मनस्थिति वदल्न सके परिस्थिति सहज होला

कमल भण्डारी

जहाँ समस्या त्यही समाधान, जहाँ भोक त्यही खाना, जहाँ अध्यारो त्यहि उज्यालो, जहाँ रोग त्यही औषधी, जहाँ आँसु त्यही हाँसो, जहाँ दुःख त्यही सुख यो प्राकृतिक नियमको सिद्धान्त हो । एउटै अवस्था कहिलै हुन्न, परिवर्तन भईरहन्छ । उकालो सकिएपछि ओरालो अवस्य आउँछ । कोरोनाका कारण जुन असहजता छ त्यो त्यति लामो पक्कै हुँदैन या यसै परिस्थितिमा आफूलाई घुलीत वनाउनुको विकल्प छैन । सहजता आउला र आफ्ना काम गरौला भन्ने विचारधारालाई त्याग्दै जस्तो परिस्थिति आउँदै छ त्यसैमा वाँच्न सिक्ने, यसैमा रमाउने सिक्ने र यसैलाई जीवनको एउटा अंग मान्न थालियो भने सहजताको सुरुवात यहिंबाट वन्दैजान्छ । जुन धुनमा पनि नाच्न सिक्नु पर्छ । कुनै परिस्थिति प्रतिकुल भयो भनेर कुनै चराहरु, जंगली जनावारहरु, वोट विरुवाहरुले आफ्नो गति रोकेका छन ? पक्कै छैनन् । जस्तै असहजतामा पनि रमाएर जीवन विताएका छन् । कोरोना कुनै समस्या होइन ’cause यी भन्दा कयौं असहज परिस्थितिहरुको सामना गर्दै हामी यो अवस्था आएका हौं । हाम्रा पूर्खाहरुले कयौं संघर्ष गर्दै हाम्रो जिन अहिलेको अवस्थासम्म आएको छ । परिस्थिति जस्तो भएनि वद्ल्नु पर्छ पहिले मनस्थिति जसले सयमानुकुल मनस्थितिलाई वदल्छ त्यो कहिलै पनि अप्ठ्यारोमा पर्दैन । अव हामीसवैले मनस्थितिलाई वदल्ने समय ल्याएको छ कोरोनाले । कुनै पनि अवस्था, व्यवस्था वदलिरहन्छ त्यसैसँग आफूलाई वदल्नु उत्तम विकल्प हो । एउटै अवस्थाकै मात्र आशा गर्नु भनेको के हो त्यसको परिभाषा सायद आवश्यकता छैन ।

वर्तमान सन्दर्भलाई लिएर नेपली जनताको खाद्य असुरक्षाको विषयमा धेरै वहस चल्न थालेका छन् । जुन स्वभविकै हो । हुनेहरुले नहुनेहरुको लागि वोल्नु, वहस गर्नु, टिप्पणी गर्नु र राज्यलाई अझैपनि कमजोरहरुको पक्षमा ध्यानाकर्षण गर्नु यो ज्यादै सरहानीय पक्ष हो । जुन पहिलेबाटै हुँदै आएको छ । अहिले झन चर्कोगरी आवाज उठाउनु सान्दर्भिकै हो । नेपालमा असुरक्षाको विषयको उत्खनन् हुन थालेको तिथि मिति त ठ्याक्कै थाहा भएन तथापी जव राज्य संचालन गर्ने अग्रजहरुले आफ्नै खाद्य सुरक्षाको जोहो अलि वढि नै गर्न थाले त्यहिबाट अवस्थामा फेरवदल हुन थालेको हो । अर्कोपाटो बाट च्याउँदा राज्यमा जव मागीखोने संस्कारको विकास भया हामी अग्रज भनाउँदाहरु जसले अरुलाई कजाएर, अरुलाई काम लगाएर आफू जान्ने, सुन्ने, पढे लेखेको भन्ने भ्रम सिर्जना गर्दै यो धर्तीमा जन्मिएपनि अर्कै ग्रहबाट पृथ्वीलोकमा आएका हौ भन्ने सोचको विकास गर्दै माटोसँगको नातालाई तोड्यो त्यसैदिन देखि स्वयंलाई खाद्य असुरक्षा हुन सुरुभयो । जसले हामीलाई वचाएको छ त्यसैको घृणा यानकी सम्वन्ध विच्छेद गर्ने चरित्रहरुको भिड वढ्दै जाँदा यो विषयले पनि स्थान पायो । नेपालको कुन ठाउँमा खान नपाएर मान्छे भोकै मरे यसको तथ्यांक थाहा भएन । कहिँ कतै मरेका छन् भने त्यसको दोष हामी जस्तै मागेर खाउ भन्नेहरुको शिक्षा पाएकाहरु होलान् । दुनियालाई देखाउनका लागि तडक, भडको विकास, गरिव र धनीको खाल्डो वढाउने विकासले आज आफ्नै संस्कृतिलाई मारेर विदेशी मोडलको विकासले गरिखाने पाखुरीहरुलाई मागिखोने वनायौं । यो कुरालाई हामी सवैले स्वीकार गर्दै विश्वमै नफल्ने खानेकुरा हाम्रो देशमा फल्छ । अनि के को खाद्य असुरक्षा हुन्छ यहाँ ? सक्छौ भने विदेशबाट आउने विसाक्त र कुहिएको खाद्यकुरालाई देशमा प्रवेश निशेध गर्दै यहाँको अमृत सेवन तिर लाग्न कस्ले छेक्दैछ । यसको चर्चा गर्नु जरुरी छ ।

