचारहरु यो पत्र मार्फत राख्न चाहन्छु ः

तपाईभन्दा पहिलेका प्रधानमन्त्रिहरुले के गर्नु भयो, कसो गर्नुभयो भनेर तुलना गर्न चाहन्न ’cause अहिलेसम्म नेपालमा जे जति प्रधानमन्त्रि वन्नु भयो जसले आफ्नो पहिचान दिएर जानु भएको छ । हामी सवै मावनहरु वर्तमानलाई विश्वास गर्छौ । हिजो के भयो र भोली के हुन्छसँग कुनै अर्थ छैन । आज के भईरहेको छ त्यो महत्वपूर्ण कुरा हो । मलाई लाग्छ नेपालका सचेत नागरिकले तपाईबाट यति ठूलो आशा गरेका छन् । सायद यहाँ भन्दा पहिलेका प्रधानमन्त्रीहरुसँग गरेका थिएनन् होला ’cause समाजवादको वारेमा व्यहारिक र सैद्धान्तिक पक्षलाई नजिकबाट वुझ्ने तपाई जतिको सचेत व्यक्ति सायद नेपालमा जन्मिका पनि छैनन् । यदि जन्मिएका भए त तपाई त्यो पदमा पुग्नु हुने थिएन नै । सचेत नागरिकहरुले आफ्नो अभिभावक आफूभन्दा झन वढि सचेत हुन्नछन् भन्ने चाहेका हुन्छन । तपाई सामान्य विरामी हुनुहुन्छ भन्ने खवर सुन्दा तपाईभन्दा वढि चोट हामीलाई पर्छ ’cause नागरिकले वनाएको प्रधानमन्त्रि प्रति त्यही धेरै भावनात्मक नाता हुन्छ जसरी एउटा आमालाई आफ्ना सन्तानको हुन्छ । तपाईको किड्नी फेर्ने साँझ जीवन रक्षाका लागि भगवानसँग प्रार्थना गर्दै दिप जलाएका थियौ । कोरोनाको महामारी चलिरहेको छ । त्यो समयमा तपाईले वढाउनु भएको मनोवलले नै हामीलाई अहिलेसम्म केही भएको छैन ’cause तपाई जतिको उच्च मनोवल भएको व्यक्ति यो संसारमा सायदै जन्मिएको होला ।

आजका मितिसम्म पनि नेपाली नागरिकले तपाइसँगबाट यति धेरै आशा गरेका छन् ती मध्ये पहिलो हो राष्ट्रवादी नेता । तपाईलाई नेपाली जनताले प्रधानमन्त्रि वनाउने इच्छा गरका नै नाकावन्दिको समयमा सारा नेपालीको अभिभावक भएर गर्नुभएको व्यवहार । दोस्रो कुरा, चुनावको समयमा भन्नु भएको थियो मेरो छोराछोरी भने कै नेपाली जनता हुन । हो हामीले पनि तपाईलाई बाबु मात्र हैन आमा जस्तै मानेका छौ ’cause जति नै सन्तान भएपनि आमाले एउटै काखमा हटाउनु हुन्छ त्यो तपाईले गरिरहनु भएको छ । एउटा घरमा आमालाई जति ठूलो भार सायद अरुलाई हुँदैन । सन्तानले आमालाई गाली गर्छन तर आमा त्यो गालीको कुनै प्रवाह नगरी सन्तानको भावना वुझेर उनीहरुको भलोका लागि रातदिन हाँसेर कर्ममा जुटेकी हुन्छिन् ( कु पुत्रोजायते कचितपी कुमाता नभवती) हो तपाईपनि हामी सारा नेपालीको प्रमुख अभिभावक हुनुहुन्छ र प्रत्येक नेपाली नागरिकको मनोविज्ञान वुझ्ने तपाई जस्तो व्यक्ति सायदै अव फेरी पाउन गाह्रो होला । यो यथार्थ हो वोल्दा तपाई ठट्यौली तरिकाले वोल्नु हुन्छ तर कर्ममा संवेदनशील भएर लाग्नु हुन्छ । तपाई जस्तो व्यक्ति किन अल्पमतमा परेको खवर आउँछ कारण र आज किन प्रधानमन्त्रि छोडेर अर्कोलाई दिन्छु भन्नु हुन्छ ।

के चाँहि त्यस्तो व्यवहार गर्नु भयो जसका कारणले पद त्याग गर्ने इच्छा गर्दै हुनुहुन्छ ? यसको उत्तर हामी सचेत नागरिकलाई दिनु होला । सत्यवादी नेता भनेर चिनेका छौ । सत्य भनेको तर्कले होइन तथ्यले प्रमाणीत गुर्न पर्छ । के राजनीति भनेको नीति मध्येको सवैभन्दा उत्तम नीत होईन र । यदि हो भने वैज्ञानिक युगमा आएर पनि छलकपटको नीतिलाई राजनीति भन्ने सिक्नु हामीले । तपाई हाम्रो आदर्श अविभाक मात्र नभएर गुरु पनि हो । घरको मूली भन्दा ठूलो गुरु अरु हुन सक्दैन ’cause आमा बुबा जतिको व्यवहारिक गुरु अरु कोही हुन सक्छ ? के अव हामीले राजनीतिलाई छलछामको नीति भनेर पढ्नु पर्ने हो ? लोकतान्त्रिक व्यवस्थामा जस्तो निरंकुश व्यवस्थामा गरेजस्तो जस्तो आफूलाई मन परेकोलाई प्रधानमन्त्रि वनाउने नै हो भने नेपालको संविधान किन चाहियो ? जनमत किन चाहियो ? यो व्यवस्थाका लागि किन लडाई गर्नु पथ्र्यो ? तपाईलाई आफ्नो अवधिभरी प्रधानमन्त्रि हुन छेक्ने अवरोध के के हुन ? तपाई कमजोर देखिनृका कारणहरु के के हुन ? यसको उत्तर हामी जस्तो राजनीति नवुझ्नेलाई प्रष्टसँग वुझाई दिनु प¥यो, प्रधानमन्त्रि ज्यू ।

दुनियासँग भिखमागेर ल्याएको खाने इच्छा सायद कुनै नेपालीलाई छैन र हामी मागी खानेका सन्तान होइनौ । तपाई जस्तो व्यक्तिलाई प्रधानमन्त्रि वनाउने नेपाली नागरिकको एउटै इच्छा थियो त्यो भनेको गरिखाने व्यवस्था ल्याउनका लागि हो । हामी नेपालीहरु आफ्नै भूमीमा रगत र पसिना वगाएर वाँच्न चाहन्छौ । दुनियाँमा पौरखीहरुको देश भनेर पहिचान वनाएको यो धर्तीलाई किन आज भिखारी र दासताको सँस्कृति मौलाउँदै जाँदै छ ? कम्युनिष्टहरुको वहुमतको सरकार आउँदापनि यी पाखुराले विदेशी भूमि मै दास हुनु पर्ने यो कहाँसम्मको लाज मर्नु व्यवस्था हो ? यसको पनि उत्तर दिनुहोला ।

अन्त्यमा तपाईको बाँकी कार्यकालको शुभकामना सहित यो पत्रलाई यहि विटमार्दछु । बाँकी कुरा प्रत्यक्ष भेटघाटमा गरौंला । यो पत्रलाई कुनै ख्याल ठट्टाको रुपमा नलिई यर्थाथको रुपमा मनन गरिदिनु हुन्छ भन्ने आशाका साथ
उहि तपाईको गाउँले भाई
कमल भण्डारी
आठाराई गाउँपालिका १ , तेह्रथुम