कोरोनाका कारण देशमा असजता आउँछ भनेर हतार हतारमा चामल, तरकारी, ग्याँसको जोहो गरिएको थियो र अहिले पनि यो क्रम कतिपयमा चल्दै होला । आज वन्दावन्दीको ४४ औ दिनमा आईपुग्दा काठमाण्डौ लगायतका शहरको सडकमा खानेकुराको भिड लाग्न थालेको छ । प्रत्येक घरको गेटमा तरकारी आइपुग्न थालेको छ । सुरुमा धेरै जो हो गर्नेलाई त पछुतो भएको छ होला ’cause जति वन्दावन्दिका दिनहरु थपिँदै जान्छन् त्यति नै खाद्यवस्तु वढ्दै गएको छ । आज नेपालको इलाम देखि दार्चुलासम्मका किसानहरु उत्पादनमा लागि रहेका छन् । उनीहरुले उत्पादन गरेको अन्न, तरकारी, फलफुल, माछा, मासु लगायतको खाद्यवस्तु नेपालीहरुले खाएर पक्कै सक्दैनन् । विडम्वना त के छ भने नेपाली किसानले उत्पादन गरेको सवै वारीमा कुहिने अनि विदेशी समानले नेपालीको भान्सा कव्जा गर्ने यो कस्तो नीति हो ? वन्दावन्दीमा यो क्रम झन वढेको छ । उता आगामी बजेट किसान मैत्री वनाउने लागि रहेका छौ । किसानको लागि मल, विउ चाहियो भनेर नारा लगाउँछौ तर उनीहरुले उत्पादन गरेको वस्तुलाई किन बजारसम्म ल्याएर वाहिरको खाद्यन्नलाई प्राथमिकता दिएको छौ ? राज्य संयन्त्र कति कमजोर हुँदै गएको हा ? विष किन्दै अमृत फ्याक्दै । धमिलो पानीमा माछा मार्न पल्एिकाहरुलाई कोरोनाले माला माल वनाएको छ ।

वन्दावन्दीमा विषाक्त खाद्यन्न ल्याउन पाउने तर अलपत्र परेका नेपालीको उद्धार गर्न नसक्ने, नेपाली किसानले उत्पादन गरेको खाद्यन्न शहर ल्याउनलाई वन्दावन्दी वाधक हुने तर भारतबाट आउने खाद्यन्नलाई स्वागत गर्ने कारण के हो ? यसको जवाफ कस्ले दिने ? नेपाली कृषक को यो पीडा अहिलको मात्र मात्र होइन । यस्तो संकटमा पनि सोच नवदल्ने, वेहोसीमा चल्ने हो ? यसरी वचौलीयाहरुबाट नै देशको अर्थतन्त्रलाई मजवुद वनाउने रणनीति हो भने किसान मारा नीति हो भन्नु पर्यो । नभए हामीले निर्वाचित गरेर पठाएका जन प्रतिनिधिहरुले स्वीकार गर्नु पर्यो यस विषयमा ? नेपालमा नभएको प्रेटोलियम पदार्थ, ग्याँस, लत्ताकपडा, नून, सून लगायतका समानहरु आउनु त स्वभाविकै हो तर आफ्नै करेशामा फलेका तरकारी, फलफुल, अन्न आदि दैनिक उपभोग्य जो गाँस सँग सम्वन्धित छन त्यसलाई वेवास्ता गर्नु भनेको नेपाली नागरिकलाई वेवास्ता गरेको हो ।

नेपाली किसानले उत्पादन गरेर नपुगेको ल्याउनु पनि स्वभाविकै हो । स्वदेशमा उत्पादितलार्ई पाखामा कुहाएर विदेशी समानलाई प्राथमिकता दिनु कहाँसम्मको लाचाहारी पन हो । होसमा काम गर्नेले पक्कै यस्तो व्यवहार गर्दैनन् । यस्तो किसानमारा राज्य व्यवस्थाले कहिलै हामी आत्मनिर्भ हुन्छौ ?

सत्य कुरा चाही के हो भने कोरोनासँगै माटोसँगको नाता टुटेकाहरुलाई केही दिन असज होला तर अधिकांस नेपालीहरु ( ६० प्रतिशत भन्दा माथि) बारीपाखा कोट्याएर पेट भरेकाहरुले वचाएर वाँकी ४० प्रतिशतलाई खान पुर¥याँछन् । विदेशबाट कुहिएको खानेकुरा ल्याएर नेपाली किसानले फलाएको ताजा र स्वस्थ्यकर खानेकुरा वारीका कुनामा मल वनाउने राज्यको रणनीति अव वन्द गर्नासाथ खाद्य असुरक्षा हुनेवाला छैन वरु खाद्य सम्प्रभुता स्वत हुने छ । नेपाल जहाँका पुर्खाहरुले हलो कोदालो गेरर फलाएको अन्न नेपाली आमाका छोराछोरीले खाइ नसकी विदेश निर्यात गर्दर्थे । त्यस्ता वीरका सन्तानहरु कतै भोकै मर्दछन् यो वोल्ने नभई सम्झन पनि नसक्ने विषय हो । २ छाक सरकारले खुवाएको भरमा जीवन चल्छ ? पक्कैपनि चल्दैन । जो कोहीले आफूलाई खानपुग्ने खाद्यन्नको जाहो गरिसकेको छ । पैसा हुनेले किनेर जोहो गर्ला नहुने हलो कोदालो गरेर जो हो गर्ला, त्यति पनि नसक्नेले अरुको अधिया ठेक्का गरेर पनि गर्ला त्यो पनि नसक्नेलाई जंगलका तरुल, भ्याकुर, साग सिस्नो, निगुरो, माछा, घुँगी त छँदैछ । सहज परिस्थिति हुँदा के चेपा¨, माझी, मुसहर, राहुटे लगायत विपन्नहरु भोकै थिए ? पक्कै पनि थिएनन् । यदि त्यसो भए कसको खाद्य सुरक्षाको वहस गरेका छौ त हामीले । विचौलियाको, हुने खानेको, पढे लेखेका जो माटोमा टेक्न नसक्ने को ? प्रकृतिसँगको नाता जोडिएकाहरु, माटोसँग साईनो लगाएकाहरु, पौरखीहरु कहिलै भोकले मर्दैैनन् ।

गरिखाने पौरखीहरुलाई हौसला दिने, दिगो र प्राकृतिक खेतीपातीको’boutमा आवश्यक पर्ने साधनहरु वितरण गर्ने, शहरमा वसेर गाउँको जमिन वाँझो छोडेकाहरुलाई काम गर्ने किसानका लागि जमिनको व्यवस्था मिलाउने, कुलो, पानी, हलो, जुवा, कोदाली, वर्षामा काम गर्दा ओड्ने घुम, स्थानीय मल, वीउ, हल गोरु किन्न विना व्याज नगद, गाईभैसीको गोठ वनाउने व्यवस्था, हलो जोत्दा र कादाली खन्दा ढाड दुख्नेलाई पोटोकी व्यवस्था, खेती गरेको अन्नवालीलाई भण्डारणको व्यवस्था, उत्पादित वस्तुलाई जति सक्दो चाँडो विना विचौलिया शहरसम्म ल्याउने व्यवस्था मिलाउने तिर ध्यान दिनु पर्नेमा अझैपनि विदेशी अन्न, तरकारी वाँडेर मान्छेलाई केही गर्न नसक्ने वनाउने हो ? पुरानो मनस्थितिले नयाँ परिस्थितिको सामना गर्न सक्दैन । पहिले किसानलाई श्रद्धा गर्ने सोचको विकास गरौ । जो खेती गर्न गाउँ जान चाहन्छ उसलाई छिटोभन्दा छिटो शहरबाट गाउँ पुर्याउने वन्दोवस्त गर्नु पर्छ । धानको विउ राख्ने समय भयो । उसलाई झोलामा धानको वीउ दिएर पठाउँदा अझ सहज हुने देखिन्छ । स्थानीय सरकारले भौतिक विकास गर्न छुट्याएको रकमलाई बाँझो जग्गामा खेती गर्ने काममा लगाउँदा के हुन्छ ? काठमाण्डौ लगायतका सहरका घरको छत कौसीमा खोई हरियाली ? खोई तरकारी फलाएको ? हामी जस्ता कुरा गर्न, नयाँ नयाँ सोच र विचार गर्नेहरुबाट नै पहिले नमूना वन्ने होकि जसरी अमेरीकाका पूर्व राष्टपति ओवामाले ह्वाइट हाउसमा वसुन्जे वारीमा तरकारी फलाएर खाएका थिए ? वालुवाटार भित्र वन्दावन्दीमा कति वटा खोर्सानीका वोट रोपिए ? कति मेथी र भाफर अनि चम्सुर भयो यसको तथ्यांक वाहिर आए हुने थियो ।

३ करोड नेपालीका हातहरुले दिनमा २ घण्टा माटोसँग सम्वन्धगास्न सक्ने हो भने यो देशको अवस्था ६ महिनामा विश्वकै नमूना वन्दछ । यहाँको खाद्यन्न युरोप, अफ्रिका, अमेरीका, चिन किन नपठाउने ? विदेशबाट १,२ लाख नेपाली युवाहरु देशमा आउन खोज्दैछन् । कति स्वागत योग्य कुरा त्यस्ता कर्मयोगी मौरी जस्ता नेपाली आमाका सन्तान जो आफ्नै देशमा पसिना वगाउन चाहन्छन उनीहरुका पाखुरा चल्न थालेपछि अवको ६ महिना मा नेपालको खाद्यन्न विदेशी वजारमा पुग्ने छ । यहाँ के फल्दैन ? यस्तो सुस्म जलवायु भएको देश त्यसमा पनि कोरानासँगै स्वच्छ वनेकी नेपाली धर्तीमाता जहाँको हिमालमा आज कति धेरै हिउँ जमेको छ, कयौ वर्ष देखि सुकेका पानीका मुहानहरु पलाएका छन्, कृषिको लागि आवश्यक मित्र जीवहरुको आगमन भएको छ, चराहरु देखि किरा भट्या¨्रहरुले जमिनलाई जिवन्त वनाउन सुरु गरेका छन्् ।

शित पर्न सुरु भएको छ जसले अन्नवालीलाई स्वादिष्ट र माटोमा रस भर्ने काम सुरु गरेको छ । वन पाखाहरु यति धेरै हरियाली भएका छन् लोपान्मूख वनपस्पतिहरु देखापर्न थालेका छन् धर्तीमा अव अमृत वर्षा सुरु भएको छ । अव जल, जगंल, जमिन र जवानीहरु सक्रिय भएपछि दुनियामा हामी जति उत्पादन गर्न सक्ने कोही हुने छैनन् । गरिवी र भोकमारीका दिनहरु गए किन भने आमा रसिली भएपछि सन्तान भोकै वस्नु कतापी पर्दैन । अवको कृषि व्यवशायका लागि नभएर संस्कृतिका लागि हुने छ त्यसपछि सिमेन्ट वोक्ने ट्रकमा अन्न वोक्ने दिन आउँने छन्, युवालाई विदेश पठाउने जहाजमा खानेकुरा पठाउँने दिन आउने छन् । कृषिमा विद्यावारीधी गरी विदेशमा गएर भाँडावाझ्ने हातहरुले जन्मभूमिको माटोमा अन्न फलाउँदा धर्तीमाता कति हर्षविभोर होलीन ? भौतिक विकासका लागि छुट्याको बजेटलाई खेतीपाती गर्न र भैसी, गाई, वाख्र्रा, लोकल कुखुरा पाल्नमा छुट्उँदा के होला ?

लेखक ः विगत २५ बर्ष बर्ष देखि साना प्राकृतिस्रोत व्यवस्थापन र ग्रामिण समुदायको समृद्धिको विषयमा वहस र पैरवी गर्दै आएका छन् ।